मुख्य समाचार

उत्पादन र रोजगार लक्षित नीति, कार्यक्रम र बजेट ल्याउँछौँ : प्रधानमन्त्री

काठमाडौं, १७ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि उत्पादन र रोजगारी सिर्जनालाई केन्द्रमा राखेर नीति, कार्यक्रम र बजेट ल्याउने तयारी भइरहेको बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज किसान सङ्गठनका प्रतिनिधिसँगको संयुक्त भेटमा प्रधानमन्त्री दाहालले उत्पादन र रोजगारीलाई प्राथमिकता दिएर मात्रै समृद्धिको लक्ष्य हासिल हुने भएकाले सरकारले सोही अनुसार तयारी गरिरहेको बताए। “कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएर मात्र समृद्धिको लक्ष्य हासिल गर्न सकिन्छ । यसपटकको नीति, कार्यक्रम र बजेटमा उत्पादन तथा रोजगारी सिर्जनाका लागि नयाँ कार्यक्रम ल्याउने तयारी… पुरा पढौ

अब अमेरिकी डलर पाँच हजारसम्म सटही गर्न पाईने

काठमाडौं, १७ वैशाख । नेपाल राष्ट्र बैंकले अमेरिकी डलर सटहीका लागि तोकिएको सीमा बढाएको छ । बैंक तथा वित्तीय संस्थाका लागि जारी गरिएको एकीकृत परिपत्र, २०७९ मा संशोधन गर्दै राष्ट्र बैंकले यस्तो सीमा बढाएको हो । यसअघि नेपाल राष्ट्र बैंकबाट इजाजत पाएका मनी एक्सचेञ्रले नेपाली नागरिकसँग गर्ने सटही कारोबार गर्दा अमेरिकी डलर पाँच सय वा सो बराबरको परिवत्र्य मुद्रा बराबर मात्रै सटही गर्न सक्ने व्यवस्था थियो । यसलाई संशोधन गरेर अमेरिकी डलर पाँच हजारसम्म सटही गर्नसक्ने व्यवस्था गरिएको छ ।… पुरा पढौ

सेयर बजार राताम्मै, काराेबार ९५ करोडमा सिमित

काठमाडौं, १७ वैशाख । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजार ओरालोको यात्रामा गएको छ । उसो त सेयर बजारमा तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवाको कार्यकाल देखि पछिल्लो पटक पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वसम्म आउँदा फाट्टफुट्ट बाहेक नकारात्मक लयमा नै गएको छ । लगातारकाे सेयर बजारकाे गिरावटले लगानीकर्ताको मनोबल घटाएको छ भने पर्ख र हेरको स्थितिमा पुर्याईरहेको छ । आज कुल कारोबार एक अर्ब नजिक पुगेको छ । सबै सूचकहरुमा रातै भएका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार… पुरा पढौ

दण्डहीनताविरुद्ध शान्ति समाजले देशव्यापी अभियान चलाउने

काठमाडौं, १७ वैशाख । मानव अधिकार तथा शान्ति समाजले छ सुत्रीय धारणासहित कुशासन र दण्डहीनताविरुद्ध २०८० जेठ १ गतेदेखि देशव्यापी रुपमा तेस्रो चरणको अभियान प्रारम्भ गर्ने भएको छ । विसं २०८० वैशाख अन्तिम सातासम्म पनि शान्ति समाजले अघि सारेका छ वटा विषयमा ठोस् प्रगति नभए तेस्रो चरणको अभियान जेठ १ गतेदेखि प्रारम्भ हुनेछ । त्यसक्रममा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा चरणवद्ध रुपमा प्रदर्शन, कोणसभा, दर्जनाै जिल्लामा जिल्ला प्रशासन कार्यालय अगाडि एक घण्टा शान्तिपूर्ण धर्ना लगायतका कार्यक्रम आयोजना हुनेछ । कार्यक्रममा शान्ति… पुरा पढौ

सूचना प्रविधि दिवसमा यस्ताे छ नेपाल टेलिकमको अफर

काठमाडौं, १७ वैशाख । नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०२३ का अवसरमा ग्राहकका लागि विभिन्न अफर उपलब्ध गराएको छ । दिवसका अवसरमा कम्पनीले आजदेखि भ्वाइस र डाटा प्याकेज उपलब्ध गराइएको विज्ञप्तिमा उल्लेख गरेको छ । यो अफर यही वैशाख १९ गतेसम्म लागू हुनेछ । यसअन्तर्गत ४९ मा एक दिन चलाउन सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्कभित्र कल गर्न सकिने एक सय मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ । यसैगरी डाटा प्याकेजअन्तर्गत ९८ मा… पुरा पढौ

कुनैपनि मिटरब्याजीले उन्मुक्ति पाउने छैनन् : गृहमन्त्री श्रेष्ठ

धनुषा, १७ वैशाख। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजकोे हकमा सरकार सदैव कठोर भएर प्रस्तुत भएको बताएका छन । आज जनकपुरधाममा अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी जाँचबुझ आयोगको कार्यालयको उद्घाटन गर्दै उनले त्यस सम्बन्धमा थप अनुसन्धान र कारबाही अघि बढाइनेसमेत बताएका छन । मधेसमा मिटरब्याजीको जालो फैलिएको दाबी गर्दै उपप्रधानमन्त्री श्रेष्ठले राजनीतिक पहुँचका आधारमा कुनै पनि मिटरब्याजीले उन्मुक्ति नपाउने पनि बताए । उनले मिटरब्याजीको पक्षमा रहेका जोसुकैलाई पनि सरकारले कारबाही गर्ने चेतावनी दिए । अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी जाँचबुझ आयोगले जनकपुरधाममा आजदेखि केन्द्रीय… पुरा पढौ

प्रतिकूल मौसमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित

काठमाडौं, १७ वैशाख । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित भएको छ । भिजिबिलिटी कमजोर हुँदा विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय उडान सामान्यरुपमा प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार प्रतिकूल मौसमले भिजिबिलिटी कमजोर हुँदा अन्तर्राष्ट्रिय र आन्तरिकतर्फका विभिन्न गन्तव्यको उडान समयमै हुन सकेका छैनन् । अन्तर्राष्ट्रियतर्फका केही जहाज आकाशमा फन्को (होल्ड) लगाइरहेका छन् । कोलम्बोबाट काठमाडौं आएको श्रीलङ्कन एयरलाइन्सको जहाज आधा घण्टादेखि आकाशमा होल्डमा छ । यस्तै मलेसियाको क्वालालम्पुरबाट आएको बाटिक… पुरा पढौ

आरबीबी म्युचुअल फन्ड-२ इकाइको आजदेखि बिक्री खुला

काठमाडौं, १७ बैशाख। आरबीबी म्युचुअल फन्ड-२ इकाइकाे आजदेखि बिक्री खुला भएकाे छ । याे योजनाले प्रति इकाइ १० रुपैयाँका दरले कुल १२ करोड इकाइ बिक्री गर्ने भएको हाे। इकाइमध्ये न्यूनतम १ करोड ८० लाख वा कुल बिक्री भएको इकाइ संख्याको न्यूनतम १५ प्रतिशत कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंकलाई सुरक्षित राखिने बताइएकाे छ। बाँकी १० करोड २० लाख इकाइका लागि आजबाट सार्वजनिक रुपमा निष्कासन गरिएको बताइएकाे छ। याे म्युचुअल फन्डमा न्यूनतम १०० र अधिकतम १ करोड २० लाख सम्मका लागि आवेदन… पुरा पढौ

इलाममा टि टेस्टिङसँगैं प्रतिकेजी १० हजारमा चियाकाे बिक्री

इलाम, १७ वैशाख । सिजनको चियाको टिपाई सुरु भएसँगै विदेशी चिया व्यापारी इलाम आउन थालेका छन् । तेस्रो देशका चिया पारखी तथा चिया व्यापारीहरु चियाको गुणस्तर हेर्न र चिया चाख्न इलाम आउने गरेका हुन् । २७औँ चिया दिवसको अवसरमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा पर्यटकीय क्षेत्र अन्तुमा ‘टि टेस्टिङ’ गरिएको हो । टि टेस्टिङमा भारत, जापान, चीन र अमेरिकालगायतका देशका चिया व्यवसायीको उपस्थिति थियो । चिया टेस्टिङका अवसरमा व्यवसायीले चिया खरिद समेत गरेका थिए । नेपालमा पहिलो पटक… पुरा पढौ

अमेरिकी डलर, यूरोसहित विदेशी मुद्राको विनिमय दर स्थिर

काठमाडौं, १७ वैशाख । नेपाल राष्ट्र बैंकले आईतबार आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विदेशी मुद्राको दरभाउ अनुसार अमेरिकी डलर तथा यूरोसहित विदेशी मुद्राको भाउ स्थिर रहेको छ । आज निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहेको छ । अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ६३ पैसा बिक्रिदर १३१ रुपैयाँ… पुरा पढौ