मुख्य समाचार

आचारसंहिता उल्लङ्घन गर्ने प्रचण्ड र नेपालसहित ५४ जनासंग आयोगद्वारा स्पष्टीकरण माग

काठमाडौं, ९ कात्तिक । आगामी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन निर्वाचन आयोगले आचारसंहिताको कडाइका साथ अनुगमन गरिरहेको छ । आचारसंहिता उल्लङ्घन गर्ने निर्वाचनमा सहभागी राजनीतिक दल, नेता र विभिन्न निकायलाई आयोगले स्पष्टीकरण सोध्नेदेखि सचेतसमेत गराउँदै आएको छ । निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने जो–कोहीलाई स्पष्टीकरण सोध्न सक्ने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए । उनले भने, “आचारसंहिता उल्लङ्घन गर्ने साना या ठूलालाई छाड्ने भन्ने हुँदैन । आचारसंहिता उल्लङ्घनको विषय सबैलाई समानरूपमा लागू हुन्छ । निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वशनीयतामा… पुरा पढौ

८ अर्ब लगानीमा पाँचतारे होटल हिल्टन निर्माण गर्दै शंकर ग्रुप

काठमाडौं, ९ कात्तिक । काठमाडौंको नक्सालमा शङ्कर ग्रुपले ८ अर्ब लगानीमा पाँचतारे होटल हिल्टन निर्माण गरिरहेको छ । होटल निर्माणका लागि शङ्कर ग्रुपले ६ अर्ब बैंक तथा वित्तीय संस्थाबाट कर्जा समेत लिएको छ । होटलले लिएको ६ अर्ब कर्जाको न्यूनतम् ब्याजदर १२ प्रतिशत मात्रै मान्ने हो भने पनि वार्षिक ७० करोड त ब्याजमा मात्रै खर्च गर्नुपर्छ । यद्यपि अहिले वाणिज्य बैंकहरुले कर्जाको ब्याजदर १८ प्रतिशतसम्म पु¥याइसकेका छन् । हिल्टन होटलमा कूल एक सय ७४ वटा कोठा रहनेछन् । यदि होटलमा… पुरा पढौ

किबी खेतीबाट वार्षिक २० लाखसम्म आम्दानी गर्दै किसान

खोटाङ, ९ कातिक । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुडेका ६० वर्षीय दोर्जी शेर्पाले लगाएको किबीको बगानमा लटरम्म फलेर पाक्न लागेका करिब साढे आठ क्विन्टल किबीको फल छ । २०७३ सालबाट व्यवसायिक किबी खेती शुरु गरेका उनको दैनिकी अहिले त्यही किबीको हेरचाह तथा गोडमेलमा बित्दै आएको छ । भारतीय सेनाका पेन्सनर उनलाई ६३ वर्षीया श्रीमती मेनुकाले समेत सहयोग गर्दै आएकि छन् । घर अगाडि रहेको ४० रोपनी खेतीयोग्य जमिनमा शेर्पाले आधिकारिक रुपमा फार्म दर्ता गरेर व्यवसायिक किबी खेती गरेका हुन्। पहिलो… पुरा पढौ

तिहारमा साढे १३ करोडको फूलमालाकाे कारोबार

काठमाडाैं, ९ कार्तिक । फूलैफूलको पर्वका रुपमा लिइने तिहारमा रु १३ करोड ५० लाख बराबरको फुलमालाको कारोबार भएको छ । तिहारको समयमा करिब साढे २४ लाख मालाको कारोबार हुने अनुमान गरिएको फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान) का अध्यक्ष मीनबहादुर तामाङले बताएका छन। “यस वर्षको तिहारमा करिब साढे २४ लाख माला खपत हुने हाम्रो अनुमान छ । त्यसमध्ये सयपत्रीको मात्रै २० लाख मालाको माग हो”, तामाङले भने, “थोक मूल्यका आधारमा रु साढे १३ करोड बराबरको फूल र मालाको कारोबार हुने अनुमान छ… पुरा पढौ

शान्तिपूर्ण र निष्पक्ष निर्वाचन सम्पन्न गर्न सरकारले सबै प्रबन्ध मिलाएको छ : प्रधानमन्त्री देउवा

भक्तपुर, ९ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रुपमा सम्पन्न गर्न सरकारले प्रबन्ध मिलाएको बताएका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले आज शङ्खधर चोक मध्यपुरथिमिमा आयोजना गरेको नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शङ्खधर साख्वाःको प्रतिमामा माल्र्यापर्ण गर्दै उनले निर्वाचनलाई सफल बनाउन सबै राजनीतिक दल तथा सरोकारवाला निकायको सहयोग आवश्यक रहेको बताए। देशमा लोकतान्त्रिक सरकारले मात्रै रचनात्मक कार्य सम्पन्न गर्न सक्ने चर्चा गर्दै उनले आगामी निर्वाचनले लोकतन्त्रलाई मजबुत… पुरा पढौ

गठबन्धन दलहरुकाे कास्की २ (ख) को निर्वाचन कार्यालय खुल्यो, जनताकाे मन जित्न शर्माकाे आग्रह

पोखरा, ९ कार्तिक । पाँचदलिय लोकतान्त्रिक बामगठबन्धनको कास्की क्षेत्र नं २ (ख) को प्रदेशसभा निर्वाचन २०७९ को प्रचार प्रसार समितिको बुधबार बिहान पोखरा नयाँबजारमा सम्पर्क कार्यालय स्थापना गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्माले कार्यालयको उद्घाटन गर्दै गठबन्धनका नेता तथा कार्यकर्तालाई भाषणभन्दा जनताको घर घरमा गएर जनताको मन जित्न आग्रह गरे । शर्माले भने, हाम्रो काम अब फिल्डमा हो । भाषणमा मात्र समय खर्च गर्नभन्दा मत आउने ठाउँमा पुग्ने काम सबैभन्दा महत्वपूर्ण हो । जहिले… पुरा पढौ

नेपाल भाषाका ७ भित्तेपात्रोले लिए स्वीकृति

काठमाडौं, ९ कात्तिक । नेपाल संवत्को नयाँ वर्ष ११४३ का लागि सात वटा भित्तेपात्रोले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिसँग प्रकाशनको स्वीकृति लिएका छन् । चान्द्रमासअनुसार प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदादेखि नेपाल संवत्को नयाँ वर्ष सुरु हुन्छ । यस वर्ष आज अर्थात् कात्तिक ९ गते बुधबारदेखि नेपाल संवत्को नयाँ वर्ष ११४३ सुरु हुँदैछ । मन्त्रिपरिषद्ले २०७७ पुस २० गते पञ्चाङ्ग निर्णायक समितिको गठन आदेश स्वीकृत गरेको थियो । गठन आदेशअनुसार नेपालबाट प्रकाशन हुने पात्रो (पञ्चाङ्ग) र भित्तेपात्रो (क्यालेण्डर)ले प्रकाशन गर्नुअघि समितिको… पुरा पढौ

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र बेलायती सभामुखबीच भेटवार्ता

लण्डन, ९ कात्तिक । बेलायतको भ्रमणमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र बेलायतको तल्लो सदन हाउस अफ कमनका सभामुख सर लिण्डसे होयलबीच भेटवार्ता भएको छ । बेलायती संसद भवनमा भएको उक्त भेटका अवसरमा उनीहरुबीच नेपाल र संयुक्त अधिराज्यबीचको ऐतिहासिक सम्बन्धका विविध विषय विशेष गरी दुई देशका सांसद्बीच भ्रमण तथा अनुभवको आदानप्रदान, भूपू गोर्खासम्बन्धी विषयमा विचारको आदानप्रदान भएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ । भेटमा संयुक्त अधिराज्यका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, समावेशी आयोगका सदस्य पुष्पराज तिमिल्सिना एवं राजदूतावासका उपनियोग प्रमुख… पुरा पढौ

तिहारको चौथो दिन आज गोवर्द्धन, बलि, गोरुको पूजा गरी मनाइँदै

काठमाडौं, ९ कार्तिक । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चकअर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन, बलि, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापरयुगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउछन् । कार्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ । गोवर्द्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका… पुरा पढौ

नेपाल संवत् ११४३ र म्हः पूजा आज देशभर मनाइँदै

काठमाडौं, ९ कार्तिक । नेपाल संवत् ११४३ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्टिय विभूति शंखधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुआत गराएका थिए । नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिए। “लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रूपमा चलेको… पुरा पढौ