मुख्य समाचार

आन्दोलनरत यातायात मजदुरलाई वार्ताका लागि आह्वान

काठमाडौं, २ फागुन । सरकारले आन्दोलनरत यातायात मजदुरलाई वार्तामा बोलाएको छ । ट्राफिक जरिवानाको विषयलाई लिएर यातायात मजदुरहरूले बालाजु बसपार्क क्षेत्रमा प्रहरीको गाडी तोडफोड गर्नाका साथै आगजनी गरेका थिए । ट्राफिकले वृद्धि गरेको जरिवानाविरुद्ध नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, अखिल नेपाल यातायात मजदुर सङ्घ र नेपाल यातायात मजदुर सङ्घले आयोजना गरेको आन्दोलनका क्रममा मजदुरहरूले आगजनी तथा तोडफोड गरेका हुन् । आन्दोलनकारीले ट्राफिक प्रहरीले सडक व्यवस्थापनमा राखेको डिभाइडर, चोकमा प्रहरी उभिने आइल्यान्डलगायतका संरचनामा समेत आगो लगाइदिएका छन् । बालाजु, माछापोखरी, गोँगबु… पुरा पढौ

नेपाली भूमिबाट ब्रिटिस क्याम्प हटाउन गेसोको माग

पोखरा, १ फागुन । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले नेपाली भूमिबाट युवा तस्करी गर्ने ब्रिटिस क्याम्प हटाएर नेपाललाई सार्वभौमसत्ता सम्पन्न राष्ट्र बनाउन माग गरेको छ । संघले सोमबार पोखरामा पत्रकार सम्मेलन गरी नेपालको संविधान र असंलग्न परराष्ट्र नीति विपरित नेपाली भूमिमा क्याम्प राखेर नेपालीलाई बहुराष्ट्रिय सेनामा पठाउने काम तत्काल बन्द गर्न आग्रह गरेको छ । संघका अध्यक्ष पदमबहादुर गुरुङले प्रथम र दोस्रो युद्धमा जातीय नरसंहारबाट ८० हजार नेपाली नागरिकले ज्यान गुमाउँदा नेपाल सरकारले कुनै चासो नदेखाएको उनको भनाइ छ… पुरा पढौ

पर्यटन क्षेत्र आर्थिक समृद्धिको खम्बा हो: मन्त्री किराती

विराटनगर, १ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धिको खम्बा भएको बताएका छन् । आज विराटनगर विमानस्थलमा नयाँ टर्मिनल भवनको शिलान्यास गर्दै उनले पर्यटन क्षेत्रबाट थोरै लगानीबाट पनि धेरै विदेशी मुद्रा आर्जन गर्न सकिने बताएका हुन् । मन्त्री किरातीले आम जनताका भावना, सरोकारबालाको सुझाव र यहाँको आवश्यकताका आधारमा नयाँ भवन तथा धावनमार्ग विस्तार शुरु गरेको बताउनुभयो । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले भारतीय पर्यटकलाई ध्यानमा राखी विराटनगरबाट हिमाली दृश्यवालोकन उडान गर्नुपर्नेमा जोड… पुरा पढौ

सरकारले ६ महिनामा उठायो साढे ५६ अर्ब ऋण

काठमाडौं, १ फागुन । सरकारले चालु आर्थिक वर्ष २०७९/८० को छ महिनामा रू ५६ अर्ब ४६ करोड ऋण उठाएको छ । सरकारको वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयनका लागि खर्च बेहोर्ने मुख्य स्रोतमध्ये आन्तरिक र बाह्य ऋण परिचालन पनि हुन् । अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको चालु आवको बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदनअनुसार सरकारले पुस मसान्तसम्म रू ३० अर्ब आन्तरिक र रू २६ अर्ब ४६ करोड बाह्य ऋण उठाएको छ । चालु आवका लागि सरकारले रू दुई खर्ब ५६ अर्ब बराबर आन्तरिक… पुरा पढौ

सुख्खा बन्दरगाह त्रिदेशीय साझेदारीको रणनीतिअनुसार निर्माण गरिनेछ: प्रम दाहाल

महेन्द्रनगर, १ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कञ्चनपुरको दोधरा–चाँदनी नगरपालिकामा प्रस्तावित सुख्खा बन्दरगाह त्रिदेशीय रणनीति अनुसार निर्माण हुने बताएका छन् । आज यहाँ आयोजित कार्यक्रममा उनले सो बन्दरगाह निर्माणपछि सुदूरपश्चिम प्रदेशका साथै समग्र मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने बताए । “सुख्खा बन्दरगाह त्रिदेशीय साझेदारीको रणनीति अनुसार निर्माण हुनेछ”, उनले भने, “हामी भारत र चीनको विकासबाट लाभ लिने उपायको खोजीमा छौँ, यो रणनीति अघि बढाउन बन्दरगाहले सहयोग पुर्याउने विश्वास छ ।” उनले सुख्खा बन्दरगाहले नेपाल, भारत र चीन तीन… पुरा पढौ

चुक्ता पुँजी पुर्याउन बीमा कम्पनीहरु मर्जरमा जाने क्रम बढ्दो

काठमाडौं, १ फागुन । नेपालमा रहेका बीमा कम्पनीहरुको सङ्ख्या २८ मा सीमित हुने देखिएको छ । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूको चुक्ता पुँजी वृद्धिको योजना ल्याएसँगै कम्पनीहरु एक आपासमा गाभिएर यो सड्ख्या २८ मा सीमित हुने देखिएको हो । प्राधिकरणले अघिल्लो वर्ष चैत मसान्तभित्र जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी साढे २ अर्ब पुर्याउन निर्देशन जारी गरेको थियो । उक्त निर्देशनपछि बीमा कम्पनीहरूमा चुक्ता पुँजी पुर्याउन मर्जरमा जाने क्रम बढ्यो । पछिल्लो १… पुरा पढौ

७ महिनामा जम्मा ३७ प्रतिशत मात्र बजेट खर्च

काठमाडौं, १ फागुन । चालु आर्थिक वर्ष २०७९/८० को शुरुवाती ७ महिनामा सरकारी बजेट खर्च ३७.२२ प्रतिशत बराबर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार माघ मसान्तसम्म सरकारले ६ खर्ब ६७ अर्ब ६५ करोड ७४ लाख बराबर बजेट खर्च गरेको हो । यो अवधिमा चालु खर्च वार्षिक विनियोजनको ४४.९२ प्रतिशत बराबर छ । चालु आर्थिक वर्षका लागि चालुगत शीर्षकमा ११ खर्ब ८३ अर्ब २३ करोड विनियोजन भएकोमा माघ मसान्तसम्म ५ खर्ब ३१ अर्ब ५० करोड बराबर खर्च भएको देखिएको हो… पुरा पढौ

३ करोड लगानीमा निर्मित जीपलाइन सञ्चालनमा

काठमाडौं, १ फागुन । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले कुरिनटारस्थित रिभर फन रिसोर्टमा रहेको जीपलाइन उद्घाटन गरेका छन् । आज जीपलाइन उद्घाटन गर्दै अनुभव पनि लिएको कम्पनीका प्रबन्ध निर्देशक शङ्कर अधिकारीले जानकारी दिए। जीपलाइनको अनुभव लिँदै उनले भने, “जीपलाइन गर्न पाउँदा नयाँ र अनौठो अनुभव भइरहेको छ ।” करिब रू तीन करोड लगानीमा निर्माण भएको रिसोर्टमा एड्भेञ्चर टुरिजम अन्तर्गत जीपलाइनका साथै रोप साइकलिङ, वाल क्लाइमिङ, र्‍याफ्टिङ, स्पिड बोटिङलगायतको सुविधा छ । पुरा पढौ

नवलपरासीबाट ७ महिनामा १० हजारले लिए राहदानी

नवलपरासी, १ फागुन । नवलपरासी (बर्दघाट –सुस्ता पश्चिम) बाट चालु आर्थिक वर्ष २०७९/८० को ७ महिनाको अवधिमा १० हजारले राहदानी लिएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार चालु आवको माघसम्म १० हजारले राहदानी लिएका हुन् । रामग्राम नगरपालिका अन्तर्गत सुरक्षित आप्रवासन सामी परियोजनाले वैदेशिक रोजगारमार्फत ५६ प्रतिशत घरमा रेमिट्यान्स भित्रिएको र करिब ४० लाख जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा देश बाहिर रहेका तथ्याङ्क सार्वजनिक गरेको छ । वैदेशिक रोजगारीका कारण समाजमा सामाजिक र वैदेशिक समस्या बढ्दो रहेको परियोजनाले जनाएको छ ।… पुरा पढौ

भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आइपिओ निष्काशन हुँदै

काठमाडौं, १ फागुन । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले साधारण शेयरको निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही फागुन ८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गर्ने भएको हो । कम्पनीले आफ्नो जारी पुँजी रु ५४ करोड ४० लाख ५३ हजार चार सयको १० प्रतिशत अर्थात् रु पाँच करोड ४४ लाख पाँच हजार तीन सय बराबरका प्रतिशेयर रु एक सय दरका पाँच लाख ४४ हजार ५३… पुरा पढौ