मुख्य समाचार

प्रभु स्मार्ट फण्डको इकाईमा आवेदन दिने म्याद थपियो

काठमाडौं, २३ फागुन । प्रभु स्मार्ट फण्डको इकाईमा आवेदन दिने म्याद थप गरिएको छ । प्रभु क्यापिटलले गत फागुन १८ गतेदेखि जारी गरेको उक्त फण्डको इकाईका लागि आवेदन दिने म्याद अब फागुन २८ गतेसम्म लम्बिएको छ । क्यापिटलले गत फागुन १८ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका ८ करोड इकाई निष्कासन गरेको थियो । त्यसमध्ये १ करोड १२ लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १४ प्रतिशत इकाई कोष प्रवर्द्धक प्रभु बैंक लिमिटेडका लागि सुरक्षित राखिएको छ ।… पुरा पढौ

प्रि-ओपन सेसनमा यस्तो छ नेप्सेको अवस्था

काठमाडौं, २३ फागुन । साताको दोस्रो कारोबार हुने दिन आज मंगलबारको (सोमबार सार्वजनिक बिदा परेकोले) प्रि-ओपन सेसनमा नेप्से परिसूचकमा करिब १ अंकको गिरावट आएको छ । अघिल्लो कारोबार दिन अर्थात गत आइतबार नेप्से परिसूचक ३०.७७ अंक घटेर १९३८.२५ विन्दुमा बन्द भएको थियो । आज मंगलबारको प्रि-ओपन सेसनमा भने यो परिसूचक ०.८३ अंक घटेर १९३७.४३ विन्दुमा झरेको छ । आजको यो सेसनमा सेन्सेटिभ इण्डेक्समा पनि ०.३३ अंकले गिरावट आएको छ । आज मंगलबारको प्रि-ओपन सेसनमा ९ वटा स्टकको २ लाख २१… पुरा पढौ

सुन र चाँदी दुवैको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौं, २३ फागुन । साताको सुनचाँदीको कारोबार हुने दोस्रो दिन आज मंगलबार (सोमबार सार्वजनिक बिदा परेकोले) नेपाली सुनचाँदी बजारमा सुन र चाँदी दुवैको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको छ । आज छापावाल सुनको भाउ तोलाको १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार छापावाल सुनको भाउ तोलाको १ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा ३… पुरा पढौ

बिपिडब्लु लघुवित्तको आईपीओमा आवेदन दिने म्याद आजसम्म

काठमाडौं, २३ फागुन । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले बिक्रीमा ल्याएकाे सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ। संस्थाले फागुन १८ गतेदेखि सर्वसाधारणका लागि ९७ लाख रुपैयाँ बराबरको सेयर निष्काशन गरेको थियाे । यसअघि वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि सेयर निष्काशन गरिएका थियाे। संस्थाकाे जारी पूँजी ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुने रु १०० अंकित मूल्यकाे ७ लाख रुपैयाँ बराबरको ९७ हजार कित्ता सेयर बिक्रीमा ल्याइएकाे हो। साे सेयरबाट ९ हजार ७०० कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरुका… पुरा पढौ

सहकारी बन्द हुँदा बचतकर्ता समस्यामा

तुलसीपुर, २३ फागुन । दाङ तुलसीपुरस्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको शाखा कार्यालय बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन् । एक महिनादेखि बन्द भएको सो सहकारीको शाखा कार्यालयमा रकम झिक्न दिनदिनै बचतकर्ता पुग्ने गरेका छन् । सोही सहकारीमा तुलसीपुरको बिपी चोकका फलफूल व्यवसायी तुलसी नेपालीको एक लाख २७ हजार बचत छ । उनले अब त्यो पैसा पाउने आशा मरिसकेको बताए। “एक महिना भयो सहकारी बन्द भएको, फोन गर्छौ दुई÷चार दिनमा खुल्छ भन्न लागेको धेरै भइसक्यो”, उनले भने “साहुलाई पैसा तिर्नुपर्ने… पुरा पढौ

यस्ताे छ आगामी तीन दिनकाे माैसम पूर्वानुमान

काठमाडौं, २३ फागुन । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएकाे छ।  सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । फागुन २३ गते (मंगलबार) दिउँसोː  देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा  मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक/ हल्का… पुरा पढौ

होलीले सांस्कृतिक तथा भावनात्मक एकतालाई बलियो बनाएको छ : पर्यटनमन्त्री किराती

काठमाडौं, २२ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले होली पर्वको माध्यमबाट सांस्कृतिक तथा भावनात्मक एकतालाई बलियो र सुदृढ हुने विचार व्यक्त गरेका छन् । होली पर्वका अवसरमा प्राइम टेलिभिजनले आज रामशाहपथमा आयोजना गरेको ‘होली उत्सव–२०७९’ मा बोल्दै उनले होली पर्वले भावनात्मक एकता, आपसी सद्भाव र भाइचारा कायम गर्न मद्दत पुग्ने उल्लेख गरे । उनले भने, “हामी बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक मुलुकमा बसोबास गरेका छौँ । आज एकापसमा रङ्ग घसेर आपसी मतभेद र हृदयभित्रको वैरभाव मेटाउने विशेषता छ… पुरा पढौ

लेकसाइडमा यसरी रङमा रमाए पर्यटक

पोखरा, २२ फागुन । नेपालको पर्यटकीय नगरी पोखरा । पोखराको पनि विदेशी पर्यटकको केन्द्र लेकसाइड । आज यहाँ रहेका विभिन्न देशका पर्यटक होलीको रङमा निकै रमाए । होली नेपाली परम्पराको रङको पर्व । एकआपसमा रङ खेलेर यो पर्व मनाउने गरिन्छ । विभिन्न रङमा रङ्गिएर नाचगान गर्दै रमाएका नेपालीसँग मिसिन पुग्छन् विदेशी पर्यटक पनि । विदेशी पर्यटक पनि आज यहाँ नेपालीसरह नै रङमा रमाए । निकै खुसी हुँदै विभिन्न रङ लगाउँदै होली खेले । रेष्टुरेन्ट एण्ड बार एशोसिएसन रेवान पोखराले फागुपूर्णिमाका… पुरा पढौ

कतारकी राजकुमारी हिमाल चढ्न म्याग्दीमा

म्याग्दी, २२ फागुन । कतारकी राजकुमारी आश्मा अल्थानी अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि आज म्याग्दी आएकी छन्। आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल अन्नपूर्ण गाउँपालिका–४ मा अवस्थित छ । इलाईट ट्रेकिङ कम्पनीमार्फत उनी अन्नपूर्ण हिमाल आरोहण गर्न आएकी हुन्। काठमाडौँबाट अल्थानीको आरोहण टोलीका सदस्य सिम्रिक एयरको हेलिकप्टरमार्फत अन्नपूर्ण–३ दानामा आएकी हुन्। आठ हजार मिटर अग्ला विश्वका १४ हिमाल आरोहण गरेर कीर्तिमान बनाएका निर्मल पुर्जा (निम्स) अल्थानीको आरोहण टोलीको नेतृत्व गरेका छन्। “हाम्रो आरोहरण टोलीको दुई जना सदस्य पोखराबाट… पुरा पढौ

१४.७५ प्रतिशत लाभांश बाँड्दै एनआईसी एसिया लघुवित्त

काठमाडौं, २२ फागुन । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले १४.७५ प्रतिशत लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७८/०७९ का लागि आफ्ना सेयरधनीलाई दिने लाभांश प्रस्ताव गरेको हो । आइतबार बसेको सञ्चालक समितिको बैठकले करसहित १४.७५ प्रतिशत नगद लाभांश घोषणा गरेको कम्पनीले जनाएको छ । कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँको करसहित १४.७५ प्रतिशतले हुन आउने २५ करोड ६५ लाख ६७ हजार ४ सय रुपैयाँ नगद… पुरा पढौ