मुख्य समाचार

मोदी ईनर्जीकाे आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं, १९ वैशाख । मोदी ईनर्जीले आजदेखि सर्वसाधारणका लागि सेयर (आईपीओ) जारि गरेकाे छ। कम्पनीले ६४ लाख ४५ हजार ६१० कित्ता सेयर निश्काशन गरेकाे हाे। यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानिय र वैदेशिक रोजगारमा रहेकाहरुकाे लागि सेयर निष्काशन गररिएकाे थियाे । जारी पूँजी २ अर्ब ९० करोड रुपैयाँको २५ प्रतिशतले हुने ७२ करोड ५० लाख रुपैयाँ बराबरको ७२ लाख ५० हजार कित्ता सेयर निष्काशनमा ल्याएकोमा २९ लाख कित्ता आयोजनाबाट प्रभावित भएकाहरुकाे लागि बाँडफाँड भइसकेकाे छ । उनीहरुलाइ बाँडफाँड गरी बाँकी रहेकाे… पुरा पढौ

कोशी, वागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिममा बदली

काठमाडौं, १९ वैशाख । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको जनाएकाे छ। देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । सुदूरपश्चिम प्रदेशका थोरै स्थान र अन्य पहाडी पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।  वैशाख १९ गते (मंगलबार) दिउँसोː कोशी प्रदेश, वागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर-पश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहनेछ। देशका सुदुर-पश्चिम प्रदेश, कर्णाली प्रदेश र कोशी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग… पुरा पढौ

एमाले केन्द्रीय कमिटी बैठक वैशाख २८, २९ र ३० गते दमकमा हुने

झापा, १९ वैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक यही वैशाख २८, २९ र ३० गते झापाको दमकमा हुने तय भएको छ । एमाले झापाले बैठक हुने स्थान दमक चयन गर्दै आवश्यक तयारी गरिरहेको पार्टीका जिल्ला अध्यक्ष दीपक कार्कीले बताए। उनका अनुसार केन्द्रीय कमिटीको बैठक दमकको कश्मिक पार्टी प्यालेसमा हुने र उद्घाटन सभा दमक पशुहाटको खुला मैदानमा गरिने उनले जानकारी दिए। एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २८ गते कार्यकर्ता भेलाबाटै बैठकको उद्घाटन गर्ने भएकाख छन्।… पुरा पढौ

आज ‘आइसिटी डे’ मनाइँदै

काठमाडौं, १९ वैशाख । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ‘आइसिटी डे’ यही आज वैशाख १९ गते मनाइदै छ । ‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने मूल नाराका साथ छैटौँ दिवस अर्थात् ‘आइसिटी डे’ यही वैशाख १७, १८ र १९ गते तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर मनाइदै छ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीका अनुसार सूचना प्रविधिको क्षेत्रमा योगदान दिएकालाई सम्मान गर्ने गरिन्छ । “सूचना प्रविधिको प्रयोगबाट हुने साइबर अपराध कसरी रोक्न सकिन्छ भनेर अध्ययन… पुरा पढौ

सगरमाथा आरोहणमा इतिहासकै बढी आरोही, अनुकूल मौसमको प्रतिक्षा गर्दै

काठमाडौं, १८ वैशाख । हिमाल आरोहणका लागि वसन्त ऋतु उपयुक्त समय मानिन्छ। हिमाल आरोहण आफैमा साहसिक कार्य भए पनि मौसमका दृष्टिले यो तुलनात्मक रुपमा अनुकुल मानिन्छ। त्यसैले हिमाल आरोहण गर्न चाहने आरोहीहरुको सङ्ख्या वसन्त ऋतुमा बढी हुने गरेको छ । आरोहणका लागि यतिखेर उल्लेख्य सङ्ख्याका आरोहीहरु सगरमाथा क्षेत्रमा पुगिसकेका छन् । पर्यटन विभागबाट आरोहण अनुमति लिएका उनीहरु यतिबेला सगरमाथाको पहिलो, दोस्रो र तेस्रो आधार शिविरमा अनुकूल मौसमको प्रतिक्षामा छन्। सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले सगरमाथाको साउथ कोल (चौथो… पुरा पढौ

६ महिनाभित्र माैला कालिका केबलकारकाे अपर स्टेशनमा ४ तारे होटल सञ्चालन हुनेछ : अध्यक्ष ढकाल

गैँडाकोट, १८ वैशाख । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले गैँडाकोटमा सञ्चालनमा ल्याइएको माैलाकालिका केबलकारकाे अपर स्टेशनमा चार तारे होटल निर्माणको काम तीव्र गतिमा अघि बढिरहेको बताएका छन् । साे केबलकारकाे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज उद्घाटन गरेपछि कार्यक्रममा बाेल्दै ढकालले स्थानीयको साझेदारीमा आइएमइ समूहको ५१ प्रतिशत लगानीमा केबलकार सञ्चालनमा आएको बताए । केबलकारको लागत करिब रु दुई अर्ब रहेको ढकालले बताए। यही वैशाख १ गतेबाट केबलकार सञ्चालनमा आएकाेमा साेमबार उद्घाटन गरिएकाे हाे । उनले केबलकारको अपर स्टेशनमा चार… पुरा पढौ

धमाधम जनमुखी काम गरेपछि प्रति क्रान्तिकारीले गलत प्रचार सुरु गरेः प्रधानमन्त्री दाहाल

काठमाडौं, १८ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवउदारवादले मजदुर र आम जनतामाथि नयाँ प्रकारले शोषण र उत्पिडन गरेकाले त्यसका विरुद्ध साझा प्रतिवाद जरुरी रहेको बताएका छन्। अखिल नेपाल ट्रेड युनियन महासङ्घको आठौंँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले श्रमजीवी र मजदुर वर्गलाई शोषण मात्रै गर्ने प्रवृत्तिको अन्त्यका लागि सशक्त प्रतिवाद जरुरी रहेको बताए। प्रधानमन्त्री दाहालले वर्तमान सरकार गठन भएपछि मजदुर र आम जनताको हितमा केही महत्वपूर्ण काम तथा निर्णय भएको उल्लेख गरे। वर्तमान सरकारले वैदेशिक रोजगारीमा गएका श्रमिकलाई सामाजिक… पुरा पढौ

श्रमबजारकाे माग अनुसार श्रमिकको ‘ब्राण्डिङ्ग’ गरिनेछ: श्रम मन्त्री शरतसिँह भण्डारी (अन्तर्वार्ता )

काठमाडाैं । श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी लामो समयदेखि सांसद र विभिन्न मन्त्रालयको जिम्मेवारी पूरा गर्दै आएका एक कुशल राजनीतिज्ञका रुपमा परिचित छन । विसं २०३२ मा नेपाल विद्यार्थी सङ्घबाट राजनीतिमा प्रवेश गरेका उनी २०३८ मा सुधारिएको पञ्चायत व्यवस्थामा भएको प्रत्यक्ष निर्वाचनबाट निर्वाचित बने । त्यसयता पटकपटक चुनाव जित्दै मन्त्री हुँदै आए । विसं २०४५ मा पहिलोपटक सहायकमन्त्री बनेका भण्डारीले हालसम्म झण्डै डेढ दर्जन पटक मन्त्रीको जिम्मेवारी पूरा गरिसकेका छन । महोत्तरीबाट–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लोकतान्त्रिक समाजवादी पार्टीका… पुरा पढौ

श्रम बजारको अवस्था र श्रमिक दिवसको सान्दर्भिकता (बिचार)

काठमाडौं, १८ वैशाख आज श्रमिकका लागि एकता र ऐक्यबद्धता प्रदर्शन गर्ने दिन हो, बलिदानीपूर्ण सङ्घर्षका बारेमा चेतना र शिक्षित गर्ने दिन हो । सरोकारवालामा श्रमिकले सडकबाट सामूहिक आवाज सुनाउने दिन हो । श्रमिक अधिकारका लागि सहादत हुने ती सबै श्रमिकलाई सम्झिने दिन हो र भन्ने हो हाम्रो सङ्घर्ष जारी छ । आजभन्दा ठीक एक सय ३७ वर्षअघि आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग गर्दै अमेरिकाको सिकागो सहरको हेमार्केट चौकमा मजदुर उत्रिए । सङ्घर्षको मैदानमा मजदुर… पुरा पढौ

चालु आर्थिक वर्षकाे दोस्रो त्रैमाससम्मको आर्थिक वृद्धिदर ऋणात्मक

काठमाडौं, १८ वैशाख । चालु आर्थिक वर्ष २०७९÷८० को दोस्रो त्रैमासिक अवधिसम्मको कूल गार्हस्थ्य उत्पादन (जिडीपी) वृद्धिदर ऋणात्मक देखिएको छ । चालू आवको बजेटमार्फत आठ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको नेपालले अर्धवार्षिक अवधिमा भने ऋणात्मक वृद्धिदर भोगेको हो । केन्द्रीय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको गत पुस मसान्तसम्मको आर्थिक वृद्धिदर अनुमान हेर्दा पहिलो त्रैमास (साउन, भदौ र असोज) मा शून्य दशमलव ३४ र दोस्रो त्रैमास (कात्तिक, मङ्सिर र पुस) मा शून्य दशमलव ७३ प्रतिशतले ऋणात्मक देखिएको हो । तथ्याङ्क कार्यालयले लगानी,… पुरा पढौ