मुख्य समाचार

कोशी, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं, २९ वैशाख । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा  स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ। साथै देशभर मौसम सामान्यतया सफा रहेको समेत जनाएकाे छ । वैशाख २९ गते (शुक्रबार) दिउँसोː  कोशी प्रदेश र मधेश प्रदेशका साथै बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेशका साथै बागमती र  गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। रातीː  कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा… पुरा पढौ

गण्डकीमा मन्त्रालयको नयाँ कार्यविभाजन

पाेखरा, २९ वैशाख । गण्डकी प्रदेश सरकारले मन्त्रालयको कार्यविभाजन हेरेफेर गरेको छ । मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश सरकार (कार्यविभाजन) नियमावली, २०७४ को नियम ८ अनुसार मन्त्रालयको नयाँ कार्यविभाजन गरेको हो । सरकारको उक्त निर्णय प्रदेश राजपत्रमासमेत प्रकाशित भइसकेको छ । यसअघिको कार्यविभाजन नमिलेको देखिएकाले हेरेफेर र समायोजन गरिएको सरकारका प्रवक्ता एवं बिनाविभागीय मन्त्री सरस्वती अर्याल तिवारीले जानकारी दिइन। नयाँ कार्यविभाजनअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालय मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गाभिएको छ । अबदेखि शान्ति सुरक्षा, विपद् व्यवस्थापन, प्रदेशसभा मामला, कानुन,… पुरा पढौ

भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्न नागरिक समाजको माग

पोखरा, २८ बैशाख । नेपाली नागरिकहरूलाई गैरनागरिक बनाइ नक्कली भुटानी शरणार्थी खडा गर्दै तेस्रो मुलूक पठाउने धन्दा प्रति पोखरेली नागरिक समाजले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । समाजले बिहिबार विज्ञप्ती जारी गर्दै राष्ट्रविहिन नागरिक खडा गर्ने कार्यमा उच्च पदस्थ राजनैतिक दलका नेता तथा कर्मचारीतन्त्रबाट भएको घृणित कार्यप्रति समाजले आपत्ति जनाएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीका संयोजक शिव खकुरेल, शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराका संयोजक विना सिलवाल, सञ्जालका पूर्व संयोजक बिष्णुप्रसाद बराल, गैर सरकारी संस्था महासंघ गण्डकीका… पुरा पढौ

अन्तर्राष्ट्रिय विकास साझेदारहरुसँग अर्थमन्त्री महतकाे छलफल

काठमाडौं, २८ बैशाख। अर्थमन्त्री डा. प्रकाश शरण महतले नेपालमा रहेका अन्तर्राष्ट्रिय विकास साझेदारहरुसंग आगामी आर्थिक वर्ष २०८०-८१ को बजेटका विषयमा छलफल गरेका छन् । छलफलमा विश्व बैंक, एशियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र अन्तर्राष्ट्रिय वित्त निगम जस्ता बहुपक्षिय विकास साझेदार, अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग, जापान, कोरिया, स्विजरल्याण्ड, नर्वे, फिनल्याण्ड, युरोपियन युनियन, जर्मनी लगायतका द्वपक्षीय विकास साझेदार संस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । छलफलका क्रममा अर्थ मन्त्री डा. महतले नेपाल सरकारका आगामी दिनका प्राथमिकता, आगामी बजेटले लिने मार्ग… पुरा पढौ

नेप्सेमा झिनो अंकको गिरावट, ५८ करोडकाे कारोबार

काठमाडौं, २८ वैशाख । साताको सेयर कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली सेयर बजारमा झिनो अंकले गिरावट भएको छ । तीनवटा उपसमूह बाहेक बाँकी १० वटा राताम्मै भएका छन् । काराेबार रकममा पनि उल्लेखनीय प्रगति हुन सकेन । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३.३४ अंकले घटेर १८३८.५९ विन्दुमा झरेको छ । नेप्सेमा ०.१८ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ०.७१ अंकले घटेर ३५३.०९ विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये ३ वटामा हरियो लागेको छ । बाँकी १० वटामा रातो लागेको… पुरा पढौ

गृह प्रशासन र सुरक्षा निकायलाई नियमित याेग प्रशिक्षण गराइने

काठमाडाैं, २८ बैशाख । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले योग आफैँमा परम्परागत चिकित्सा पद्धति र जीवनशैली भएको बताएका छन । पतञ्जलि योग पीठ नेपालको तत्वावधानमा आज सशस्त्र प्रहरीबलको प्रधान कार्यालयमा आयोजित योग शिविरलाई सम्बोधन गर्दै उनले योग वैज्ञानिक र व्यवहारिक रहेकाले यसले चित्त सुद्धी र अनुशासन कायम गर्दै सकारात्मक ऊर्जाका साथ स्वस्थ जीवन जीउन प्रेरित गर्ने उल्लेख गरेका हुन् । उपप्रधानमन्त्री श्रेष्ठले गृह मन्त्रालय अन्तर्गत् गृह प्रशासन तथा सुरक्षा निकायमा पनि योग र ध्यानलाई नियमित गर्ने गरी शिविर सञ्चालनका साथै… पुरा पढौ

विमान खरिद गर्न नेपाल वायुसेवा निगमले गठन गर्याे उपसमिति

काठमाडौं, २८ वैशाख । नेपाल वायुसेवा निगमले २ वटा विमान खरिद गर्नका लागि योजना अघि बढाउन उपसमिति गठन गरेको छ । प्रादेशिकरुपमा हवाई ‘कनेक्टिभिटी’ बढाउने उद्देश्यले सहरी क्षेत्रका विमानस्थलमा उडान भर्न सक्ने दुई वटा जहाज खरिद गर्ने कार्य योजना अघि बढाएको हो । यसका लागि वैशाख २६ मा बसेको निगमको सञ्चालक समितिको बैठकले समिति सदस्य वरिष्ठ क्याप्टेन सुधिर समशेर राईको संयोजकत्वमा नौ सदस्यीय उपसमिति गठन गरेको छ । उक्त उपसमितिले २१ कार्यदिनभित्र प्रतिवेदन वुझाउने गरी काम सुरु गरिसकेको छ ।… पुरा पढौ

तीनवटा इन्स्योरेन्स गाभिएर बनेकाे ‘हिमालयन लाइफ’काे चुक्ता पुँजी ८ अर्ब नाघ्याे

काठमाडौं, २८ वैशाख। साबिकका प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र यूनियन लाइफ इन्स्योरेन्स गाभिएर बनेको हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडकाे चुक्तापुँजी ८ अर्ब २ करोड रुपैयाँ पुगेको छ। हिजाे वैशाख २६ गतेबाट औपचारिक रुपमा कारोबार शुभारम्भ गरेको हिमालयन लाइफमा मर्ज भएका तीन कम्पनीले १ वर्षअघि नै मर्जरमा जाने प्रारम्भिक सम्झौता गरेका थिए। १ वर्षको अवधिमा मर्जर प्रक्रिया पूरा गरी हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु भएको हो । जीवन बीमा क्षेत्रको बिग मर्जरबाट बनेको हिमालयन लाइफ इन्स्योरेन्स धेरैवटा… पुरा पढौ

कालीगण्डकी करिडोर प्रसारण लाइन असारभित्रै सम्पन्न हुने

काठमाडाैं, २८ बैशाख । कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाको निर्माण अगामी असारभित्र सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ दाना सवस्टेसनबाट सुरु भई पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–१३ भूमहीस्थित नयाँ बुटवल सवस्टेसनसम्मको एक सय २७ किलोमिटर डबल सर्किट प्रसारण लाइन आयोजना दुई खण्डमा विभाजन गरी निर्माण भइरहेको छ । पहिलो खण्डअन्तर्गत दानादेखि पर्वतको कुश्मा नगरपालिका-२ खुर्कोटसम्मको ३९ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ ।… पुरा पढौ

मन्त्रालयको कार्यविभाजन हेरफेर सहित गण्डकी प्रदेश सरकारले छिटै पूर्णता पाउने

पाेखरा,२८ बैशाख । गण्डकी प्रदेशमा मन्त्रालयको कार्यविभाजन हेरेफेर हुने भएको छ । मन्त्रालयको सङ्ख्या भने ७ भन्दा नबढ्ने प्रदेश सरकारले प्रष्ट पारेको छ । अघिल्लो सरकारले मन्त्रालयको सङ्ख्या १२ बाट घटाएर सातमा झारेको थियो । नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रालय घटाउँदा कार्य विभाजन नमिलेको देखिएकाले केही परिमार्जन गर्न लागिएको बताएका छन । “मन्त्रालयको सङ्ख्या सात नै रहन्छ, बढ्दैन, तर नयाँ कार्य विभाजन हुन्छ”, उनले भने, “आज कार्य विभाजन टुङ्गिन्छ, त्यसपछि मन्त्रिपरिषद् विस्तार हुन्छ ।” मुख्यमन्त्री पाण्डेले गठबन्धन दलहरुबीच मन्त्रालय बाँडफाँटमा… पुरा पढौ