मुख्य समाचार

यस्ताे छ आगामी तिन दिनकाे माैसम पूर्वानुमान

काठमाडौं, १० मंसिर । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नभएकाे जनाएकाे छ। देशका सुदुरपश्चिम र लुम्बिनी प्रदेशका तराई भुभागका केहि स्थानमा हुस्सु लागेको र बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहेको छ।  मंसिर १० गते  (शनिबार) दिउँसो: देशका हिमाली भू-भागमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। राती:  प्रदेश १  र गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा र सुदूरपश्चिम प्रदेशका थोरै भू-भागमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। मंसिर ११ गते  (आईतबार) दिउँसो:  प्रदेश नं १, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी… पुरा पढौ

उद्योगहरू बचाउन सरकारले पहल नगरे अवस्था झनै भयावह हुनेछ: अध्यक्ष गोल्छा

काठमाडौं, ९ मंसिर । नेपाल उधाेग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योगहरू बचाउन सरकारले पहल नगरे अवस्था झनै भयावह हुने बताएका छन । गोल्छा सहित निजी क्षेत्रका प्रतिनिधिहरूले नेपालको औद्योगिक क्षेत्र अप्ठ्यारो अवस्थामा रहेको बताएका छन् । आठौं उद्योग दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनीहरुले यस्तो धारणा राखेका हुन् । महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले निश्चित उद्योगहरुलाई ब्याजदरमा अनुदान दिनुपर्ने बताएका छन् । उनले नेपालमा मूल्य अभिबृद्धि हुने, धेरै रोजगारी सृजना गर्ने र धेरै निर्यात गर्ने उद्योगलाई सरकारले… पुरा पढौ

जनताकाे पक्षमा दत्तचित्त भएर लाग्नेछाैं-अध्यक्ष लामिछाने

चितवन, ९ मङ्सिर । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अबकाे सम्पुर्ण समय जनताकाे पक्षमा दत्तचित्त भएर लाग्ने बताएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज गरेकाे निर्वाचित प्रमाणपत्र वितरण कार्यक्रममा उनले देशहित, नागरिक र जनजीविकाका लागि सँगै अघि बढ्ने बताएका हुन। समाजलाई टेवा दिने र मुलुकवासीका लागि काम गर्ने आफ्नो उद्देश्य हुने उनले बताए। उनले भने, “हामी निर्वाचित सांसद फरक फरक पार्टीको भए पनि एउटै कित्तामा छौँ ।” जनजीविकाको मुद्दामा एकै ठाउँमा उभिएर सहकार्य गर्न आफू तयार रहेको उनले बताए।… पुरा पढौ

पाल्पा क्षेत्र नं १ मा एमालेका आचार्य र २ मा गैरे विजयी

पाल्पा, ९ मंसिर । पाल्पा निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का नारायणप्रसाद आचार्य विजयी भएका छन्। आचार्यले ३१ हजार एक सय तीन मत प्राप्त गरे । प्रतिस्पर्धी नेपाली कांग्रेसका ज्ञानबहादुर गाहाले २० हजार दुई सय ५६ मत पाएको सहायक निर्वाचन अधिकृत रामहरि पाण्डेयले जानकारी दिए। स्वतन्त्र उम्मेदवार विपिन कँडेलले दुई हजार आठ सय ६३, जनता समाजवादी पार्टी नेपालका मेहरमान रानाले ८५, राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर सिंजालीले दुई सय ५२, मङ्गोल नेशनल अर्गनाइजेशनका थमनबहादुर बुढामगरले एक हजार नौ सय… पुरा पढौ

२५ जिल्लामा गठबन्धन र ८ मा एमालेको एकल जित

काठमाडौं, ९ मंसिर । प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ २५ जिल्लाका सबै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनले भोजपुर, ओखलढुङ्गा, खोटाङ, सिन्धुली, सिन्धुपाल्चोक, धादिङ, गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, दाङ, रोल्पा, रुकुमपूर्व, रुकुमपश्चिम, डोल्पा, जाजरकोट, दैलेख, सुर्खेत, सल्यान, दार्चुला, बझाङ, डडेलधुरा, डोटी र अछाममा विजय हासिल गरेको हो । निर्वाचन आयोगबाट प्राप्त विवरणअनुसार हालसम्म एमालेले ८ र राप्रपाले १ जिल्लामा आफ्नो वर्चश्व कायम गरेका छन् । एमालले ताप्लेजुङ, पाँचथर, धनकुटा, सोलुखुम्बु, पर्वत, अर्घाखाँची, प्यूठान र बैतडीमा एकल जित हासिल… पुरा पढौ

गोकर्णेश्वरमा धार्मिक पर्यटक आकर्षित गर्न सफाइमा ध्यान दिइने

काठमाडौं, ९ मंसिर । ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक र धार्मिक महत्वको गोकर्णेश्वर महादेव मन्दिर परिसरलाई सफा राखी आन्तरिक एवं बाह्य पर्यटक आकर्षण गरिने भएको छ । गोकर्णेश्वर मन्दिर क्षेत्र प्रबन्ध समितिले थप दुई जना सफाइ कर्मचारीको व्यवस्था गरी सफाइमा विशेष ध्यान दिन लागेको हो । मन्दिर क्षेत्रमा श्राद्ध गर्न आउने र अन्य भक्तजनले फालेका प्लाष्टिकलगायत फोहरले गोकर्णेश्वर क्षेत्र प्रदूषित बन्ने गरेको छ । श्राद्ध गर्न आउनेले सफाइकै लागि भनी शुल्क तिर्ने गरे पनि त्यसको सही व्यवस्थापन नभएको गुनासो भक्तजनबाट आएकाले सुधार… पुरा पढौ

गुल्मी–१ मा कांग्रेसका डा. चन्द्र भण्डारी विजयी

गुल्मी, ९ मंसिर । गुल्मीको क्षेत्र नं १ मा नेपाली कांग्रेसका डा चन्द्र भण्डारी विजयी भएका छन् । नेकपा ९एमाले०का प्रदीप ज्ञवालीलाई १ हजार ५ सय ९२ मतले पछि पार्दै उनी विजयी भएका हुन् । यो क्षेत्रमा कुल ६९ हजार ६ सय ८३ मत खसेकामा कांग्रेसका भण्डारीले ३३ हजार ७ सय ४४ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी ज्ञवालीले ३२ हजार १ सय ५२ मत प्राप्त गरे । आज दिउँसो १ बजे सकिएको मतगणनापछि भण्डारीलाई विजयी घोषणा गरिएको निर्वाचन अधिकृत… पुरा पढौ

जगदम्बा इन्टरप्राइजेजले थप ४ मेगावाट बिजुली पाउने

काठमाडौं, ९ मंसिर । बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित जगदम्बा इन्टरप्राइजेजले थप बिजुली पाउने भएको छ ।  सो उद्योग ४८ मेगावाटसम्म विद्युत् लिन नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा जोडिएको छ । फलाम र स्टिल उत्पादन गर्दै आएको उद्योगले क्षमता विस्तारका लागि प्राधिकरणबाट थप विद्युत् लिन लागेको हो । यसअघि कुल ४४ मेगावाट लिँदै आएकामा अब थप ४ मेगावाट लिने जनाइएको छ । प्राधिकरणले परवानीपुर १३२ केभी सबस्टेशनबाट ६६ केभी प्रसारण लाइनमार्फत उद्योगलाई थप विद्युत् आपूर्ति दिने छ । थप विद्युत् आपूर्तिका लागि… पुरा पढौ

काभ्रे २ बाट एमालेका गाेकुल बास्कोटा भारी मतले विजयी 

काभ्रे, ९ मंसिर। काभ्रे क्षेत्र नंम्बर २ बाट नेकपा एमालेका प्रभावशाली नेता गोकुल बाँस्कोटा प्रतिनिधिसभा सदस्यमा भारी मतका साथ विजयी भएका छन् । बाँस्कोटाले नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंलाई ५ हजार ८६३ मतान्तरले पराजित गरेका हुन् । निर्वाचित बाँस्कोटाले ४५ हजार ३४५ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका हुमागाईंले ३९ हजार ५८२ पाए । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंको भागमा १० हजार ५८६ मत पर्यो । बास्कोटा  यसअघि २०७४ सालमा पनि यसै क्षेत्रबाट निर्वाचित भएका थिए… पुरा पढौ

सफलता रामकलीको, साथ ग्लोबल आइएमई लघुवित्तको

दाङ, ९ मंसिर । रामकली बोहरा सल्यान जिल्लाको मार्केमा २०१८ सालमा जन्मिएकी हुन् । उनको बिहे सल्यान जिल्लाकै कुपिण्डेदह स्थायी घर भएका कामी बहादुर बोहरासँग भयो । बिहेपछि बोहरा दम्पतीका ३ छोरा १ छोरी जन्मिए । उनीहरुको पालनपोषण,पढाइ खर्च तथा घर खर्च बढ्न थाल्यो । आवश्यकताका हिसाबले बोहरा दम्पती २०५० सालमा सल्यानबाट व्यापार व्यवसाय गर्ने उद्देश्यले बसाई सरेर दाङ जिल्लाको तुलसीपुर-१० मा आए । दाङ आएपछि बाख्रा पालन व्यवसाय गरिरहेका बोहराको कमाईले जेनतेन घर खर्च टरिरहेको थियो । चार सन्तानका… पुरा पढौ