मुख्य समाचार

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको काम अलपत्र

ढोरपाटन, २६ मङ्सिर । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ अक्षते–घोडाबाँधे खण्ड कालोपत्रे जिम्मा लिएको ठेकेदार सम्पर्कविहीन हुँदा लोकमार्गको काम ठप्प भएको छ । निर्माण जिम्मा लिएको श्रेष्ठ निर्माण तथा ढुवानी सेवाका प्रमुख रामकाजी श्रेष्ठ एक महिनादेखि सम्पर्कविहीन हुँदा करिब १२ किलोमिटर सडकको काम अलपत्र परेको हो । आर्थिक वर्ष २०७२÷०७३ मा यस सडक कालोपत्रेका लागि सूर्य कन्ट्रक्सनले जिम्मा लिएको थियो । तर पछि त्यस कम्पनीबाट श्रेष्ठ निर्माण कम्पनीका श्रेष्ठले कालोपत्रे गर्ने जिम्मा लिए तर उनले अहिलेसम्म आधा काम पनि… पुरा पढौ

हस्तकला मेलामा ज्येष्ठ तथा वरिष्ठ कलाकार सम्मानित

काठमाडौं, २६ मङ्सिर । नेपाल हस्तकला महासङ्घद्वारा आयोजित १९औँ हस्तकला व्यापारमेला तथा १७औँ हस्तकला प्रतियोगिताको तेस्रो दिन ज्येष्ठ तथा वरिष्ठ कलाकारलाई सम्मान गरिएको छ । हस्तकलाका विभिन्न विधामा सङ्लग्न काठमाडौँ उपत्यकाभित्र र बाहिरका १० कलाकारलाई सम्मान गरिएको हो । महासङ्घले ७० वर्ष नाघेका ज्येष्ठ तथा वरिष्ठ कलाकारलाई राष्ट्रव्यापी सम्मान गर्न आयोजित कार्यक्रममा महासङ्घ अध्यक्ष प्रचण्ड शाक्यले उनीहरुलाई सम्मान गरेका हुन्। सम्मानित हुने कलाकारमा माटोजन्य कला विधातर्फ भक्तपुरका ८२ वर्षीय तुल्सीबहादुर प्रजापति, कताँ ज्या विधामा ललितपुरका ८० वर्षीय धनकाजी शाक्य, कालष्ठकला… पुरा पढौ

टरिगाउँ विमानस्थलबाट जहाजमा इन्धन ‘रिफ्युल’ सुरु

तुलसीपुर, २६ मङ्सिर । दाङको तुलसीपुर–१२ टरिगाउँस्थित विमानस्थलमा हवाई इन्धन ‘रिफ्युल’सुरुआत भएको छ । नेपाल वायुसेवा निगमको जहाजमा आइतबार चारसय ६० लिटर इन्धन रिफ्युल गरिएको नेपाल आयल निगमका प्रदेश प्रमुख जगदिशचन्द्र यादवले बताए। “हामीले पहिलोपटक विमानमा इन्धन रिफ्युल गर्यौ”, उनले भने, “अब नियमित रिफ्युलको कार्य हुनेछ ।” शनिबारदेखि इन्धन राख्न सुरु गर्ने भनिए पनि जहाज नआएपछि आइतबार रिफ्युल भएको हो । डिपो निर्माण नहुँदा यसअघि काठमाडौँबाट इन्धन बोकेर आउनुपथ्र्यो । सिटमा राखेर इन्धन राख्नुपर्ने अवस्था रहे पनि अब भने त्यस्तो… पुरा पढौ

जनप्रियलाई विश्वविद्यालय बनाउन चाहान्छु : मन्त्री थापा

पोखरा, २५ मङ्सिर । गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री माननीय विन्दुकुमार थापाले आफ्नै वडाको क्याम्पसमा सभासद् र सल्लाकार भएकाले छिटोभन्दा छिटो मानित विश्वविद्यालय भएको हेर्न आतुर रहेको बताए । जनप्रिय बहुमुखी क्याम्पसको ३१ औं वार्षिकोत्सवका अवसरमा प्रमुख आमन्त्रित थापाले विश्वविद्यालयका लागि आवश्यक जग्गा, भौतिक पूर्वाधार, भवन निर्माणका लागि आफू र प्रदेशसभा प्रतिवद्ध रहेको जनाए । थापाले दुईपटकसम्म मुलकभरिकै उत्कृष्ट सामुदायिक क्याम्पस र गुणस्तर सुनिश्चितताको प्रमाणपत्र पाएको जनप्रिय क्याम्पसको क्वालिटीमा शङ्का गर्ने ठाउँ नै छैन् । शैक्षिक गतिविधि… पुरा पढौ

अनलाइनमा सट्टेबाजी गर्दै हुनुहुन्छ? पक्राऊ परिएला नि !

काठमाडौं, २५ मंसिर । प्रहरीले काठमाडौंबाट अनलाइनमार्फत् सट्टेबाजी गर्ने २ जनालाई पक्राऊ गरेको छ । पक्राऊ पर्नेमा भारतको राजस्थान प्रदेश चुरु जिल्ला, सुजनगढ ठाना स्थायी घर भइ हाल काठमाडौं नरदेवी बस्ने ३२ वर्षीय पवन कुमार शर्मा तथा पाल्पा रैनादेवी छहरा गाउँपालिका-४ घर भई बुढानिलकण्ठ-८ कपन सुचा बस्ने ३७ वर्षीय रुद्र प्रसाद पोखरेल रहेका छन् । काठमाडौंका विभिन्न स्थानमा लुकिछिपि अनलाइन सट्टेबाजी भइरहेको सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएर गएको विशेष प्रहरी टोलीले निगरानी गर्ने क्रममा हिजो २४ गते… पुरा पढौ

गुल्मीको कफी जापान र फ्रान्स निर्यात

गुल्मी, २५ मंसिर । गुल्मीमा उत्पादन भएको कफी जापान र फ्रान्समा माग बढ्न थालेपछि यहाँका किसान कफीखेतीमा आकर्षित हुन थालेका छन् । यहाँ उत्पादन भएको कफी जिल्ला सहकारी सङ्घमार्फत् निर्यात हुँदै आएको छ । संघका सचिव युवराज आचार्यका अनुसार जापान र फ्रान्समा मात्रै वार्षिक पाँच मेट्रिक टन कफी निर्यात हुँदै आएको छ । किसान, समूह र सहकारीबाट खरिद गरिएको कफी प्रशोधन गरी संघले निर्यात गर्दै आएको छ । जसबाट संघले वार्षिक ६० लाख आम्दानी गर्दै आएको सचिव आचार्यको भनाइ छ… पुरा पढौ

पहिलो दिनमै नेप्से राताम्मै, कारोबारमा शिवम् सिमेन्ट अब्बल

काठमाडौं, २५ मंसिर । निर्वाचन आएसंगसंगै बजार चलायमान हुने र त्यसको प्रभाव सेयर बजारमा देखिने अपेक्षा गरेको भएपनि अझैं पनि पर्ख हेरको अवश्थामा रहेको छ । निर्वाचन परिणाम पनि आईसकेकोले अब नयाँ सरकार बनाउने कसरत शुरु हुनेछ । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार सेयर बजार राताम्मै भएको छ । लगानीकर्ताहरु यहीबीचमा मौद्रिक नीतिको पहिलो समिक्षाको प्रतिक्षा गरेर बसे पनि मौद्रिक नीति सार्वजनिक भईसकेको र अर्थतन्त्रमा सुधारको संकेt देखिन थालेको अर्थमन्त्री र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएपछि सकारात्मक… पुरा पढौ

राष्ट्र बैंकले माघ १ देखि सम्पत्ति शुद्धीकरण निवारण महाशाखा सञ्चालनमा ल्याउँदै

काठमाडौं, २५ मंसिर । नेपाल राष्ट्र बैंकले एक सूचना प्रकाशित गरी सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा स्थापना गर्ने निर्णय गरेको जनाएकाे छ । बैंकले माघ १ गतेदेखि सञ्चालनमा ल्याउने गरी बैंकभित्र अलग्गै विशिष्टि सुपरीवेक्षकीय संरचनाकाे रुपमा छुट्टै सम्पत्ति शुद्धीकरण निवारण (Money Laundering Prevention Supervision Division) महाशाखा स्थापना गरिने जनाएको छ । राष्ट्र बैंकका अनुसार अब बनाइने साे महाशाखाले सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी निरीक्षण तथा सुपरिवेक्षणका कामहरु गर्ने भएकाे छ । राष्ट्र बैंकले प्रकाशित गरेकाे सूचना AMLDownload पुरा पढौ

१४ महिनामा सक्नेगरी ग्वार्कोमा फ्लाइ ओभर निर्माण शुरु

काठमाडौं, २५ मंसिर । ललितपुरको ग्वार्को चोकमा बन्ने फ्लाइ ओभरको काम शुरु भएको छ । काम शुरु गर्ने पक्का भएपछि केही दिन अघिबाटै त्यहाँको सवारी रुट व्यवस्थापन गर्दा ट्राफिक जाम बढ्न थालेको छ । चक्रपथको व्यस्त भागमध्ये एउटा पर्ने भएकाले पनि सडकमा हुने ट्राफिक जामले यात्रुलाई हैरानी दिइरहेको छ । छिटोमा १४ महिनामा निर्माणकार्य सकिने भनिएकाले यो जाम कम्तीमा १४ महिना रहने आकलन गर्न सकिन्छ । १४ महिनाभित्र सक्ने लक्ष्यका साथ आयोजनाको ठेक्का पाएको आरसी, समानान्तर र रेलिग्रेले गत शुक्रबारदेखि… पुरा पढौ

सहजपुर-बोगटान सडक चार वर्षमा २९ किलोमिटर कालोपत्र

गोदावरी, २५ मङ्सिर । कैलालीको सहजपुर–विपीनगर–बोगटान सडकको २९ किलोमिटर कालोपत्रको काम पूरा भएको छ । पचास किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको चार वर्षमा २९ किलोमिटर मात्र कालोपत्रको काम पूरा भएको हो । विसं २०७५ फागुनमा ५० किलोमिटर सडक कालोपत्रका लागि ३६ महिनामा सडक निर्माणको काम पूरा गर्न ठेक्का सम्झौता भएकामा २९ किलोमिटरको काम मात्र पूरा भएको हो । सडक निर्माणको समयावधि सकिँदा पनि कालोपत्रको काम पूरा नभएको सहजपुर–बोगटान सडक योजना कार्यालयले जनाएको छ । सो सडकको बाँकी कालोपत्रको… पुरा पढौ