मुख्य समाचार

काँठेखोला अब स्मार्ट गाउँपालिका: किसानका सूचना एपमा

बागलुङ, १२ पुस । किसानमा आवश्यक सूचनाको सहज पहुँच उपलब्ध गराउन बलेवाको काँठेखोला गाउँपालिकाले ‘कृषि फर्म’ मोबाइल एप सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले तयार गरेको ‘कृषि फर्म’ एप मोबाइलमा डाउनलोड गरेपछि अब काठेखोलाका किसान आफ्नै लागि आवश्यक सूचना र सन्देशबाट वञ्चित नहुने भएका छन् । मोबाइल एप निर्माण, व्यवस्थापन र सञ्चालनको विधि तथा आर्थिक सहयोग बिवाइसी बागलुङको व्यवस्थापनमा सञ्चालित हेफर इन्टरनेसनल परियोजनाले गरेको हो । उक्त सेवा निःशुल्क हुने हेफर इन्टरनेसनलका कार्यक्रम संयोजक तारा पन्थीले बताइन् । परियोजनाले किसानमा कृषि… पुरा पढौ

लेखक खगेन्द्र संग्रौलासँग प्रेमका कुरा

पोखरा, १२ पुस । पोखरामा सम्पन्न नेपाल लिटरेचर फेस्टिभलको पाँचौं दिनको सत्रमा लेखक खगेन्द्र संग्रौलासँग प्रेमका बारेमा सम्वाद गरिएको छ । उनले आफ्नो जीवनमा घटेका प्रेमील घटनाबारे यसरी सुनाए : जिन्दगीको लामो समयसम्म प्रेमका कुरा गरिनँ । म गाउँले बन्दी जीवन बिताएको मान्छे । गाउँको बन्द समाजमा धेरै कुराहरु बर्जित हुन्छन् । संस्कृति भनेको कृत्रिम चीज हो । संस्कृतिले बन्देजहरु निर्माण गर्छ, बन्चनाहरु निर्माण गर्छ । जीवनमा धरै कर्महरु गरिन्छन्, तर भनिँदैनन् । जीवनमा प्रेम गर्न बडो गाह्रो छ ।… पुरा पढौ

एनआईबिएल ग्रोथ फण्डको इकाईमा आवेदन दिने म्याद थपियो

काठमाडौं, १२ पुस । एनआईबिएल एस क्यापिटलको ग्रोथ फण्डको इकाईका लागि आवेदन दिने म्याद थप गरिएको छ । क्यापिटलले गत पुस ७ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको फण्डको इकाईका लागि अब पुस २१ गतेसम्म आवेदन दिन सकिने भएको हो । क्यापिटलले उक्त फण्डको इकाईका लागि आवेदन दिने शुरुवाती म्याद आज पुस १२ गतेसम्मका लागि तोकेको थियो । आजसम्म माग बमोजिम आवेदन नपरेपछि म्याद थप गरिएको क्यापिटलले जनाएको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १६ करोड इकाई निष्कासन… पुरा पढौ

लिटरेचर फेस्टिभलमा पोखराबारे गाइएका गीतको नालीबेली

पोखरा, १२ पुस । पोखराबारे थुप्रै गीत लेखिएका छन्, गाइएका छन् । गीतकै कारण पोखरा मानिसका हृदयहरूमा बसिरहन्छ। पोखरा, फेवाताल वा माछापुच्छ्रे सर्जकका सिर्जनामा आइरहन्छन् । नेपाल लिट्रेचर फेस्टिभलको चौथो दिन ‘हेर्दा राम्रो माछापुच्छ्रे’ सेसनमा सजकर्ता दीपक परियार कवि तीर्थ श्रेष्ठलाई पहिलो प्रश्न सोध्छन्, ‘काठमाडौंभन्दा बढी गीत पोखराबारे गाइएका छन् । साँच्चै ती गीतले पोखराको वास्तविक प्रतिबिम्बन गरेका छन् ?’ कवि तीर्थ श्रेष्ठ भन्छन्, ‘एउटै गीतमा सिंगो पोखराको प्रतिनिधित्व हुन सक्दैन । कुनै गीतमा पोखराको प्राकृतिक सौन्दर्य र कुनै गीतमा… पुरा पढौ

शाइन रेसुङ्गा बैंकको सेयरमूल्य नेप्सेमा समायोजन

काठमाडौं, १२ पुस । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सेयरमूल्य आज नेप्सेमा समायोजन भएको छ । बैंकले साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि बुकक्लोज गरेपछि नेपाल स्टक एक्सचेन्जले सेयरमूल्य समायोजन गरेर नयाँ मूल्य ताेकेकाे हो। बैंकको नयाँ कायम सेयरमूल्य अनुसार दोस्रो बजारमा सेयर कारोबार खुलेकाे छ । नेप्सेले बैंकको १३.३० प्रतिशत बोनस सेयर समायोजन गरेको छ । समायोजनपछि बैंकको सेयरमूल्य ३०३ रुपैयाँ ६२ पैसा भएको छ। याे मूल्य नेप्सेले अघिल्लो दिनमा भएकाे कारोबारकाे आधारमा तय गरेकाे हाे । सोमबार बैंकको… पुरा पढौ

एशियन हाइड्रोकाे आईपीओमा वैदेशिक रोजगारीमा रहेकाले आजसम्म आवेदन दिन पाउने

काठमाडौं, १२ पुस। एशियन हाइड्रोपावरले जारी गरेकाे सेयर (आईपीओ) मा वैदेशिक रोजगारीमा गएकाहरुले आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ । कम्पनीले मंसिर २७ गतेदेखि सेयर निष्काशन गरेको थियाे । हाइड्रोपावरले आयोजना प्रभािवत क्षेत्रका जनताका लागि निष्काशन गरेको सेयरमा आवेदन दिने म्याद भने लम्ब्याएकाे जनाएकाे छ । यसअनुसार आयोजनाबाट प्रभािवत क्षेत्रका जनताले पुस १९ गतेसम्म आवेदन दिन पाउने भएका छन्। कम्पनीले ४० लाख रुपैयाँ बराबरको प्रतिकित्ता रु १०० काे दरले ३ लाख ४० हजार कित्ता साधारण सेयर आयोजनाबाट प्रभावित… पुरा पढौ

यस्ता छन् अर्थतन्त्रका समस्या समाधान गर्ने सरकारका निर्णय

काठमाडौँ, १२ पुस । सरकारले अर्थतन्त्रमा देखापरेको समस्या समाधानका लागि सार्थक प्रयास गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा हिजाे साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक सेवा प्रवाहलाई सरल बनाउने महत्वपूर्ण निर्णय गरेको छ । सेवा प्रवाहलाई सरल र कम खर्चिलो तथा झन्झटमुक्त बनाउने निर्णय बैठकले गरेको उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले सञ्चारकर्मीलाई जानकारी दिए। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको पदभार ग्रहण गरेलगत्तै साँझ सिंहदरबारमा मान्त्रिपरिषद्को पहिलो बैठक बसेको हो । उपप्रधानमन्त्री पौडेलका अनुसार अर्थतन्त्रमा देखापरेका… पुरा पढौ

गिरीको नेतृत्वमा टेवानको नयाँ कार्यसमिति चयन

पोखरा, १२ पुस । पर्यटन व्यवसायी महिला संघ नेपाल(टेवान) को पाँचौं साधारणसभा एवम् तेस्रो अधिवेशनले आगामी कार्यकालका लागि कमला गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा प्रभा सुवेदी, महासचिवमा अनिता खड्का भट्टराई, सचिवमा शोभा अधिकारी पौडेल, कोषाध्यक्षमा कमला गुरुङ रहनुभएको छ । समितिका सदस्यहरूमा ईश्वरी पौडेल, शान्ता तिमल्सिना, सरिता बराल क्षेत्री, शारदा लम्साल, संगीता अधिकारी र पवित्रा थापा रहनुभएको छ । सदस्य ईश्वरी पौडेललाई समितिको कानुन तथा प्रचारप्रसारको संयोजकको जिम्मेवारी समेत प्रदान गरिएको छ । नवनिर्वाचित कार्यसमितिका… पुरा पढौ

२४औं सडक महोत्सवको तयारी पूरा

पोखरा, ११ पुस । अङ्ग्रेजी नयाँ वर्षको अवसरमा पुस १३ गतेदेखि १७ गतेसम्म पोखरा लेकसाईडमा आयोजना गर्न लागिएको २४औं सडक महोत्सवको तयारी पूरा भएको छ । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन (रेवान) पोखराले अङ्ग्रेजी नयाँ वर्षकाे अवसरमा हरेक वर्ष महाेत्सव गर्दै आएको छ । यसपालि पनि साेहि मितिमा गर्न लागिएकाे सडक महोत्सवको तयारी पूरा भएको आज लेकसाईडस्थित बसुन्धरा पार्कमा पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिइएको हो । रेवानका अध्यक्ष नरेश भट्टराईले पोखराको ब्राण्डको रुपमा स्थापित भईसकेको सडक महोत्सव पुस १३ बाट… पुरा पढौ

५ महिनामा ११ अर्बमाथिको स्मार्टफोन आयात

काठमाडौं, ११ पुस । चालु आर्थिक वर्ष २०७९/८० को शुरुवाती ५ महिनामा नेपालमा ११ अर्ब २० करोडभन्दा बढीको स्मार्टफोन भित्रिएको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको मंसिर मसान्तसम्मको तथ्याङ्क अनुसार यो अवधिमा ८ लाख ३ हजारभन्दा बढी स्मार्टफोन आयात भएको हो । विभागले साउन, भदौ, असोज, कात्तिक र मंसिर गरी ५ महिनाको आयात निर्यातका आधारमा सार्वजनिक गरेको तथ्याङ‍्क अनुसार मंसिर मसान्तसम्म समग्रमा ११ अर्ब २० करोड ८० लाख ९६ हजार रुपैयाँ बराबरको ८ लाख ३ हजार… पुरा पढौ