मुख्य समाचार

प्रदेश १, बागमती र गण्डकीमा हल्का वर्षा, हिमाली भू-भागमा हिमपातको सम्भावना

काठमाडौं, १६ पुस । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, जल तथा मौसम विज्ञान विभागमौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। देशका पहाडी भू-भागमा आंशिक बदली रही तराईका केही भू-भागमा हुस्सु/कुहिरो लागेको अवस्था छ। पुस १६ गते  (शनिबार) दिउँसोː  प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रही  बाँकी भू-भागमा आंशिक बदली  देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। रातीː प्रदेश १, बागमती प्रदेश… पुरा पढौ

केन्द्रीय बैंकको अल्पकालीन सापटी चुक्ता गर्दै बाणिज्य बैंकहरु

काठमाडौं, १५ पुस । बैंक तथा वित्तीय संस्थाले बजारमा नयाँ लगानी रोकेर भए पनि राष्ट्र बैंकको सापटी भुक्तानी गरेका छन् ।राष्ट्र बैंकबाट स्थायी तरलता सुविधा उपयोग गरेका त्यस्ता संस्थाले पछिल्लो समय यस्तो सापटी सुविधालाई शून्य नजिक पुर्याएका हुन् । गत असार मसान्तमा बैंकहरुले उपयोग गरेको एसएलएफ सुविधा १ खर्ब ४८ अर्ब बराबर थियो । राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा प्रकाशकुमार श्रेष्ठका अनुसार अहिले यो आकार २ अर्बमा झरेको छ । राष्ट्र बैंकको खुला बजार कारोबारसम्बन्धी नियमावलीमा भएको… पुरा पढौ

बालिका अधिकार संरक्षणमा सरोकारवालाको जोड

काठमाडौं, १५ पुस । दिनदिनै बढ्दै गईरहेको बालिका तथा किशोरीमाथि हुने हिंसा, दुव्र्यवहार, बलात्कार, एसिड आक्रमण, बाल विवाह, बालिकाहरूमाथि हुने विभेदप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।  जागृति बाल तथा युवा सरोकार नेपालले आफ्नो १८ औँ साधारण सभाको अवसरमा आयोजित बालिका अधिकार संरक्षणमा सरोकारवालाको भूमिका विषयक छलफल कार्यक्रममा राष्ट्रिय महिला आयोगकी कार्यबाहक अध्यक्ष कृष्णाकुमारी खतिवडाले छोरीमाथि हुने सबै प्रकारका हिंसा विरुद्ध कानूनी संचेतना र दोशी उपर कार्वाहीका निम्ति लाग्नुपर्ने कुरामा जोड दिइन।  अधिवक्ता इन्दु तुलाधरले बालिकाहरुको शिक्षा, स्वास्थ्य र संरक्षणमा… पुरा पढौ

दूरसञ्चारकाे ‘एमडिएमएस’ प्रविधि लागू नहुनुकाे यस्ताे छ कारण

काठमाडौं, १५ पुस । नेपाल दूरसञ्चार प्राधिकरणले अवैध फोन नियन्त्रण गर्ने प्रविधि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) तत्काल लागू नगर्ने भएको छ । प्राधिकरणले आजदेखि उक्त सिष्टम लागू गर्ने तयारी गरेको थियो । चौतर्फी रुपमा उक्त निर्णयको विरोध भएपछि सरकारले तत्कालका लागि एमडिएमएस लागू नगर्ने भएको हो । वैदेशिक रोजगारीमा रहेका नागरिक र सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेललाई तत्काल उक्त निर्णय कार्यान्वयन नगर्न निर्देशन दिनुभएको हो । प्रधानमन्त्रीको निर्देशन लगत्तै… पुरा पढौ

अघि बढ्यो काठमाडौँ केरुङ रेलमार्गको विस्तृत अध्ययन

काठमाडौं, १५ पुस । सङ्घीय राजधानी काठमाडौँलाई चीनसँग जोड्ने काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत अध्ययनको काम अघि बढेको छ । गत सोमबार काठमाडौं आइपुगेको चिनियाँ टोलीले काम सुरु गरेको रेल विभागले जनाएको छ । चीन सरकारको सहयोगमा गर्न लागिएको अध्ययनका लागि यसअघि नै सम्झौता भइसकेको छ । अध्ययन सुरु गर्न आएको टोलीले विभागमा भेट गरेर छलफल गरेको विभागका महानिर्देशक रोहितकुमार बिसुरालले बताए। उनले भने, “काम गर्न उनीहरु आइपुगेकाले सुरु भएको भन्ने बुझिन्छ ।” अध्ययनका लागि अवधि साढे तीन वर्ष लाग्ने विभागले जनाएको… पुरा पढौ

पुस १७ गते हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको समुद्घाटनकाे यस्ताे छ तयारी

पाेखरा, १५ पुस । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलको भव्य उद्घाटनको तयारी गरिएको छ । यही पुस १७ गते अङ्ग्रेजी नयाँवर्षको पहिलो दिनदेखि सो अन्तर्राष्ट्रिय विमानस्थलको विधिवत् सञ्चालनमा ल्याउन लागिएको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भव्य समारोहकाबीच विमानस्थलको उद्घाटन गर्नेछन् । शुभारम्भ समारोहमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु, उद्योगी तथा पर्यटन व्यवसायीको बृहत् सहभागिता रहने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक विक्रम गौतमले बताए । उनका… पुरा पढौ

किन स्थगित भयो विदेशबाट मोबाइल ल्याउँदा प्रज्ञापनपत्र चाहिने नियम ?

काठमाडौं, १५ पुस । सरकारले आजदेखि लागू गर्ने भनिएको विदेशबाट मोबाइल ल्याउँदा भन्सार विन्दुमा प्रज्ञापनपत्र लिनुपर्ने व्यवस्था तत्कालका लागि लागू नहुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई विदेशबाट ल्याइने मोबाइल फोनमा गर्न लागिएको कडाइ अहिलेका लागि कार्यान्वयनमा नल्याउन निर्देशन दिएपछि तत्कालका लागि यो नियम स्थगित भएको बुझिएको छ । प्रधानमन्त्री दाहालले नेपाल दूरसञ्चार प्राधिकरणलाई पनि तत्काल यो सेवा कार्यान्वयनमा नल्याउन निर्देशन दिएका छन् । प्रधानमन्त्रीको निर्देशन आएका कारण शुक्रबारदेखि पूर्ण रूपमा लागू गर्ने भनिएको… पुरा पढौ

गरिमा बैंकले गर्याे विदेशी मुद्रा विनिमय सम्बन्धी एकदिने अन्तरक्रिया

काठमाडौं, १५ पुस । गरिमा विकास बैंक लिमिटेड र विदेशी मुद्रा विनिमय संघ, नेपालको संयुक्त आयोजनामा विदेशी मुद्रा विनिमय सम्बन्धी एकदिने बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंकका विशिष्ट प्रतिनिधिहरु तथा विभिन्न विदेशी मुद्रा विनिमयका सञ्चालक तथा कर्मचारीहरु गरी ११० जना भन्दा बढिको उपस्थितिमा ठमेलमा रहेको होटल र्मस्याङ्दीमा सम्पन्न उक्त कार्यक्रममा नेपालमा विदेशी मुद्रा विनिमय, एन्टि मनी लण्डरिङ (गो एएमएल), सम्पत्ति शुद्धीकरण लगायतका समसामयिक विषयहरुमा बृहत छलफल तथा प्रशिक्षण प्रदान गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका… पुरा पढौ

यी ५ कम्पनीकाे सेयरमूल्य नेप्सेमा समायाेजन

काठमाडौं, १५ पुस । आज ५ वटा कम्पनीकाे सेयरमूल्य नेप्सेमा समायाेजन भएकाे छ । नेपाल स्टक एक्सचेन्जका अनुसार शुक्रबार सेयरमूल्य समायाेजन भएका ५ कम्पनीहरुमा युनाइटेड इन्स्योरेन्स, फर्स्ट माइक्रोफाइनान्स, फरवार्ड माइक्रोफाइनान्स, कालिका पावर र आरएसडिसी लघुवित्त वित्तीय संस्था रहेका छन्। यी कम्पनीहरुले साधारण सभा तथा लाभांश प्रयोजनका लागि बुकक्लोज गरेपछि सेयरमूल्य समायोजन भइ नयाँ मूल्य कायम गरिएकाे नेप्सेले जनाएकाे छ । नेप्सेका अनुसार युनाइटेड इन्स्योरेन्सको ५ प्रतिशत, फर्स्ट माइक्रोफाइनान्सको १९ प्रतिशत, फरवार्ड माइक्रोफाइनान्सको २५ प्रतिशत, कालिका पावरको १५ प्रतिशत तथा आरएसडिसी… पुरा पढौ

रहेनन् फुटबलका जादूगर विश्व चर्चित फुटबलर पेले

काठमाडौं, १५ पुस । विश्व चर्चित ब्राजिलका फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । केही वर्षयता मिर्गौला र प्रोटेस्टको समस्या झेलिरहेका पेलेको गए राति ब्राजिलस्थित साओपाउलोमा रहेको अल्बर्ट आइन्सटाइन अस्पतालमा निधन भएको हो । पेलेले ब्राजिललाई विश्वकप फुटबल प्रतियोगिताको तीनपटक उपाधि दिलाएका थिए । पेले सहभागी भएको सन् १९५८, १९६२ र १९७० को विश्वकप फुटबल प्रतियोगितामा ब्राजिलले उपाधि जितेको थियो । यसैगरी सन् २००० मा पेले फिफा प्लेयर अफ द सेन्चुरीको उपाधिबाट सम्मानित भएका थिए । सत्र… पुरा पढौ