मुख्य समाचार

प्रि ओपन सेसन : नेप्सेमा ०.७७ अंककाे बृद्धि

काठमाडौं, २१ चैत । साताकाे सेयर काराेबार हुने तेश्राे दिन मंगलबार नेपाली सेयर बजारकाे प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य रुपले बढेकाे छ । यसदिन प्रि ओपन सेसनमा नेप्सेमा ०.७७ अंकले बृद्धि भएकाे हाे । नेप्सेमा ०.७७ अंकले बृद्धि भइ परिसूचक १८७२.६५ विन्दुमा पुगेकाे छ । यस सेसनमा कुल ५१ हजार ८ सय रुपैयाँ बराबरकाे सेयरकाे कारोबार भएको छ । नेप्सेका अनुसार ९ व६ा कम्पनीहरुको १०६ कित्ता सेयर खरिदबिक्री भएकाे छ । यस सेसनमा १० वटा कम्पनीकाे सेयर कारोबार भएकोमा… पुरा पढौ

क्रिप्टो-भर्चुअल करेन्सीकाे काराेबार गैरकानुनी : राष्ट्र बैंक

काठमाडौं, २१ चैत । नेपाल राष्ट्र बैंकले भर्चुअल करेन्सी तथा क्रिप्टोकरेन्सी लगायतका कारोबारहरु गैरकानुनी भएकाे बताएकाे छ । काेहि कसैले काराेबार गरेमा कारबाही गरिने केन्द्रीय बैंकले चेतावनी दिएकाे छ ।  राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले क्रिप्टो करेन्सी/भर्चुअल करेन्सी, नन फंजिवल टोकन, डिजिटल एसेस्ट, डिसेन्ट्रलाइज्ड फाइनान्स, नेटवर्क मार्केटिङ तथा हाइपर फण्ड, विटक्वाइन कारोबार, लगायतका कारोबारहरुलाइ गैरकानुनी भएकाे बसैमा जानकारी गराएकाे छ । राष्ट्र बैंकले नेपालमा विदेशी विनिमय वा मुद्राका रुपमा भर्चुअल मुद्राले कानुनी मान्यता नपाएकाेले विदेशी विनिमय (नियमित गर्ने) ऐन,… पुरा पढौ

पोखराको पर्यटन संकटमा, अन्य उपाय खाेज्दै व्यवसायी

पोखरा, २१ चैत । पोखराका पर्यटन व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर पर्यटन क्षेत्रमा निकै लगानी गरिरहेका समयमा विश्वव्यापी कोरोना देखिएपछि पर्यटन क्षेत्र ठप्प भयो । कोरोनापछिको पर्यटन चलायमान हुन्छ र लयमा फर्किन्छ भन्ने आश गरिरहेका पर्यटन व्यवसायी सन् २०२३ सम्म आइपुग्दा पनि कोरोनाको असरबाट मुक्ति पाउन नसकेपछि समस्यामा परेका छन् । अहिले उनीहरु व्यवसाय धान्न अन्य उपाय खोजिरहेका छन् । “हामी निकै उत्साहित भएर व्यवसायमा लगानी ग¥यौँ, भ्रमण वर्ष, अन्तर्राष्ट्रिय विमानस्थललगायतलाई मध्यनजर गर्दै बैंक तथा वित्तीय संस्थाबाट कर्जा… पुरा पढौ

रु ४ अर्बको एनएमबि बैंकको ऋणपत्रमा आवेदन खुल्ला

काठमाडौं, २१ चैत । ‘एनएमबि डिबेञ्चर १०.७५ प्रतिशत–२०८९/२०९०’ निष्काशन गरिएकाे छ । एनएमबि बैंकले आजदेखि रुपैयाँ ४ अर्ब बराबरको ४० लाख कित्ता ऋणपत्र निष्काशन गरेकाे हाे । बैंकले १० वर्ष अवधिको लागि वार्षिक १०.७५ प्रतिशत ब्याजदर रहेकाे उक्त ‘एनएमबि डिबेञ्चर १०.७५ प्रतिशत–२०८९/२०९०’ निष्काशन गरेकाे जनाएकाे हो। बैंकका अनुसार २ अर्ब ४० करोड रुपैयाँ बराबरको २४ लाख कित्ता व्यक्तिगत किसिमले बिक्री हुनेछ । १ अर्ब ६० करोड रुपैयाँ बराबरको १६ लाख कित्ता सर्वसाधारणका लागि रहेकाे छ। यसबाट ८० हजार कित्ता सामूहिक… पुरा पढौ

डलरसहित विदेशी मुद्राको भाउ बढ्याे, कुनको कति ? (मूल्यसूची)

काठमाडौं, २१ चैत । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैया १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहेको छ । अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ४४ पैसा बिक्रीदर १३२ रुपैयाँ ४ पैसा रहेको छ । यूरो १ को खरिददर १४२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४३ रुपैयाँ… पुरा पढौ

धार्मिक, सामाजिक, सांस्कृतिक सहिष्णुताले राष्ट्रिय एकता बलियाे हुनेछ-राष्ट्रपति पौडेल

काठमाडौं, २१ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले जैन धर्मका प्रवर्तक महावीरको २६२२औँ जन्मजयन्तीका अवसरमा शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले शुभकामना व्यक्त गर्दै महावीरले अहिंसा र संयमको उत्कृष्ट साधना गर्नुका साथै जनकल्याणका लागि गर्नुभएको मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिने विश्वास लिएका छन् । हरेक वर्षको चैत्र शुक्ल त्रयोदशीका दिन नेपाललगायत विश्वभर छरिएर रहेका जैन धर्मावलम्बीद्वारा विभिन्न कार्यक्रम आयोजना गरी महावीर जन्मजयन्ती मनाउने गरिन्छ । महावीरले आफ्ना… पुरा पढौ

सुदूरपश्चिम, कर्णाली र गण्डकीका पहाडी भागमा आंशिक बदली

काठमाडौं, २१ चैत । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएकाे छ। हाल सुदूरपश्चिम र कर्णाली प्रदेशका साथै गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी  भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। चैत २१ गते (मंगलबार) दिउँसोː सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। सुदूरपश्चिम प्रदेश लगायत देशका  पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ।… पुरा पढौ

निजी क्षेत्रलाई अर्थमन्त्रीको ढाडस, मनोबल उकास्ने प्रतिबद्धता

काठमाडौं, २० चैत । नवनियुक्त अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्थाबारे बुझ्न र सुझाव लिन सरोकारवाला निकायसँग सम्वाद थालेका छन् । आइतबार नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घलगायत निजी क्षेत्रका छाता सङ्गठनसँग छलफल गरेका अर्थमन्त्री महतले आज सोमबार नेपाल बैंकर्स सङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घअन्तर्गतको पूँजीबजार फोरमसँग छलफल गरे । विभिन्न निकायसँगको छलफलपछि अहिले अर्थतन्त्रमा देखिएका समस्यालाई सम्बोधन गर्ने र निजी क्षेत्रको खस्किएको मनोबल उकास्ने प्रतिबद्धता अर्थमन्त्रीले जनाए। “हाम्रा नीति निर्माता र नियामकको अस्थिरताका कारण सिर्जित भएको… पुरा पढौ

आन्तरिक खपत बढाउनु मुख्य प्राथमिकता : ऊर्जामन्त्री बस्नेत

काठमाडौं, २० चैतनवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले देशमा उत्पादित विद्युत् स्वदेशमा खपत गर्न क्षमता वृद्धि आफ्नो मुख्य प्राथमिकतामा रहेको बताएका छन्। नेपाल विद्युत प्राधिकरणले आज आयोजना गरेको बधाइ, शुभकामना तथा स्वागत कार्यक्रममा मन्त्री बस्नेतले विद्युत् नपुगेका ठाउँमा सेवा विस्तार, प्रसारण र वितरण प्रणालीका पूर्वाधारलाई सुदृढीकरण तथा विस्तार गरी खपत क्षमता विस्तार गरिने बताए। “विद्युत्को आन्तरिक खपत क्षमता वृद्धि गरी बढी भएको विद्युत्को व्यवस्थापन गर्नुपर्छ, देशभित्र खपत गरी बढी भएको विद्युत् त्यसै खेर फाल्न त मिलेन ? त्यसलाई निर्यात… पुरा पढौ

१२ फोटोमा हेर्नुहोस् सहकारी दिवस

काठमाडौं, २० चैत । आज ६६औँं राष्ट्रिय सहकारी दिवस मनाईएको छ । सहकारी दिवसको अवसरमा देशका विभिन्न ठाउँमा कार्यक्रम गरि मनाईएको छ । सहकारी दिवस मनाइएकाे १२ तस्विरमा हेर्नुहाेस् । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी जिल्ला सहकारी सहकारी तनहुँले सोमबार दमौलीमा आयोजना गरेको पदयात्रा प्रभातफेरीमा सहभागी सहकारीकर्मी भक्तपुर प्रभातफेरीमा सहभागी सहकारीकर्मी भक्तपुर प्रभातफेरीमा सहभागी सहकारीकर्मी भक्तपुर मोरङको बेलबारी–३ स्थित लालीगुराँस सहकारी संस्थाको रक्तदान कार्यक्रम प्रभातफेरीमा सहभागी सहकारीकर्मी भक्तपुर बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ र उपप्रमुख राजु खड्का सहकारी दिवसमा… पुरा पढौ