मुख्य समाचार

फरवार्ड लघुवित्तकाे नाफा र इपीएस घट्याे

काठमाडौं, २८ वैशाख । फरवार्ड लघुवित्त वित्तीय संस्थाकाे नाफा घटेकाे छ । यसका साथै लघुवित्तकाे इपिएस पनि घटेकाे छ । संस्थाकाे प्रकाशित चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणका अनुसार चैत मसान्तसम्ममा ४ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएकाे छ। याे नाफा गत आर्थिक वर्षको सोही अवधिकोभन्दा ९३.५५ प्रतिशतले कम हो। गएकाे वर्ष याे नाफा रु ६७ करोड ६४ लाख रहेकाे थियो। संस्थाकाे खुद ब्याज आम्दानी घट्दा र इम्पेरमेन्ट चार्ज बढ्दा यसकाे असर नाफामा परेकाे हाे । लघुवित्तकाे यस… पुरा पढौ

बिहिबार घट्यो डलर र यूरोको भाउ, अन्यको कस्तो ?

काठमाडौं, २८ वैशाख । नेपाल राष्ट्र बैंकले आज बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलर र यूरो लगायतका अन्य देशको मुद्राकाे भाउ घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ८८ पैसा बिक्रिदर १३१ रुपैयाँ… पुरा पढौ

सिटि होटल आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, २८ वैशाख । सिटि होटल लिमिटेडकाे सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले बैशाख २५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ खुलाएकाे थियाे। यसअघि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ जारि गरिएकाे थियाे । जारी पूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशतले हुने १६ करोड ७४ लाख रुपैयाँ बराबरको १६ लाख ७४ हजार कित्ता निष्काशनका लागि राखिएकाेमा पहिलो चरणमा १ लाख ६७ हजार ४०० कित्ता वैदेशिक रोजगारमा गएकाहंरुकाे लागि जारि भइसकेकाे… पुरा पढौ

‘ज्यूँदो सहिद’ जनआन्दोलनका घाइते कायस्थको निधन

काभ्रेपलाञ्चोक, २८ वैशाख । विसं २०६२÷६३ को जनआन्दोलनका घाइते मुकेश कायस्थको निधन भएको छ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ का उनको गए राति निधन भएको हो । जनआन्दोलनमा घाइते हुँदा कायस्थ १५ वर्षका थिए। घाइते भएको १७ वर्षपछि उनको निधन भएको हो । केही दिनदेखि स्वास्थ्यमा थप समस्या भएपछि कायस्थलाई बनेपास्थित शिरमेमोरियल अस्पताल भर्ना गरिएको थियो । सो अस्पतालमै उनको निधन भएको मुकेश फाउण्डेशनका अध्यक्ष हीरा शर्माले जानकारी दिइन। जनआन्दोलनताका कायस्थ बनेपाकै विद्यासागर स्कुलमा कक्षा ८ मा पढ्दै थिए। लोकतन्त्रका खातिर… पुरा पढौ

आइएफआरसीको महासचिवमा पुनः चापागाईं चयन

काठमाडौं, २८ वैशाख । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत पदमा जगन चापागाईं दोस्रो कार्यकालका लागि पुनः चयन भएका छन् । सो पदमा पुग्ने उनी पहिलो नेपाली हुन्। चापागाईंले यसअघि सन् २०२० फेब्रुअरीमा चार वर्षे सो पदको पहिलो कार्यकाल सम्हालेका थिए। स्वीट्जरल्याण्डको जेनेभामा गए राति सम्पन्न आइएफआरसीको गभर्निङ बोर्डको बैठकले पहिलो पदावधि समाप्त हुनु एक वर्ष अगाडि नै उनलाई दोस्रो कार्यकालका लागि पुनः चयन गर्ने निर्णय गरेको हो । सो बोर्डमा विश्वका २९… पुरा पढौ

कामपाकाे आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव सङ्कलन संयन्त्र प्रयोगमा

काठमाडौं, २८ वैशाख । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति, बजेट तथा कार्यक्रम तर्जुमा गर्दा नागरिकका चाहनामा आधारित बनाउन सुझाव सङ्कलन संयन्त्र प्रयोगमा ल्याएको छ । उक्त संयन्त्रको प्रयोग अनलाइनमार्फत गर्न सकिने छ । कामपाको विकास, सुविधा वितरण, सेवा प्रवाह तथा समृद्धिका लागि कुन कुन क्षेत्रमा कस्ता नीति बनाउनु पर्ला ? कस्ता कार्यक्रम राख्नु पर्ला ? बजेटमा कस्तो किसिमको व्यवस्था गर्नुपर्ला ? लगायत विषयक छनोट गरिएको कामपाका सूचना अघिकारी वसन्त आचार्यले जानकारी दिए। नागरिकको परिकल्पना र समस्या समाधानका… पुरा पढौ

मिटर व्याजीलाई कारबाही गर्ने अध्यादेश स्वीकृत

काठमाडौं, २८ वैशाख । प्रतिनिधिसभाबाट ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ सर्वसम्मतरुपमा स्वीकृत भएको छ । सभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ¬का तर्फबाट अर्थमन्त्री डा प्रकाशशरण महतले सो अध्यादेशलाई स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए। बैठकमा सभामुख देवराज घिमिरेले सो अध्यादेशलाई अस्वीकार गरियोस् भन्ने सूचना प्राप्त नभएको व्यहोरा सदस्यलाई जानकारी गराए। यही वैशाख २४ गतेको बैठकमा कानुनमन्त्री गुरुङले सो अध्यादेश प्रतिनिधिसभामा पेस गरेका थिए। उक्त अध्यादेश यही वैशाख २० गते राष्ट्रपति रामचन्द्र… पुरा पढौ

क्यानडा तथा चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं, २८ वैशाख । क्यानडा र चेक रिपब्लिक पठाइदिन्छु भनी लाखौँ रकम ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुलीको कमलामाई नगरपालिका–४ घर भई हाल काठमाडौँको नयाँ बजार बस्ने ३४ वर्षका उद्धव नेपाल भन्ने सुवर्ण मग्रातीलाई प्रहरीले पक्राउ गरेको हो । उनले बाबुराम सापकोटासमेत चार जनालाई वैदेशिक रोजगारीका लागि क्यानडा तथा चेक रिपब्लिकलगायतका देशमा पठाउने लोभ देखाएर त्यहाँ जानका लागि प्रतिव्यक्ति रु १० लाख लाग्ने भन्दै रकम असुलेको पाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी… पुरा पढौ

‘पुरानै नीतिले अर्थतन्त्रमा परिणामको अपेक्षा गर्न सकिँदैन’

काठमाडौं, २७ वैशाख । पुरानै नीतिले परिणामको अपेक्षा गर्न नसकिने भन्दै सांसदहरुले अहिलेको अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सक्ने नीति अख्तियार गरिनुपर्नेमा जोड दिएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८०/८१ को सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनीहरुले सिद्धान्त र प्राथमिकता, नीति कार्यक्रम तथा बजेटमा अर्थतन्त्रलाई सबल बनाउनुपर्ने विषय आउनुपर्ने बताए। सांसद अर्जुनरसिंह केसीले सिद्धान्त र प्राथमिकतामा लेखिएको अर्मूत भाषाले राष्ट्रिय अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न नसक्ने बताए। उनले वितरणमुखी बजेटलाई सम्पूर्णरुपमा बन्द गर्न, अनुत्पादक खर्च कटौती गर्न, पुँजीगत… पुरा पढौ

नेप्सेमा करेक्सन, ५८ करोड ७५ लाखको कारोबार

काठमाडौं, २७ वैशाख । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा पुनः करेक्सन भएको छ । अर्थ बजारका जानकारहरुका अनुसार यसमा सधैं मनोबैज्ञानिक असरहरु परिरहन्छन् । अर्थ बजारमा राजनीतिक उतारचढाव, सरकारको स्थिरता, नियमनकारी निकायको उदासिनता, मौद्रिक नीति लगायतका घटाक्रमले यो प्रभावित बन्ने गरेको छ । सरकारले यतिबेला आर्थिक वर्ष २०८०÷२०८१ को बजेटको काम गरिरहेको छ । यसका बारेमा संसदमा छलफल भईरहेको छ । यसले पनि लगानीकर्ताहरुलाई पर्ख र हेरको अवश्थामा पुर्याएको छ । नेप्सेमा आज झिनो २.४३ अंकले… पुरा पढौ