मुख्य समाचार

नयाँ वर्षमा आन्तरिक पाहुनाले भरियाे बन्दीपुर

काठमाडौं, १ वैशाख । नयाँ वर्षलाई स्वागत गर्दै रमाउन बन्दीपुरमा पर्यटकको भीड बढेको छ । बन्दीपुर पर्यटन विकास समितिका सचिव वसन्त पौडेलका अनुसार नयाँ वर्षका अवसरमा अान्तरिक तथा बाह्य पर्यटकले बन्दीपुर भरिभराउ भएकाे छ । पर्यटक लक्षित गरि सडक खाना महोत्सव समेत आयोजना गरिएकाले पनि यहाँ पर्यटक बढेकाे बताइएकाे छ । “हिजो राति सबैले हर्षोल्लासका साथ नयाँ वर्षको स्वागत गरेका छन्, पाहुना भरिभराउ छन्”, पौडेलले भने, “दिउँसैदेखि पर्यटकको चहलपहल बढेको थियो । त्यसमध्ये बास बस्ने पर्यटकको सङ्ख्या अधिक थियो ।”… पुरा पढौ

कोरोना सङ्क्रमण बढेपछि सीमा नाकामा उच्च सतर्कता

नवलपरासी, १ वैशाख । कोरोना सङ्क्रमण बढ्न थालेपछि नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लामा नियन्त्रणका लागि पूर्वतयारी स्वरूप अभियान सञ्चालन गरिने भएको छ । अभियानअन्तर्गत सीमा क्षेत्रमा उच्च सतर्कता र निगरानीका साथ ‘एन्टिजेन’ परीक्षण गरिनेछ । सबै स्थानीय तहहरूमा पनि ‘एन्टिजेन’ परीक्षण गरिनेछ । भारतलगायत विभिन्न देशमा कोभिडको नयाँ भेरिएन्ट सङ्क्रमण तीव्ररुपमा फैलिन थालेपछि विशेष गरी सीमा क्षेत्रमा उच्च सतर्कतासहित ‘एन्टिजेन’ परीक्षणको व्यवस्था गर्न लागिएको जिल्ला कोभिड नियन्त्रण व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए । जिल्ला कोभिड… पुरा पढौ

महालेखा प्रतिवेदन: १ खर्ब १९ अर्ब ७७ करोड बढी बेरुजु

काठमाडौं, १ वैशाख । नेपाल सरकार अन्तरगत संघ, प्रदेश र स्थानीय तहको कुल बेरूजु रकम १ खर्ब १९ अर्ब ७७ करोड ७० लाख रुपैयाँ रहेको छ।महालेखा परीक्षकको कार्यालयले बिहीबार सार्वजनिक गरेको ६० औं प्रतिवेदनमा आर्थिक वर्ष ०७८०७९ मा सो रकम बेरूजु देखाएको हो। महालेखाले ६ हजार ५ सय ४६ सरकारी कार्यालयको लेखापरीक्षण गरेको थियो। महालेखाले संघीय मन्त्रालय तथा निकाय, प्रदेश सरकार, स्थानीय सरकार र संगठित संस्थाहरुको लेखापरीक्षण गरेको थियो। यो वर्ष ६ हजार ५४६ सरकारी निकायको ७१ खर्ब ३८ अर्ब… पुरा पढौ

एभरेष्ट बैंकको मोबाईल बैंकिङ्ग एप इबीएल टच २४ मार्फत स्मार्ट क्युआर भुक्तानी सेवा सुरु

काठमाडौं, १ वैशाख । एभरेष्ट बैंकको मोबाईल बैंकिङ्ग एप इबीएल टच २४ मार्फत स्मार्ट क्युआर द्वारा भुक्तानी लिने मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्ने सुबिधा सुरू गरेकाे छ । यो सेवा सुचारु भएसंगै एभरेष्ट बैंकको मोबाईल बैंकिङ्ग एप इबीएल टच २४  प्रयोगकर्ताले भाट–भटेनी सुपर मार्केट, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, मेट्रो सुपर मार्केट, मेट्रो मार्ट लगाएत स्मार्ट क्युआर नेटवर्कमा आबद्ध मर्चेन्टहरुमा सजिलै भुक्तानी गर्न सक्ने भएका छन् । एभरेष्ट बैंकको मोबाईल बैंकिङ्ग प्रयोगकर्ताले बैंकिङ्ग एप इबीएल टच २४ एप मार्फत स्मार्ट क्यूआर मर्चेन्टहरुलाई भुक्क्तानी गर्न सक्नेछन… पुरा पढौ

म्याग्दीका पर्यटकीयस्थल आन्तरिक पर्यटकले भरिभराउ

बेनी, १ वैशाख । म्याग्दीका पर्यटकीयस्थल नेपाली नयाँ वर्ष २०८० मनाउनका लागि आन्तरिक पर्यटकले भरिभराउ बनेका छन् । विद्यालय तहको वार्षिक परीक्षा सकिएर बिदा भएको र लगातार दुई दिन सार्वजनिक बिदा भएका कारण जिल्लाका पर्यटकीयस्थलमा नयाँ वर्षलाई उत्सवका रूपमा मनाउन आन्तरिक पर्यटकको चहलपहल बढेको हो । नयाँ वर्ष मनाउनका लागि घोरेपानी, पुनहिल, मोहरेडाँडा, खोपारा, स्वर्गाश्रम, बेलढुङ्गा, रुइसे, गाजने, टोड्केलगायतका स्थलमा आन्तरिक पर्यटकको आगमन बढेको छ । पर्यटकका लागि उपयुक्त मौसम भएकाले अन्नपूर्ण हिमाल र धवलागिरी हिमालमा आरोहणका लागि विदेशी पर्यटकको… पुरा पढौ

लाभांश पारित गर्नका लागि नेसनल माइक्रोफाइनान्सले डाक्याे साधारण सभा

काठमाडौं, १ वैशाख । लाभांश अनुमाेदन गर्नका लागि नेसनल माइक्रोफाइनान्सले वैशाख १५ गते साधारण सभा डाकेकाे छ । कम्पनीले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर वितरणकाे प्रस्ताव पारित गर्नका लागि साधारण सभा वैशाख १५ गते धादिङ क्रिक रिसोर्ट, धादिङबेसीमा पूर्वान्ह ११ बजे डाकेकाे हाे । नेसनल माइक्रोफाइनान्सले महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गरिसकेकाे छ । यसकाे कारण कर प्रयोजनका लागि नगद लाभांश नहुने भएकाे छ। राष्ट्र बैंकको निर्देशन अनुसार संशोधन गर्दै कम्पनीले १५ प्रतिशत बोनस सेयर वितरणकाे प्रस्ताव… पुरा पढौ

सुशासन र सहज सेवा प्रवाहमा जोड दिनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं, १ वैशाख । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले परिकल्पना गरेको समावेशी लोकतान्त्रिक गणतन्त्रलाई जनताको जीवनसँग जोडी तिनको समृद्धिलाई केन्द्रमा राख्दै सुशासन र सहज सेवा प्रवाहमा जोड दिन सम्पूर्ण राजनीतिक दल र निर्वाचित जनप्रतिनिधिमा आग्रह गरेकी छन् । नयाँ वर्ष २०८० काे अवसरमा आज दिएको शुभकामना सन्देशमा पूर्वराष्ट्रपति भण्डारीले समयको गतिसँगै प्राप्त अवसर सदुपयोग गर्न सकेमा मात्रै जनताले देखेको प्रगतिको सपना वास्तविक अर्थमा साकार पार्न सकिने बताएकी छन् । नयाँ दशकसमेतको प्रारम्भका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा… पुरा पढौ

‘सबल र समुन्नत नेपाल निर्माण गर्न कटिबद्ध रहौं’ : राष्ट्रपति

काठमाडौं, १ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका अपार स्रोत, सम्पदा र सम्भावनाको उद्घाटन गरी एउटा सबल र समुन्नत नेपाल निर्माण गर्न कटिबद्ध हुनुपर्नेमा जोड दिएका छन् । नव वर्ष २०८० को उपलक्ष्यमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले व्याप्त निराशालाई चिर्दै देशमा राजनीतिक स्थिरता र सुशासन कायम गरी श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्नुपर्ने उल्लेख गरेका छन् । उनले भने, “सार्वभौमिक सत्ता सम्पन्न जनताका प्रतिनिधिहरूबाट निर्मित विधि र पद्धतिबमोजिम संसदीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था चल्ने चलाउने भन्ने नै संवैधानिक राष्ट्रिय प्रतिज्ञा… पुरा पढौ

नव वर्ष २०८० शुरु, एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदै

काठमाडौं, १ वैशाख । आज विक्रम संवत् दुई हजार असी (२०८०) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको राष्ट्रिय धर्मसभाका अध्यक्ष प्रा डा माधव भट्टराई बताउछन्। सूर्य मेष राशिमा प्रवेश गर्दा सुरु भएर मीन राशि छोड्दा यो… पुरा पढौ

उद्योग वाणिज्य महासङ्घको अध्यक्षकाे विरासतमा चन्द्र ढकाल

काठमाडाैं, ३० चैत । नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् । महासङ्घको विधानमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्था भएअनुसार आजसम्पन्न ५७औँ साधारणसभामार्फत महासङ्घको २०औँ अध्यक्षका रूपमा उनी निर्वाचित भएका हुन। अध्यक्ष शेखर गोल्छामार्फत् पद तथा गोपनीयताको शपथ लिएर उनले महासङ्घको अध्यक्षको जिम्मेवारीको यात्रा सुरु गरेका छन। सपथपछि उनले आफूले लामो समयदेखि सर्वसम्मतीको प्रयास जारी राखेको र अन्तिममा सफल भएको बताए । उनले यसका लागि उमेशलाल श्रेष्ठका साथै पूर्वअध्यक्षहरुको ठूलो भूमिका रहेको भन्दै अध्यक्षका रुपमा… पुरा पढौ