मुख्य समाचार

कोशी, गण्डकी र सुदूरपश्चिममा हल्का वर्षाको सम्भावना

काठमाडौं, २१ फागुन । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएकाे छ।  सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । फागुन २१ गते (आइतवार) दिउँसोː  देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।   कोशी र… पुरा पढौ

सबस्टेशन अलपत्र : निर्माण व्यवसायी सम्पर्कविहीन

खोटाङ, २१ फागुन । केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित सिम्पानीमा निर्माणाधीन नेपाल विद्युत् प्राधिकरणको सबस्टेशन अलपत्र परेको छ । तीन वर्षमा सम्पन्न गर्नेगरी विसं २०७३ भदौमा भारतीय निर्माण व्यवसायी कम्पनी एटुजेड इन्फ्रा इञ्जनीयरिङ लिमिटेडले सम्झौता गरेको सबस्टेशन हालसम्म पूरा भएको छैन । कम्पनीले बुइपा–बाक्सिला ३३ केभी र ११ केभी प्रशारणलाइनको काम पूरा गरे पनि ट्रान्सफर्मर थप गर्ने र सबस्टेशन निर्माणको काम अलपत्र पारेर सम्पर्कविहीन भएको स्थानीय बासिन्दा एवं नेकपा (एकीकृत समाजवादी) पार्टी खोटाङका सहसचिव माइतीराज राईले बताए। सम्झौता अनुसार विसं २०७६ मै बनिसक्नुपर्ने… पुरा पढौ

अतिकम विकसित देशलाई ठूलो लगानीको आवश्यकता छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं, २१ फागुन । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले अल्पविकसित देशलाई हरित र लचिलो उद्योग, शिक्षा, स्वास्थ्य, विज्ञान र प्रविधि र कृषिमा ठूलो लगानीको आवश्यकता रहेको बताएका छन्। कतारको दोहामा सुरु भएको अतिकम विकसित मुलुक (एलडिसिज)को पाँचौँ सम्मेलनलाई सम्बोधन गर्दै उनले धेरै सङ्कटको सामना गर्दा, अल्पविकसित देशलाई ठूलो लगानीको आवश्यकता रहेको धारणा व्यक्त गरे। अतिकम विकसित मुलुकलाई ऊर्जा, यातायात, र डिजिटल जडानको लागि गुणस्तरीय, दीगो र लचिलो पूर्वाधार चाहिने उल्लेख गर्दै उनले समाजको सबैभन्दा कमजोर समूहको कल्याण र… पुरा पढौ

‘स्मार्ट’ चालक अनुमतिपत्रमा समस्या, सेवाग्राही मर्कामा

काठमाडौं, २० फागुन। विधिमैत्री बनाउन ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण सुरु भए पनि प्रविधिका कारण सेवाग्राही समस्या भोग्न बाध्य छन् । अनुमतिपत्रमा भएका कतिपय सूचना यातायात व्यवस्था कार्यालयसँग फरक पर्ने गरेको छ । चालक अनुमतिपत्रसम्बन्धी सेवा पूर्णरूपमा प्रविधिमैत्री बन्न सकिरहेको छैन भने सुरु भएको सेवामा समेत समस्या देखिएको छ । दश वर्ष पुरानो अनुमतिपत्रमा विभिन्न समस्या रहेको यातायात व्यवस्था कार्यालय एकान्तकुनाका प्रमुख राजकुमार कपालीले बताए । “खासगरी पुरानो अनुमतिपत्रमा समस्या पाइएको छ, सर्भरका कारणले रेकर्ड बिग्रिएर यस्तो भएको हुनसक्छ”, उनले भने।… पुरा पढौ

माघ मसान्तसम्म नेपालमा ४३ करोड बढीको स्मार्ट वाच भित्रियो

काठमाडौं, २० फागुन । चालु आर्थिक वर्ष २०७९/८० को शुरुवाती ७ महिना अर्थात् माघ मसान्तसम्म नेपालमा ४३ करोडभन्दा बढीको स्मार्ट वाच आयात भएको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको उक्त अवधिसम्मको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार साउनदेखि माघ महिनाभित्र विश्वका विभिन्न २२ देशबाट ४३ करोड १० लाख ६३ हजार रुपैयाँ बराबरको ३ लाख ८ हजार ७४१ थान स्मार्ट वाच आयात भएको छ । तथ्याङ्क अनुसार यो अवधिमा छिमेकी राष्ट्र चीन र भारत सहित अस्ट्रेलिया, जापान, दक्षिण कोरिया,… पुरा पढौ

विदेशी पर्यटक बिना पथप्रदर्शक पदयात्रामा जान नपाउने

काठमाडौं, २० फागुन । नेपाल पर्यटन बोर्डले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले बिना पथप्रदर्शक (गाइड) पदयात्रामा जान नपाउने निर्णय गरेको छ । बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार पदयात्रालाई सुरक्षित, भरपर्दो र व्यवस्थित गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको हो । यो निर्णय १ अप्रिल २०२३ देखि लागु हुनेछ । पर्यटन व्यवसायी तथा पर्यटन क्षेत्रमा आवद्ध मजदुरको संयुक्त सङ्गठनको मागअनुरुप बोर्डले पदयात्रामा जाने पर्यटकले अनिवार्यरुपमा गाइड लाने व्यवस्था गरेको हो । नेपालमा कोभिड–१९ भन्दा अगाडि सन् २०१९ मा ४६ हजार एक सय ४२… पुरा पढौ

व्यवसाय प्रवर्द्धनबाट आर्थिक प्रगति गर्दै तुलबहादुर

काठमाडौं, २० फागुन । प्राकृतिक सौन्दर्यले सजिएको स्थानमा खहरेबाट बग्दै गरेको मनमोहक झरना । डाँडाको बीचबाट कलकलाउँदै झरेको पानी सङ्कलित पोखरी । पोखरीमा पौडिएका माछाहरू हेर्दा जो–कोहीलाई पनि आकर्षित पार्ने दृश्य हो सिन्धुपाल्चोकस्थित हाबुङ्ग–२ मा स्थापना गरिएको ट्राउट भिलेज रिसोर्ट एण्ड फार्म । दुई दशक अगाडि रु ४० लाखमा सो फार्ममा व्यावसायिक माछापालन थालेका तुलकुमार राईले अहिले व्यवसाय बढाउँदै लगानी पनि करिब रु २० करोड पु¥याए। सात रोपनी क्षेत्रफलमा फैलिएको उक्त फार्मले ह्याचरीसमेत सञ्चालन गरी वार्षिक नौ लाख भुरा तथा… पुरा पढौ

तीस किलोग्राम ‘ट्युमर’ को सफल शल्यक्रिया

काठमाडौं, २० फागुन । ग्रीनसिटी अस्पताल बसुन्धराले ३० किलोग्रामभन्दा बढी तौलको ‘ट्युमर’ को सफल शल्यक्रिया गरेको छ । अस्पतालले शुक्रबार पत्रकार सम्मेलन गरी ताप्लेजुङ घर भई भक्तपुरमा बसोबास गर्दै आएकी रीता शेर्पाको ३० किलोग्राम बढी तौलको ट्युमरको सफल शल्यक्रिया गरेको जानकारी दिएको हो । अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले आर्थिकरूपमा कमजोर शेर्पाको निःशुल्क शल्यक्रिया गरेर नयाँ जीवन प्रदान गरिएको जानकारी दिए। ग्रीनसिटी अस्पतालले शेर्पा जस्ता जटिल प्रकृतिका रोगको शल्यक्रिया निःशुल्क गर्दै आएको अध्यक्ष टण्डनले बताए। शेर्पाको शल्यक्रिया गर्ने डा रुपा झाले… पुरा पढौ

एनएमबी बैंकलाई ४ अर्बको ऋणपत्र निष्कासन अनुमति

काठमाडौं, १९ फागुन । एनएमबि बैंकले ४ अर्ब बराबरको ऋणपत्रको निष्कासन तथा बिक्रीको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बिहीबार बैंकलाई ऋणपत्र निष्कासनका लागि अन्तिम स्वीकृति दिएको हो । स्वीकृति अनुसार अब बैंकले ४ अर्ब बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासनका गर्न पाउने भएको छ । बोर्डले अनुमति दिएको उक्त परिमाणको ऋणपत्रमध्ये १ अर्ब ६० करोड रुपैयाँ बराबरको ऋणपत्र बैंकले सर्वसाधारणहरुमा बिक्री गर्ने बताएको छ । यसैगरी २ अर्ब ४० करोड बराबरको ऋणपत्र भने व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा… पुरा पढौ

पूर्व-पश्चिम र भारतीय सहयोगमा अध्ययन भइरहेको रेलमार्गका बीच तादात्म्य मिलाइँदै

काठमाडौं, १९ फागुन । सरकारले निर्माण सुरु गरेको पूर्व-पश्चिम रेलमार्ग र भारतीय सरकारको सहयोगमा अध्ययन भइरहेको रेलमार्गका बीचमा तादम्यता मिलाउने (सिङ्क्रोनाइज) तयारी अघि बढाइएको छ । रक्सौल–काठमाडौँ रेलमार्ग पनि निजगढ खण्डमा मिल्ने हुँदा निर्माण सुरु हुनु अघि नै दुई लाइनबीच तादात्म्यता मिलाउन आवश्यक रहेको रेल विभागका प्रवक्ता (सिनियर डिभिजनल इञ्जिनियर) अमन चित्रकारले बताए। भारतीय पक्षले रक्सौल–काठमाडौँको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अध्ययन गरिरहेको छ । भारतीय पक्षलाई लिखितरूपमै निजगढ खण्डको केही सूचना दिनका लागि भनिएको समेत उनको भनाइ छ । उनले भने,… पुरा पढौ