मुख्य समाचार

साना-मझौला आयोजना प्रवर्द्धन गर्न १० मेगावाटसम्मका जलविद्युत्‌को पीपीए खुला

काठमाडौं, ५ असार । सरकारले साना तथा मझौला आयोजनालाई प्रवर्द्धन गर्ने लक्ष्यका साथ १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् परियोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) खुला गरेको छ। साना तथा मझौला आयोजनाको विकास, प्रवर्द्धन र लगानी विस्तारका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले उक्त निर्णय गरेको हो। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले साना तथा मध्यम स्तरका आयोजनाको विशेष प्रवर्द्धनका लागि यस्तो व्यवस्था गरिएको जानकारी दिए। जलविद्युत् प्रवर्द्धकहरूको लगानीको सुरक्षाका निम्ति नयाँ पीपीए ‘टेक अर पे’ (Take or Pay) मोडेलमा गरिने मन्त्री… पुरा पढौ

गभर्नर पौडेलद्वारा बैंक वित्तीय संकट समाधान गर्न ‘विशेष र निर्णायक’ अधिकार माग

काठमाडौं, ५ असार। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले मुलुकमा आइपर्ने सम्भावित बैंक तथा वित्तीय संकटको तत्काल समाधानका लागि केन्द्रीय बैंकलाई विशेष र निर्णायक अधिकार दिनुपर्ने माग गरेका छन्। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै गभर्नर पौडेलले वित्तीय प्रणालीको संवेदनशीलता र निक्षेपकर्ताहरूको सुरक्षाका लागि राष्ट्र बैंकलाई द्रुत निर्णय लिन सक्ने कानुनी आधार आवश्यक रहेको बताएका हुन्। हालको बहु-तहगत नियामक प्रक्रिया र नियमहरूको अस्पष्टताका कारण समयमै निर्णय लिन राष्ट्र बैंकलाई समस्या भइरहेको तर्फ उनले सङ्केत गरे। "कुनै बैंक संकटमा… पुरा पढौ

गण्डकी प्रदेशसभा : बजेटको प्रभावकारी कार्यान्वयनमा जोड

गण्डकी, ५ असार । गण्डकी प्रदेशसभा सदस्यहरुले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३÷०८४ को बजेटको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको छ । प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा सदस्य सुनिता थापाले बजेटले नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउनुपर्ने बताउनुभयो । बजेट सही ढङ्गले कार्यान्वयन भएमा मात्र सरकारले घोषणा गरेका आकर्षक कार्यक्रम र योजनाको औचित्य रहने उहाँको भनाइ छ । प्रदेशसभा सदस्य जितप्रकाश आले मगरले बजेट यथार्थपरक नभई बढी नारामा आधारित रहेको बताउनुभयो । बजेट तथा कार्यक्रम कार्यान्वयनमुखी हुनुपर्ने उहाँको भनाइ छ । रोजगारी… पुरा पढौ

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं, ५ असार । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । प्रतिनिधिसभाको आजको बैठकले अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रस्ताव गर्नुभएको उक्त प्रस्ताव बैठकले सर्वसम्मतले स्वीकृत गरेको हो । उक्त प्रस्तावमाथिको सामान्य छलफलमा सांसदहरुले उठाउनु भएका विषयलाई स्पष्ट पार्दै अर्थमन्त्री डा वाग्लेले बजेटमा व्यवस्था भएका शुल्क र कर सम्बन्धित क्षेत्रमै खर्च हुने आस्वस्त पार्नुभयो । उहाँले भन्नुभयो, “राज्यका सबै कर एउटै सञ्चित कोषमा जम्मा हुने भएकाले अलग–अलग आयोजना र कार्यक्रमका लागि छुट्टाछुट्टै कोष बनाउनु… पुरा पढौ

एडिबीद्वारा साढे ११ करोड अमेरिकी डलरको ऋण स्वीकृत

काठमाडौं, ५ असार। एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र सरसफाइ सुधारका लागि ११ करोड ५० लाख अमेरिकी डलर बराबरको सहुलियत ऋण स्वीकृत गरेको छ । एडिबीले एकीकृत खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजनाबाट १३ जिल्लाका आठलाख ५० हजारभन्दा धेरै नागरिक लाभान्वित हुने जनाएको छ । एडिबीका अनुसार उक्त परियोजनाले खानेपानीको पहुँच विस्तार र ढल तथा फोहरपानी व्यवस्थापनमा भूमिका खेल्ने बताइएको छ । “नेपालमा तीव्र सहरीकरणका कारणले सहरी क्षेत्रमा अत्यधिक चाप बढ्दै गइरहेका छन् । जसले गर्दा धेरेजसो समुदायमा… पुरा पढौ

विद्युतीय राहदानी छपाईमा सांसदको चासो (Live)

काठमाडौं, ५ असार । प्रतिनिधिसभाका सांसदहरुले विद्युतीय राहदानी छपाई प्रकरण सम्बन्धमा सार्वजनिक समाचारका विषयमा चासो व्यक्त गर्नुभएको छ । सभाको आजको बैठकको प्रारम्भमै विपक्षी दलका सबै सांसद आसनबाट उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले नेपाली कांग्रेसका सांसद खडगबहादुर बुढालाई बोल्न समय दिनुभएको थियो । सांसद बुढाले विद्युतीय राहदानी छपाई प्रकरण सम्बन्धमा सार्वजनिक समाचारका बारेमा स्पष्ट पार्न माग गर्नुभयो । https://www.youtube.com/watch?v=g00RDM6ieaw राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुश्बु ओलीले विद्युतीय राहदानी छपाईसम्बन्धी प्रकरणमा सरकारको जवाफ माग गर्नुभयो । नेकपा (एमाले)का सांसद गुरुप्रसाद बरालले… पुरा पढौ

मधेसमा ११ महिनामा पुँजीगत खर्च १३ .७६ प्रतिशत मात्रै

जनकपुरधाम, ५ असार। चालु आर्थिक वर्ष २०८२/८३ सकिन एक महिना मात्र बाँकी रहँदा मधेश प्रदेश सरकारको पुँजीगत खर्च निराशाजनक देखिएको छ । प्रदेश अर्थ मन्त्रालयका अनुसार प्रदेश सरकारले साउनदेखि जेठसम्ममा कूल बजेटको २१ दशमलव २४ प्रतिशत खर्च गरेको छ । जसमध्ये चालुतर्फ ३६ दशमलव २२ प्रतिशत र पुँजीगततर्फ १३ दशमलव ७६ प्रतिशत बजेट खर्च गरेको प्रदेश सरकारको अर्थ मन्त्रालयका सूचना अधिकारी अंशुकुमार झाले जानकारी दिनुभयो । चालु आवका लागि प्रदेश सरकारले रु ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजारको… पुरा पढौ

प्राइम बैंकले पायाे ३ अर्बको ऋणपत्र निष्कासनकाे अनुमति

काठमाडौं, ५ असार। प्राइम कमर्सियल बैंक लिमिटेडले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको छ। बोर्डले बैंकलाई ‘प्राइम बैंक डिबेन्चर २०९३’ नामक ऋणपत्र निष्कासनका लागि स्वीकृति प्रदान गरेको हो। धितोपत्र बोर्डबाट अनुमति पाएसँगै बैंकले प्रतिइकाइ १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाई ऋणपत्र जारी गर्ने प्रक्रिया अघि बढाउनेछ। कसरी हुनेछ ऋणपत्रको बिक्री? बैंकले निष्कासन गर्न लागेको कुल ३० लाख इकाइ ऋणपत्रमध्ये: व्यक्तिगत तबर (प्राइभेट प्लेसमेन्ट): १८ लाख इकाइ ऋणपत्र बैंकले आफ्नै पहलमा… पुरा पढौ

संस्थापक शेयर खरिदबिक्रीमा राष्ट्र बैंकको कडाइ: १० बुँदे विवरण बुझाउनुपर्ने

काठमाडौं, ५ असार। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको संस्थापक शेयर खरिदबिक्री तथा नामसारी प्रक्रियालाई थप पारदर्शी र कसिलो बनाएको छ। पछिल्लो समय बैंकहरूको वित्तीय सुशासनमाथि प्रश्न उठिरहेका बेला केन्द्रीय बैंकले इजाजतपत्रप्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरूका लागि जारी गरिएको एकीकृत निर्देशन, २०८२ मा संशोधन र परिमार्जन गर्दै नयाँ सर्कुलर जारी गरेको हो। नयाँ व्यवस्था अनुसार अब ठूलो परिमाणमा संस्थापक शेयर किन्ने वास्तविक धनीको पारिवारिक पृष्ठभूमिदेखि स्वदेश तथा विदेशमा रहेको वित्तीय आचरणसम्मका १० बुँदे कडा… पुरा पढौ

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो

म्याग्दी, ५ असार। अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको उदीयमान ‘हाइड्रो हब’का रूपमा स्थापित हुँदै गएको छ । कालीगण्डकी, मिस्त्री, निलगिरी, रेले, घलेम्दी र घारखोला नदीहरू ऊर्जा उत्पादनका स्रोतमा रूपान्तरण भएसँगै यहाँ आर्थिक, सामाजिक र भौतिक विकासले तीव्रता पाएको छ । तर जलविद्युत् विकाससँगै वातावरणीय प्रभाव, जैविक विविधताको संरक्षण र प्राकृतिक तातोपानीका मुहानको भविष्यलाई लिएर चिन्ता पनि बढ्न थालेको छ । गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका अनुसार अन्नपूर्णमा हाल १७६ मेगावाट क्षमताका छवटा जलविद्युत् आयोजना सञ्चालनमा छन् भने २५५.५ मेगावाट क्षमताका… पुरा पढौ