मुख्य समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको भाउ

काठमाडौं, ५ असार। नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ६४ पैसा र बिक्रीदर १५१ रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९९ रुपैयाँ १५ पैसा र बिक्रीदर १९९ रुपैयाँ ९५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ ३४ पैसा र बिक्रीदर १८८ रुपैयाँ… पुरा पढौ

मौद्रिक नीतिका लागि बैंकर्स संघद्वारा २२ बुँदे सुझाव पेस

काठमाडौं, ४ असार। नेपाल बैंकर्स संघ (एनबीए) ले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष २२ बुँदे सुझाव पेस गरेको छ। देशको वर्तमान अर्थतन्त्रमा देखिएको सुस्तता, बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलता (लगानीयोग्य रकम) र बढ्दो खराब कर्जा (एनपीएल) को चापलाई सम्बोधन गर्ने गरी संघले प्याकेजमै सुझावहरू अघि सारेको हो। बैंकर्स संघले वित्तीय प्रणालीलाई गतिशील बनाउँदै सरकारको ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सहयोग पुग्ने गरी नीतिगत परिमार्जन गर्न माग गरेको छ। सेकेन्डरी मार्केट र संस्थापक… पुरा पढौ

नेता महराद्वारा सक्रिय राजनीति नगर्ने घोषणा (वक्तव्यसहित)

काठमाडौं, ४ असार। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता कृष्णबहादुर महराले पार्टीको सक्रिय जिम्मेवारीबाट अलग हुने घोषणा गर्नुभएको छ। विगत केही वर्षदेखि 'एट्रोफी' (Atrophy) सम्बन्धी नशा र मांसपेशीको गम्भीर रोगबाट पीडित महराले स्वास्थ्य अवस्थाका कारण सक्रिय राजनीतिबाट बिदा बस्ने निर्णय गर्नुभएको हो। बिहीबार (४ असार २०८३) एक वक्तव्य जारी गर्दै उहाँले आजकै मितिदेखि पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भई साधारण सदस्य मात्र रहने जानकारी गराउनुभएको छ। स्वास्थ्य समस्याका कारण बाध्यात्मक निर्णय लामो समयदेखि नियमित उपचार, थेरापी र औषधि सेवन गरिरहे… पुरा पढौ

महसुल विवाद निरुपण नहुँदासम्म विद्युत् लाइन नकाट्न परिसङ्घकाे आग्रह

काठमाडौं, ४ असार। नेपाल उद्योग परिसङ्घले औद्योगिक क्षेत्रभित्रका भाडासम्बन्धी विवादको अन्तिम कानुनी निरुपण नहुँदासम्म उद्योगमा विद्युत् लाइन नकाट्न आग्रह गरेको छ । सर्वोच्च अदालतको फैसलाअनुसार केही उद्योगले भाडा भुक्तानी गरिसकेका र अन्य उद्योगीले महसुल तिर्न खोजिरहेका जनाउँदै परिसङ्घले बक्यौता तिर्ने समय थप गर्न अनुरोध गरेको हो । औद्यौगिक क्षेत्र व्यवस्थापन लिमिटेडले गत जेठ २५ गते सूचना जारी गर्दै सात दिनभित्र बक्यौता भुक्तानी गर्न उद्योगलाई निर्देशन दिएको थियो । औद्योगिक क्षेत्रभित्रका भौतिक संरचना प्रयोग गरेबापत ३०० भन्दाबढी उद्योगले रु ८८ करोडभन्दा… पुरा पढौ

नेप्से सामान्य गिरावट: काराेबार ३ अर्ब ४१ करोडमा खुम्चियो

काठमाडौं, ४ असार । अघिल्लो कारोबार दिन बुधबार सकारात्मक गतिमा बन्द भएको धितोपत्र बजार (नेप्से) मा बिहीबार भने सामान्य गिरावट आएको छ। यस दिन नेप्से परिसूचक ५.०६ अंकले ओरालो लागेर २७००.४७ विन्दुमा अडिएको छ। नेप्से सूचकसँगै ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इण्डेक्स पनि ०.७७ अंकले घटेको छ। यस्तै, फ्लोट इण्डेक्स ०.३३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३४ अंकले ऋणात्मक रहे। सूचकसँगै यस दिन कारोबार रकममा पनि केही सुस्ती देखिएको छ। बुधबार ३ अर्ब ६३ करोड रुपैयाँको सेयर कारोबार भएकोमा बिहीबार ३४७… पुरा पढौ

औद्योगिक क्षेत्रका उद्योगको विद्युत काट्ने र धरपकड गर्ने तयारीप्रति महासंघको गम्भीर आपत्ति

काठमाडौं, ४ असार। नेपाल सरकार अन्तर्गतको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडद्वारा सञ्चालित १० वटा औद्योगिक क्षेत्रमा रहेका उद्योगहरूमाथि प्रशासनिक बल प्रयोग गरी विद्युत लाइन काट्ने र उद्योगीहरूलाई धरपकड गर्ने तयारी गरिएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघले एक विज्ञप्ति जारी गर्दै १० वटा औद्योगिक क्षेत्रका करिब ७०० उद्योगहरूमाथि हुन लागेको यस्तो धरपकड र दवावपूर्ण कदमप्रति तीव्र असन्तुष्टि व्यक्त गरेको हो। मुद्दा विचाराधीन रहेकै अवस्थामा ताकेता औद्योगिक क्षेत्रको जग्गा भाडा वृद्धिको विवादसम्बन्धी सम्मानित सर्वोच्च अदालत तथा… पुरा पढौ

प्रतिनिधिसभा बैठक : प्रतिपक्षीदलले उठान गरेका विषय पूरा गर्न माग(Live)

काठमाडौं, ४ असार। प्रतिनिधिसभाको आजको बैठक सुरुआत हुनेबित्तिकै विपक्षी दलका सांसदहरूले आ–आफ्ना आसनबाट उठेर सरकारले आफ्ना माग कार्यान्वयन नगरेकामा विरोध जनाउनुभयो । यसपछि सभामुख डोलप्रसाद अर्यालले उहाँहरुलाई भनाइ राख्न समय दिनुभयो । यसक्रमा नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले सम्पत्ति छानबिनसम्बन्धी आयोगको प्रतिवेदन, मानवअधिकारसम्बन्धी प्रतिवेदन कार्यान्वयनलगायत अन्य विषयमा पटक–पटक सदनमार्फत सरकारको ध्यानाकर्षण गराइए पनि कार्यान्वयन नगरिएको गुनासो गर्नुभयो । https://youtu.be/VFCeRZroRVA नेकपा (एमाले) का सांसद लक्ष्मीप्रसाद पोखरेलले गत जेठ १७ गते प्रधानमन्त्रीले सदनमा दिनुभएको अभिव्यक्तिप्रति असहमति जनाउनुभयो । सोही पार्टीका सांसद ऐन… पुरा पढौ

नेशनल हाइड्रोपावरको २९औँ एजिएम असार ३१ गते हुने

काठमाडौं, ४ जेठ। नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड (NHPC) ले आफ्नो २९औँ वार्षिक साधारणसभा आगामी असार ३१ गते आयोजना गर्ने जानकारी गराएकाे छ। कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार साधारणसभा उक्त दिन बिहान ११ बजे काठमाडौंको कालिकास्थानस्थित अमृत भोग क्याटरिङमा बस्ने तय भएको छ। सभामा मुख्य गरी आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिने प्रस्ताव रहेको छ। यसैगरी, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक… पुरा पढौ

एभरेष्ट कलर लिमिटेडको आईपीओ बाँडफाँट

काठमाडौं, ४ असार । एभरेष्ट कलर लिमिटेडको सर्वसाधारणका लागि निष्काशन गरिएको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) असार ४ गते, बिहीबार बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा एक कार्यक्रमका बीच सो आईपीओ बाँडफाँट गरिएको हो। कम्पनीले गत जेठ २२ गतेदेखि २७ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ करोड ५५ लाख ७० हजार रुपैयाँ बराबरको ६ लाख ५५ हजार ७०० कित्ता शेयर निष्काशन गरेको थियो। मागभन्दा ४३ गुणा बढी आवेदन एभरेष्ट कलरको आईपीओमा… पुरा पढौ

बजेटको आकारभन्दा ऋणको भार ९ खर्ब बढी, ११ महिनामा थपियो पौने ३ खर्ब

काठमाडौं, ४ असार। मुलुकको सार्वजनिक ऋणको भार चालू आर्थिक वर्ष २०८२/८३ को बजेटको आकारभन्दा करिब ९ खर्ब ९७ अर्ब रुपैयाँले बढी पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको जेठ मसान्तसम्मको तथ्याङ्क अनुसार देशको कुल सार्वजनिक ऋण दायित्व २९ खर्ब ६१ अर्ब १९ करोड रुपैयाँ पुगेको हो । सरकारले चालू आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको थियो (जुन अर्धवार्षिक समीक्षामार्फत घटाइएको समेत थियो) । यस आधारमा नेपालको कुल ऋण बजेटको आकारभन्दा ९… पुरा पढौ