मुख्य समाचार

पौडेललाई जिताउन बागमती स्तरीय अभिमुखीकरण आज

काठमाडौं, १९ फागुन । आगामी राष्ट्रपति निर्वाचनका सन्दर्भमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति पदका लागि आठ दलका साझा उम्मेदवार रामचन्द्र पौडेललाई विजयी गराउन आज बागमती प्रदेशसभाका सदस्यका लागि अभिमुखीकरण कार्यक्रम गरिने भएको छ । यही फागुन २५ गते हुने निर्वाचनमा पूर्व सभामुख पौडेललाई विजयी गराउन नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा अन्य राजनीतिक दलका प्रतिनिधिहरु रहनुभएको ‘राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयोजन संयन्त्र’ गठन गरिएको छ । संयन्त्रको निर्णयबमोजिम बागमती प्रदेशका आठवटै राजनैतिक दलका प्रदेशसभा सदस्यका लागि आज दिउँसो… पुरा पढौ

स्थानीय तहका निर्वाचन सम्पर्क व्यक्तिका लागि अभिमुखीकरण

काठमाडौं, १९ फागुन । निर्वाचन आयोगले स्थानीय तहका निर्वाचन सम्पर्क व्यक्तिका लागि अभिमुखीकरण तथा क्षमता अभिवृद्धिसम्बन्धी प्रदेश र जिल्लास्तरीय प्रशिक्षण सञ्चालन गरेको छ । फागुन १० गते काभ्रेको धुलिखेलबाट शुभारम्भ भएको प्रशिक्षण हाल मधेस प्रदेशको जनकपुर उपमहानरगपालिकामा सञ्चालन भइरहेको छ । यसअघि सोही प्रकारको प्रशिक्षण बारा जिल्लामा सञ्चालन भएको थियो । जनकपुरमा भएको दुईदिने प्रशिक्षण कार्यक्रमको बुधबार शुभारम्भ गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगबाट गरिने मतदाता नामावली सङ्कलन तथा अद्यावधिक, मतदानस्थल र मतदान केन्द्रको व्यवस्थापन तथा निर्वाचन शिक्षा जस्ता… पुरा पढौ

लामाबगर नाका खोल्न सार्थक पहल आवश्यक : राष्ट्रपति

काठमाडौं, १८ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले दोलखा जिल्लासँग जोडिएको उत्तर–दक्षिण जोड्ने परम्परागत लामाबगर नाका खोल्नका लागि सार्थक पहलको आवश्यकता रहेको बताएकी छन् । ग्रामीण विकास टुकी सङघद्वारा आज दोलखामा आयोजित प्रदर्शनी कार्यक्रममा राष्ट्रपति भण्डारीले सो नाका खोल्न सकेमा दोलखा हुँदै चीन र भारतसँग छोटो दूरीमा त्रिदेशीय यातायात सिधा सम्पर्क हुने र यसबाट समग्र नेपालकै विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गरिन्। “प्राचीनकालदेखि नै दोलखा जलस्रोतमा धनी छ । स्वदेशी पूँजीमा निर्माण सम्पन्न भएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना र अन्य विद्युत्… पुरा पढौ

अन्तिम दिन सेयरबजार राताम्मै, १ अर्ब ३३ करोडको कारोबार

काठमाडौं, १८ फागुन । नेप्सेमा लगातार गिरावट भएको छ । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहिबार पनि नेपाली सेयरबजार राताम्मै भएको छ । अघिल्लो दिन नेप्से परिसूचक २४।४४ अंकले घटेर १९९५।४९ विन्दुमा झरेको मा यसदिन अँझ बढी घटेको छ । नेप्सेको घट्दो सूचकांकको दृश्यले लगानीकर्ताको मनो माथि उठेन सकेको छैन । उनीहरु अझैं पनि सकारात्मक लयको पखाईमा रहेका छन् ।नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २६.४८ अंकले घटेर १९६९.०१ विन्दुमा झरेको छ । नेप्सेमा १.३३ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ… पुरा पढौ

अध्ययनशील चिन्तक,शिक्षासेवी व्यक्तित्व- बाबुराम पन्त

पाेखरा । ग्लोबल कलेजियट स्कुलका प्राचार्य बाबुराम पन्त पोखरामा एक बौद्धिक व्यक्तित्वका रूपमा चिरपरिचित छन । पन्तलाई केवल शिक्षासेवीका रूपमा मात्र हेर्नुभन्दा पनि एक अध्ययनशील, चिन्तक बौद्धिक व्यक्तित्वका रूपमा हेर्नुपर्ने हुन्छ । वास्तवमा उनले प्राप्त गरेका ज्ञान र अनुभव समाजको साझा सम्पति पनि हो भन्दा फरक पर्दैन । पन्तले देश विदेशका साहित्य अध्ययन गरेका मात्र होइनन्, त्यसबाट शिक्षा र सन्देश पनि हासिल गरेका छन् । यो स्वयंमा एक उपलब्धि हो । समग्र पोखरेलीका लागि गर्वको विषय पनि हो । प्रचार… पुरा पढौ

८० करोडकाे “प्रभु स्मार्ट फण्ड” को बिक्री खुल्याे, २५५ प्रतिशत लाभांश बाँड्ने लक्ष्य

काठमाडाैं, १८ फागुन । प्रभु क्यापिटल सामुहिक लगानी कोष अन्तरगतकाे दोश्रो योजना प्रभु स्मार्ट फण्डको अाज फाल्गुण १८ गतेदेखि निष्काशन तथा बिक्री खुला भएकाे छ । प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालनमा आउन लागेको यस फण्डले प्रति इकाई १० रुपैयाँ अंकित दरमा ८० करोड बराबरको ८ करोड इकाई जारी गर्न लागेको हो । यो योजनाको कोष प्रवर्धक प्रभु बैंक लिमिटेड रहेको छ । योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेड रहेको छ । यो योजना एक बन्दमूखि योजना हो । यस योजनाले इकाई बिक्रीबाट… पुरा पढौ

बढ्यो सुनको भाउ, चाँदीको स्थिर

काठमाडौं, १८ फागुन । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दनि बिहिबार नेपाली सुनचाँदी बजारमा सुनको भाउ बढेको छ । चाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलाको १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुनको भाउ तोलाको १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलाको १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार तेजाबी सुन तोलाको १… पुरा पढौ

सूर्यमुखीको व्यावसायिक खेतीतर्फ आकर्षण बढ्दै

भरतपुर, १८ फागुन । चितवनको भरतपुरमा पछिल्लो समय व्यावसायिकरुपमा सूर्यमुखी खेतीतर्फ आकर्षण बढ्दै गएको छ । तेलहन बालीअन्तर्गत भरतपुर महानगरपालिका–१५ श्रीपुरमा सामूहिकरुपमा प्राङ्गारिक सूर्यमुखी खेती गरिएको छ । चार किसानको अगुवाइमा पौने तीन बिघामा सूर्यमुखी खेती गरिएको चन्द्रप्रसाद अधिकारीले बताए। कृषि ज्ञान केन्द्र चितवनसँग साढे चार बिघा जमिनमा तेलहन बालीका लागि सहकार्य भएको छ । बाँकी जग्गामा तोरी खेती गरिएको छ । ज्ञान केन्द्रले बीउ, मल र सिँचाइमा सहयोग गरेको उनले बताए। दश वर्ष पहिले पनि आफूले जिल्लामा सूर्यमुखी खेती… पुरा पढौ

आयुर्वेदिक औषधिप्रति बिरामीको विश्वास बढ्दो

ढोरपाटन, १८ फागुन। कोरोना सङ्क्रमण फैलिनु अगाडि धौलागिरि आयुर्वेद औषधालय धाउने बिरामीको सङ्ख्या निकै कम थियो । त्यसपछि भने औषधालयमा बिरामीको चाप ह्वात्तै बढ्यो । पछिल्लो समय जिल्ला सदरमुकाम बागलुङ बजारमा रहेको आयुर्वेद औषधालयमा जँचाउन आउने र औषधि लिनेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । औषधालयबाट सबैभन्दा बढी दीर्घरोगी र ज्येष्ठ नागरिकले सेवा लिने गरेका सूचना अधिकारी एकराज ढुङ्गानाले बताए। विशेष गरी ग्यास्ट्रिक, पेट दुख्ने, खाना नरुच्ने, बाथलगायत समस्याका बिरामी यहाँ आउने गरेका छन् । आयुर्वेद औषधिमा विश्वास कम… पुरा पढौ

२५ लाख मेट्रिक टन माटो बाढीसँगै बग्छ, कृषि उत्पादनमा असर

म्याग्दी, १८ फागुन । म्याग्दीमा वार्षिक २५ लाख मेट्रिक टनभन्दा बढी माटो बाढीले बगाउने गरेको छ । म्याग्दी कार्य क्षेत्र भएको भू–तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा सो परिमाणमा माटो भू–क्षयको रुपमा बगेर जाने गरेको उल्लेख छ । खेतीयोग्य जमिन र मलिलो माटो बाढीले बगाउँदा कृषि उत्पादनमा असर परेको छ । कार्यालयका सहायक भूसंरक्षण अधिकृत शम्भुकुमार मिश्रले पछिल्लो समय हिमाल आसपास र मुस्ताङमा बढी पानी पर्न थालेपछि म्याग्दीको तटीय क्षेत्रमा बाढीको सतहसँगै कटानको जोखिम बढेको बताए। “६१… पुरा पढौ