मुख्य समाचार

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर (सूचीसहित)

काठमाडौं, ५ चैत । नेपाल राष्ट्र बैंकले आईतबार आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैया १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहेको छ । अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ७९ पैसा बिक्रीदर १३२.३९ पैसा रहेको छ । यूरो १ को खरिददर १४० रुपैयाँ १९ पैसा र बिक्रीदर १४० रुपैयाँ ८२… पुरा पढौ

प्रतिनिधिसभा बैठकमा सत्य निरुपणसम्बन्धी विधेयक पेस हुने

काठमाडौं, ५ चैत । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले “बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९” पेस गर्ने सम्भावित कार्यसूची छ । बैठकमा प्रधानमन्त्री दाहालले “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९” समेत पेस गर्नेछन् । यसैगरी बैठकमा सांसदहरू ज्ञानबहादुर शाही र प्रेम सुवालले “बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन)… पुरा पढौ

सडक कालोपत्रमा ढिलासुस्ती गर्ने निर्माण कम्पनीलाई स्पष्टीकरण

दमौली, ५ चैत । पटक–पटक म्याद थप भएर पनि सडक कालोपत्रको काममा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई पूर्वाधार कार्यालय तनहुँले स्पष्टीकरणको प्रक्रिया अगाडि बढाएको छ । तनहुँको भानु नगरपालिकास्थित भानुमार्ग र शुक्लागण्डकी नगरपालिकास्थित दुलेगौडा हर्कपुर सडकखण्डमा कालोपत्रको काममा ढिलासुस्ती गर्ने निर्माण कम्पनीलाई कार्यालयले कारबाहीस्वरुप स्पष्टीकरणको प्रक्रिया अगाडि बढाएको हो । दुवै सडक कालोपत्रको ठेक्का शङ्करमाली निर्माण सेवा काठमाडौँले पाएको थियो । विभिन्न मितिमा म्याद थप भएता पनि हालको मितिसम्म पटक–पटक पत्राचार र सरोकारवालासँग छलफल गर्दा पनि निर्माण व्यवसायीबाट कार्यप्रगति धेरै न्यून… पुरा पढौ

चौध वर्षपछि आज स्ववियु निर्वाचन

काठमाडौं, ५ चैत । त्रिभुवन विश्वविद्यालयसहित आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा हुँदैछ । साठी आङ्गिक र एक हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमा करिब १४ वर्षपछि निर्वाचन हुन लागेको जनाइएको छ । निर्वाचनको मतदान बिहान ८ देखि दिउँसो ४ बजेसम्मका लागि निर्धारण गरिएको छ । निर्वाचनमा अहिलेसम्म दुई आङ्गिक र केही सम्बन्धनप्राप्त क्याम्पसमा निर्विरोध निर्वाचित भइसकेका छ । प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन विसं २०६५ देखि नियमित हुनसकेको थिएन । पुरा पढौ

वरिष्ठ कार्टुनिष्ट वात्स्यायनलाई नागरिक अभिनन्दन

पाेखरा, ५ चैत । वरिष्ठ कार्टुनिष्ट दुर्गा बराल ‘वात्स्यायन’ लाई शनिबार पोखरामा नागरिक अभिनन्दन गरिएको छ । साहित्यिक संस्था पोखरेली युवा सांस्कृतिक परिवारको संयोजनमा विभिन्न सङ्घसंस्थाले उहाँलाई अभिनन्दनसँगै रथारोहण गरेका हुन् । कार्टुनमार्फत नेपाली समाजका विकृति, विसङ्गति र बेथितिका विरुद्ध प्रहार गर्ने बराललाई उहाँकै निवास पोखर–३ नदीपुरस्थित घरबाट रथारोहण गराई पोखराको विन्ध्यवासिनी मन्दिर परिसरमा पुगेर अभिनन्दन गरिएको थियो । कम शब्द, रेखाचित्र र रङका माध्यमबाट सटिक व्यङग्य प्रहार गर्ने बरालले राजनीतिक तथा सामाजिक विकृतिप्रति तिखो व्यङ्ग्य गरी समाजलाई सही बाटोमा… पुरा पढौ

मुना बजार पोखराको प्रथम वार्षिक कार्यक्रम सम्पन्न, आर्गानिक उत्पादन र वजारिकरणमा जोड

पोखरा, ४ चैत । मुना कृषि लिमिटेड पोखराले आफ्नो स्थापनाको पहिलो वार्षिक कार्यक्रम समपन्न गरेको छ । शनिबार सृजनाचोकस्थित मुना बजारमा कृषक, गण्डकीका सेयर सदस्य, वितरक, विज्ञ तथा विभिन्न आमन्त्रित व्यक्तित्वहरुबीच आर्गानिक उत्पादन, वितरण तथा उद्यमशिलताको छलफलसहित पहिलो वार्षिक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं ८ का अध्यक्ष रुद्रनाथ वरालले कृषि, कृषक, वितरक तथा उपभोक्तासंग जोडिने कुरा निकै महत्वको भएको बताए । हामीले बाहिरबाट आयात गरेर खाँदा स्वस्थ खान पाईरहेका छैनौ । उनले भने,… पुरा पढौ

नागरिक लगानी कोष ३३औं वर्षमा प्रवेश, रु २ खर्बकाे लगानी

काठमाडौं, ४ चैत । नागरिक लगानी कोष स्थापनाको ३३औं वर्षमा प्रवेश गरेको छ । बचतमा प्रोत्साहन गरी लगानी बढाउने, अवकाश कोष तथा सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्ने र पूँजी बजारमा गतिशीलता ल्याउने उद्देश्यले २०४८ सालमा स्थापना भएको कोषले हालसम्म रु दुई खर्बभन्दा बढी लगानी गरिसकेको जनाएको छ । कोषका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा रु दुई खर्ब पाँच अर्ब ६९ करोड लगानी गरेको छ । सोही अवधिमा कोषको खुद कोष मौज्दात रकम रु दुई खर्ब छ अर्ब १९ करोड… पुरा पढौ

सामाजिक सुरक्षा कोषद्वारा पौने चार अर्ब दाबी भुक्तानी

काठमाडौं, ४ चैत । योगदानमा आधारित समाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरेको सामाजिक सुरक्षा कोषले हालसम्म रु पौने चार अर्ब दाबी भुक्तानी गरेको छ । हालसम्म कोषले विभिन्न सामाजिक सुरक्षा योजनाअन्तर्गत योगदानकर्तालाई रु तीन अर्ब ७८ करोड भुक्तानी गरेको हो । कोषले औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजना सञ्चालन गरिरहेको छ । कोषले २०७६ देखि विभिन्न योजनाको दाबी भुक्तानी गर्दै आएको छ । कोषले औषधोपचार सुविधाबापत रु ४४ करोड… पुरा पढौ

नेपाली सेनाले ‘सफा हिमाल अभियान २०२३’ सञ्चालन गर्दै

काठमाडौं, ४ चैत । नेपाली सेनाले विश्वको सर्वाेच्च शिखर सगरमाथासहित चारवटा हिमालमा ‘सफा हिमाल अभियान २०२३’ सञ्चालन गर्ने भएको छ । उक्त अभियानअन्तर्गत सगरमाथा, ल्होत्से, बरुञ्चे र अन्नपूर्ण हिमालबाट कुहिने र नकुहिने गरी ३५ हजार केजी फोहर सङ्कलनको लक्ष्य राखिएको छ । उक्त अभियानका क्रममा सगरमाथाबाट १० हजार, ल्होत्सेबाट पाँच हजार, बरुञ्चेबाट १० हजार र अन्नपूर्णबाट १० केजी फोहर सङ्कलन गर्ने लक्ष्य रहेको सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए। प्रकृति र पर्यावरण प्रभावकारी संरक्षणका निम्ति विश्वका अग्ला हिमालको स्वच्छता कायम… पुरा पढौ

पत्रकारितासँगै व्यावसायिक अचार उत्पादनमा ‘बन्दना’

रामपुर (पाल्पा), ४ चैत । व्यक्ति एक ठाउँअनुसार उसको भूमिका अनेक हुन सक्छन् भन्ने उदाहरणीय बन्नुभएको छ, बन्दना पोखरेल । पत्रकारिता, सामाजिक अभियान्ताको रुपमा पाल्पामा राम्रो पहिचान बनाएकी पोखरेलको परिचय अचेल उद्यमीसँग जोडिएको छ । पाल्पामा सक्रियरुपमा पत्रकारितासँगै महिला सशक्तीकरण, महिला हिंसाविरुद्ध सशक्तरुपमा नेतृत्व गर्दै आउनुभएकी पोखरेल यतिबेला अचार उद्यमीको रुपमा कहलिएकी छन्। पत्रकारिता गर्ने क्रममा गाउँघरका महिला, किसान, अन्याय, हिंसा, समानता, सशक्तीकरणका कुरामा कलम चलाउने र उनीहरुका आवाजलाई मिडियामा ल्याउने क्रममा आफू पनि यसबाट प्रभावित भएर व्यवसायमा होमिएको उनले… पुरा पढौ