मुख्य समाचार

कार्यवाहक राष्ट्रपतिद्वारा इदको शुभकामना

काठमाडौं, ९ वैशाख । कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले मुस्लिम समुदायको इद (इदउल फित्र) पर्वको अवसरमा इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गरेका छन् । इदकाे अवसरमा आज शुभकामना दिँदै उनले मुस्लिम समुदायको बसोबास रहेका सबैजसो भागमा मनाइने इद पर्व नेपाली समाज र सांस्कृतिक विविधताको परिचायकको रूपमा समेत रहेको जनाए । इदलाई मुस्लिम समुदायले आपसी रिस, राग र द्वेषलाई बिर्सेर आपसमा खुसीयाली सद्भाव र शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाउने गरेको स्मरण गर्दै उनले विशेष नमाज… पुरा पढौ

देशका पहाडी भागमा हल्का वर्षाको सम्भावना

काठमाडौं, ९ वैशाख । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। वैशाख ९ गते (शनिबार) दिउँसोː कोशी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू-भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेश लगायत बाँकी प्रदेशका… पुरा पढौ

निजी क्षेत्रलाई नियन्त्रण गर्नेगरी कानुन बनाउँदैनौँ : प्रधानमन्त्री

काठमाडौं, ८ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई नियन्त्रण वा उद्योग–व्यवसायलाई नकारात्मक प्रभाव पर्ने गरी कुनै कानुन नबनाइने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीसँग आज बालुवाटारमा भेट गर्दै उनले अर्थतन्त्रमा सङ्कट आएका बेला निजी क्षेत्र सङ्कुचित हुने वा नकारात्मक प्रभाव पर्नेगरी कुनै पनि कानुन नबनाइने बताए। “हाम्रो संविधानले निजी क्षेत्रलाई प्रवद्र्धन गर्ने व्यवस्था गरेको छ । अर्थतन्त्र सङ्कटमुक्त भइसकेको छैन । यस्तो परिस्थिति सरकार र निजी क्षेत्रबीच बलियो सहकार्य र एकअर्काको हितलाई सम्बोधन गरेर मात्र… पुरा पढौ

नेपालको भौतिक पूर्वाधारमा एडीबीकाे रु चार खर्ब लगानी

काठमाडौं, ८ वैशाख । एशियाली विकास बैंक (एडीबी)ले नेपालको भौतिक पूर्वाधारलगायतका क्षेत्रमा करिब रु चार खर्ब २१ अर्ब (३.२ विलियन) बराबरको लगानी गरेको छ । सन् २०२२ सम्ममा बैंकले ऊर्जा, यातायात, कृषि, खानेपानी, शहरी पूर्वाधार, सेवा क्षेत्र, ग्रामीण विकास र प्राकृतिक स्रोत, स्वास्थ्य शिक्षालगायतका क्षेत्रमा त्यस्तो लगानी गरेको हो । एशियाली विकास बैंकको सहयोगमा सञ्चालित विकास आयोजनाको प्रगति मूल्याङ्कन गर्न आयोजित दुई दिवसिय ‘कन्ट्री पोर्टफोलियो’ समीक्षा बैठकको उद्घाटनसत्रमा सो जानकारी दिइएको हो । अर्थमन्त्री प्रकाशशरण महतको अध्यक्षतामा आजदेखि शुरु भएको… पुरा पढौ

एसीसी प्रिमियर कप क्रिकेट : नेपालद्वारा ओमान ८४ रनले पराजित

काठमाडौं, ८ वैशाख । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्र्तगत आज भएको आफ्नो दोस्रो खेलमा नेपालले ओमानलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले ओमानलाई ८४ रनले पराजित गर्दै विजयी भएको हो । यसजितसँगै दुई खेल खेलेको नेपालले चार अङ्क जोडेको छ । नेपालले आफ्नो पहिलो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । खेलमा नेपालले जितको लागि दिएको तीन सय ११ रनको लक्ष्य पच्छ्याएको ओमान ४६ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै दुई सय… पुरा पढौ

दोल्ती पावरको सेयर बाँडफाँड सम्पन्न, एक भाग्यमानीले पाए ११ कित्ता सेयर

दोल्ती पावर कम्पनीकाे सेयर बाँडफाँड सम्पन्न भएकाे छ । कम्पनीले चैत २८ गतेदेखि बैशाख ३ गतेसम्म निष्काशन गरेको सेयर आज अपरान्ह सेयर निष्काशन तथा बिक्री प्रबन्धक रहेकाे एनआईसी एशिया क्यापिटलको कार्यालयमा बाँडफाँड गरिएकाे हो । कम्पनीको सेयरमा १३ लाख ८३ हजार ७२४ आवेदकले १ करोड ५२ लाख ६७ हजार ३६० कित्ता सेयर माग गरेका थिए । जसमा १ लाख १० हजार २७४ को आवेदन फिर्ता गरिएका छन् । ४ हजार ५०४ जनाको आवेदन रद्ध गरिएकाे जनाइएकाे छ । सेयरमा १२… पुरा पढौ

आइटी क्षेत्रमा लगानी गर्न ब्रिटिस व्यवसायीलाई आह्वान

लन्डन, ८ वैशाख । ब्रिटिस व्यवसायी तथा नेपाली अधिकारीले नेपालमा सूचना प्रविधिको विकासको जग तयार भइसकेको भन्दै सूचना प्रविधि क्षेत्रमा ज्ञानको आदानप्रदान तथा विदेशी लगानीका लागि आह्वान गरेका छन्। लण्डनस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपालमा युवा, शिक्षित तथा मेहनती जनसङ्ख्या बढ्दै गएको र सामाजिक, आर्थिक क्षेत्रमा फड्को मार्न नेपाल तयारी अवस्थामा रहेको बताए । नेपाललाई सूचना प्रविधिको हबका रुपमा विकास गर्न नेपाल सरकारले सूचना प्रविधि विज्ञ, निजी क्षेत्र, तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थासँग सहकार्य… पुरा पढौ

नौ महिनामा ६६ प्रतिशतले बढ्यो विद्युतीय सवारी आयात

काठमाडौं, ८ वैशाख । चालु आर्थिक वर्षको नौ महिनामा विद्युतीय सवारी साधानको आयात ६६ दशमलव ३९ प्रतिशतले बढेको छ । भन्सार विभागका अनुसार समीक्षा अवधिमा दुई हजार चार सय ५१ वटा विद्युतीय सवारी साधान आयात भएको छ । गत आवको सोही अवधिमा एक हजार चार सय ७३ वटा विद्युतीय सवारी आयात भएका थिए । विभागको तथ्यांक अनुसार चैतमा मात्रै दुई सय ५३ वटा विद्युतीय सवारी नेपाल भित्रिएका छन् । गत आवको सोही अवधिमा एक सय १६ वटा मात्र विद्युतीय सवारी… पुरा पढौ

आधुनिक ऊर्जाको पहुँच विस्तार गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण

काठमाडौं, ८ वैशाख । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकमा राष्ट्रिय प्रसारण लाइन पुग्न नसक्ने गाउँमा नवीकरणीय ऊर्जा प्रविधिको माध्यमबाट जनतामा आधुनिक ऊर्जाको पहुँच विस्तार गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताएका छन्। नेपाल नवीकरणीय ऊर्जा परिसङ्घका अध्यक्ष गुणराज ढकालसहितको टोलीसँगको भेटमा मन्त्री बस्नेतले नवीकरणीय ऊर्जा प्रविधिको उपयुक्त प्रवद्र्धन र विकासका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको उल्लेख गरे । परिसङ्घ र भारतको सौर्य ऊर्जा विकास संस्था एकापसमा अनुभव, प्राविधिक क्षमता र पुँजी व्यवस्थान गरी दुवै पक्षलाई… पुरा पढौ

दोल्ती पावरकाे आइपीओ आज बाँडफाँड हुँदै

काठमाडौं, ८ वैशाख । दोल्ती पावर कम्पनीको सेयर (आइपीओ) आज बाँडफाँड गर्न लागिएकाे छ । सेयर बाँडफाँड बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल मार्केटकाे कार्यालयमा अपरान्ह ३ बजे हुनेछ । कम्पनीका अनुसार सेयरमा मागभन्दा बढीकाे आवेदन परेकाे छ । आवेदन ११.६० गुणा बढी परेको हाे। यसकाे बाँडफाँड गोलाप्रथाबाट हुने भएकाेले धेरैकाे हात रित्तै हुनेछ ।  कम्पनीले १३ लाख ३९ हजार ४४० जना आवेदकले १ करोड ४७ लाख ६२ हजार २६० कित्ताका लागि सेयरमा आवेदन दिएका जनाएकाे छ । १ लाख २७… पुरा पढौ