मुख्य समाचार

कोशी, बागमती, गण्डकी र मधेशलगायतका प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं, २९ जेठ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा  पश्चिमी  वायुका साथै भारतको बिहारमा रहेको न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको बताएकाे छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा  रहेको छ। कोशी, र बागमती प्रदेशको थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । जेठ २९ गते (सोमबार) दिउँसो: कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि… पुरा पढौ

एमडिएमएस प्रभावकारी कार्यान्वयनमा नियामक र व्यवसायी एकमत

काठमाडौं, २८ जेठ । गैरकानुनी र अवैध रुपमा नेपाल भित्रिएर दर्ताविनै चलिरहेका मोबाइल फोनको बिक्री वितरण रोक्न सरकारले जेठ १ गतेदेखि लागू गरेको ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टोम’ (एमडिएमएस) प्रणालीको प्रभावकारी कार्यान्वयनका लागि नियामक र व्यवसायी एकमत देखिएका छन् । मोबाइल फोन इम्पोर्टस एशोसिएशन र नेपाल मोबाइल वितरक सङ्घले आज काठमाडौँमा एमडिएमएस कार्यान्वयनसम्बन्धी अन्तरक्रिया तथा पत्रकार सम्मेलन आयोजना गर्दै यो प्रणालीलाई कडाइका साथ लागू गरिनुपर्ने धारणा राखेका हुन् । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले नेपालमा मोबाइल सेटको अनधिकृत आयात र… पुरा पढौ

कला र संस्कृतिको संरक्षणमा जोड दिनुपर्छ : अध्यक्ष ओली

काठमाडौं, २८ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कला र संस्कृतिको संरक्षणमा जोड दिनुपर्ने बताएका छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान आयोजना बबरमहलस्थित नेपाल कला परिषद्मा भइरहेको राष्ट्रिय ललितकला प्रर्दशनीको आज अवलोकनपछि उनले पुरानो कला र संस्कृतिको संरक्षण र त्यसको विकास पनि गर्दै लैजानुपर्ने आवश्यकता औंल्याए। “हाम्रो देश, सभ्यता, कला ,संस्कृति, चाडवाड, सङ्गीतको हिसाबले पुरानो इतिहास भएको देश हो । यी सबै कुरा हाम्रा सम्पदा हुन्”, उनले भने, “कला र संस्कृतिको जति सुरक्षा र सम्मान गर्न सक्दछौँ… पुरा पढौ

नेप्सेमा ४०.४८ अंकको बृद्धि, ३ अर्ब ४५ करोडको कारोबार

काठमाडौं, २८ जेठ । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजारमा सकारात्मक माहोल देखिएको छ । आजको प्रि ओपन सेसनले संकेत गरेजस्तै र लगानीकर्ताको आकलन जस्तै सेयर बजार उकालोतिर गएको छ । सेयर बजारको उकालोको यात्राले लगानीकर्ताको मनोबल बढाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४०.४८ अंकले बढेर १९८०.०९ विन्दुमा उक्लिएको छ । नेप्सेमा २.०९ प्रशितले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ६.१० अंकले बढेर ३७०.५२ विन्दुमा पुगेको छ । यसदिन १३ उपसमूहमध्ये सबैमा हरियो लागेको छ… पुरा पढौ

तराई-मधेसमा उखरमाउलो गर्मीले जनजीवन अस्तव्यस्त बन्दै

धनुषा, २८ जेठ । तराई–मधेशका अधिकांश स्थानमा एक सातादेखि तातो हावा चलिरहेको छ । अधिकांश भागमा केही दिनयता अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेपछि जनजीवन अस्तव्यस्त बन्दै आएको छ । दिउँसो त घर बाहिर निस्किनै नसकिने अवस्था छ । क्षीरेश्वरनाथ नगरपालिका– ५ महेन्द्रनगरकी किसान रामपरी यादवले भनिन्, “खेतीपातीको काम त बिहान–बेलुका गर्छौँ । विगतमा भन्दा यो वर्ष त साह्रै गर्मी भएजस्तो लाग्छ । पहिला गर्मी हुँदा शीतलमा बस्न ठूलाठूला रुख हुन्थे, अहिले त रूख पनि कहाँ पाउनु ? बुढाले… पुरा पढौ

बजेटले अर्थतन्त्रका यथार्थलाई स्वीकार गर्दैन : पूर्वअर्थमन्त्री पौडेल

काठमाडौं, २८ जेठ । पूर्वअर्थमन्त्री एवम् सांसद विष्णुप्रसाद पौडेलले सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको बजेटले अहिलेको आर्थिक मन्दीको यथार्थलाई स्वीकान गर्न नसकेको र नीति तथा कार्यक्रमसँग सामञ्जस्यता कायम गर्न नसकेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा सांसद पौडेलले बजेटका सिद्धान्त र प्राथमिकता र नीति तथा कार्यक्रममा राखिएका योजना बजेटमा नपरेको बताए । “यो बजेटले सिद्धान्त तथा प्राथमिकता, नीति तथा कार्यक्रमका बीचमा कुनैपनि प्रकारको सङ्गति र तादत्म्यता… पुरा पढौ

बाहिरबाट बिरुवा भित्रिएपछि बजारीकरणको समस्या

रेसुङ्गा, २८ जेठ । गुल्मीको रेसुङ्गा नगरपालिका–९ मा वीरबहादुर कार्कीले उत्पादन गरेका बिरुवालाई बजारीकरणको समस्या देखिएको छ । रेसुङ्गा मदाने जडीबुटी तथा कृषि उत्पादन प्रशोधन प्रालि दर्ता गरेर १६ वर्षदेखि उनी बिरुवा उत्पादनमा सक्रिय रहेका छन्। उनले भने, “बाहिरी जिल्लाबाट बिरुवा भित्रिन्छन् । जिल्लाभित्रका बिरुवा बिक्री नहुँदा नर्सरीमा बिरुवा खेर गइरहेका छन् । ”उनले सुन्तला, कागती, टिमुर, अनार, किबी, चियापत्ती, अम्बा, कुरिलो र धुपीलगायत दर्जनौँ बिरुवा उत्पादन गर्दै आएका छन । विभिन्न कार्यालयले किसानलाई विभिन्न प्रकारका बिरुवा वितरण गर्दै आए… पुरा पढौ

प्रि ओपन सेसन : नेप्सेमा १.९१ अंककाे बृद्धि

काठमाडौं, २८ जेठ । साताको सेयर काराेबार हुने पहिलाे दिन आइतबार आज नेपाली सेयर बजारमा लगानीकर्ताकाे लागि शुभ सङ्केत देखिएकाे छ । अर्थात सेयर बजारकाे आजकाे प्रि ओपन सेसनमा नेप्से परिसूचक १.९१ अंकले बढेको छ। यसले बजार सकरात्मक हुने आकलन गरिएकाे छ । अघिल्लो कारोबार दिन बिहबार नेप्से परिसूचक ७.२७ अंकले बढेर १९३९.६१ विन्दुमा पुगेकाे थियाे । आज प्रि ओपन सेसनमा नेप्से १.९१ अंकले बढेर १९४१.५२ विन्दुमा उक्लिएकाे छ। सेन्सेटिभ इण्डेक्स ०.२० अंक बढेको छ। आजकाे प्रि ओपन सेसनमा १६… पुरा पढौ

आईतबार सुनचाँदी स्थिर भाउमा कारोबार हुँदै

काठमाडौं, २८ जेठ । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको भाउ स्थिर रहि कारोबार भईरहेको छ । यसदिन छापावाल सुन तोलाको १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार पनि छापावाल सुन तोलाको १ लाख १२ हजार ५ सय रुपैयाँमा नै कारोबार भएको थियो । तेजाबी सुनको भाउमा पनि फेरबदल भएको छैन । तेजाबी सुन तोलाको १ लाख ११… पुरा पढौ

आँखुखोला जलविद्युतकाे १५औं साधारण सभा असार २२ गते, के छन् एजेण्डा ?

काठमाडौं, २८ जेठ । आँखुखोला जलविद्युत कम्पनीले असार २२ गते १५औं वार्षिक साधारण सभा डाकेकाे आह्वान गरेको छ।  सञ्चालक समितिको शुक्रबार बसेकाे बैठकले साधारणसभा असार २२ गते गर्ने निर्णय गरेको हो। साधारण सभा काठमाडौं नयाँबानेश्वरमा रहेकाे अर्पण ब्यांक्वेटमा पूर्वान्ह ११ बजे डाकिएकाे छ।  सभाबाट १५० प्रतिशत हकप्रद सेयर निश्कासन गर्ने विशेष प्रस्ताव पारित गरिने भएकाे छ। साथै पुँजीगत संरचनामा पनि वृद्धि गर्ने प्रस्ताव अनुमाेदन गरिने भएकाे छ।  कम्पनीले साधारण सभाले गणेश हाइड्रोपावरले प्रवर्द्धन गर्ने २० मे.वा. क्षमताको आँखुखोला–२ जलविद्युत आयोजनामा… पुरा पढौ