मुख्य समाचार

यस्ताे छ आजकाे सुन चाँदीको भाउ

काठमाडौं, २ जेठ । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनको भाउ बढेको छ । चाँदीको भाउ भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १ सयले बढेको हो । उता चाँदी साेमबारकै भाउमा कारोबार भईरहेको छ। यसदिन छापावाल सुनमा रुपैयाँ १ सयले बढेर तोलाको १ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा… पुरा पढौ

सडक सरसफाइ र सुन्दरतामा तिलोत्तमा नगरपालिका अगाडी

रुपन्देही, २ जेठ । सफा र चौडा सडक । सडकको दायाँबायाँ हरियाली र रङ्गीचङ्गी फूलहरू । ६ लेन सडकको डिभाइडरमा लहरै राखिएका बुद्धका मूर्तिले सबैको ध्यान तान्छ । रङरोगन र सरसफाइले चिटिक्क पारिएका सडक किनारा, ठाउँ–ठाउंँमा आकाशे पुल, ट्राफिक बत्ती र सङ्केतले यो सडकको यात्रा गर्दा युरोप पुगेको झल्को दिन्छ । तर यो कुनै युरोपतिरको सडक होइन, तिलोत्तमाको सडक हो । बुटवल भैरहवा व्यापारिक मार्गको सबैभन्दा लामो भाग तिलोत्तमा नगरपालिका क्षेत्रभित्र पर्छ । आफ्नो क्षेत्रभित्र पर्ने छ लेन सडकको सरसफाइ… पुरा पढौ

बढ्यो अमेरिकी डलर र यूरोको भाउ, अन्यको कस्तो ?

काठमाडौं, २ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलरको भाउ र यूरोको भाउ बढेको छ । साथै अन्य देशकाे मुद्राकाे भाउ पनि बढेकाे छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ… पुरा पढौ

सयपत्री फूलको व्यावसायिक खेतीबाट मनग्ये आम्दानी

गल्याङ, २ जेठ । स्याङ्जाको गल्याङ नगरपालिका–५ रुपाखानीका चन्द्रबहादुर राना ‘चित्र’ले सयपत्री फूलको व्यावसायिक खेतीबाट मनग्ये आम्दानी गरेका छन्। गल्याङमा सयपत्री फूलखेती गर्ने एक्लो कृषकको पहिचान बनाएका उनी तीन वर्षदेखि यो पेसामा आबद्ध छन्। अत्यधिक माग हुन थालेपछि उनले व्यावसायिकरूपमा सयपत्री फूलको खेती गर्दै आएका हुन। रानाले स्याङ्जासहित पाल्पा, पर्वत, कास्कीलगायतका जिल्लामा वार्षिकरूपमा रु दुई लाख बराबरको सयपत्री फूल निर्यात हुने गरेको जानकारी दिए। “सिजनमा मासिक रु २० देखि ३० हजार बराबरको फूल तथा माला बिक्री हुन्छ”, उनले भने, “अफसिजनमा… पुरा पढौ

भक्तपुर आगलागीमा २ करोड बढीको क्षति

भक्तपुर, २ जेठ । आइतवार साँझ भएको आगलागीमा दुई करोड २९ लाख बराबरको सामान जलेर नष्ट भएका छन् । सूर्यविनायक नगरपालिका–५, चुनदेवीस्थित ३७ वर्षीय बिजेन चौगुठीले सञ्चालन गरेको न्यू दाजुभाइ फर्निचर ट्रेडर्स, फर्निचर सञ्चालक बिजेनको साढे तीनतले घर र सँगै रहेको पुष्प शिल्पकारको कृपालु फर्निचर कारखाना आगलागी भएको थियो । प्रहरी परिसर भक्तपुरले दुई फर्निचर र एक घरमा भएको आगलागीको सोमबार दिनभर लगाएर घटनाको मुचुल्का गरी क्षति विवरण सङ्कलन गर्दै क्षतिको मूल्याङ्कन गरी साँझ क्षति विवरण सार्वजनिक गरेको हो ।… पुरा पढौ

राजसंस्था, हिन्दू राष्ट्र संविधान विपरीत छैन : राजेन्द्र लिङ्देन

काठमाडौं, २ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समितिको पूर्ण बैठक आज बिहान ८ बजे पुनः बस्दै छ । काठमाडौँको धूम्बाराहीमा हिजाेदेखि सुरु भएको बैठकमा प्रस्तुत गरिएका प्रतिवेदनमा छलफलको क्रम जारी रहेकाले वैठक पुनः बस्दैछ। बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले प्रस्तुत गरेको ‘यथास्थितिवादी राजनीतिक कित्ताको एकमात्र विकल्प राप्रपा’ शीर्षकको प्रतिवेदनमाथिको छलफलमा नेताहरूले बोल्ने क्रम सकिएको छैन । उक्त प्रतिवेदनमा महाधिवेशन र पुस्तान्तरण, तीनै तहको निर्वाचनमा पार्टीको अवस्था, संवर्द्धनवादी विश्व सङ्गठनमा पार्टीको सहभागिता, राजसंस्था, हिन्दू राष्ट्र संविधान विपरीत नभएको विषय… पुरा पढौ

रु १८ लाख ठगी गरेको आरोपमा विश्वकर्मा पक्राउ

काठमाडौं, २ जेठ । प्रहरीले रोमानिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रोमानिया पठाइदिन्छु भनी रु १८ लाख ठगी गर्ने बागलुङ घर भई हाल काठमाडौँको टोखा बस्ने ३४ वर्षीय विशाल विश्वकर्मालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । विभिन्न व्यक्तिसँग रकम ठगी गरेको उजुरीको आधारमा विश्वकर्मालाई काठमाडौँको लाजिम्पाटबाट पक्राउ गरिएको कार्यालयका सूचना अधिकृत रवीन्द्र रेग्मीले जानकारी दिए। विश्वकर्माले आठ जनालाई वैदेशिक रोजगारीका लागि रोमानिया पठाइदिन्छु भन्दै पीडितबाट प्रतिव्यक्ति… पुरा पढौ

नेपाल व्यवस्थापन संघ गण्डकीका पदाधिकारीले गरे मुख्यमन्त्री पाण्डेसँग भेटघाट र छलफल

पाेखरा, १ जेठ। नेपाल व्यवस्थापन संघ (MAN) गण्डकीका पदाधिकारीले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग भेटघाट र छलफल गरेका छन। संघकाे टाेलीले नवनियुक्त मुख्यमन्त्री पाण्डेलाई कार्यकालको पुर्ण सफलताकाे सुभकामना ब्यक्त गर्दै नेपाल व्यवस्थापन संघले गण्डकी प्रदेश सरकारसँग सहकार्य गरेर काम गर्न तयार रहेकाे बताएकाे छ । संघका अध्यक्ष डा. वीर बहादुर कार्कीकाे नेतृत्वमा गएकाे टोलीले प्रदेश सरकारले ल्याउने निति तथा कार्यक्रम र योजनाहरुका विषयमा सुझाव, सल्लाह सहित ब्यवस्थापकीय सहकार्य गर्न संस्था तयार रहेको बताएका छन । साथै संस्थाले हालसम्म गरेका मुख्य… पुरा पढौ

मेलम्ची खानेपानी वितरण जेठ ५ गतेदेखि दुई हप्ता बन्द हुने

सिन्धुपाल्चोक, १ जेठ । मेलम्ची खानेपानी वितरण यही जेठ ५ गतेदेखि मात्र बन्द हुने भएको छ । मर्मतका लागि सोमबारदेखि दुई हप्ता बन्द गर्ने भनिएकामा सरोकारवालाहरूको सुझावअनुसार पाँच दिनपछि मात्र मर्मतको काम सुरु गरिने मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले जानकारी दिए। उनका अनुसार दुई हप्ता जति मर्मत कार्य भएपछि पुनः पानी पठाइने छ । हेलम्बु–१ स्थित आयोजनाको मुहान तथा हेडवर्क्समा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द हुने मेलम्ची खानेपानी आयोजनाका सिनियर… पुरा पढौ

आगामी नीति कार्यक्रम तथा बजेट संरचनागत सुधार गर्ने दिशामा केन्द्रित हुनेछ : प्रधानमन्त्री दाहाल

काठमाडाैं, १ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट संरचनागत सुधार गर्ने दिशामा केन्द्रित हुने बताएका छन । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन नेपाल राष्ट्र बैंकद्वारा आज आयोजित ‘अर्थतन्त्रको वर्तमान चुनौती तथा समाधानका भावी कार्यदिशा’ कार्यक्रममा उनले बढी प्रतिफल प्राप्त हुने आयोजना तथा कार्यक्रमलाई प्राथमिकतामा राखी बजेट विनियोजन गरिने बताएका हुन । “बजेटले अनावश्यक खर्च कटौती गर्ने, सरकारको खर्च क्षमतामा सुधार गरी पुँजीगत खर्च बढाउने, उत्पादन र रोजगारी सिर्जना गर्ने क्रियाकलापमा निजी क्षेत्रलाई… पुरा पढौ