मुख्य समाचार

बङ्गलादेशले नेपालसँग ५० मेगावाट बिजुली खरिद गर्ने

काठमाडौं, ८ कात्तिक । बङ्गलादेशले नेपालसँग ५० मेगावाट विद्युत् खरिद गर्ने भएको छ । प्रधानमन्त्री शेख हसिनासँग बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले आज गरेकाे शिष्टाचार भेटवार्तामा प्रधानमन्त्रीले सो विषय जानकारी गराएकि हुन् । सन् २०४० सम्म बङ्गलादेशले कूल नौ हजार मेगावाट बिजुली खरिद गर्ने यसअघि नै सार्वजनिक गरिसकेको छ । बङ्गलादेशले भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव(जिएमआर)ले निर्माण गर्ने माथिल्लो कर्णाली जलविद्युत आयोजनाबाट पाँच सय मेगावाट बिजुली लैजाने सहमति गरेको छ । शिष्टाचार भेटमा शिक्षा, पर्यटन, ऊर्जा, व्यापार र पारवहनलगायतका… पुरा पढौ

आरकेडी समूहद्वारा ५ अर्ब पुँजीको कृषि प्रोजेक्ट बैंक स्थापना गर्ने घोषणा

दमौली, ८ कात्तिक  । कृषि क्षेत्रलाई औद्योगिकीकरण गर्ने उद्देश्यसहित रु पाँच अर्ब पुँजीको कृषि प्रोजेक्ट बैंक स्थापना हुने भएको छ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा केबलकार परियोजना निर्माण गरिरहेको आरकेडी समूहले रु पाँच अर्ब पुँजीको कृषि प्रोजेक्ट बैंक स्थापना गर्ने घोषणा गरेको हो । बन्दीपुरमा आयोजित कार्यक्रममा सलामी र इलमी कार्यक्रमको घोषणा गरिएको छ । नेपालको कृषि क्षेत्रलाई औद्योगीकरण गर्ने उद्देश्यसहित कृषि क्षेत्रको कम्पनीको लगानीलाई जोखिममुक्त महसुस गराउने बृहत्तर योजना र कार्यक्रमसहित नेपालकै ठूलो पुँजी र प्रवद्र्धक हुने पहिलो कृषिमूलक… पुरा पढौ

नलगाड जलविद्युत् आयोजनाको ३१ महिनामा पूरा हुने डिपिआर ६ वर्षमा पनि निर्माण भएन

जाजरकोट, ८ कात्तिक । ३१ महिनाभित्र डिपिआर पूरा गर्ने भन्दै जाजरकोटको नलगाड जलविद्युत् आयोजनाको काम सुरु गरिए कोमा ६ वर्ष बित्दासम्म काम पूरा हुनसकेको छैन । सन् २०१६ मा ३१ महिनाभित्र आयोजनाको डिपिआर सम्पन्न गर्ने गरी नलगाड जलविद्युत् कम्पनी, अष्ट्रेलियाको स्नोइ माउन्टेन इञ्जीनियरिङ कर्पोरेशन (स्मेक), एमडब्ल्युएच र नेपालको उदय जेभीबीच सम्झौता भएको थियो । पटक–पटक म्याद थप्दा पनि डिपिआरको काम पूरा नभएपछि जाजरकोटका बासिन्दा आक्रोशित भएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए। विद्युत् उत्पादनगृहमा माटो जाँचका लागि खनिएको सुरुङको काम बीच–बीचमा… पुरा पढौ

राजनीतिक दल र उम्मेदवारलाई सम्पर्क कार्यालय खोल्नेबारे आयोगको ७ बुँदे निर्देशन

काठमाडौं, ८ कात्तिक । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारलाई सम्पर्क कार्यालय खोल्ने सम्बन्धमा ७ बुँदे निर्देशन दिएको छ । निर्देशन अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रमा प्रदेश निर्वाचन क्षेत्रलाई समेटने गरी बढीमा तीनवटा सम्पर्क कार्यालय खोल्न र प्रदेशसभा सदस्य निर्वाचन प्रणालीतर्फ प्रदेशसभा सदस्य पदको उम्मेदवारले १ (एक) वटा सम्पर्क कार्यालय खोल्न सक्नेछन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य समानुपातिकतर्फ बन्दसूचीमा उम्मेदवारी पेस गरेका… पुरा पढौ

४:५२ देखि सूर्य ग्रहणकाे स्पर्श शुरु, नाङ्गो आँखाले अवलोकन गर्न हुँदैन : भट्टराई

काठमाडौं ८ कार्तिक । कृष्ण औँसीका दिन आज लाग्ने ग्रस्तास्त खण्डग्रास (थोरै सूर्य ढाकेर ग्रहणकै अवस्थामा सूर्यास्त हुने) सूर्यग्रहण बत्तीसपुतलीलस्थित नेपाल एष्ट्रोनोमिकल सोसाइटीको कार्यालयमा देखाइने भएको छ । सोसाइटीले काठमाडौँ, मोरङ र उदयपुरबाट पनि ग्रहण देखाउने कार्यक्रम रहेको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए। नाङ्गो आँखाले ग्रहण हेर्न नहुने भएकाले विशेष प्रकारको चस्मा वा यन्त्रबाट मात्र हेर्न पनि उनले अनुरोध गरे। खाली आँखाले हेर्दा आँखामा समस्या हुन सक्ने भएकाले यस्तो व्यवस्था गरिएको सोसाइाटीले जनाएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास… पुरा पढौ

सर्वोच्च अदालत ११ देखि देखि ३ बजेसम्म खुल्ने

काठमाडौं, ८ कात्तिक । सर्वोच्च अदालत तिहार र छठ पर्वमा पनि बन्दीप्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइका लागि विहान ११ बजदेखि अपराह्न ३ बजेसम्म खुल्ने भएको छ । सर्वोच्च अदालत १३ गतेसम्म पूर्णरुपमा बन्द रहने भए पनि शनिबार र भाइटीकाको दिनबाहेक अन्य दिन बन्दीप्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइका लागि खुल्ला हुने अदालतका प्रवक्ता बिमल पौडेलले जानकारी दिए। न्याय प्रशासन ऐन, २०७३ मा बिदाको दिनमा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्ने व्यवस्था रहेको छ । अदालत पूर्णरुपमा भने तिहार र छठपछि मात्र खुल्नेछ… पुरा पढौ

हिमालसँग रमाउँदै गरेका पर्यटक

म्याग्दी, ७ कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ६ घोरेपानीको पुनहिलबाट देखिने मनोरम हिमशृङ्खलाको अवलोकन गर्दै रमाउँदै गरेका पर्यटक । यहाँबाट धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलाकामा पर्ने दर्जनभन्दा बढी हिमालको अवलोकन गर्न सकिन्छ । तस्बिर : कमल खत्री-रासस पुरा पढौ

‘अरु केही चाहिन्न, लालपुर्जा दिलाइदिनू’

काभ्रे, ८ कात्तिक । सत्तारुढ गठबन्धनका काभ्रेका प्रतिनिधिसभा क्षेत्र नं २ र यसअन्तर्गतको दुई प्रदेशसभा क्षेत्रका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारसहितको टोली चार दिनदेखि भुम्लु गाउँपालिकामा ‘घरदैलो’ अभियानमा छ । भुम्लुमा स्थानीयसँग भेटघाटका क्रममा फलाँटे र भुम्लुटार दुई वडाका स्थानीयले उम्मेदवारसँग ४६ वर्षदेखिको आफूहरूको लालपुर्जाको समस्या समाधान गरिदिन माग गरेका छन् । 'हामीलाई अरु केही चाहिन्नँ, हाम्रो अड्किएको लालपुर्जा दिलाइदिनुस्', स्थानीय सन्त तामाङले उम्मेदवारसँगको भेटघाटमा भने । उनले अघिल्लो सरकारले पनि आशा देखाएकाले ‘आशावादी’ मात्रै नबनाउन आग्रह गरे । उम्मेदवारको टोलीले… पुरा पढौ

आज ग्रस्तास्त खण्डग्रासले अपरान्ह ४ः५२ बजे स्पर्श गर्ने, के गर्ने के नगर्ने ?

काठमाडौं, ८ कात्तिक । कार्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास (थोरै सूर्य ढाकेर ग्रहणकै अवस्थामा सूर्यास्त हुने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले आज दिउँसो ४ः५२ बजे स्पर्श गर्नेछ । ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५ : २४ बजे सूर्यास्त हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए। करिब ३२ मिनेटमात्र नेपालबाट ग्रहण देखिने उनले सुनाए। नेपालबाट नदेखिने भए पनि ग्रहणले बेलुकी करिब ६ः४५ बजे छोड्नेछ । शास्त्रीय मान्यताअनुसार सोमबार राति ४ः५२ बजेदेखि बाल,… पुरा पढौ

विद्युत्भार कटौती अन्त्य : स्वदेशी बिजुलीले उज्यालो दीपावली

काठमाडौं, ८ कात्तिक । ठीक छ वर्षपहिले अर्थात् २०७३ सालमा हरेक साता विद्युत्भार कटौतीका सूचना सार्वजनिक हुन्थे । तिहार उज्यालोको पर्व । यसको आफ्नै गरिमा र महत्व छ । तर तिहारका अवसरमा समेत नेपालीले मैनबत्तीको भरमा आफ्नो खुसी साट्नु पर्दथ्यो । बिजुली उपलब्ध गराउने जिम्मा लिएको नेपाल विद्युत् प्राधिकरण हरेक साता सूचना प्रकाशित गरेर आनन्दसँग निदाउँथ्यो । समय बदलियो, अवस्थामा पनि परिवर्तन आयो । तत्कालीन नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)को संयुक्त गठबन्धन सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले… पुरा पढौ