मुख्य समाचार

यस्ताे छ इतिहास झल्काउने कास्कीकोटको ‘कश्यप ताल’

कास्की, २९ मंसिर । तालै तालको शहर पोखराको उच्च भूभाग कास्कीकोटमा रहेकाे कस्यप तालबारे कतिपयलाई थाहा नहुन पनि सक्छ । स्वदेश तथा विदेशका विभिन्न स्थानबाट आएका अधिकांश पर्यटक पोखराको फेवाताल सहित लेखनाथका ताल हेरेर फर्कने गरेको अवस्थामा पोखरा महानगरपालिका वडा नं २४ मा पर्ने यस ताललाई पर्यटन बजारमा पुर्याउने बिषयमा चासो र चर्चा बढ्दै गएको छ । झण्डै ६ हजार वर्षअघि कस्यप ऋषिले यहीँको पानीले स्नान गरी तपस्या गर्ने गरेको किंवदन्तीका कारण पनि यहाँको गरिमा र महत्व अझै बढाएको जनाइएको… पुरा पढौ

 भिजिबिलिटी कम हुँदा आन्तरिक उडान प्रभावित

काठमाडौं, २९ मंसिर । तराई-मधेसमा बाक्लो हुस्सु-कुहिरोले ‘भिजिबिलिटी’ कम हुँदा आन्तरिक उडान प्रभावित भएका छन् । भद्रपुर, पोखरा, धनगढी, सुर्खेत, तुम्लिङटारबाहेक अन्य विमानस्थलको अपुग भिजिबिलिटीका कारण उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले विशेषगरी तराई क्षेत्रका विमानस्थलमा अगामी केही दिन हुस्सु-कुहिरोले भिजिबिलिटी कमजोर हुँदा उडान प्रभावित निरन्तर हुनसक्ने उल्लेख गरे । भिजिबिलिटी कमजोर रहेकाले बिहानैदेखि तराई क्षेत्रका सबैजसो विमानस्थलमा उडान प्रभावित भएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिए । “तराईका विमानस्थलमा… पुरा पढौ

बैंक तथा वित्तीय संस्थाले पुसमा ब्याजदर नबढाउने

काठमाडौं, २९ मंसिर । बैंक तथा वित्तीय संस्थाहरुले पुस महिनामा ब्याजदर नबढाउने नगर्ने भएका छन् । हाल संचालनमा रहेका बाणिज्य बैंकहरुले नया ब्याजदर प्रकाशित गर्दै पुसमा पनि मंसिर महिनाकै ब्याजदरलाई निरन्तरता दिएको सूचना प्रकाशित गरेका छन। यस्तै विकास बैंकहरुले पनि मंसिरकै ब्याजदरलाई निरन्तरता दिने भएका छन् । मंसिर महिनामा ब्याजदर १३ प्रतिशतबाट १२.८५ प्रतिशतमा झारेका विकास बैंकले पुसका लागि भने दरमा कुनै घटबढ नगर्ने र मंसिरकै दरलाई यथावत राख्ने भएका हुन् । पुस महिनामा पनि अधिकांश विकास बैंकहरुले सोही ब्याजदरलाई… पुरा पढौ

प्रि ओपन सेसनमा नेप्से झिनो अंकले बढ्यो

काठमाडौं, २९ मंसिर । साताको अन्तिम कारोबार दिन आज बिहीबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचकमा झिनो अंकले वृद्धि भएको छ । अघिल्लो कारोबार दिन अर्थात बुधबार २.६२ अंक घटेर १८९७.०८ विन्दुमा बन्द भएको नेप्से आजको प्ररि(ओपन सेसनमा ०.२५ अंक बढेर १८९७.३४ विन्दुमा पुगेको छ। यो सेसनमा सेन्सेटिभ इण्डेक्समा पनि ०.०९ अंकले वृद्धि भएको छ । आज बिहीबारको प्रि-ओपन सेसनमा १६ वटा स्टकको १ लाख २६ हजार ३९९ रुपैयाँ ६० पैसा बराबरको २ हजार ५४१ कित्ता सेयर खरिदबिक्री भएको छ । यसमध्ये… पुरा पढौ

चन्द्रागिरी हिल्सले डाक्याे पुस २१ गते साधारण सभा

काठमाडौं, २९ मंसिर । चन्द्रागिरी हिल्सले १३ औं वार्षिक साधारण सभा पुस २१ गते डाकेकाे छ । सभामा लाभांश वितरणकाे प्रस्ताव नभएकाेले यसकाे एजेण्डा सूचीमा छैन । सेयरधनीहरुलाई साधारण सभामा मात्र सरिक हुन भनिएकाेले लाभांश वितरणकाे प्रस्ताव हुनेछैन । साधारण सभा उक्त दिन थानकोटमा रहेकाे चन्द्रगिरि हिल्सको कार्यालयमा पूर्वान्ह ११ बजे डाकिएकाे छ । सभामा गएकाे आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेश हुनेछ । यस्तै गएकाे आर्थिक वर्षको नाफा–नोक्सान हिसाव तथा नगद प्रवाह लगायतका एजेण्डाहरुमाथि छलफल गरिने भएकाे छ। सभामा संस्थापक… पुरा पढौ

प्रभु बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, २९ मंसिर । प्रभु बैंकको लाभांश सुरक्षित गर्नका लागि आज अन्तिम दिन बाँकी रहेकाे छ । बैंकले साधारण सभा तथा लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन गर्नका लागि पुसकाे १ गते बुकक्लोज गर्ने भएकाे छ । साधारण सभामा सहभागि हुन र बैंकले वितरण गर्ने लाभांश पाउनका लागि सेयरधनीहरुले आजसम्म नेपाल स्टक एक्सचेन्जमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका सेयरधनीहरु नै याेग्य मानिनेछन् । साधारण सभाबाट बैंकले घाेषणा गरेकाे ६.५ प्रतिशत बोनस सेयर तथा त्यसकाे कर प्रयोजनका लागि… पुरा पढौ

निफ्राकाे ५ अर्बकाे ऋणपत्रमा आजबाट आवेदन खुल्ला

काठमाडौं, २९ मंसिर । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले आजबाट ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेकाे छ । बैंकले वार्षिक रुपमा ७ प्रतिशत ब्याजदर रहने ७ वर्षे ‘निफ्रा उर्जा ऋणपत्र ७ प्रतिशत २०८५/८६’ बिक्रीमा ल्याएकाे हाे । बैंकले प्रतिऋणपत्र १ हजार अंकित दरकाे ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गरेकाे हाे। यसबाट ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता व्यक्तिगत तवरले बिक्री गरिने भएकाे छ । बाँकी रहने २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणका लागि रहेकाे… पुरा पढौ

हस्तकला महासङ्घको स्वर्ण वर्ष समापन, हस्तकलामा छलाङ मार्ने लक्ष्य

काठमाडौं, २९ मंसिर । नेपाल हस्तकला महासङ्घले गत वर्षदेखि सुरु गरेको स्थापनाको स्वर्ण बर्ष विभिन्न कार्यक्रम गरी अन्त्य गरेको छ । विसं २०७८ मङ्सिर २८ गतेदेखि महासङ्घ स्वर्ण वर्षमा प्रवेश गरेको इतिहासको उपलक्ष्यमा एक वर्षसम्म विभिन्न कार्यक्रम गरी मनाइएको थियो । राजधानीमा आयोजित कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुर र हस्तकला पर्यायवाची रहेको उल्लेख गर्दै महानगरपालिका विश्वको ३५औँ हस्तकला सहर घोषणा हुनु गर्वको विषय भएको बताए । महानगरलाई विश्व शिल्प परिषद्ले हस्तकला सहर भनेर सदस्यता प्रदान गरेको छ ।… पुरा पढौ

फ्रान्स विश्वकप फुटबलको फाइनलमा, मोरोक्को २-० ले पराजित

काठमाडौं, २९ मंसिर । साविक विजेता फ्रान्स लगातार दोस्रो पटक विश्वकप फुटबलको फाइनलमा पुगेको छ। यसअघिकाे विजेता फ्रान्स अल बायत स्टेडियममा भएको दोस्रो सेमिफाइनलमा मोरोक्कोलाई २–० गोलले पराजित गर्दै फाइनलमा पुगेकाे हो। फ्रान्सको जितका लागि खेलको पाँचौं मिनेमा हर्नान्डेलले पहिलो गोल गरेका थिए। फ्रान्सका लागि दोस्रो गोल खेलको ७९ औं मिनेटमा राण्डल कोलो मुवानीले गरे । फ्रान्ससँग २–० ले हार खाएकाे मोरोक्को पहिलो पटक विश्वकपको सेमिफाइनलमा पुगेकाे। उपाधिका लागि फ्रान्सले अब अर्जेन्टिनासँग प्रतिस्पर्धा खेल्नेछ। विश्वकप फुटबलको फाइनल खेल आइतबार राति हुनेछ।… पुरा पढौ

बैंक तथा वित्तीय संस्थाले क्षेत्रगत कर्जाको सीमा पुर्याउन एक वर्ष थप समय पाउने

काठमाडौं, २८ मंसिर । बैंक तथा वित्तीय संस्थाले कृषि, घरेलु तथा साना उद्योग, ऊर्जा र पर्यटन क्षेत्रमा विस्तार गर्नुपर्ने कर्जाको सीमाको समायावधि बढाइएको छ । नेपाल राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन गर्दै यस्तो समयावधि एक वर्ष बढाएको हो । राष्ट्र बैंकको नयाँ व्यवस्थाअनुसार वाणिज्य बैंकले २०८३ असार मसान्तसम्ममा आफूले प्रवाह गरेको कूल कर्जाको १५ प्रतिशत कृषि क्षेत्रमा लगानी गरेको हुनुपर्नेछ । यसअघि वाणिज्य बैंकलाई २०८२ असार मसान्तसम्ममा आफ्नो कूल कर्जाको १५… पुरा पढौ