मुख्य समाचार

राष्ट्रले अभिभावक गुमायो : राष्ट्रपति विद्यादेवी भण्डारी

काठमाडौं, ३० असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको बताएकी छन् । राष्ट्रपति भण्डारीले जोशीको निधनबाट पीडाबोध भएकोसमेत उल्लेख गरेकी छन् । उनले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको बताएकी छन्। राष्ट्रपतिले भनेकि छन्, “वाङ्मयम शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएकाेमा पीडाबोध भएको छ ।” जोशीको सार्थक जीवन हामी सबैका लागि प्रेरणाको स्रोत भएको राष्ट्रपतिको भनाइ छ… पुरा पढौ

शताब्दी पुरुष जोशीको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौंं, ३० असोज । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति प्रधानमन्त्री शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् । जोशीको एक सय तीन वर्षको उमेरमा ललितपुर ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान निधन भएको हो । वाङ्मय शताब्दी पुरुष स्व. सत्यमोहन जोशी प्रधानन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटरमार्फत जोशीको निधनको खबरले निकै दुःखी तुल्याएको उल्लेख गर्दै उनको आत्माको चीर शान्तिको कामनाका साथ शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । प्रधानमन्त्री देउवाले जोशीले नेपाली संस्कृतिको क्षेत्रमा गरेको योगदान राज्यले सधैँ सम्झिरहने… पुरा पढौ

सुनचाँदीको भाउ घट्ने क्रममा निरन्तरता

काठमाडौं, ३० असोज । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउमा गिरावट भएकाे छ । यसदिन छापावाल सुनमा तोलाको १००० ले र सेतो धातु चााँदीमा रुपैयाँ २५ ले गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुनमा रुपैयाँ १००० ले गिरावट भएर तोलाको ९३ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको ९४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । आईतबार तेजाबी सुनमा पनि रुपैयाँ १००० ले गिरावट भई… पुरा पढौ

आधुनिक प्रविधिका साथमा स्मार्ट बन्दै खानेपानी संस्था

काठमाडौं, ३० असोज । सूचना तथा प्रविधिको प्रयोगले हरेक क्षेत्रमा सहजता प्रदान गरेको छ । दैनिक काम कारबाहीमा समेत यसले गुणात्मक परिवर्तन गरिदिएको छ । विभिन्न क्षेत्रमा प्रविधिको प्रयोगमा विस्तार भइरहेको बेला देशभित्र सञ्चालित खानेपानी संस्था तथा उपभोक्ता समिति क्रमशः डिजिटलाइज हुँदै गएका छन् । केही वर्ष अघिसम्म परम्परागत र ढड्डामा विवरण राखेर सेवा प्रदान गरिरहेका संस्था अहिले कम्प्युटराइज हुनुका साथै खानेपानीसँग सम्बन्धित विभिन्न सफ्टवेयर प्रयोग गरेर अत्याधुनिक बन्दै गएका छन् । हालसम्म देशभरका छ सयभन्दा बढी खानेपानी तथा उपभोक्ता… पुरा पढौ

१ अर्ब लगानीमा चितवनमा खुल्याे ‘सोल्टी वेस्टइन्ड रिसोर्ट’

चितवन, ३० असोज  । सोल्टी समूहको चौथो होटल चितवनको पटिहानीमा सञ्चालनमा आएको छ । रिभर साइड रोयल गार्डेन रिसोर्ट प्रालिले निर्माण गरेको होटल सोल्ट्री समूहको व्यवस्थापनमा औपचारिक रूपमा सञ्चालन भएको हो । सोल्टी वेस्टइन्ड रिसोर्ट पटिहानीका नाममा हाेटल सञ्चालन हुन लागेको हो । भरतपुर महानगरपालिका–२२ स्थित चितवन राष्ट्रिय निकुञ्ज नजिक राप्ती नदी तटीय क्षेत्रमा होटल रहेको छ । सोल्टी होटल समूहका उपाध्यक्ष सुदर्शन चापागाईँले सोल्टीको व्यवस्थापनमा चौथो होटल औपचारिक शुभारम्भ गर्न लागेको जानकारी दिए । सोल्टीको पहिलो द सोल्टी काठमाडौँ,… पुरा पढौ

शताब्दी पुरुष सत्यमोहन जोशी रहेनन्

काठमाडौं, ३० असोज। शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको उपचारकै क्रममा आज बिहान ७ बजेर ९ मिनेटमा जोशीको निधन भएको उनकाे उपचारमा संलग्न डा सुरज बज्राचार्यले जानकारी दिए । जोशीमा मुटु र प्रोष्टेटको समस्या थियो । उनमा कमजोरी बढेपछि यही असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । रगत परीक्षणको क्रममा उनमा डेंगु संक्रमण पुष्टि भएको थियो । पुरा पढौ

आचारसंहितामा कडाइ गर्न प्रमुख निर्वाचन आयुक्त थपलियाको निर्देशन

काठमाडौं , ३० असोज । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता, २०७९ लाई कडाइका साथ पालना गर्न गराउन निर्देशन दिएका छन्। प्रमुख आयुक्त थपलियाले पोखरामा आयोजित जिल्ला आचारसंहिता अनुगमन समितिको बैठकमा बोल्दै आचारसंहिताको उल्लङ्घन गरेको देखिएमा तत्काल आयोगमा लिखित वा मौखिक जानकारी दिन आग्रह गरे। उनले आयोगले तोकेका अनुगमन अधिकृतलाई आचारसंहिताको उल्लङ्घन गर्ने उम्मेदवारलाई २४ घण्टाभित्र स्पष्टीकरण सोध्न निर्देशन दिए। उम्मेदवारबाट चित्त बुझ्दो जवाफ पेस नभएमा उम्मेदवार रद्द गर्ने समेतको अधिकार निर्वाचन आयोगलाई भएकोले त्यससम्बन्धी विवरण स्पष्ट खुलाइ आयोगमा… पुरा पढौ

स्वच्छ, निष्पक्ष र विश्वसनीय निर्वाचनका लागि नागरिक समाजको भूमिका महत्वपूर्ण : वक्ताहरु

पोखरा, २९ असोज । सयपत्री समाज कास्कीले शनिबार पोखरामा ‘स्वतन्त्र, स्वच्छ, निष्पक्ष र विश्वसनीय निर्वाचन संचालनमा नागरिक संस्थाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ ।अन्तरक्रियाका वक्ताले यसमा नागरिक समाजको अत्यन्तै ठूलो भूमिका हुने बताए । नागरिक संस्थाबाट निष्पक्ष, स्वतन्त्र, धाँधलीरहित निर्वाचन संचालन गर्न नागरिक शिक्षा प्रदान गर्ने, नागरिकका मुद्दा उठान गर्ने, निर्वाचन आचारसंहिता पालना गराउन खबरदारी गर्ने, उल्लंघन भएको पाइउ सम्बन्धित निकायमा जानकारी दिनुपर्ने, निर्वाचन क्रियाकलापको अनुगमन गर्ने, महिला, अल्पसंख्यक, दलित, अपांगता भएका व्यक्ति लगायत समावेशी समूहको पहुँच अभिवृद्धिमा सहयोग… पुरा पढौ

मकवानपुरबाट हुने निर्यात घट्यो

मकवानपुर, २९ असोज । मकवानपुर जिल्लाबाट वार्षिकरुपमा हुँदै आएको निर्यात घटेको आएको छ । उद्योग वाणिज्य सङ्घ मकवानपुरको तथ्याङ्कअनुसार गत अर्थिक वर्ष २०७८-७९ मा जिल्लामा सञ्चालनमा रहेका निर्यातमूलक उद्योग तथा व्यावसायिक प्रतिष्ठानले १७ करोड ३० लाख बराबरको निर्यात गरेका छन् । त्यसअघिको आर्थिक वर्ष २०७७-७८ मा मकवानपुरबाट २३ करोड ६२ लाख मूल्य बराबरको निर्यात भएको थियो भने आर्थिक वर्ष २०७६-७७ मा २५ करोड ५६ लाख मूल्य बराबरको निर्यात भएको थियो । आर्थिक वर्ष २०७६-७७ क्लोजर सिस्टम इन्टरनेशनल नेपाल, युनिलिभर नेपाल… पुरा पढौ

छाउगोठमा बस्ने मुख्य कारण ‘देउताको डर’

बझाङ, २९ असोज । खप्तडछान्ना गाउँपालिका–५ की रमिला आग्री पहिलोपटक महिनावारी हुदाँदेखि नै छाउगोठमा बस्न थालेकी थिइन् । अहिले उनको मनमा घरभित्र बस्दा देउता रिसाउँछन् भन्ने गहिरो छाप बसेको छ । सुरु–सुरुमा महिनावारी हुँदा घरभित्रै बस्ने चाहाना देखाएकी रमिला अहिले भने घरभित्र बस्नु हुँदैन भनेर आफूभन्दा पछिका पिँढीलाई सम्झाइरहन्छिन । उनले परिवारबाटै त्यस्तै शिक्षा पाइन् । अहिले उनी महिनावारी हुँदा ६ दिनसम्मै बाध्य भएर छाउगोठमा बस्छिन् । तर देउताको डरले घरभित्र बस्ने कुरा भने उनको मस्तिष्कमै आउँदैन । गाउँघरमा छाउगोठ… पुरा पढौ