मुख्य समाचार

घरजग्गाको कारोबार ओरोलो लाग्दा राजस्व सङ्कलन घट्यो

काठमाडौं, १५ मंसिर । घरजग्गा कारोबारमा कमी आउँदा राजस्व सङ्कलन प्रभावित भएको छ । बैंक तथा वित्तीय संस्थामा तरलता अभाव बढ्दै जाँदा घरजग्गामा लगानी कम भएकाले कारोबार घटेको हो । जसकारण यसबाट सङ्कलन हुने राजस्व पनि घटेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार २०७८ साल कात्तिकमा देशभरका मालपोत कार्यालयबाट रु पाँच अर्ब ४९ करोड ५१ लाख ८३ लाख १८ बराबर राजस्व सङ्कलन भएको थियो । तर चालु यस वर्षको कात्तिकमा रु तीन अर्ब ७६ लाख २५ हजार नौ… पुरा पढौ

३ महिनामा प्राधिकरणले कमायो साढे ८ अर्ब नाफा

काठमाडौं, १५ मंसिर । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा साढे ८ अर्ब रुपैयाँ बराबरको नाफा कमाएको छ । चालु आवको साउन, भदौ र असोजसम्मको वित्तीय विवरण (अपरिष्कृत) अनुसार  प्राधिकरणले यस अवधिमा विद्युत् बिक्री, ब्याज तथा अन्य आम्दानीबाट ३२ अर्ब ९८ करोड आम्दानी गरेको छ । आवको पहिलो ३ महिनामा २४ अर्ब ४८ करोड खर्च गरी प्राधिकरणले ८ अर्ब ५० करोड (करअघि) नाफा कमाएको हो । सूचनाको हकसम्बन्धी कानुनमा भएको व्यवस्थाबमोजिम सार्वजनिक गरिएको चालु आवको तीन महिनामा… पुरा पढौ

चिसो बढेसँगै बेँसीतिर सारिँदै चौँरी र भेडीगोठ

गलेश्वर, १५ मंसिर । जाडोयाम सुरु भएसँगै हिमाली तथा उच्च पहाडी भेगका चौरी र भेडीगोठ न्यानो स्थानको खोजीमा बेँसी सार्न थालिएको छ । म्याग्दी र मुस्ताङका  उच्च पहाडी क्षेत्रका चौरी र भेडीगोठ जाडो बढ्न थालेसँगै रित्तिन थालेका छन् भने तल्लो भेगका खर्क र बेँसीमा चहलपहल बढेको छ । मुस्ताङको थासाङ, निलगिरी साउथ हिमाल फेदीको मार्चे, धौलागिरि हिमाल फेदीको मूलिखर्क, बतासे र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा पर्ने अन्नपूर्ण साउथ हिमालमुनिको खोप्रा-खयर तथा बयली लेकका चौरी, रघुगङ्गा र धवलागिरि गाउँपालिकाका उच्च लेकाली… पुरा पढौ

अर्थतन्त्र सुधारोन्मुख छ : गभर्नर अधिकारी

काठमाडौं, १५ मंसिर नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र सुधारोन्मुख भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उनले विदेशी मुद्रा सञ्चिति बढ्दै गएको र समस्या समाधान भइरहेको बताए । बजार सुधारका लागि आफूहरु खुला भएको भन्दै उनले यसबाट निजी क्षेत्र सशङ्कित हुनुनपर्ने बताए । 'समस्या समाधानका लागि हामी खुला छौँ', उनले भने, 'केही समस्या छन् भने समाधानका लागि हामी खुला छौँ ।' गभर्नर अधिकारीले गत वर्ष ८८ अर्ब शोधनान्तर घाटा रहेकामा… पुरा पढौ

चालु आर्थिक वर्षको ४ महिनामा नेपालले गर्याे ५५ अर्बको निर्यात, विराटनगर नाकाकाे उच्च प्रगति

काठमाडौं, १५ मंसिर । सरकारले चालु आर्थिक वर्षको शुरुवाती ४ महिनामा ५५ अर्ब हाराहारीको निर्यात गरेको छ । देशभरका २६ ओटा नाकामाध्ये सबै नाकाबाट आयात गरिएको छ भने सो अवधिमा १६ वटा नाकाबाट मात्रै उक्त परिमाणमा विभिन्न सामग्री निर्यात गरिएको छ । १० वटा नाकाबाट निर्यात भएको छैन । कात्तिक मसान्तसम्म १६ ओटा नाकाबाट ५४ अर्ब ७७ करोड ४३ लाख १६ हजार रुपैयाँ बराबरकाे सामान निर्यात गरिएको छ । यही अवधिमा २६ वटा नाकाबाट ५ खर्ब ३२ अर्ब ६९ करोड… पुरा पढौ

प्रधानमन्त्रीमा मेरो उम्मेदवारी स्वभाविक हो: नेता पौडेल

काठमाडौं, १५ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा आफ्नो दाबेदारी स्वभाविक रहेको बताएका छन । नेपाल प्रेस युनियन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार र त्यसको नेतृत्व आफूले पाउनुपर्ने स्वभाविक माग भएको बताएका हुन् । 'गठबन्धनको बहुमत पुगेको छ । गठबन्धनको सरकार बन्छ । दलहरुबीच सल्लाह हुँदैछ ।' उनले भने, 'म प्रधानमन्त्रीको स्वभाविक उम्मेदवार हो । अहिले प्रधानमन्त्रीको उम्मेदवार मै हो ।' पार्टीभित्र सल्लाह गरेर एउटा मात्र उम्मेदवार बनाइने उनले… पुरा पढौ

वित्तीय क्षेत्रका समस्या समाधान गर्न नेपाल राष्ट्र बैंक चुक्यो: उद्योग परिसङ्घ

काठमाडौं, १५ मङ्सिर । उद्योगी व्यवसायीको छाता संस्था नेपाल उद्योग परिसङ्घले वित्तीय क्षेत्रमा देखिएका समस्या समाधानका लागि ठोस पहल गर्न नेपाल राष्ट्र बैंक चुकेको प्रतिक्रिया दिएको छ । चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा गर्दा राष्ट्र बैंकले उद्योगी व्यवसायीका समस्यालाई उपेक्षा गरेको उद्योग परिसङ्घकाे आरोप छ । परिसङ्घले अर्थतन्त्रको अहिलेको मुख्य समस्या बढ्दो ब्याजदर, तरलता व्यवस्थापन तथा समग्र मागमा आएको कमी रहेको बताएकाे छ । अहिले वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव भई तरलताको चाप बढिरहेको, ब्याजदरमा… पुरा पढौ

स्याङ्जा-२ मा कांग्रेसका धनराज गुरुङको अग्रता

वालिङ, १५ मङ्सिर । स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले अग्रता कायम गरेका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) की पद्माकुमारी अर्याललाई ६ सय ५४ मतान्तरले पछि पारेका छन्। निर्वाचन अधिकृत रामचन्द्र शर्माका अनुसार हालसम्म कांग्रेसका गुरुङले तीन हजार नौ सय एक मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार अर्यालले तीन हजार दुई सय ४७ मत प्राप्त गरेकि छन् । स्याङ्जा–२ मा गए रातिदेखि मत गणना सुरु भएको हो । हालसम्म… पुरा पढौ

पूर्वी नवलपरासीमा धानको उत्पादन बढ्यो, कृषकमा छायाे खुसी

कावासोती, १५ मङ्सिर । पूर्वी नवलपरासीमा यस वर्ष प्रमुख खाद्यबाली धानको उत्पादन बढेको छ । गत वर्षको तुलनामा डेढ प्रतिशतले धान उत्पादन बढेको कृषि ज्ञानकेन्द्र पूर्वी नवलपरासीले जनाएको छ । पर्याप्त वर्षाका कारण सिँचाइ सुविधा भएको एवं समयमै रोपाइँ भएकाले उत्पादन बढेको कार्यालयका सूचना अधिकृत एवं बागवानी अधिकृत शङ्कर पौडेलले बताए । गत वर्ष १८ हजार आठ सय १६ हेक्टर क्षेत्रफलमा खेती हुँदा ७५ हजार आठ सय २७ मेट्रिकटन धान उत्पादन भएको थियो । यस वर्ष सोही क्षेत्रफलमा ७६ हजार नौ… पुरा पढौ

दोलखाको १० मतदात केन्द्रमा आज मतदान हुँदै

काठमाडौं, १५ मङ्सिर । निर्वाचन आयोगले दोलखाका १० वटा मतदान केन्द्रमा आज मतदान गर्दैछ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले चार वटा बुथमा करिब आठ हजार मतदाता रहेको जानकारी दिए। आयोगको यही मङ्सिर ११ गते बसेको बैठकले दोलखाको वैत्यश्वर गाउँपालिका–६ का वैत्यश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख, ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र क र ख, तामाकोसी गाउँपालिका–३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्रका क र ख गरी सात वटा मतदान केन्द्रमा यही मङ्सिर… पुरा पढौ