मुख्य समाचार

प्रि-ओपन सेसनमा नेप्से झिनो अंकले घट्यो

काठमाडौं, ३ फागुन । आज बुधबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचकमा झिनो अंकको गिरावट देखिएको छ । अघिल्लो कारोबार दिन अर्थात हिजो मंगलबार यो परिसूचक १६.४० अंक घटेर २१०५.४६ विन्दुमा बन्द भएको थियो । आजको प्रि-ओपन सेसनमा भने नेप्से ०.४३ अंक घटेर २१०५.०३ विन्दुमा झरेको छ । यो सेसनमा सेन्सेटिभ इण्डेक्समा पनि ०.०९ अंकको गिरावट आएको छ । आज बुधबारको प्रि-ओपन सेसनमा ११ वटा स्टकको १ लाख ५१ हजार ३११ रुपैयाँ बराबरको ३२० कित्ता सेयर खरिदबिक्री भएको छ । यीमध्ये २… पुरा पढौ

मेन्छियाम हाइड्रोले फागुन १० देखि आईपीओ निष्काशन गर्दै

काठमाडौं, ३ फागुन । मेन्छियाम हाइड्रोपावरले फागुन १० गतेदेखि सेयर (आईपीओ) निष्काशन गर्ने जनाएकाे छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय जनता र वैदेशिक रोजगारमा गएका नेपालीका लागि ५ लाख ४२ हजार ५८३ कित्ता साधारण सेयर आईपीओ निष्काशन गर्ने भएकाे हो। जारी पूँजी ५४ करोड २५ लाख ८३ हजार ३०० रुपैयाँको १० प्रतिशतले हुने ५ करोड ४२ लाख ५८ हजार ३०० रुपैयाँ बराबरको ५ लाख ४२ हजार ५८३ कित्ता सेयर निष्काशन गरिने भएकाे हाे । यसमा अति प्रभावित क्षेत्र संखुवासभाकाे सिद्धकाली,… पुरा पढौ

लगातार सुनचाँदीको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ३ फागुन । सुनचाँदीको भाउमा लगातार गिरावट भएको छ । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउमा गिरावट भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ २ सय तथा चाँदीमा रुपैयाँ ५ ले गिरावट भएको हो । यसदिन छापावाल सुनमा रुपैयाँ २ सयले घटेर तोलाको १ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो… पुरा पढौ

जोखिमकाे बस्ती जोगाउन कालीगण्डकीमा तटबन्ध

गलकोट, ३ फागुन । अत्यधिक दोहनका कारण कालीगण्डकी नदी किनारका बस्ती जोखिममा छन् । बस्ती जोगाउन कालीगण्डकीमा तटबन्ध गर्न थालिएको छ । नदीले बाहव परिवर्तन गर्दा पछिल्लो समय कटान तीव्ररुपमा हुादै आएको छ । कालीगण्डकीले मालढुङ्गास्थित पक्की पुल भएको क्षेत्रमा बढी कटान गरेको छ । उक्त क्षेत्रमा हाल तटबन्ध निर्माण गरिँदै छ । अवैधरुपमा दोहनका कारण कालीगण्डकीको बाहव परिवर्तन भएर बस्तीमा पस्न थालेपछि यसै वर्षदेखि मालढुङ्गामा तटबन्ध कार्य थालिएको हो । कालीगण्डकीले बागलुङतर्फ बढी हकटान गरिरहेको छ । मालढुङ्गा बस्ती… पुरा पढौ

कञ्चनजङ्घा क्षेत्रमा पर्यटन व्यवसाय लयमा फर्कँदै

फुङ्लिङ, ३ फागुन । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटन व्यवसाय विस्तारै लयमा फर्कँदै छ । यहाँ चार महिनामा चार सय ३९ बाह्य पर्यटकले भ्रमण गरेका छन् । पर्यटकको आगमन बढ्दै गएको छ । कोभिड–१९ का कारणले लामो समय सुनसानजस्तै रहेको कञ्चनजङ्घा हिमशृङ्खला क्षेत्रमा पर्यटकीय चहलपहल बढ्दै गएको छ । कञ्चनजङ्घा संरक्षण तथा व्यवस्थापन परिषद्का कार्यालयका सचिव मनकुमार लिम्बूका अनुसार यहाँ बसोबास गर्ने समुदायको मुख्य आम्दानीको स्रोत पर्यटन हो । पर्यटकको आगमनले पर्यटन तथा होटल व्यवसायी उत्साहित भएका बताए।… पुरा पढौ

रोजगार एवं पर्यटन सहजीकरणका लागि टुर गाईड तालिम

भैरहवा, ३ फागुन । रुपन्देही बेलहिया नाका हुँदै नेपाल प्रवेश गर्ने पर्यटकका लागि सहजीकरण गर्ने उद्देश्यसहित भैरहवामा मङ्गलबारदेखि सात दिने लोकल टुर गाईड (स्थानीय पठथ प्रदर्शक) तालिम सुरु भएको छ । लुम्बिनी प्रदेश सरकारअन्तर्गत उद्योग, पर्यटन तथा वातावरण मन्त्रालय मातहत रहेको पर्यटन विकास परिषद्को आयोजना एवं नेपाल टुरिजम एण्ड होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) को संयुक्त सहकार्यमा तालिम आयोजना गरिएको हो । बेलहिया नाका हुँदै आउने पर्यटकलाई सहजीकरण गरी विशेष गरी लुम्बिनी तथा यस आसपासको क्षेत्रबारे जानकारी दिने उद्देश्यले तालिमको आयोजना… पुरा पढौ

राष्ट्रपति भण्डारी आज दाङ जाँदै

काठमाडौं, ३ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारी आज दाङ जान लागेकी छन् । नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा निर्माण गरिएको आयुर्वेद शिक्षण भवनको समुद्घाटनका लागि उनी त्यहाँ जान लाग्गेकी हुन्। नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव माधव अधिकारीले राष्ट्रपति भण्डारीले आयुर्वेद शिक्षण भवनको समुद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिए। रु २४ करोड ७२ लाख ३८ हजार चार सय ६६ लागतमा २०७४ साल असारमा भवन निर्माण सम्पन्न भएको थियो । निर्माण कम्पनीले विसं २०७४ मङ्सिर ३ गते आयुर्वेद अध्ययन संस्थालाई भवन हस्तान्तर गरेको… पुरा पढौ

ग्वार्कोमा चाप कम गर्न कोटेश्वरबाटै ट्राफिक डाइभर्ट गरिँदै

ललितपुर, २ फागुन । ललितपुरको ग्वार्कोमा ‘फ्लाई ओभर’ निर्माणका कारण देखिएको सवारीसाधन चापको समस्या समाधान गर्न ट्राफिक प्रहरीले सवारीसाधन अन्यत्र मोड्न लगाउने (ट्राफिक डाइभर्ट) योजना बनाएको छ । कोटेश्वरदेखि एकान्तकुनासम्म चल्ने सवारीसाधन चक्रपथभन्दा भित्र वा बाहिरी सडकबाट चल्दा जाममा कम हुने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको भनाइ छ । केही दिनयता सवारीसाधन २ घण्टासम्म पनि रोकिने अवस्था आएपछि ट्राफिक डाइभर्ट गर्नुपर्ने अवस्था आएको कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए । सडक विभागले ४ लेन सडकको बीचमा निर्माण सुरु… पुरा पढौ

‘सूचना प्रविधिको विकासका लागि थप लगानी आवश्यक: सञ्चारमन्त्री शर्मा

नेपालगञ्ज, २ फागुन । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको विकासका लागि थप लगानी आवश्यक रहेको बताएकी छिन् । नेपालगञ्जमा आजदेखि सुरु भएको हिमालयन विज्ञान मेलाको उद्घाटन गर्दै मन्त्री शर्माले सरकारले प्रविधिको विकास, सदुपयोग र विस्तारलाई प्राथमिकतामा राखेको स्पष्ट पारिन् । देशलाई सूचना प्रविधिको क्षेत्रमा आत्मनिर्भर बनाउन प्रविधिलाई जनमुखी बनाउने इंगित गर्दै उनले भनिन्, “विज्ञान र प्रविधिको विकास गर्नका लागि देशको हरेक क्षेत्रमा लगानी बढाउनुपर्छ र सबैलाई अवसर प्रदान गर्नुपर्छ ।” कार्यक्रममा पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदीले विज्ञान र… पुरा पढौ

नेप्सेमा करेक्सन जारी, कारोबार १ अर्ब ७८ करोडमा सीमित

काठमाडौं, २ फागुन । नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिको समिक्षाबाट लगानीकर्ताहरु सन्तुष्ट हुन नसकेपछि त्यसको प्रभाव सेयर बजारमा परिरहेको छ । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार पनि सेयर बजारमा करेक्सन देखिएको छ । एउटा बाहेक सबै सूचकहरुमा रातो लागेको छ । कारोबार रकम पनि घटेको छ । नेप्से परिसूचक १६.४० अंकले घटेर २१०५.४६ विन्दुमा झरेको छ । नेप्सेमा ०.७७ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.७४ अंकले घटेर ४०१.६९ विन्दुमा रहेको छ । यसदिन कुल २५५ कम्पनीको सेयर कारोबार… पुरा पढौ