मुख्य समाचार

नयाँ सारथी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, १४ चैत । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेकाे छ । संस्थाले चैत २८ गते वार्षिक साधारण सभा बोलाएको छ । लाभांश पारित गर्न संस्थाको साधारण सभा होटल जुगल धुलिखेल काभ्रेमा बाेलाइएकाे हाे । सभा दिँउसो १ बजे बाेलाइएकाे छ ।  साधारण सभा तथा लाभांश प्रयोजनको लागि चैत १५ गते बुक क्लोज गरिने भएकाे छ । सेयरधनीहरुले साधारण सभामा भाग लिन तथा लाभांश प्राप्तिका लागि आजसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ… पुरा पढौ

स्वदेशी मह बिक्री नभएपछि व्यवसायीद्वारा आयात रोक्न माग

भरतपुर, १४ चैत । स्वदेशमा उत्पादन भएको महको बजारीकरणको व्यवस्था गर्न माग गरिएको छ । चितवनको भरतपुरमा ‘१७औँ राष्ट्रिय मह दिवस’ अवसरमा आयोजित अन्तक्र्रिया कार्यक्रममा सरोकारवालाहरूले सो माग गरेका हुन् । कार्यक्रममा मौरी विकास कार्यक्रम भण्डाराका वरिष्ठ बाली संरक्षण अधिकृत गोविन्दप्रसाद पोखरेलले गत माघदेखि महको बिक्री हुन नसकेको बताए। उनले बिक्री नभएर नेपालमा अझै एक हजार पाँच सय मेट्रिक टन मह मौज्दात रहेको बताए। सोही अनुपातमा भारतबाट गुणस्तरहीन मह आयात भएको उनले जानकारी दिए। भारतबाट गुणस्तरहीन मह सस्तोमा आयात हुँदा… पुरा पढौ

राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर निर्धारण, आज कुनको भाउ कति ?

काठमाडौं, १४ चैत । नेपाल राष्ट्र बैंकले मंगलबार आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैया १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहेको छ । अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ५० पैसा बिक्रीदर १३२.१० पैसा रहेको छ । यूरो १ को खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ २१… पुरा पढौ

चैते दसैँमा डाला, नाङ्ला बेचेर वर्ष गुजार्थे व्यवसायी

बलेवा, १४ चैत । ३० वर्षअघि चैते दसैँ मेलामा बागलुङ बजार आउन गादरे बुढाथोकीलाई १ महिनादेखि तयारी गर्नु पर्थ्यो । ४-५ दिनको पैदलयात्रापछि बडिगाड गाउँपालिका–४ जलजलाबाट उनी भरियाका साथ मेलामा आउथे। भरिया खोज्ने, भारी बनाउने, बाटोमा खाने बस्ने व्यवस्था गर्दा उनलाई महिना दिन लाग्थ्यो । बागलुङ कालिका मन्दिर परिसरमा लाग्ने चैते दसैँ मेलामा उनले बुनेका चोयाका सामग्रीको खुब खोजी हुन्थ्यो । भारीसहित आएका उनलाई भेट्न व्यापारी बजारभन्दा ५-७ किलोमिटर पश्चिम काठेखोला नै पुग्थे । आधाउधी डाला- नाङ्ला त बाटैमा बिक्थे… पुरा पढौ

झपक्कै फुल्यो आँप, हेर्दा पनि मनमोहक

तुलसीपुर, १४ चैत । यस बर्ष दाङमा विगत भन्दा अत्याधिक मात्रामा आँप फुलेको छ । फूलले आँपको रुख नै ढाकेको छ । यसले किसानमा खुसी ल्याएको छ । “अहिलेसम्म हामीले यसरी आँप फुलेको देखेका थिएनौं”, तुलसीपुर ७ प्रसेनीका किसान नवराज सुवेदीले भने, “यसले हामीलाई खुसी बनाएको छ । हेर्दा पनि मनमोहक देखिन्छ ।” आँप धेरै फुलेपनि यसलाई जोगाउन भने चुनौति रहेको किसान तुलसीपुर ९ निवासी दिवेश केसीले बताए। “हावाहुरी, असिना पानीले फूल झार्दिने हो की भन्ने चिन्ता छ”, उनले भने… पुरा पढौ

अन्तर्राष्ट्रियस्तरको मुद्रा प्रदर्शनी पहिलोपटक नेपालमा सुरु

काठमाडौं, १३ चैत । नेपाल मुद्रा सङ्कलक सङ्घको आयोजनामा तीन दिने अन्तर्राष्ट्रियस्तरको मुद्रा प्रदर्शनी बबरमहलस्थित नेपाल कला परिषद्को सभाकक्षमा सुरु भएको छ । राष्ट्रियस्तरको प्रदर्शनी यसअघि पनि आयोजना भएको थियो । अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी भने यो पहिलोपटक आयोजना गरिएको हो । प्रदर्शनीमा लिच्छविकाल, मल्लकाल र शाहकालका मुद्रा एवं कागजी नोट प्रदर्शनीमा राखिएको छ । पशुपति मुद्रादेखि शाहकालसम्म निष्कासन भएका मुद्रा प्रदर्शनीमा राखिएको सङ्घको महासचिव समेत रहेका प्रदर्शनी संयोजक दीपेन्द्ररत्न शाक्यले जानकारी दिए। प्रदर्शनीको उद्घाटन पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष… पुरा पढौ

सहुलियत दरमा ऋण उपलब्ध गराउन माग गर्दै मिटर ब्याज पीडितद्वारा प्रदर्शन

काठमाडौं, १३ चैत । सहुलियत दरमा ऋणको व्यवस्था गर्नुपर्ने माग गर्दै मिटर ब्याज पीडितले आज प्रदर्शन गरेका छन् । मिटर ब्याज पीडित सङ्घर्ष समितिको नेतृत्वमा आयोजित प्रदर्शनमा उनीहरुले मिटर ब्याजीलाई कारबाही गर्नुपर्ने, मिटर ब्याजविरुद्ध कानुन निर्माण गर्नुपर्ने, तमसुक व्यवस्था खारेज गर्नुपर्ने, झुट्टा मुद्दामा गिरफ्तार गरिएका पीडितलाई रिहा गर्नुपर्ने लगायतका माग राख्दै आज वीर अस्पतालको अगाडि सडकमा प्रदर्शन गरेका हुन् । विभिन्न जिल्लाबाट पैदल हिँडेर काठमाडौँ आइपुगेका मिटर ब्याज पीडितलाई महानगरपालिकाको नगर प्रहरीले खुलामञ्च प्रवेशमा रोक लगाएपछि वीर अस्पताल नजिकै सडकमा… पुरा पढौ

देशभरका मालपोत कार्यालय विद्युतीय प्रणालीमा जाने

काठमाडौं, १३ चैत । सरकारले मुलुकका सबै मालपोत कार्यालयलाई विद्युतीय प्रणालीमा आबद्ध गर्ने भएको छ । मालपोत कार्यालयमा लागू भएको भू–राजस्व सूचना प्रणालीबाट सबै मालपोत कार्यालय जोडिने र यसबाट सेवाग्राहीले सहजरुपमा सेवा पाउने तथा अभिलेख प्रणाली व्यवस्थित हुने भएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले विद्युतीय प्रणालीमा आबद्ध नभएका कार्यालयलाई वैशाख २ र आगामी असार मसान्त गरी २ चरणमा यो काम सम्पन्न गर्न निर्देशन दिइसकेको जानकारी दिए । भूमि व्यवस्थापन विभागका महानिर्देशक पद्मनिधि… पुरा पढौ

नेप्सेमा दोहोरो अंकको बृद्धि, १ अर्ब ३८ करोडको कारोबार

काठमाडौं, १३ चैत । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सेयर बजारमा सकारात्मक लयमा देखिएको छ । सेयर बजारमा आएको सकारात्मक प्रभावको कारण लगानीकर्ता उत्साही भएका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १७.७० अंकले बढेर १९०६.०० विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.९४ प्रतिशतले बृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स २.०४ अंकले बढेर ३५८.०३ विन्दुमा रहेको छ । यसदिन कुल २६१ कम्पनीको सेयर कारोबार भएको छ । उनीहरुको ४३ लाख ८ हजार ६४५ कित्ता सेयरको खरिदबिक्रीबाट १… पुरा पढौ

आरक्ष सहकारीबाट बचत फिर्ता पाएनन् बचतकर्ताले

काठमाडौं, १३ चैत । गोकर्णेश्वर नगरपालिका–८ बेँसीगाउँमा कपडा पसल सञ्चालन गर्दै आएकी निरेशोकुमारी रानाले आरक्ष बचत तथा ऋण सहकारी संस्थामा बचत गरेको ५० हजार रुपैयाँ फिर्ता पाउन नसकेको छ महिना पूरा भयो । रानाले चार वर्षअघिदेखि यो सहकारीमा बचत गर्न थालेकी थिईन् । जम्मा गरेको बचतले पसलमा सामान थप्ने सोचले बचत गरेकी रानालाई अहिले त्यही पैसा पाए पनि व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्ने थियो । तर आफैँले बचत गरेको थोरै रकम पनि उनले समयमा पाउन सकेकी छैनन् । आरक्ष सहकारीबाट बचत… पुरा पढौ