मुख्य समाचार

प्लाष्टिकका माला उपयोग नगरौं: फ्लोरिकल्चर एशोसिएसन

काठमाडौँ, ६ कात्तिक । फ्लोरिकल्चर एशोसिएसन नेपाल ९फ्यान० ले प्लास्टिकका माला उपयोग नगर्न सबैलाई आग्रह गरेको छ । नेपालमा १ सय ७८ हेक्टर जमिनमा व्यावसायिक फूलखेती हुने गरेको र हाल नेपालका ४४ जिल्लामा व्यावसायिक फूलखेती भइरहेको फ्यानले जनाएको छ । यो वर्षको भाइटीकामा विभिन्नथरीका १४ करोड मूल्य बराबरको २४ लाख माला खपत हुने अनुमान छ । यो वर्ष सरकारले तिहारमा फूल र माला आयातमा रोक लगाएको छ । जसले गर्दा पुष्प व्यवसायी, किसान तथा उपभोक्तालाइ राहत हुने भएको छ ।… पुरा पढौ

नेपाल एसबिआई बैंककाे नाफामा ६८.२३ प्रतिशतले बृद्धि

काठमाडौं, ८ कार्तिक । नेपाल एसबिआई बैंकले यस आर्थिक वर्षमा ६८.२३ प्रतिशत खुद नाफा गर्न सफल भएकाे छ । बैंकको सार्वजनिक भएकाे पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षकोभन्दा बैंकको खुद नाफामा बृद्धि भएकाे देखिन्छ । बैंकको खुद नाफाकम ६८.२३ प्रतिशतले बृद्धि भएर ६२ करोड ७३ लाख रुपैयाँ कायम भएकाे छ। बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा बृद्धि भएपछि खुद नाफामा बृद्धि भएकाे हाे । खुद ब्याज आम्दानी ५३.५४ प्रतिशतले बढेको छ । कमिशन आम्दानीमा १.२० प्रतिशतले बृद्धि… पुरा पढौ

मकैखेतीबाट उल्लेख्य आम्दानी

बागलुङ, ८ कात्तिक । बागलुङको बडिगाड–१ की जमुना श्रीषले १० रोपनी बारीमा उन्नत जातको मकै लगाउने गर्छिन् । यो वर्ष उनको घरमा खान पुर्याएर २-४ क्विन्टल जोगाउने योजना छ । यहाँकै गनबहादुर सुनारले ४ हलको मेलोमा मकै लगाउन थालेको बताए । मनकामना जातको मकैबाट यो वर्ष खान पुगेर तीनचार मुरी सङ्कलन केन्द्रमा पठाउने लक्ष्य उनको छ । दगातुम्डाँडा कृषि सहकारी संस्थामार्फत किसानलाई उन्नत बीउ वितरण भएको थियो । उक्त बीउबाट उत्पादित मकै सहकारीमार्फत बेचेर किसानलाई आम्दानी दिने योजना सहकारीका अध्यक्ष… पुरा पढौ

आज गाई पूजा, मीठो खानेकुरा खान दिएर मनाइँदै

काठमाडौं, ८ कार्तिक । शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । गाईको… पुरा पढौ

दाङका ३ फर्निचर उद्योगमा आगलागी, करोडौँको क्षति

देउखुरी, ८ कात्तिक । घोराही–१५ सहित उमेशमार्ग रहेका तीन फर्निचर उद्योगमा गए राति विद्युत् चुहावट हुँदा आगलागी भएको छ । न्यू दाजुभाइ फर्निचर, दाजुभाइ फर्निचर र स्टार दाजुभाइ फर्निचर उद्योगमा आगलागी भएको प्रहरीले जनाएको छ । लहरै सँगै रहेका तीन फर्निचरमा एउटाबाट अर्कोमा आगो सल्किएको बताइएको छ । तीनजना दाजुभाइले सञ्चालन गरेको फर्निचर उद्योगमा सबै जलेर खरानी भएको छ । बिहान करिब १ बजे लागेको आगो बिहान ७ बजे नियन्त्रणमा आएको छ । घोराही उपमहानगरपालिका–१५ का अध्यक्ष रमेश पाण्डेले घोराहीको,… पुरा पढौ

नेपालको आर्थिक वृद्धिदर ४.२ प्रतिशत रहने आइएमएफको प्रक्षेपण

काठमाडौं, ८ कात्तिक । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ४.२ प्रतिशत रहने नयाँ प्रक्षेपण सार्वजनिक गरेको छ ।  यसैसाता ‘वर्ल्ड इकनोमिक आउटलुकः काउन्टरिङ द कस्ट अफ लिभिङ क्राइसिस’ प्रतिवेदन सार्वजनिक गर्दैै आइएमएफले आर्थिक वृद्धिदरको सुरुवाती अनुमानमा संशोधन गरेको हो । गत जनवरीमा आइएमएफले नेपालको आर्थिक वृद्धिदर ४ दशमलव एक प्रतिशत रहने प्रक्षेपण गरेको थियो । आइएमएफले सन् २०२३ मा भने नेपालको आर्थिक वृद्धिदर घट्ने अनुमान गरेको छ । आइएमएफले गत जनवरीमा गरेको प्रक्षेपणअनुसार आगामी वर्ष… पुरा पढौ

तिहारले सद्भाव, सहिष्णुता र भ्रातृत्वसहित राष्ट्रिय एकतालाई सुदृढ बनाउनेछ : राष्ट्रपति भण्डारी

काठमाडौं, ८ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीको महान् चाड तिहार, २०७९ को पावन अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेकि छन्। राष्ट्रपति भण्डारीले आज जारी गरेको शुभकामना सन्देशमा सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिका कामना व्यक्त गरेकि छन् । शुभकामना सन्देशमा भनिएको छ, “तिहार पर्वले सम्पूर्ण नेपालीहरूबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुर्याउने विश्वासका साथ पुनः तिहार पर्व, २०७९ को हार्दिक शुभकामना व्यक्त… पुरा पढौ

नबिल बैंकको नाफा डेढ अर्ब

काठमाडौं, ७ कात्तिक । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नबिल बैंकको नाफामा वृद्धि भएको छ । बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफामा ४१.३० प्रतिशतको बढोत्तरी भएको छ । विवरणमा जनाइए अनुसार बैंकले यो अवधिमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा बढाएर १ अर्ब ५७ करोड १५ लाख पुर्याएको छ । यो अवधिमा बैंकले खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढाएकाले बैंकको खुद नाफामा पनि बढोत्तरी भएको बुझिएको छ ।… पुरा पढौ

भाइटीकाका दिन सर्वसाधारणका लागि रानीपोखरी खुला

काठमाडौं, ७ कात्तिक । काठमाडौं महानगरपालिकाले भाइटीकाका दिन सर्वसाधारणका लागि रानीपोखरी खुला गर्ने भएको छ । यसबाहेक दमकल सेवा, सरसफाइ, कल सेन्टरबाट हुने स्वास्थ्य परामर्श, लगायतका अत्यावश्यक सेवालाई पर्वका समयमा पनि नियमित सञ्चालन गरिने महानगरले जनाएको छ । आइतबार प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले विभागीय प्रमुखहरुसँग बैठक गर्दै अत्यावश्यक सेवा, सार्वजनिक सम्पत्तिको सुरक्षालगायत काम कर्मचारीलाई आलोपालो खटाएर सञ्चालन गर्ने बताएका हुन् । 'पर्व बिदाका समयमा कार्यालयको भौतिक सुरक्षा र अत्यावश्यक सेवालाई रोक्न मिल्दैन । यसलाई नियमित गर्नेछौँ,' उनले भने, 'पर्वपछाडि… पुरा पढौ

सरकारी साधन स्रोतको प्रयोगमा रोकबारे निर्वाचन आयोगको विशेष निर्णय

काठमाडौं, ७ कात्तिक । निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारका क्रममा हेलिकप्टरलगायत सरकारी स्रोत साधनको प्रयोग गर्ने कार्यलाई रोक्न विशेष निर्णय गरेको छ । आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय ढङ्गले सम्पन्न गर्ने प्रयोजनको लागि निर्वाचन आचारसंहिता,२०७९ को व्यवस्था लागु भइसकेको अवस्थामा आचारसंहिताको दफा ५ को खण्ड (क)ले नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारका मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले गर्न सक्ने निर्वाचन प्रचार प्रसारलाई सीमित… पुरा पढौ