मुख्य समाचार

प्रधानमन्त्री दाहालविरुद्धको मुद्दामा आएन अन्तरिम आदेश

काठमाडौं, २६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष दाहाललाई पक्राउ गरी अनुसन्धान गरी पाऊँ भनी अधिवक्ता ज्ञानेन्द्र आरणलगायतले दर्ता गरेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । संक्रमणकालिन न्यायसँग जोडिएको विषयमा रिट निवेदन दर्ता भएको र यस मामिलामा पटक-पटक व्याख्या भएको भन्दै सर्वोच्च अदालतले पूर्ण सुनुवाइपछि मात्रै मुद्दाको कानूनी प्रश्नहरुको निरुपण हुने आदेश गर्दै तत्काल अन्तरिम आदेश दिन अस्वीकार गरेको हो… पुरा पढौ

पहिलो पटक कास्कीका पालिकाहरूको बित्तीय सुशासन जोखिम मूल्यांकन नतिजा सार्बजनिक 

पोखरा, २६ फागुन । जिल्ला समन्वय समिति कास्कीले आर्थिक बर्ष २०७८-२०७९को  कास्कीका पालिकाहरूको बित्तीय सुशासन जोखिम मूल्यांकन (FRA) को नतिजा सार्बजनिक गरेको छ। जसअनुसार अन्नपूर्ण गाउँपालिकाले ७०, रुपा गाउँपलिकाले ६४.५, माछापुच्छ्रे गाउँपालिकाले ५४, मादी गाउँपालिकाले  ५३ र पोखरा महानगरपालिकाले ४३ अंक प्राप्त गरेका छ्न।  एक विशेष सार्बजनिकिकरण  कार्यक्रम आयोजना गरि सो नतिजा सार्बजनिक गरिएको हो । सो मुल्यांकनको कार्यबिधि अनुसार विभिन्न ११८ वटा सुचकलाइ आधार बनाएर कुल १०० पूर्णांकमा  मुल्यांकन गर्ने भनिएकाे छ। सार्बजनिकिकरण कार्यक्रम लगत्तै आयोजित समिक्षा कार्यक्रममा जिल्ला  समन्वय समिती कास्किका प्रमुख लिलाधर पौडेलले नेपालमा… पुरा पढौ

नेपाली तानमा बनाइएको ‘नेचुरल कार्पेट’ अन्तर्राष्ट्रिय बजारमा प्रदर्शन गरिने

काठमाडौं, २६ फागुन । २५ जना महिलाले झन्डै ६ महिना लगाएर तयार पारेको ‘नेचुरल टेक्सटायल कार्पेट’ अन्तर्राष्ट्रिय बजारमा प्रदर्शनी गरिने भएको छ । ब्रिटिस काउन्सिलको सहयोगमा पोखरास्थित महिला सीप विकास संस्थाले तयार पारेको उक्त कार्पेट १६ मिटर लामो रहेको संस्थाका संस्थापक कार्यकारी निर्देशक रामकली खड्काले जानकारी दिइन् । उनका अनुसार सुती धागोबाट जडीबुटी र फलफूलको रस प्रयोग गरी ‘केमिकल’रहित कार्पेट तयार पारिएको हो । नेपाली उत्पादनलाई विश्वबजारमा चिनाउनका लागि कार्पेट तयार पारिएको उनले बताइन् । कार्पेटको बीच भागमा विभिन्न चित्र,… पुरा पढौ

७ महिनामा ४ अर्ब हाराहारीको अलकत्रा आयात

काठमाडौं, २६ फागुन । नेपालमा चालु आर्थिक वर्ष २०७९/८० को सुरुवाती ७ महिनामा पौने ४ अर्ब रुपैयाँभन्दा बढीको अलकत्रा आयात भएको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म नेपालमा ३ अर्ब ८५ करोड ५२ लाख ४२ हजार बराबरको अलकत्रा आयात भएको पाइएको छ । मुख्यगरी सडक तथा राजमार्गमा कालोपत्रे गर्नका लागि प्रयोग हुने उक्त पदार्थ ७ महिनाको अवधिमा ४ अर्ब हाराहारीको ५ करोड ११ लाख ७९ हजार ४८२ किलोग्राम भित्रिनुका पछाडि… पुरा पढौ

राष्ट्रिय वाणिज्य बैंक र नागरिक लगानी कोषबीच सम्झौता

काठमाडौं, २६ फागुन । राष्ट्रिय वाणिज्य बैंक र नागरिक लगानी कोषबीच एक सम्झौता भएको छ । यी दुई कम्पनीबीच सहकार्य, कार्यगत एकता, आपसी सहयोग र दुवै पक्षका बीचमा हुने विभिन्न किसिमका कारोबारलाई निरन्तरता दिने र दुवै संस्था बीचको सुमधुर सम्बन्धलाई भविष्यमा अझ थप मजबुत बनाउँदै डिजिटल प्रविधिको उच्चतम प्रयोगमा जोड दिने उद्देश्यले सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र कोषका कार्यकारी निर्देशक रमण नेपालले हस्ताक्षर गरेका भुक्तानी तथा फर्छ्यौट विभागका विभागीय प्रमुख ऋषिराम ढकालले जानकारी… पुरा पढौ

प्राधिकरणले श्री एयरलाइन्सको उडान रोक्नुको यस्तो छ कारण

काठमाडौं, २६ फागुन । नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०ले श्री एयरलाइन्सको जहाजको इन्जिन सुरक्षा जाँचपछि मात्रै उडान गर्न निर्देशन दिएको छ । क्यानले उक्त एयरलाइन्सलाई जहाजको इन्जिन सुरक्षा जाँच नसकिएसम्म उडान नगर्न निर्देशन दिएको हो । प्राविधिकले जाँचपछि मात्रै उडान गर्न दिने निर्णय गरिएको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उनले विगतमा श्री एयरलाइन्सका प्राविधिकले सुरक्षा जाँच गर्दा प्राविधिक त्रुटि पाइएकाले अब क्यानको जाँचपछि मात्रै जहाज उडान गर्न दिने निर्णय भएको बताए । “क्यानका प्राविधिकले जहाजको इन्जिन जाँच गरेर… पुरा पढौ

सानिमा मिडिल तमोर हाइड्रोको आईपीओ आजदेखि खुला

काठमाडौं, २६ फागुन । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको आईपीओ आजदेखि सार्वसाधारणका लागि निष्कासन तथा बिक्री खुला गरिएको छ । हाइड्रोले निष्कासन गरेको ४२ लाखभन्दा बढी कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । कम्पनीले आफ्नो जारी पुँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको २५ प्रतिशतले हुन आउने ८३ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको आईपीओ जारी गरेको हो । १०० रुपैयाँका दरले कुल ८३ लाख ३१ हजार २५० कित्ता सेयर निष्कासन गरिएको कम्पनीले जनाएको छ । यसरी निष्कासितमध्ये ४९… पुरा पढौ

एकैदिन ४ कम्पनीको सेयरमूल्य नेप्सेमा समायोजन

काठमाडौं, २६ फागुन । आज शुक्रबार एकैदिन ४ वटा कम्पनीको सेयरमूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन भएको छ । आज सेयरमूल्य समायोजन हुने कम्पनीमा साल्ट ट्रेडिङ्ग कर्पोरेशन, सांग्रिला डेभलपमेन्ट बैंक, आशा लघुवित्त र साना किसान लघुवित्त रहेका छन् । साल्ट ट्रेडिङ्गको १० प्रतिशत, सांग्रिला डेभलपमेन्ट बैंकको ८.५३४ प्रतिशत, आशा लघुवित्तको १४.२८५७ प्रतिशत र साना किसन विकास लघुवित्तको २६ प्रतिशत बोनस सेयर समायोजन गरिएको नेप्सेले जनाएको छ । समायोजन भएपछि साल्ट ट्रेडिङ्गको सेयरमूल्य ३ हजार ९४० रुपैयाँ ९१ पैसा पुगेको… पुरा पढौ

सुनको भाउ बढ्यो, चाँदीको स्थिर

काठमाडौं, २६ फागुन । साताको सुनचाँदीको कारोबार हुने छैटौं दिन आज शुक्रबार नेपाली सुनचाँदी बजारमा सुनको भाउ बढेको छ । चाँदीको भाउ भने यथावत् नै रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको छ । आज छापावाल सुनको भाउ तोलाको १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार छापावाल सुन तोलाको १ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा ८ सय… पुरा पढौ

यस्ताे छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं, २६ फागुन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। यसअनुसार अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ८७ पैसा र बिक्री दर १३१ रुपैयाँ ४७ पैसा रहेकाे छ। युरो एकको खरिद दर १३८ रुपैयाँ २९ पैसा र बिक्री दर १३८ रुपैयाँ ९२ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५५ रुपैयाँ ५० पैसा र बिक्री दर १५६ रुपैयाँ २१ पैसा रहेको जनाएकाे छ। कतारी रियाल एकको खरिद दर ३५ रुपैयाँ ८७ पैसा र बिक्री… पुरा पढौ