मुख्य समाचार

कालिका लघुवित्तले गर्याे २० प्रतिशत लाभांश घाेषणा

पाेखरा, ९ माघ । पाेखरामा केन्द्रीय कार्यालय रहेकाे कालिका लघुवित्त बित्तिय संस्थाले लाभांश घोषणा गरेको छ । माघ ६ गते बसेको संस्थाको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  बित्तिय संस्थाले हाल कायम चुक्तापुँजीको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको बताएकाे छ।  हाल कम्पनीको चुक्ता पुँजी ३१ करोड २८ लाख रहेको छ । नेपाल राष्ट्र बैंककाे स्वीकृती… पुरा पढौ

सुपर मादी हाइड्रोकाे आईपीओ आजदेखि खुल्ला

काठमाडौं, ९ माघ । सुपर मादी हाइड्रोपावरले आजदेखि सेयर (आईपीओ) बिक्रीमा ल्याएकाे छ । कम्पनीले आयोजनाबाट प्रभावित मानिएका जनता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरिएकाे सेयर वितरण भएपछि सर्वसाधारणका लागि सेयर बिक्रीमा ल्याएकाे हाे । कम्पनीले २१ करोड रुपैँयाको २१ लाख कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याउने भएकाे छ । यसबाट २ लाख १० हजार कित्ता वैदेशिक रोजगारमा रहेकाहरुकाे लागि रहेकाे बताइएकाे छ । १ लाख ५ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरुको लागि रहेकाे छ भने ४२… पुरा पढौ

एभरेष्ट बैंककाे उर्जा ऋणपत्रकाे आवेदन म्याद आजसम्म मात्र

काठमाडौं, ९ माघ । एभरेष्ट बैंककाे ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ । बैंकले पुस २५ गतेदेखि वार्षिक साढे ७ प्रतिशत ब्याजदर रहेकाे १० वर्षे अवधिको ‘एभरेष्ट बैंक लिमिटेड उर्जा ऋणपत्र २०८९’ निष्काशन गरेको थियाे। बैंकले रु एक हजार अंकित दरकाे २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गरेको छ । यसबाट १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता व्यक्तिगत बिक्री गरिने भएकाे छ । ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणमा… पुरा पढौ

किन उपयोगमा आएन काँगेलडाँडा विमानस्थल ?

सोलुखुम्बु, ९ माघ । सोलुखुम्बुको काँगेलडाँडा विमानस्थल वर्षौंदेखि प्रयोगहीन भएको छ । नेपालकै सबैभन्दा बढी विमानस्थल भएको जिल्लाका रुपमा परिचित सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिका–२ स्थित सो विमानस्थल करिब सात वर्षदेखि उपयोगमा आउन सकेको छैन । राज्यको करोडौँ लगानीमा २०५२ सालमा निर्माण गरिएको विमानस्थलमा २०७२ सालपछि उडान तथा अवतरण ठप्प बनेको हो । लामो समय प्रयोगविहीन भएसँगै सो विमानस्थल अहिले गौचरणमा परिणत भएको छ । करिब आधा दशकपछि २०७७ मङ्सिर ३० गते परीक्षण उडान हुँदा हौसिएका स्थानीयसमेत उडान परीक्षणमै सीमित हुँदा… पुरा पढौ

बर्दघाट नगरपालिकाले शुरु गर्‍यो ‘हाम्रो बर्दघाट’ पाठ्यक्रम

नवलपरासी, ९ माघ । बर्दघाट नगरपालिकाले सामुदायिक विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गरेका छ । नगरपालिकाभित्रका आधारभूत तहका विद्यालयमा ‘हाम्रो बर्दघाट’ पाठ्यक्रम कार्यान्वयनमा ल्याएको हो । नगरको पहिचानलाई विद्यालय तहदेखि नै जानकारी गराउने उद्देश्यले स्थानीय पाठ्यक्रम लागू गरिएको नगर प्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिए। सात पालिका रहेको सो जिल्लामा स्थानीय पाठ्यक्रम लागू गर्ने बर्दघाट पहिलो पालिका बनेको जनाइएको छ । ‘हाम्रो बर्दघाट’ नाम दिइएको स्थानीय पाठ्यक्रमको पाठ्यपुस्तकमा स्थानीयस्तरमा रहेका पर्यटकीयस्थल, कला, संस्कृति, प्राकृतिक सम्पदा, भाषा, रहनसहन, अन्न उत्पादन, जडीबुटीलगायत बर्दघाटको समग्र… पुरा पढौ

गण्डकीलाई खेलकुद र स्वास्थ्यको हव बनाउँछौं-मुख्यमन्त्री अधिकारी

पोखरा, ८ माघ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले गण्डकी प्रदेशलाई खेलकुद र स्वास्थ्यको हव बनाउने बताएका छन्। उनले भने–“गण्डकी प्रदेशमा यसका लागि आवश्यक पूर्वाधार तयार छ । मेडीसिटीको हव बनाउने कुरा होस वा खेलकुदको यसलाई व्यवस्थित बनाउँदै गण्डकीलाई समृद्ध प्रदेशको रुपमा विकास गर्न चाहन्छौं ।” ‘तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७९’ को उद्घाटन गर्दै मुख्यमन्त्री अधिकारीले दर्जनौ अस्पताल बनाउनु भन्दा एउटा रंगशालाको निर्माण प्रयाप्त हुने कुरा उल्लेख गर्दै उनले… पुरा पढौ

काठमाडौंको टुँडिखेलमा सोनाम ल्होछार (फोटो फिचर)

काठमाडौं, ८ माघ । तामाङ समुदायको महानपर्व सोनाम ल्होछारका अवसरमा आइतबार काठमाडौंको टुँडिखेलमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । तस्बिर : रत्न श्रेष्ठ/चन्द्रकला क्षेत्री/प्रदीपराज वन्त पुरा पढौ

सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली : प्रम दाहाल

काठमाडौं, ८ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली भएको बताएका छन् । २८५९औँ सोनाम ल्होछार पर्वको उपलक्ष्यमा आज यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै उनले नेपालको कला, संस्कृति र सभ्यताको आफ्नै मौलिकता र विशेषता रहेको उल्लेख गररे । प्रधानमन्त्री दाहालले भने, “आजदेखि सुरू भएको तामाङलगायत हिमाली, पहाडी आदिवासी जनजातिको राष्ट्रिय ल्होछार पर्व–२८५९ ह्योई-तावर ल्हो (बिरालो वर्ष) को पावन अवसरमा देश विदेशमा रहनुहुने सम्पूर्ण ल्होछारप्रेमी दिदीबहिनी, दाजुभाइ सबैलाई सु–स्वास्थ्य, समृद्धि, प्रगति र समस्त मानव जगतको कल्याणका… पुरा पढौ

फर्स्ट माइक्रोफाइनान्सकाे नाफामा ३८.५३ प्रतिशतले वृद्धि

काठमाडौं, ८ माघ । फर्स्ट माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आउदा नाफा कमाउन सफल भएकाे छ । यस अवधिमा माइक्रोफाइनान्सले रुपैयाँ १४ करोड ४४ लाख खुद नाफा कमाउन सफल भएकाे हाे । गत वर्षकाेभन्दा यो नाफा ३८.५३ प्रतिशतले धेरै हाे । गएकाे वर्ष साेहि अवधिमा नाफा रुपैयाँ १० करोड ४४ लाख रुपैयाँ रहेकाे थियो । पुसकाे अन्तिमसम्म वितरणयोग्य रकम रुपैयाँ ९ करोड ८६ लाख २४ हजार रहेकाे छ । खुद ब्याज आम्दानी २६.४६ प्रतिशतले बढेर रुपैयाँ २३ करोड ५ लाख… पुरा पढौ

विद्युतीय गाडीकाे माग बढ्दै, पूर्वाधारमा अझै समस्या

काठमाडौं, ८ पुस । विद्युतीय सवारी साधानको प्रयोगलाई बढावा दिने सरकारी नीतिको सकारात्मक प्रभाव देखिएकाे छ । सरकारले आन्तरिक उत्पादनका रुपमा रहेको बिजुलीको खपत बढाउँदै आयातित पेट्रोलियम पदार्थ कम गर्ने र हरित ऊर्जालाई प्रवर्द्धन गर्ने नीति लिएको छ । विद्युतीय सवारी साधानको प्रयोग बढाउन सरकारले पेट्रोलियमबाट चल्ने सवारी साधनको तुलनामा विद्युतीय सवारी साधनको आयातमा न्यून कर निर्धारण गरेको छ । फलस्वरुप पछिल्ला वर्षमा विद्युतीय सवारी प्रयोगर्काको संख्या बढ्दै गएको छ । विद्युतीय सवारी साधनको सङ्ख्या बढ्दो क्रममा रहे पनि चार्जिङ… पुरा पढौ