मुख्य समाचार

४ अर्बकाे ‘एनएमबि डिबेञ्चर’ चैत २१ देखि निष्काशन हुने

काठमाडौं, १२ चैत । एनएमबि बैंकले चैत २१ गतेदेखि वार्षिक १०.७५ प्रतिशत ब्याजदरकाे ‘एनएमबि डिबेञ्चर १०.७५ प्रतिशत–२०८९/२०९०’ निष्काशन गर्न लागेको छ । यसकाे अवधि १० वर्षको रहेकाे छ। बैंकका अनुसार प्रतिऋणपत्रकाे मूल्य १ हजार रहेकाे छ भने कुल ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागिएकाे छ । २ अर्ब ४० करोड रुपैयाँ बराबरको २४ लाख कित्ता व्यक्तिगत किसिमले बिक्री गरिने भएकाे छ । बाँकी १ अर्ब ६० करोड रुपैयाँ बराबरको १६ लाख कित्ता सर्वसाधारणका लागि रहेकाे… पुरा पढौ

३ महिनामा प्रहरीले समात्याे १० लाखभन्दा बढी नक्कली नोट

काठमाडौँ, १२ चैत। नेपाल प्रहरीले पछिल्लो ३ महिनामा १० लाख रपैयाँ भन्दा बढी नक्कली नोट बरामद गरेको जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले मङ्सिर, पुस र माघ महिनामा उक्त परिमाणमा नक्कली नोट बरामद गरिएको बताए । ‘प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार मङ्सिरपछि नेपाली नक्कली नोट कारोबारमा संलग्न २२ जना पक्राउ परेका छन्’ पोखरेलले भने । प्रहरीका अनुसार गत मंसिरमा ३, पुसमा १७ र माघमा २ जना पक्राउ परेका हुन् । मंसिमा पक्राउ परेकाबाट… पुरा पढौ

मिटरब्याजी धन्दा रोक्ने कानून बन्दै

काठमाडौं, १२ चैत । चर्को ब्याजदर, दशौँ गुणासम्मको तमसुक वा चेक लिएर मिटरब्याजी धन्दा सञ्चालन गर्दै आएको गिरोहमाथि कारबाही चलाउन सरकार कानून निर्माणको तयारीमा जुटेको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालय र गृह मन्त्रालयले ‘मिटरब्याजी’लाई कानुनी दायरामा ल्याउन विधेयक तर्जुमा गरिरहेका छन्। विधेयक मन्त्रिपरिषद्को आगामी बैठकमा प्रस्तुत गर्ने तयारी कानून मन्त्रालयले गरिरहेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटरब्याजीबाट पीडित किसानका समस्या समाधान गर्न निर्देशन दिएपछि कानुन मन्त्रालयले विधेयक मन्त्रिपरिषदमा प्रस्तुत गर्ने तयारी गरेको हो। प्रधानमन्त्रीले महोत्तरीको बर्दिबासदेखि काठमाडौंसम्मको यात्रामा… पुरा पढौ

सगरमाथा जलविद्युतकाे आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं, १२ चैत । सगरमाथा जलविद्युत कम्पनीकाे सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले सर्वसाधारणका लागि चैत ८ गतेदेखि सेयर निष्काशन गरेकाे थियाे। यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय तथा वैदेशिक रोजगाररमा गएका नेपालीहरुका लागि सेयर निष्काशन गरी बाँडफाँड गरिसकेकाे छ । कम्पनीले ४३ करोड ६८ लाख रुपैयाँ बराबरको ४३ लाख ६८ हजार कित्ता छुट्याएको थियो। यसबाट ४ लाख ३६ हजार ८०० कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरुका निष्काशन गरी सकेकाे छ । २ लाख १८ हजार… पुरा पढौ

अन्नपूर्ण म्याराथनको तेस्रो संस्करण आयोजना हुँदै

पाेखरा, १२ चैत । अन्नपूर्ण प्रथम हिमाल आरोहण दिवसका सन्दर्भमा सेन्चुरी पर्यटन समितिले अन्नपूर्ण आधार शिविरबाट घान्द्रुकसम्म (१४२.१९५ किमी)को अन्नपूर्ण म्याराथन आउँदो जेठ महिनामा आयोजना गर्ने भएको छ । कोभिड–१९ का कारण दुई संस्करण स्थगित भए पनि समितिले यसपटक अन्नपूर्ण म्याराथनलाई निरन्तरता दिन लागेको समितिका अध्यक्ष ललित गुरुङले जानकारी दिए। अन्नपूर्ण आधार शिविरको पर्यटन पूर्वाधार निर्माण गरी पर्यटन प्रवद्र्धन गर्न विगतमा निरन्तर पर्यटन महोत्सव र अन्नपूर्ण म्याराथन गरिँदै आइएको थियो । प्रतिकूल परिस्थितिका कारण गत वर्षका कार्यक्रम स्थगित भए पनि… पुरा पढौ

यस्तो छ आजकाे विदेशी मुद्राको विनिमय दर (मूल्यसूची)

काठमाडौं, १२ चैत । नेपाल राष्ट्र बैंकले आईतबार आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । भारतीय रुपैया १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहेको छ । अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ६८ पैसा बिक्रीदर १३२ रुपैयाँ २८ पैसा रहेको छ । यूरो १ को खरिददर १४१ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ९६ पैसा रहेको छ… पुरा पढौ

राप्ती लोकमार्ग बिग्रियो, दुर्घटनाको जोखिम बढ्याे

तुलसीपुर, १२ चैत । राप्ती लोकमार्ग ठाउँ–ठाउँमा जीर्ण छ । दाङ, सल्यान हुँदै रुकुमसम्म नै सडकबीचमा खाल्डाखुल्डी छन् । जिम्मा पाएका निर्माण कम्पनीले पनि समयमा काम गरेका छैनन् । जसले गर्दा आवतजावतमा पनि समस्या छ भने दुर्घटनाको जोखिम पनि उत्तिकै छ । “आवतजावत गर्दा धुलाम्मे हुन्छ, खाल्डाखुल्डीले पनि उत्तिकै समस्या पार्छ”, सल्यानबाट दाङ आउँदै गरेका यात्रु रुद्रबहादुर रेउलेले भने, “दुर्घटनाको जोखिम उत्तिकै छ ।” सल्यान कपुरकोटबाट तुलसीपुर पुग्दा मानिस चिन्न नसिकने अवस्था रहने यात्रुहरूको गुनासो छ । त्यस्तै समय पनि… पुरा पढौ

यस्ताे छ आगामी ३ दिनकाे माैसम पूर्वानुमान

काठमाडौं, १२ चैत । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएकाे छ। देशका पहाडी भू-भागमा आंशिक बदली  रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। चैत १२ गते (आइतवार) दिउँसोː कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन / चट्याङ्ग सहित… पुरा पढौ

८ महिनामा १ खर्ब ३८ अर्ब वैदेशिक सहायता प्रतिबद्धता

काठमाडौं, ११ चैत । चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्ममा सरकारले १ खर्ब ३८ अर्ब ५६ करोड १० लाख बराबरको वैदेशिक सहायता प्रतिबद्धता पाएको छ । अर्थ मन्त्रालयका अनुसार ८ महिनाको अवधिमा नेपालले विभिन्न द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदारबाट रु २४ अर्ब ५६ करोड १० लाख बराबर अनुदान र १ खर्ब १४ अर्ब बराबर वैदेशिक ऋणको प्रतिबद्धता पाएको हो । चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले २ खर्ब ४२ अर्ब २६ करोड बराबर वैदेशिक ऋण र रु ५५ अर्ब ४६… पुरा पढौ

सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने माओवादीको तयारी

काठमाडौं, ११ चैत । नेकपा (माओवादी केन्द्र)ले सरकार विस्तारलाई छिटो टुङ्गो लगाएर देशमा विद्यमान समस्या समाधानमा सरकारलाई केन्द्रित गर्ने भएको छ । सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने माओवादीको तयारी छ । पार्टी केन्द्रीय कार्यालय परिसडाँडामा आज बसेको पार्टी पदाधिकारी बैठकले सरकार विस्तारलगायतका विषयमा छलफल गरेको बैठकपछि पार्टी सचिव देवेन्द्र पौडेलले जानकारी दिए। गृहकार्यका कारण केही दिन मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको भए पनि प्रधानमन्त्रीले सत्ता साझेदार दलसँग छुट्टाछुट्टै ढङ्गले छलफल गरिरहेको उनले जानकारी दिए। प्रधानमन्त्रीले सत्ता साझेदार दलको बैठक बोलाएर आवश्यक निष्कर्षका… पुरा पढौ