मुख्य समाचार

सुन्तला खेतीले फेरियो बास्कुनाका स्थानीयको जीवनस्तर

बेनी, ७ पुस । बेनी नगरपालिका–४ बास्कुनाका दीर्घबहादुर खत्रीले आफ्नो खेतबारीमा धान, मकै र कोदो बाली रोप्न छाडेको एक दशक भयो । परम्परागतरुपमा लगाउँदै आएको खाद्यबाली छाडेर नगदेबालीको रुपमा खेतबारीमा व्यावसायिकरुपमा सुन्तला खेती गरेका खत्रीको सुन्तला बोटबाटै बिक्री हुने गरेको छ । बास्कुना र सुर्केमलामा गरी करिब ७ सय सुन्तलाका बोट रोपेका खत्रीको बगैंचामा यतिबेला सुन्तला टिप्ने चटारो छ । दुई ठाउँमा सुन्तला खेती गरेका खत्रीको एउटा  बगैँचाबाट मात्रै ७ लाख ९० हजारमा सुन्तला बिक्री भएको छ । “गत वर्ष… पुरा पढौ

नेपाल बैंकले डाक्यो साधारण सभा

काठमाडौं, ७ पुस । नेपाल बैंक लिमिटेडले साधारणसभा आह्वान गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न उक्त साधारण सभा आह्वान गरेको हो । बैंकले आह्वान गरेको ६३औं वार्षिक साधारण सभा आगामी पुस २९ गते बैंकको प्रधान कार्यालय, धर्मपथ, काठमाडौंमा बिहान ११ बजे शुरु हुने बताइएको छ । उक्त साधारणसभाले हाल कायम चुक्ता पुँजीको २ प्रतिशतका दरले बोनस सेयर र त्यसको कर प्रयोजनका लागि सहित गरी १० प्रतिशत नगद लाभांश वितरण गर्ने… पुरा पढौ

सुपर मादी हाइड्रोकाे आईपीओमा आजसम्म आवेदन दिन सकिने

काठमाडौं, ७ पुस । सुपर मादी हाइड्रोपावरकाे सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ । कम्पनीले मंसिर २० गतेदेखि आयोजना प्रभावित क्षेत्र तथा वैदेशिक राेजगारमा रहेका नेपालीका लागि सेयर बिक्रीमा ल्याएकाे थियाे । लगानीकर्ताले पुस २० गतेसम्म आवेदन दिन सकिने बताइएकाे भएपनि सेयरमा माग गरेकाेभन्दा बढी आवेदन पेश भएकाेले आजसम्म आवेदन दिन पाइने भएकाे हाे । कम्पनीले ३१ करोड ५० लाख रुपैयाँ बराबरको ३१ लाख ५० हजार कित्ता सेयर बिक्रीमा ल्याएकाे हाे । यसमा आयोजनाबाट धेरै प्रभावित… पुरा पढौ

लाभांश पारित गर्न टेलिकमले बाेलायाे साधारण सभा

काठमाडौं, ७ पुस । नेपाल टेलिकमले लाभांश पारित गर्नका साधारण सभा बाेलाएकाे छ । टेलिकमले सेयरधनीहरुलाई वितरण गर्ने भनिएकाे लाभांशकाे प्रस्ताव पारित गर्नका लागि १५औं वार्षिक साधारण सभा बाेलाएकाे हाे । टेलिकले साधारण सभा पुस २८ गते काठमाडौँ प्रदर्शनीमार्गमा रहेकाे राष्ट्रिय सभा गृहमा पूर्वान्ह १० बजे बाेलाएकाे छ। सभामा प्रतिसेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित हुनेछ। यस्तै लेखापरीक्षक नियुक्त गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरणकाे अनुमाेदन तथा अन्य एजेण्डाहरुमाथि छलफल गरेर पारित गरिने भएकाे छ।… पुरा पढौ

फेवा किनारमा तिमी खुसी त छौ नि…

पोखरा, ७ पुस । बुधबार साँझको ६ नबज्दै लेकसाइडस्थित होटल ग्लेसियरको परिसरमा मानिसहरुको उपस्थिति बाक्लिँदै गएकाे थियो । आज बिहीबारदेखि पोखरामा आयोजना हुने १०औ संस्करणको नेपाल लिटरेचर फेस्टिभल २०२२ को पूर्व सन्ध्यामा आयोजित शुभारम्भ साँझमा उनीहरु गायक उज्वल सागरका गीत र कवि नवराज पराजुलीका कविता सुन्न व्यग्र प्रतिक्षामा थिए । फेस्टिभलका सदस्य केशवशरण लामिछानेले गायक उज्वल सागरलाई गीत प्रस्तुतिका लागि स्टेजमा निम्त्याए । तिमि खुसी त छौ नि सुनन, गीतबाट शुभारम्भ साँझको सुरुवात गरेका उनले गायक नविन के भट्टराईको अली… पुरा पढौ

यती एयरलाइन्सले आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रदर्शन उडान गर्दै

काठमाडौं, ७ पुस । निजी क्षेत्रको हवाई संस्था यती एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने तयारी गरेको छ । नागरिक उड्डयन प्राधिकरणले पर्यटकीय क्षेत्र पोखरामा आगामी जनवरी १ तारिखदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने तयारी गरेसँगै यती एयरलाइन्सले आज प्रदर्शन उडान गर्न लागेको हो । एयरलाइन्सका प्रवक्ता एवं हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १० बजे एटिआर–७२ विमानमार्फत प्रदर्शन उडान गर्न लागेको जानकारी दिए। उडान भर्ने तयारीस्वरुप एयरलाइन्सले नयाँ विमानस्थलबाट उडान गर्न… पुरा पढौ

गुल्मीमा सुन्तला महोत्सव: डेढ करोडको सुन्तला निर्यात हुने

रेसुङ्गा, ७ पुस । गुल्मीमा कृषकलाई प्रोत्साहित गर्नका लागि सुन्तला महोत्सव आयोजना गरिने भएको छ । जिल्लाको छत्रकोट गाउँपालिका–३ लुम्छामा बिहीबार महोत्सव गर्न थालिएको हो । अनमोल कृषक समूहको आयोजना तथा छत्रकोट गाउँपालिका, कृषि ज्ञान केन्द्र गुल्मी, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला फलफूल जोन गुल्मी र उद्योग वाणिज्य सङ्घ गुल्मीको सहआयोजनमा सुन्तला महोत्सव हुन लागेको अनमोल कृषक समूहका अध्यक्ष विष्णुप्रसाद पन्तले जानकारी दिए। सुन्तला खेतीको विस्तार र विकास, बजारीकरणको सुनिश्चितता, स्थान विशेष पहिचान, कृषि पर्यटन प्रवद्र्धन, कृषकको उत्पादमा वृद्धि र… पुरा पढौ

सरकारी गाडीलाई किन अनिवार्य गरिँदैछ इम्बोस्ड नम्बर प्लेट ?

काठमाडौं, ६ पुस । यातायात व्यवस्था विभागले फागुन मसान्तसम्ममा इम्बोस्ड नम्बर जडान गर्न सरकारी सवारी साधनलाई निर्देशन दिएको छ । आगामी चैत महिनाबाट इम्बोस्ड नम्बर जडान नगेरका सरकारी सवारी साधन सडकमा देखिएमा ती गाडीलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार २ हजार जरिवाना गरिने विभागले जनाएको छ । सरकारी गाडीहरुले १० वर्षसम्म पनि कर नतिरेपछि इम्बोस्ड नम्बर जडान गर्न निर्देशन दिइएको विभागका महानिर्देशक डा टोकराज पाण्डेले बताए । उनले भने, “सरकारी गाडीको कर १० वर्षसम्म पनि नउठेपछि कर उठाउने… पुरा पढौ

जो ५ दशकदेखि बदाम बेचेरै गुजारा चलाउँदैछिन्

काठमाडौं, ६ पुस । इलामकी ६५ वर्षीय नानीमाया मगरले टुँडिखेलमा बदाम व्यवसाय गरेर मासिक लगभग १५ हजार कमाउँछिन् । यही आम्दानीबाट उनले आफ्नो गुजारा चलाउँदै आएकी छिन् । श्रीमान् गुमाएपछि एक्लै जीवन बिताउँदै आएकी उनी एक छाक खानाकै लागि बदाम व्यापार गर्दै आएकी हुन् । उनी ५० वर्षदेखि काठमाडौंका विभिन्न स्थानमा बदाम व्यापार गरेर आफ्नो जीविकोपार्जन भएको बताउँछिन‍् । तीन वर्षको उमेरदेखि नै राजधानी आएकी उनी हाल भक्तपुरको बाल्कोटमा बस्दै आएकी छिन् । आफ्नो हजुरबुबा र बाबु दुवै नेपाली सेना रहेकाले… पुरा पढौ

लघुवित्त बैंकर्स सङ्घ र लघुवित्तीय सङ्घर्ष समितिबीच सहमति

चितवन, ६ पुस । नेपाल लघुवित्त बैंकर्स सङ्घ र लघुवित्तीय संस्था सङ्घर्ष समितिबीच १२ बुँदे सहमति भएको छ । सङ्घ र सङ्घर्ष समितिले आज आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा १२ बुँदे सहमति भएको जनाइएको हो । सहमतिसँगै सङ्घर्षका कार्यक्रम स्थगित गरिएको सो अवसरमा जानकारी दिइएकाे छ। लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिई कालो सूचीमा परेका विस्थापित सदस्यको समस्या समाधान गर्न आवश्यक संयन्त्र बनाउने र ऋण तिर्न नसकेर आन्दोलनमा लागेका ऋणीको समस्या समाधानका निम्ति पहल गर्ने सहमति भएको छ । यस्तै लघुवित्त… पुरा पढौ