मुख्य समाचार

अरनिको राजमार्ग-‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

काभ्रेपलाञ्चोक, ४ असार । स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्ड पक्की कार्य दुई महिनादेखि बन्द अवस्थामा रहेको छ । गत चैतमा करिब महिनाभर रातको समयमा आवागमन बन्द तथा दिउँसो एकतर्फ सञ्चालन गरेर कालोपत्र (डिबिएम–पिच)को काम गरिए पनि ‘बिटुमिन’ अभावका कारण बन्द अवस्थामा रहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । धुलिखेल चोकबाट दुई दशमलव पाँच किलोमिटर सडक दुवैतर्फी पहिलो चरणमा पक्की बनाइएको उक्त सडकमा वैशाखदेखि सम्पूर्ण प्रकारका यातायातका साधनलाई दुईतर्फी खुला गरिएको थियो । कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर… पुरा पढौ

निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि किसान खुसी

राँझा (बाँके), ४ असार। बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि यहाँका किसान खुसी हुन थालेका छन् । राप्तीसोनारी गाउँपालिका–२ अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी सञ्चालन गरिएको सिक्टा सिँचाइ आयोजनाले मर्मतसम्भारको समयावधिबाहेक किसानको मागअनुसार बाह्रै महिना नहरमा नियमित पानी छोड्ने गरेको छ । किसानको मागअनुसार सिंँचाइको अभाव हुन नदिन नहरमा बाहै्र महिना नियमित पानी छोड्दै आएको सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इन्जिनियर मनोजकुमार साहले जानकारी दिनुभयो । “हामीले किसानको आवश्यकतालाई सर्वोपरि ठानेर मर्मतसम्भारको समयबाहेक… पुरा पढौ

यस्तो छ आजका लागि विदेशी मुद्राको भाउ

काठमाडौं, ४ असार। नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ९५ पैसा र बिक्रीदर १५१ रुपैयाँ ५५ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ९५ पैसा र बिक्रीदर १७५ रुपैयाँ ६५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ३६ पैसा र बिक्रीदर २०३ रुपैयाँ १७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९० रुपैयाँ ३७ पैसा र बिक्रीदर १९१ रुपैयाँ १२ पैसा… पुरा पढौ

गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’

धरान (सुनसरी), ४ असार। साँझ पर्न थालेको छ । सवारीहरु भेडेटार चोकमा लामबद्ध छन् । केही पर्यटक होटलबाट चेकआउट गर्दैछन्, केही दिनभरको घुमफिरपछि घर फर्कने तयारीमा छन् । तर उनीहरूको यात्रा अझै पूरा भएको छैन । गाडी चढ्नुअघि धेरैजसो पर्यटकहरु सडकछेउका तरकारी पसलतर्फ लम्किएका छन् । कसैले रायोको साग किनिरहेका छन् त कसैले अकबरे खुर्सानी रोज्दै छन् । कतिपयले त किबी, आलु, सिमी र बोडीका झोला गाडीको डिक्कीमा हालिसकेका छन् । पहिलो नजरमा यो सामान्य व्यापारजस्तो देखिए पनि यसले भेडेटारको… पुरा पढौ

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

काठमाडौं, ३ जेठ । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश कोष व्यवस्थापन तथा सञ्चालन गर्ने सम्बन्धमा एक द्विपक्षीय सम्झौता भएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रमका बिच कोषको तर्फबाट निर्देशक नवराज खड्का र बैंकको तर्फबाट प्रमुख वित्तीय अधिकृत राजन कायस्थले उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । सम्झौताका मुख्य बुँदाहरू: कर्मचारीको दायरा: बैंकमा कार्यरत स्थायी, अस्थायी तथा करार सेवाका सबै कर्मचारीहरू यस योजनामा समेटिने छन् । कोषको व्यवस्थापन: कर्मचारीहरूको योगदानमा आधारित वा गैरयोगदानमा आधारित उपदान कोष तथा… पुरा पढौ

आइएमई ग्रुपले ६६ मेगावाटको ‘तिप्लाङ कालीगण्डकी’ जलविद्युत् आयोजना निर्माण गर्दै

काठमाडौं, ३ असार । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको आइएमई (IME) ग्रुपले म्याग्दी जिल्लामा अर्को नयाँ जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ। ग्रुपले जिल्लाको अन्नपूर्ण गाउँपालिकामा ६६ मेगावाट क्षमताको ‘तिप्लाङ कालीगण्डकी जलविद्युत् आयोजना’ निर्माण प्रक्रिया अगाडि बढाएको हो। आयोजना निर्माणका लागि प्रवर्द्धक कम्पनी तिप्लाङ कालीगण्डकी हाइड्रोपावर र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिद बिक्री सम्झौता (PPA) यसअघि नै सम्पन्न भइसकेको छ। आवश्यक वित्तीय व्यवस्थापन (Financial Closure) समेत टुङ्गिसकेकाले अब आयोजनाको भौतिक निर्माण कार्य द्रुत गतिमा अघि बढ्ने… पुरा पढौ

नेप्सेमा झिनो अंककाे सुधार, कारोबार रकम भने खुम्चियो

काठमाडौं, ३ असार ।पछिल्ला केही कारोबार दिनदेखि निरन्तर ओरालो लागिरहेको सेयर बजारमा बुधबार भने सामान्य सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक झिनो अंकले सकारात्मक भएर बन्द भएको हो। बुधबार नेप्से परिसूचक ०.०८ अंकले बढेर २७०५.५३ विन्दुमा पुगेको छ। नेप्सेमा सामान्य सुधार आए पनि ठूला कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इण्डेक्स भने ०.२० अंकले घटेको छ। यस्तै, फ्लोट इण्डेक्स ०.१० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०८ अंकले बढेका छन्। कारोबार रकममा गिरावट बजार परिसूचकमा सुधार देखिए पनि कारोबार रकम भने… पुरा पढौ

नेपालको आर्थिक-सामाजिक विकासमा जर्मनीले ३ करोड ७६ लाख युरो प्रदान गर्ने

काठमाडौं, ३ असार। सङ्घीय गणतन्त्र जर्मनीले नेपालसँगको विकास साझेदारीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै आगामी दुई वर्षका लागि तीन करोड ७६ लाख युरो बराबरको प्राविधिक तथा वित्तीय सहयोग गर्ने जनाएको छ । सम्पन्न नेपाल–जर्मनी विकास सहकार्यसम्बन्धी द्विपक्षीय वार्तामा उक्त रकम प्रदान गर्ने घोषणा भएको हो । दुवै देशले ऊर्जा, दिगो आर्थिक विकास तथा स्वास्थ्य क्षेत्रलाई आगामी सहकार्यका प्रमुख प्राथमिकताका रूपमा अघि बढाउने सहमति गरेका यहाँस्थित जर्मनीको राजदूतावासले जनाएको छ । वार्तामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व अर्थ मन्त्रालयको अन्तरराष्ट्रिय आर्थिक सहायता… पुरा पढौ

१० महिनामा विकास बैंकहरूले कमाए साढे ६ अर्ब, गरिमा सबैभन्दा अगाडि

काठमाडौं, ३ असार । नेपालका विकास बैंकहरूको नाफामा चालु आर्थिक वर्षमा उत्साहजनक सुधार देखिएको छ। चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो १० महिना (साउन–वैशाख) मा सञ्चालनमा रहेका १७ वटा विकास बैंकहरूले कुल ६ अर्ब २८ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। यो नाफा गत आर्थिक वर्ष २०८१/०८२ को सोही अवधिको तुलनामा ७५.२३ प्रतिशतले बढी हो। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ताजा तथ्याङ्क अनुसार समीक्षा अवधिमा १७ मध्ये १३ वटा विकास बैंकको नाफामा आकर्षक सुधार देखिएको छ भने… पुरा पढौ

ऐतिहासिक सफलता: एमडी फार्मास्युटिकल्सलाई अन्तर्राष्ट्रिय ‘क्वालिटी अचिभमेन्ट अवार्ड २०२६’

काठमाडौं, ३ असार । नेपालको स्थापित औषधि उत्पादन कम्पनी एमडी फार्मास्युटिकल्स प्रालिले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘क्वालिटी अचिभमेन्ट अवार्ड २०२६’ (Quality Achievement Award 2026) प्राप्त गर्न सफल भएको छ। नेपाली औषधि उत्पादन क्षेत्रको इतिहासमा यो अवार्ड पहिलोपटक भित्रिएको हो। युरोपियन सोसाइटी फर क्वालिटी रिसर्च (European Society for Quality Research) ले बेल्जियमको ब्रसेल्समा हालै आयोजना गरेको एक विशेष समारोहका बीच एमडी फार्मास्युटिकल्सलाई सो अवार्ड प्रदान गरेको हो। समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (CEO) दीपक दाहाललाई उक्त अवार्ड अर्पण गरिएको थियो। दाहाल नेपाल… पुरा पढौ