मुख्य समाचार

किन घरबाटै बोरा बोकेर विद्यालय जान्छन् यी विद्यार्थी ?

रौतहट, २२ मंसिर । रौतहटको फतुवा विजयपुर नगरपालिकाको एउटा माध्यमिक विद्यालयमा विद्यार्थीहरु सधैं घरबाट बोरा बोकेर जान्छन् । विद्यालयमा बस्नका लागि डेस्क र बेन्च नहुँदा बालबालिका बोरा लिएर विद्यालय जान बाध्य भएका हुन् । नगरपालिकाको वडा नम्बर २ मा रहेको श्री माध्यमिक विद्यालयमा डेस्क र बेन्च नभएपछि १ देखि ६ कक्षासम्म अध्ययन गर्ने बालबालिका बस्नका लागि बोरा लिएर विद्यालय जान बाध्य भएका स्थानीय बताउँछन् । कक्षा १० सम्म रहेको उक्त विद्यालयमा ७४८ जना बालबालिका अध्ययन गर्छन् । जसमध्ये कक्षा १… पुरा पढौ

प्रदूषण जाँच पास नहुने गाडी चलाउँदै हुनुहुन्छ? १ लाख जरिबाना तिर्नुपर्ला !

काठमाडौं, २२ मंसिर । वन तथा वातावरण विभागले सवारी धनीलाई प्रदूषण जाँच गरी मापदण्ड पूरा गरेर मात्र गाडी चलाउन आग्रह गरेको छ । विभागले आज एक सूचना प्रकाशित गरी वायु प्रदूषणको मुख्य कारण गाडीबाट निस्कने धुवाँ र खुलारुपमा जलाउने फोहर रहेको भन्दै प्रदूषण जाँच गरेर मात्र सवारी साधन चलाउन आग्रह गरेको हो । अबका दिनमा विभागले गाडीको धुवाँ निस्कासनको अवस्थाबारे परीक्षणलाई प्रभावकारी बनाउनेसमेत विभागले जनाएको छ । पछिल्लो समय धुवाँ परीक्षण गर्दा मापदण्डभन्दा धेरै प्रदूषण गराइरहेका गाडी फेला परेका छन्… पुरा पढौ

एलन मस्कलाई उछिन्दै अर्नाल्ट बने विश्वका धनाढ्य

काठमाडौं, २२ मंसिर । विश्वका धनी व्यक्तिको ताजा सूचीबाट सबैभन्दा धनि व्यक्ति एलन मस्क पछाडी परेका छन् । अमेरिकी बिजनेस म्यागेजिन फोर्ब्सले सन् २०२२ का लागि सार्वजनिक गरेको रिपाेर्टका अनुसार ट्विटर र टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्क विश्वको सबैभन्दा धनी व्यक्तिको उपाधिबाट पछि परेका हुन्। एलन मस्कलाई लक्जरीयस ब्रान्ड लुईस भिटनकाे प्रमुख कम्पनी एलभिएमएचका प्रमुख कार्यकारी बर्नार्ड अर्नाल्टले पछि पारेका हुन्। फोर्ब्सको सूचीमा अर्नाल्ट १८५.३ बिलियन डलरको मालिक दर्ज भएर पहिलाे स्थानमा रहेकाे उल्लेख छ । फोर्ब्समा छापिएकाे रिपोर्टका… पुरा पढौ

रासायनिक मलको माग उच्च, आधा मात्रै मौज्दात

विराटनगर, २२ मङ्सिर । तोरी र गहुँ खेतीको लागि चाहिने रासायनिक मलको अभाव भएको छ । किसानको मागअनुसार रासायनिक मल परिपूर्ति हुन नसक्दा पूर्वीका किसानलाई मलको अभाव भएको हो । विराटनगरस्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयका अनुसार भण्डार रहेको मलको भन्दा दोब्बर माग रहेको छ । गहुँ छर्ने बेलमा डिएपी र युरिया मल लिन किसान भौतारिनुपर्ने अवस्था छ । प्रादेशिक कार्यालयमा हाल युरिया तीन हजार सात सय ७२ दशमलव छ सय ५० मेट्रिक टन र डिएपी पाँच हजार नौ… पुरा पढौ

७ दलले कटाए ‘थ्रेस होल्ड’, समानुपातिकमा एमाले ३४ सिटसहित पहिलाे, अन्य दलको कति ?

काठमाडौं, २२ मंसिर । निर्वाचन आयोगले मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीको अन्तिम मतपरिणाम सार्वजनिक गरेको छ । समानुपातिक निर्वाचन प्रणालीमा सात राजनीतिक दलले मात्र ‘थ्रेस होल्ड’ अर्थात् खसेको कूल सदर मतको न्यूनतम तीन प्रतिशत कटाएका छन् । प्रतिनिधिसभामा सात राजनीतिक दलले ९२ लाख ७१ हजार सात सय १२ मत प्राप्त गरेका छन् । यजसअनुसार नेकपा (एमाले) ले कूल सदर मतको ३० दशमलव ६९ प्रतिशत मत प्राप्त गरी ३४ सिट प्राप्त गरेको छ भने नेपाली… पुरा पढौ

नेपाली आकाश हवाई उडानका लागि सुरक्षित छ : मन्त्री श्रेष्ठ

काठमाडौं, २२ मङ्सिर । ‌संस्कृति, पर्यटन‌ तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाली आकाश हवाई उडानका लागि सुरक्षित रहेको बताएका छन् । अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसका अवसरमा एक कार्यक्रममा उनले अन्तर्राष्ट्रिय निकायले हवाई सुरक्षाका विषयमा प्रश्न उठाउनुपर्ने अवस्था नरहेको बताए। “प्राधिकरणले अझ सुरक्षालाई व्यवस्थित बनाउने काम गरिरहेको छ”, उनले भने। नागरिक उड्डयन प्राधिकरणले हवाई सुरक्षाका विषयमा जिम्मेवारीपूर्वक काम गरिरहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले नेपालको हवाई उडान ‘आइकाओ’को कालोसूचीबाट हट्ने अवस्थामा पुगेको बताए। हवाई सुरक्षा नीतिका विषयमा सरकारले आफ्नो नीति स्पष्ट बनाएको… पुरा पढौ

प्रधानन्यायाधीश जबराविरूद्ध सर्वोच्च अदालतमा रिट दायर

काठमाडौं, २१ मङ्सिर । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव निष्प्रभावी भएको भन्ने सङ्घीय संसद् सचिवालयको पत्र खारेजीको माग गर्दै रिट निवेदन दायर गरिएको छ । सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, उपाध्यक्ष मुकुन्दप्रसाद पौडेल, सचिव ऋषिराम घिमिरे, कोषाध्यक्ष विनोदकुमार कार्की, सदस्य विकास भट्टराई, अनन्तराज लुइँटेल, दीपनारायण साह, अमिता गौतम र रामहरि त्रिपाठीले दायर गरेको रिट निवेदनमा उक्त माग गरिएको छ । रिट निवेदनमा भ्रष्टाचार, कार्यक्षमताको अभाव, खराब आचरणलगायतका आरोप लगाई राणाविरुद्ध मअहाभियोग प्रस्ताव पेस गरी निलम्बन… पुरा पढौ

समानुपातिकतर्फको सिट बाँडफाँटसहित दलहरूलाई पत्र

काठमाडौं, २१ मङ्सिर । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ सबै मतगणना सकिएपछि निर्वाचन आयोगले प्राप्त मत र भारका आधारमा प्राप्त गर्ने स्थान (सिट) सङ्ख्या निर्धारण गरी सम्बन्धित राजनीतिक दललाई आज पत्र पठाएको छ । दलहरूलाई जवाफ पठाउन तीन दिनको समय दिइएको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आयोगमा रहेको समानुपातिक निर्वाचन प्रणालीको मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधिसभा र सातै वटा प्रदेशसभाका लागि उक्त प्रणालीअन्तर्गत राजनीतिक दलहरूले प्राप्त गरेको मतसङ्ख्या, प्रतिशत र सिट… पुरा पढौ

भरतपुर विमानस्थलमा नयाँ टर्मिनल भवन बन्ने

भरतपुर, २१ मंसिर । भरतपुर विमानस्थलमा नयाँ टर्मिनल भवन बन्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ टर्मिनल भवन निर्माण गर्न लागेको हो । यात्रुको चाप हुने यो विमानस्थल विस्तारका लागिसमेत प्रक्रिया अघि बढाइएको छ । प्राधिकरणले टर्मिनल भवनका लागि बोलपत्र आह्वान गरी प्राविधिक मूल्याङ्कनको क्रममा छ । प्राधिकरणका इञ्जिनीयर नलविक्रम थापाका अनुसार ६ वटा कम्पनीको बोलपत्र पेस भएको छ । ती प्रस्तावको प्राविधिक मूल्याङ्कनपछि आर्थिक प्रस्तावबाट अन्तिम टुङ्गो लगाएर सम्झौता गरिनेछ । उनको भनाइमा पुस महिनाको अन्तिम सातासम्ममा… पुरा पढौ

शीत भण्डारणमा सुन्तलाः किसानलाई राहत

अर्घाखाँची, २१ मंसिर । अर्घाखाँचीको पणेनामा उत्पादित सुन्तला लामो सयमसम्म राख्ने व्यवस्थाका लागि शीत भण्डार स्थापना भएको छ । शीत भण्डार स्थापना भएपछि यहाँका किसानले उत्पादन गरेको सुन्तलाले उचित मूल्य पाउने भएको छ । चिस्यान केन्द्रमा सुन्तला भण्डारण गर्ने र सुन्तला उत्पादनको समय सकिएपछि बिक्रीका लागि बजारमा पुर्याएर किसानले राम्रो मूल्य पाउने अपेक्षा गरेका छन् । विगतका वर्षमा यहाँ उत्पादित सुन्तला बुटवल, तानसेन र भैरहवाका बजारमा सस्तोमा बिक्रीगर्न बाध्य बनेका किसान यसवर्ष पाणिनिको पोखराथोकमा शीत भण्डार स्थापना भएपछि सुन्तला भण्डारण… पुरा पढौ