मुख्य समाचार

वस्तुगततर्फ उपाध्यक्षमा ढकाल र एशोसिएटतर्फ १९ जना बिजयी

काठमाडौं, ३० चैत । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचामा वस्तुगततर्फ उमेशलाल श्रेष्ठ समूहका उपाध्यक्षमा हेमराज ढकाल विजयी भएका छन्। ढकालले ६१ मत ल्याएर विजयी भएका हुन। अन्जन श्रेष्ठ समूहका मनिषलाल प्रधानले ५२ र रामचन्द्र संघई समूहका सुकुन्तलाल हिराचनले ७  भाेट पाए । हेमराज ६१ मत ल्याएर विजयी भए भने अन्जन श्रेष्ठ प्यानलका  मनिषलाल प्रधानले ५२ र रामचन्द्र संघई प्यानलका सुकुन्तलाल हिराचनले ७  भाेट पाए । एशोसिएट कार्यसमिति सदस्यको मतपरिणाम अनुसार अम्बिकाप्रसाद पौडेल, अविनाश बोहोरा, आनन्द बगरिया, उज्वलकुमार श्रेष्ठ, गोपाल खनाल,… पुरा पढौ

यस्तो छ आज निर्धारित विदेशी मुद्राको विनिमय दर (मूल्यसूची)

काठमाडौं, ३० चैत । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज निर्धारित दरभाउ अनुसार अमेरिकी डलरसहितको विदेशी मुद्राको भाउमा सामान्य फेरबदल भएको छ । आज निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैया १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहेको छ । अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ३ पैसा बिक्रीदर १३१ रुपैयाँ ६३ पैसा रहेको… पुरा पढौ

वडाध्यक्षको व्यक्तिगत खर्चमा विद्यार्थीको बीमा

त्रिशूली, ३० चैत । नुवाकोटको विदुर नगरपालिका–१२ का वडाध्यक्ष उपिन्द्र खड्काले वडाभित्रका विद्यालयमा अध्ययनरत सबै विद्यार्थीको आफ्नै खर्चमा ‘आकस्मिक दुर्घटना बीमा’ गरेका छन् । उनले आफ्नै खर्चमा एक हजार दुई सय २० विद्यार्थीको बीमा गराए। वडा नं १२ मा सञ्चालित आठ विद्यालयका विद्यार्थीलाई बिमा कार्यक्रममा समावेश भएको ‘निको इन्स्योरेन्स’का प्रतिनिधि रवीन्द्र रिजालले जानकारी दिए। बीमावापत प्रतिविद्यार्थी रु दुई सयका दरले एक वर्षको प्रिमियमवापत रु दुई लाख ४४ हजार वडाध्यक्ष खड्काले भुक्तानी दिए । बीमा गरेपश्चात विद्यार्थी दुर्घटनामा परे उपचार तथा… पुरा पढौ

घरभाडा घटाउन व्यावसायीक सङ्घसंस्थाको अपिल

लुम्बिनी, ३० चैत । कोभिड–१९ पछिको घट्दो व्यापार, बैंकको चर्को ब्याजदर, महँगो घरभाडालगायत कारण व्यापार व्यवसायमा देखिएको मन्दीले व्यवसायी विस्थापित हुने अवस्था आएको रुपन्देहीका उद्योगी व्यावसायिक सङ्घसंस्थाले ठहर गरेका छन् । व्यावसायीक सङ्घसंस्थाको बुधबार बुटवलमा बसेको संयुक्त बैठकले बढ्दो घरभाडा र चर्को बैंक ब्याजका विषयमा व्यावसायिक सङ्घसंस्थाको सञ्जालले बृहत् बैठक आह्वान गरी बैंक ब्याजदर र घरभाडा घटाउन दबाबस्वरुप खाका तयार गर्ने निर्णय गरेको छ । रुपन्देही व्यापार सङ्घ, रुपन्देही उद्योग सङ्घ, बुटवल उद्योग वाणिज्य सङ्घ, उद्योग व्यापार सङ्घ र नेपाल… पुरा पढौ

युरोपेली सङ्घद्वारा १५ लाख मात्रा खोप प्रदान

काठमाडौं, ३० चैत । युरोपेली सङ्घले कोरोना भाइरसविरुद्धको करिब १५ लाख मात्रा खोप उपलब्ध गराएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेललाई नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना डेप्रेजले उक्त खोप हन्तान्तरण गरे । संयुक्त राष्ट्र सङ्घको संयोजनमा कोभ्याक्स सुविधामार्फत बुस्टर डोजका लागि उपलब्ध भएको ‘फाइजर वायोटेक वाइभ्यालेन्ट’खोप हस्तान्तरण भएको हो । अष्ट्रियाबाट चार लाख तीन सय २० मात्रा, चेक रेपब्लिकबाट तीन लाख ६२ हजार आठ सय ८० मात्रा, फ्रान्सबाट एक लाख ९५ हजार… पुरा पढौ

जथाभावी फोहर फाल्नेलाई कारबाही गर्न कामपाले थाल्यो अनुगमन

काठमाडौं, ३० चैत । सार्वजनिक स्थानमा फोहर फाल्ने बढेपछि काठमाडौँ महानगरपालिकाले निगरानी बढाएको छ । यसरी सार्वजनिक स्थानमा रातको समयमा फोहर फाल्ने बढेपछि हरेक दिन रात्रिकालीन अनुगमन गर्न थालेको बताइएको छ । जथाभावी फोहर फालेको भन्दै कामपाले गत साता जरिवानास्वरूप रु १५ हजार असुलेको छ । बिहीबार राति वडा नं १४ को कुलेश्वर क्षेत्रमा बा४च ३३४ नम्बरको गाडीले बोरामा हालेको फोहोर फाल्दै गर्दा कामपाको रात्रिकालीन अनुगमन टोलीले पक्राउ गरी जरिवाना असुल गरेको हो । जरिवाना असुल गरी उक्त गाडीलाई फोहर… पुरा पढौ

राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसद ढाकाकुमार श्रेष्ठ निष्काशित

काठमाडौं २९ चैत, । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेकाे अभियाेग लागेका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाइ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निष्काशन गर्ने भएकाे छ । बुधबार बसेको पार्टीकाे केन्द्रीय समिति बैठकले श्रेष्ठलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको हो । सदस्यसमेत नरहने गरी निष्कासन गरेपछि अब उनकाे सांसदकाे पद समेत गुम्ने भएकाे छ । प्रसाईंसँग २ करोड मागेको अडियो आइतबार सार्वजनिक भएको थियो । साे सम्वादमा श्रेष्ठले आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि कोर… पुरा पढौ

बैंकहरूकाे अस्वभाबिक ब्याजदर वृद्धिले स्वदेशी उद्योग धराशायी भए : मुख्यमन्त्री कार्की

बिराटनगर, २९ चैत । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बैंकको ऋण ब्याजदरको वृद्धिका कारण स्वदेशी उद्योग धराशायी अवस्थामा पुगेको टिप्पणी गरेका छन । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ मोरङको २४औँ वार्षिक साधारणसभा तथा महिला उद्यमी समिति मोरङको २० औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उनले बैंकले तरलताको अभाव देखाएर वृद्धि गरिएको ब्याजदरका कारण उद्यमी लुक्न, उद्योग बन्द गर्न र पलायन हुनुपर्ने अवस्था आएको बताएका हुन। मुख्यमन्त्री कार्कीले साना उद्यमीले जग्गा उपलब्ध गराएमा उद्यमीको उत्पादनलाई बजारीकरण गर्न विराटनगरमा भण्डारगृहको निर्माण… पुरा पढौ

नेप्सेमा ९२.२२ अंकको बृद्धि, करिब २ अर्बको कारोबार

काठमाडौं, २९ चैत । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजारमा हरियाली छाएको छ । नेप्सेमा देखिएको हरियाली वातावरणले लगानीकर्ताहरु उत्साही भएका छन् । यतिबेला सरकारले पनि आकार लिईसकेको र अर्थमन्त्री डा रामशरणले महत बजार सुधारको लागि लागिपरेको बताईरहँदा लगातार दोश्रो दिन पनि सेयर बजारले उकालोको यात्रा तय गर्दा अब यसको निरन्तरताको अपेक्षा गर्न थालिएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार नेप्से परिसूचक ९२.२२ अंकले बढेर १९६३.५५ विन्दुमा उक्लिएको छ । नेप्सेमा ४.९३ प्रतिशतले बृद्धि हुँदा… पुरा पढौ

पाेखरामा शुरू भयाे फेवा नववर्ष महोत्सव

पोखरा, २९ चैत । पोखराको लेकसाइडमा १८ औं फेवा नबवर्ष महोत्सव बुधबारबाट सुरु भएको छ । होटल संघ पोखरा नेपालले आयोजना गरेको ३ दिने महोत्सवले पर्यटन, संस्कृति र खानालाई मुख्य जोड दिएको छ । विविध खानाका परिकार र सांस्कृतिक प्रस्तुती तथा पंचे बाजा, नाचगान, भजनचुड्का र गीतसंगीतका कार्यक्रम महोत्सवमा हुनेछन् ।  पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महोत्सवको उद्घाटन गरेका थिए । महोत्सव स्थानीय खहरेदेखि फिस्टेल गेटसम्म सडकमा नै आयोजना भइरहेको छ । महोत्सवका अवसरमा होटलको प्रकाशित दररेटमा २० प्रतिशत छुट… पुरा पढौ