मुख्य समाचार

सुदूरपश्चिम प्रदेशसभा : गेटा मेडिकल कलेज सञ्चालन गर्न ध्यानाकर्षण

सुदूरपश्चिम, १९ जेठ । सुदूरपश्चिम प्रदेशसभाका सदस्यले गेटा मेडिकल कलेजलाई विश्वविद्यालयको प्रारुपमा सञ्चालनको पहल गर्न सदनको ध्यानाकर्षण गराएका छन् । प्रदेशसभा बैठकको शून्य समयमा बोल्ने सदस्यले नेपाल सरकार मन्त्रिपरिष्दले केही महिनाअघि गेटा मेडिकल कलेजलाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरे पनि यसविपरीत सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यक्रममा उक्त कलेजलाई दशरथचन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने कुरा आएको भन्दै आपत्ति जनाए । सदस्यले मल बीउबिजनको समयमै व्यवस्थापन गर्न, कारागारको क्षमता बढाउन, मुक्तकमैयाको उचित बसोबासको व्यवस्था… पुरा पढौ

दुई देशबीच उल्लेख्य उपलब्धि हासिल भएका छन् : प्रधानमन्त्री मोदी

नयाँदिल्ली, १९ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र नेपालबीच धार्मिक र सांस्कृतिक सम्बन्ध निकै पुरानो र घनिष्ठ रहेको बताएका छन् । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनले भारत–नेपाल सम्बन्धलाई हिमाल जतिकै उचाइ प्रदान गर्नका लागि काम गरिरहने उल्लेख गरे। “यही भावनाअनुसार सबै मुद्दा, चाहे सीमाका हुन्, या अन्य कुनै विषय सबै समाधान गर्छौं”, उनले भने, “यो सुन्दर सम्बन्धलाई थप प्रगाढ बनाउन प्रधानमन्त्री दाहाल र मैले रामायण सर्किटसँग सम्बन्धित परियोजनालाई तीव्र… पुरा पढौ

अन्तरदेशीय विद्युतीय भुक्तानी गर्न भारत सहमत,अब क्यूआर कोडबाटै भुक्तानी गर्न सकिने

नयाँदिल्ली, १८ जेठ । नेपाल र भारतबीच अन्तरदेशीय विद्युतीय भुक्तानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएकोे छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा नेपाल क्लियरिङ हाउस र भारतको एनपिसिआईबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ । सहमतिपत्रमा नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेषमान प्रधान र एनपिसिआई प्रमुख कार्यकारी अधिकृत रितेश शुक्लाले हस्ताक्षर गरेका छन । एनपिसिआई भारतको केन्द्रीय बैंकले स्थापना गरेको संस्था हो । उक्त सहमतिपछि भारतमा अध्ययन तथा उपचारका लागि आउनेलाई सहज हुनेछ । सम्झौताले सहज कारोबार तथा भुक्तानीका लागि मार्गप्रशस्त… पुरा पढौ

भारतले १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने

नयाँदिल्ली, १८ जेठ । नेपालभित्र उत्पादित भारतीय बजारमा सहज रुपमा बिक्रीका लागि नयाँ मार्ग प्रशस्त भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नेपालको बिजुलीको सहज व्यापारका लागि नयाँ मार्ग प्रशस्त भएको हो । यसअघि अल्पकालीन सम्झौतामार्फत हुँदै आएको बिजुली व्यापार अब भने दीर्घकालीन विद्युत् व्यापार सम्झौतामार्फत हुने भएको छ । यसबाट ऊर्जा उद्यमीलाई पनि राहत मिलेको छ । नेपालबाट भारतले आगामी १० वर्षमा १० हजार मेगावाट बराबरको बिजुली खरिद गर्ने भएको छ । त्यसमा माथिल्लो तामाकोशीलगायतका आयोजनाको… पुरा पढौ

नेप्सेमा छायाे हरियाली, आजपनि प्रभु बैंककाे संस्थापक सेयर कारोबार अब्बल

काठमाडौं, १८ जेठ । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहिबार नेपाली सेयर बजारमा हरियाली छाएको छ । सबै सूचकहरुमा हरियो लागेको छ । नेप्सेमा आएको सकारात्मक परिवर्तनले लगानीकर्ताहरुलाई उत्साही बनाएको छ । कारोबार रकम भने अघिल्लो कारोबारको भन्दा कम देखिएको छ । यसदिन डेढ अर्ब बढीको कारोबार भएको छ भने अघिल्लो कारोबार २ अर्ब ३१ करोड बढीको भएको थियो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसुचक १६.५४ अंकले बढेर १८६६.३४ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.८९ प्रतिशतले बृद्धि हुँदा… पुरा पढौ

अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन सम्झौता

नयाँदिल्ली, १८ जेठ । अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको भारतीय कम्पनी सतलज विद्युत् निगमले नै तल्लो अरुण जलविद्युत् आयोजना पनि निर्माण गर्ने भएको छ । आयोजना विकाससम्बन्धी द्विपक्षीय सम्झौतामा आज हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा उनका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समेतको उपस्थितिमा आयोजना विकासकर्ता कम्पनीसँग परियोजना विकास सम्झौता (पिडिए)मा हस्ताक्षर भएको हो । पिडिएमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र सतलज विद्युत् निगमका अध्यक्ष नन्दलाल शर्माले हस्ताक्षर गरे। प्रधानमन्त्री तथा लगानी… पुरा पढौ

नबिल बैंककाे आज एकैपटक ३८ शाखा सञ्चालनमा

काठमाडौं, १८ जेठ । नबिल बैंक लिमिटेडले एकैसाथ ३८ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैकले आज काठमाडौंमा एक कार्यक्रम गरी एकैसाथ उक्त शाखाहरुको उद्घाटन गरेको हो । ‘नबिल बैंक अब तपाईसंग अझै नजिक’ भन्ने नाराका साथ सरल र सबल बैकिङ सेवा प्रदान गर्न सात वटै प्रदेशका बिभिन्न स्थानमा एकैपटक थप ३८ वटा शाखा सञ्चालन गरेको बैंकले जनाएको छ । पिछडिएका स्थानमा समेत नबिलको बैंकिङ सेवा पुर्याउने उद्धेश्यले उक्त ३८ शाखा सञ्चालनमा लयाएको बैंकले जनाएकाे छ । नबिल बैंकका… पुरा पढौ

पेट्रोलियम पाइपलाइन निर्माणमा भारतले १७ अर्ब सहयोग गर्ने

नयाँदिल्ली, १८ जेठ । इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा दुई महत्वपूर्ण पाइप लाइन निर्माणमा सहमति भएको छ । त्यसका लागि भारतले झण्डै रु १७ अर्ब बराबरको सहयोग उपलब्ध गराउने भएको छ । त्यसबाट दुई वटा पेट्रोलियम पाइपलाइन परियोजना र एक भण्डारणस्थल निर्माण हुने भएको छ । भण्डारणस्थल भने नेपालले आफ्नै खर्चमा निर्माण गर्नुपर्नेछ । पेट्रोलियम पदार्थको सहज आपूर्तिका… पुरा पढौ

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीले गरे रेलमार्गको समुद्घाटन

नयाँदिल्ली, १८ जेठ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको रेल्वे सेवाको संयुक्तरुपमा उद्घाटन गरेका छन् । नयाँदिल्लीस्थित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालय हैदरावाद हाउसबाट दुई देशका प्रधानमन्त्रीले हरियो झण्डा देखाएर कार्गो रेल्वे सेवाको उद्घाटन गरे। प्रधानमन्त्री प्रचण्ड र उनका भारतीय समकक्षी मोदीले झण्डा देखाएपछि बथनाहाबाट भारतीय पक्षले कार्गो रेललाई बिदाइ र बुधनगरमा नेपाली सरकारी अधिकारीले स्वागत गर्नेछन् । विराटनगरस्थित एकीकृत भन्सार जाँच चौकीसम्म आइपुग्ने सो मालवाहक रेलले… पुरा पढौ

अत्यधिक गर्मीले तराई-मधेसकाे जनजीवन प्रभावित

जनकपुर, १८ जेठ । धनुषासहित तराई-मधेसमा दैनिक गर्मी बढ्न थालेकाे छ । जेठ दोस्रो साता सकिन लाग्दा पनि पानी पर्न नसक्दा गर्मी अत्यधिक बढेपछिे जनजीवन प्रभावित भएको हो । जनकपुरधामसहित तराई-मधेस क्षेत्रमा १ सातादेखि मध्याह्नपख अधिकतम तापक्रम ३८ देखि ४१ डिग्री सेल्सियसको हाराहारीमा पुग्न थालेको छ । घर बाहिर निस्कनै मुस्किल सूर्योदय भएसँगै साँझसम्म नै एकनासले टन्टलापुर घाम लाग्दा अत्यधिक गर्मी भई जनजीवन प्रभावित बनेको हो । बेला–बेलामा सामान्य वर्षा भए पनि यस क्षेत्रमा गर्मी घट्न सकेको छैन । पानी… पुरा पढौ