मुख्य समाचार

माघमा घरजग्गा कारोबारको उकालो यात्रा जारी

काठमाडौं, २ फागुन । विगत केही महिनादेखि सुस्ताएको घरजग्गा कारोबार अघिल्लो महिनादेखि बढ्ने क्रम जारी छ । गएको मंसिरमा देशभरका मालपोत कार्यालयहरुबाट लिखत पारित २९ हजार १८४ रहेकोमा पुसमा बढेर ३८ हजार ८७१ पुगेको थियो । यो क्रम माघमा फेरि बढेर ४१ हजार नाघेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । बैंकहरुमा तरलता सहज हुँदै गएपछि घरजग्गा कारोबारमा पनि क्रमश: सुधार देखिएको हो । माघ महिनामा मात्रै नेपालगञ्ज मालपोतबाट सबैभन्दा धेरै घरजग्गा किनबेच भएको पाइएको छ । यो एक… पुरा पढौ

एकै महिनामा मनाङमा भित्रिए ४२ देशका पर्यटक

मनाङ, २ फागुन । हिमाली जिल्ला मनाङमा यसवर्षको हिउँदमा हिउँ नपरे पनि पर्यटकको आवगमन भइरहेको छ । हिउँदमा हिमपातमा रमाउने पर्यटकको यसवर्ष हिउँ नपरे पनि आवागमन भने रोकिएन । सन् २०२३ को सुरुआतमा नै ४२ देशका पर्यटक मनाङ भित्रिएका हुन् । जनवरीमा ४२ देशका तीन सय १८ नागरिकले मनाङ भ्रमण गरेको तथ्याङ्क रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालयका प्रमुख लेखनाथ गौतमले जानकारी दिए । उनका अनुसार जनवरीमा सबैभन्दा बढी कोरियाका ६९ नागरिक मनाङ भ्रमणका लागि आएको तथ्याङ्क छ ।… पुरा पढौ

प्रेमको प्रतीक पाल्पाको रानीमहल

पाल्पा, २ फागुन । आज फेब्रुअरी १४ तारिख ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस । प्रेमीप्रेमीकाको आज विशेष दिन । युगल जोडीले माया साटासाट गरेर र आपसमा शुभकामना आदानप्रदान गरेर महत्वका साथ मनाउने गर्दछन् । प्रणय दिवसका अवसरमा आज देशका विभिन्न स्थान तथा सार्वजनिक पार्क तथा उद्यानहरु प्रेमजोडीले भरिभराउ हुन्छन् । नेपालमा पनि पछिल्लो समय प्रणय दिवस मनाउने चलन बढेर गएको छ । आजका दिन पाल्पाको पर्यटकीय रानीमहल पनि यस्तै प्रेमजोडीको रोजाइमा पर्छ । कालीगण्डकी नदीमाथि चट्टानसहित बनेको रानीमहल दरबारमा प्रणय… पुरा पढौ

अबदेखि धितोपत्र बोर्डले धितोपत्र सम्बन्धी मुद्दा ३० दिनमा नसके सोझै प्रहरीको मातहतमा जाने

काठमाडौं, २ फागुन । अबदेखि धितोपत्र सम्बन्धी अनुसन्धान भितोपत्र बोर्डले ३० दिनमा सम्पन्न गर्न नसके स्वत: नेपाल प्रहरीमा जाने भएको छ । धितोपत्र बोर्डले धितोपत्र सम्बन्धी कसूरको प्रारम्भिक अनुसन्धान ३० दिनभित्र सक्नुपर्ने र नसकेको खण्डमा स्वत: नेपाल प्रहरीले उक्त कसूरको अनुसन्धान गर्ने भएको हो ।  यो नियमसम्बन्धी प्रस्ताव सहित हालै सरकारले 'सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक' प्रतिनिधि सभामा दर्ता गराएको छ । गत शुक्रबार दर्ता भएको उक्त विधेयकमा धितोपत्रको अधिकार प्रहरीमा… पुरा पढौ

यातायात मजदुर र सरकारबीच वार्ता, फिर्ता भयो सार्वजनिक यातायात बन्द कार्यक्रम

काठमाडौं, २ फागुन । यातायात मजदुरहरुले आज काठमाडौं उपत्यकामा आह्वान गरेको सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग सिंहदरबारमा केहीबेर अघि भएको वार्तामा सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने समझदारी भएको मन्त्री श्रेष्ठको सचिवालयकाले जानकारी दिएको छ । वार्तामा यातायात मजदुरलाई कुटपिट गर्नेहरुमाथि कारबाही गर्ने, ल्होत्से बहुउद्देश्यीय प्रालिले नयाँबसपार्कमा गरेको भनिएको अनियमितता लगायतका विषयमा छानबिन गर्ने, बाँकी मुद्दाहरुबारे मन्त्रालयले गठन गरेको सर्वपक्षीय कार्यदलमा छलफल गर्ने र सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता… पुरा पढौ

लाइसेन्स ट्रायलमा ७० अंक प्रणाली आजदेखि औपचारिक सुरु

काठमाडौं, २ फागुन । सवारी चालक अनुमति पत्र लाइसेन्सको ट्रायल परीक्षणमा ७० अंक ल्याए पास हुने नियम वा प्रणाली आजदेखि औपचारिक रुपमा लागू भएको छ । आज यातायात व्यवस्था कार्यालय चाबहिलको ट्रायल सेन्टरबाट परीक्षण गरेर ७० अंकभार प्रणाली लागू गरिएको हो । यो अंकप्रणाली सवारी चालक अनुमति पत्र निर्देशिका बनेको झन्डै २ वर्षपछि औपचारिक रुपमा लागू हुन सकेको हो । यसअघि पटक पटक सातै प्रदेशका यातायात मन्त्रालयका पदाधिकारीहरु सम्मिलित बैठकहरुमा तुरुन्तै ७० अंकप्रणाली लागू गर्ने सहमति हुँदै आए पनि विभिन्न… पुरा पढौ

आत्मनिर्भर लघुवित्तकाे आईपीओमा आवेदन दिने अन्तिम दिन

काठमाडौं, २ फागुन । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेकाे सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेकाहरुका लागि माघ १६ गतेदेखि सेयर निष्काशन गरेकाे थियाे । जारी पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशतले हुने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको २ लाख ३ हजार ३८० कित्ता सेयरबाट २० हजार ३३८ कित्ता सेयर निष्काशन गरेको हो। सेयरमा इच्छुक लगानीका लागि लगानीकर्ताले घटीमा १० तथा बढीमा १ हजार… पुरा पढौ

फुल्चोकी-कुशादेवीमा प्याराग्लाइडिङको परीक्षण उडान शुरु

काभ्रेपलाञ्चोक, २ फागुन । पनौती नगरस्थित पुल्चोकी–कुशादेवी क्षेत्रमा प्याराग्लाइडिङ उडान सुरुआत गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरणले काभ्रेको फुल्चोकी–कुशादेवी क्षेत्रमा स्थानीय फुल्चोकी एड्भेन्चर प्रालिलाई गत पुस अन्तिम साता प्याराग्लाइडिङ (मनोरञ्जनात्मक उड्डयन सञ्चालन)को अनुमति दिएको थियो । उक्त स्थानमा प्याराग्लाइडिङ सञ्चालनार्थ प्राधिकरणले गत माघबाट सञ्चालन गर्न पाउने गरी अनुमति प्रदान गरेको हो । प्राधिकरणबाट सञ्चालन निर्देशन भएपछि व्यावसायिक उडानको तयारीस्वरुप सोमबारदेखि परीक्षण उडान सुरु गरिएको प्रालिका अध्यक्ष छविलाल हुमागाईँले बताउनुभयो । “व्यावसायिक उडानका लागि परीक्षण… पुरा पढौ

हिउँदे पानी नपर्दा खाद्यान्नबाली प्रभावित

रसुवा, २ फागुन । उत्तरी रसुवाको हिमाली क्षेत्रमा हिमपात र दक्षिणी भेगमा वर्षा नहुँदा हिउँदे खाद्यान्नबाली प्रभावित भएको छ । गत असोजयता हालसम्म पानी तथा हिउँ पर्न नसक्दा हिमाली क्षेत्रमा लगाइएका गहुँ तथा करूजस्ता हिउँदेबालीको बोट भुइँमा विलिन हुन थालेका छन् । उच्च हिमाली पाखामा चार–पाँच फिटसम्म हिउँले पहाड छोप्ने गर्दथ्यो भने यस वर्ष अहिलेसम्म गोसाइँकुण्डलगायत स्थानमा हिमपात नभएको किसानले जनाएका छन् । जिल्लामा नौ हजार हेक्टरभन्दा बढी हिमशृङ्खलाको पहाड रहेको छन् । डिभिजन वन प्रमुख अनिल रेग्मीले हिमपात तथा… पुरा पढौ

अध्यक्ष ओलीसँग भारतीय विदेशसचिव क्वात्राको भेटवार्ता

काठमाडौं, २ फागुन । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालको औपचारिक भ्रमणमा रहनुभएका भारतका विदेशसचिव विनयमोहन क्वात्राले भेटवार्ता गरेका छन् । अध्यक्ष ओलीको निवास बालकोटमा भएको भेटवार्तामा द्विपक्षीय पारस्परिक हितका विभिन्न विषयमा छलफल भएको एमालेका नेता डा राजन भट्टराईले जानकारी दिए । भेटमा अध्यक्ष ओलीले दुवै देशबीच घनिष्ठ, नमूना र जनस्तरको सम्बन्ध रहिआएको उल्लेख गर्दै दुवै छिमेकी मुलुक एकअर्काको सहयोगी बनेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे। साथै उनले कुनै समस्या भए वार्ता र सहमतिका आधारमा समाधान गरेर… पुरा पढौ