मुख्य समाचार

गण्डकीका मुख्यमन्त्री अधिकारीद्वारा विश्वासको मतका लागि प्रस्ताव पेश (पूर्णपाठ)

पाेखरा, ९ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी शनिबार प्रदेशसभा बैठकमा दाेस्राेपटक विश्वासको मतका लागि प्रस्ताव पेश गरेका छन् । अघिल्लाे दिन शुक्रबार पत्रकार सम्मेलन गरेर सरकार एक सय दिनका उपलव्धिहरु सार्वजनिक गरेका अधिकारीले शनिबार दाेश्राे पटक विश्वासका लागि प्रस्ताव पेश गरेका हुन् । सभाबाट विश्वासकाे मत प्राप्त नभए उनकाे कार्यकाल सकिनेछ । अधकारीद्वारा प्रदेश सभामा पेश गरिएकाे विश्‍वासको मत सम्बन्धी प्रस्ताव (पूर्णपाठ) सभामुख महोदय !आज प्रदेश सरकारको दोस्रो कार्यकालको झण्डै पहिलो चार महिनामा नयाँ विषय र संवैधानिक प्रावधानको… पुरा पढौ

पृथ्वी दिवसमा साइकल र्याली, विश्वकै वातावरणका लागि महत्वपूर्ण छ : राजदूत थम्पसन

काठमाडौं, ९ वैशाख । पृथ्वी दिवसका अवसरमा आज ललितपुरमा साइकल र्याली सम्पन्न भएको छ । नेपाल युएस एलमुनाइ नेटवर्क (नुसान) र इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनमिक रिसर्च (आइएसएसआर)को संयुक्त आयोजनामा ललितपुरको पाटन दरबार क्षेत्रदेखि लुभुको महालक्ष्मी मन्दिरसम्म साइकल र्याली गरिएको हो । साइकल र्यालीको शुभारम्भमा धारणा राख्दै नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्पसनले यो महत्वपूर्ण कार्यक्रममार्फत नेपाली समुदायसँग सहकार्य गर्न पाएकाेमा निकै खुसी लागेको बताए । “नेपाल प्राकृतिक हिसाबले राम्रो देश हो, यो साइकल यात्रा कार्यक्रम गरेको राम्रो हो,… पुरा पढौ

अर्थतन्त्रमा सुधारको सङ्केत देखा परेको छ : प्रधानमन्त्री दाहाल

काठमाडौं, ९ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्रमा सुधारको सङ्केत देखा परेको बताका छन्। उनले ढुक्क हुने अवस्थामा नपुगेको र चुनौती भने कायम रहेको बताए । प्रधानमन्त्री दाहालले सामूहिक प्रयासबाट मात्रै अर्थतन्त्रको समस्या समाधान गर्न सकिन्छ भन्ने विश्वासका साथ सरकार लागिपरेको उल्लेख गरे। ‘बाह्रखरी मिडिया’ले गोकर्ण रिसोर्टमा आयोजना गरेको ‘एनसेल बाह्रखरी गल्फ र आर्थिक परिसंवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले अन्तर्राष्ट्रिय क्षेत्रमा विकास भएका मूल्यमान्यता, दर्शनको अध्ययनका अलावा नेपाली समाजको नै खास अर्थमा अध्ययन तथा विश्लेषण गरेर नेपाली जनताको… पुरा पढौ

रुससँगको सम्बन्धलाई उत्कृष्ट महत्व दिन्छौँ : अध्यक्ष तिमिल्सिना

काठमाडौं, ९ वैशाख । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालले रुससँगको सम्बन्धलाई उत्कृष्ट महत्व दिँदै आएको बताएका छन् । रुसको औपाचारिक भ्रमणका क्रममा आज त्यहाँको अन्तर्राष्ट्रिय सम्बन्ध संस्थानमा विद्यार्थीलाई सम्बोधन गर्दै उनले भने, “हामी रुससँगको हाम्रो सम्बन्धलाई उत्कृष्ट तरिकाले महत्व दिन्छौँ, विकासोन्मुख देशका रुपमा नेपालका लागि रुससँगको सम्बन्ध सुदृढ गर्ने ठूलो अवसर छ ।” अध्यक्ष तिमिल्सिनाले छिमेकी चीन र भारतले हालै रुससँग आफ्नो व्यापारको मात्रा बढाएका चर्चा गर्दै नेपाल र रुसबीचको व्यापार र रुसबाट नेपाल आउने पर्यटकको सङ्ख्या बढाउने उपाय पनि… पुरा पढौ

मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदै

पाेखरा, ९ वैशाख । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले दोस्रोपटक विश्वासको मत लिँदैछन्। आज अपराह्न ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए। सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)ले गत चैत १० गते मुख्यमन्त्री अधिकारीलाई दिएको समर्थन फिर्ता लिएपछि वर्तमान सरकार अल्पमतमा परेको थियो । समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री अधिकारीले प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन्। संविधानको धारा १८८ को उपधारा २… पुरा पढौ

चितवन-२ : उपनिर्वाचनको तयारी अन्तिम चरणमा

चितवन, ९ वैशाख । चितवन क्षेत्र नम्बर २ मा आइतबार हुने उपनिर्वाचनको तयारी अन्तिम चरणमा पु¥याइएको छ । तयारीस्वरुप यस क्षेत्रमा रहेका मतदानस्थलमा कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका छन् । उनीहरुले मतदानस्थल निर्माण, चार किल्ला तोक्ने र राजनीतिक दलहरुसँग छलफल गर्नेलगायतका काम सम्पन्न गरिसकेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी ईश्वरी आचार्यका अनुसार यस क्षेत्रमा रहेका ४३ स्थलका एक सय ३८ केन्द्रमा छ सय ९० कर्मचारी खटिएका हुन् । उनीहरुसँगै सुरक्षाकर्मीसमेत परिचालन गरिएको छ । यस क्षेत्रमा एक लाख… पुरा पढौ

धुलिखेल-खावा सडक : निर्माण कम्पनीविरुद्ध जाहेरी, ठेक्का रद्दको सिफारिस

काठमाडौं, ९ वैशाख । अरनिको राजमार्गअन्तर्गतको धुलिखेल–खावा सडकखण्ड विस्तारको जिम्मा लिएको गौरी–पार्वती निर्माण सेवा प्रालिविरुद्ध जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा किटानी जाहेरी दर्ता गरिएको छ । पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले ठेकेदारको लापर्बाहीले सडक यात्रुको स्वास्थ्यमा खेलवाड भएको तथा यात्राका क्रममा दुर्घटना भई कयौँको अङ्गभङ्ग भएको जनाउँदै ठेकेदारविरुद्ध क्षतिपूर्ति मागसहित शुक्रबार कार्यालयमा उजुरी दिएका हुन्। उजुरीमा निर्माण सेवा तथा त्यसका सञ्चालक रामकुमार थापाले निर्माणमा ढिलाइ गरेको लापर्बाहीकै कारण धुलिखेल–खावा सडक खण्डमा यात्रु जोखिम मोलेर हिड्न बाध्य भएको, सडकमा उडेको धुँवाले यात्रु… पुरा पढौ

संमृद्धिको लक्ष्य हासिल गर्न सरकार दृढ छ : प्रधानमन्त्री दाहाल

काठमाडौं ९ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार संविधानप्रदत्त अधिकारको व्यवस्थित कार्यान्वयनमार्फत सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न दृढ सङ्कल्पित रहेको बताएका छन् । इस्लाम धर्मावलम्बीको पर्व इद (इदुल फित्र) को अवसरमा आज शुभकामना दिँदै उनले संविधानमा व्यवस्था भएबमोजिमका अधिकारको दृढतापूर्वक कार्यान्वयन गरी बलियो राष्ट्रिय एकतामार्फत राष्ट्रिय स्वाधीनता र स्वाभिमानलाई सुदृढ गर्नु राष्ट्रिय कार्यभार हुन आएको बताए। उनले नेपाली जनताको लामो त्याग र बलिदानबाट निर्मित नयाँ संविधानले विविधतायुक्त नेपाली समाजको आत्मसातीकरणसहित सबै जाति, भाषा, धर्म, संस्कृति… पुरा पढौ

घट्यो डलरसहित विदेशी मुद्राको विनिमय दर, कुनको कति ?

काठमाडौं, ९ वैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज निर्धारित दरभाउ अनुसार अमेरिकी डलरसहित अन्य देशको मुद्राको भाउ घटेको छ । आज निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैया १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहेको छ । अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ५ पैसा बिक्रिदर १३१ रुपैयाँ ६५ पैसा रहेको छ… पुरा पढौ

यस्ता छन् गण्डकी प्रदेश सरकारका १०० दिनका उपलव्धिहरु (पूर्णपाठसहित)

पोखरा, ९ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले संभवतः सरकारबाट बाहिरीन लागेको अघिल्लो दिन सरकारले १०० दिनमा हाँसिल गरेका १६ पृष्ठका उपलव्धिहरु सार्वजनिक गरेका छन् । शुक्रबार मुख्यमन्त्रीको कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेर मुख्यमन्त्री अधिकारीले सो उपलव्धिहरु सार्वजनिक गरेका हुन् । तत्कालिन सत्ता साझेदार दल माओवादीले चैत १० गते साथ छोडेपछि अल्प मतमा परेका मुख्यमन्त्री अधिकारीले शनिबार संसदबाट विश्वास मत लिने दिन हो । उनले आफुलाई विश्वासको मत आउने र सरकारले निरन्तरता पाउने दावि गर्दै आएका छन् । अधिकारी… पुरा पढौ