मुख्य समाचार

गठबन्धन चुनाव जित्ने उद्देश्यमा मात्रै केन्द्रित छैन : अध्यक्ष दाहाल

काठमाडौं, ७ कात्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मङ्सिर ४ गते हुन लागेको निर्वाचनमा दुई वटा विचार र सिद्धान्तबीच  आमनेसामने हुने बताएका छन् । संविधान, गणतन्त्र, समावेशी र समानुपातिक गणतन्त्रका पक्षमा वाम लोकतान्त्रिक गठबन्धन खडा भएको उल्लेख गर्दै उनले संविधान तथा गणतन्त्रका पक्षमा उभिने र त्यसलाई स्वीकार नगर्नेकाबीचमा निर्वाचनमा सङ्घर्ष हुने बताए । वाम लोकतान्त्रिक गठबन्धनको बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, 'दुई वटा विचार, प्रवृत्ति, संस्कृतिका बीचमा आमनेसामने हुँदैछ ।' संविधानको संरक्षणका… पुरा पढौ

बिजि बि कोरियन रेष्टूरेन्ट आजदेखि सञ्चालनमा

पोखरा, ७ कार्तिक । बिजिबि टीमले पोखराको लेकसाईडमा आजदेखि बिजिबि कोरियन रेष्टूरेन्ट संचालनमा ल्याएको छ । २०४५ सालमा बिम बिम रेष्टूरेन्टबाट पर्यटन व्यवसायमा लागेका व्यवसायी ज्याक तामाङले केही वर्ष बिजि बि क्याफेकाे रुपमा संचालन गरेका थिए । हाल क्याफे प्रा.लिमा परिणत भएपछि बिजि बि टीमले संचालन गरिरहेको छ । बिजि बि टीमले आजबाट संचालनमा ल्याएको पोखरा लेकसाईडस्थित स्ट्रीट नं १५ मा अवश्थित बिजि बि कोरियन रेष्टूरेन्टको प्रमुख अतिथि क्याप्टेन विजय लामाले उद्घाटन गर्दै नेपाल जस्तो पर्यटनको धेरै संभावना भएको देश… पुरा पढौ

तेलमा तारेका मिठाई पेटका बिरामीलाई हानिकारकः चिकित्सक

काठमाडौं, ७ कात्तिक । हाम्रो घरआँगनमा तिहार सुरु भइसकेको छ । तिहारमा सेललगायत तारेका रोटी धेरै खाने प्रचालन छ । यी रोटीले स्वास्थ्यमा कस्तो असर पार्छ भन्ने कुरा कमैले मात्रै हेक्का राख्ने गरेका छन् । चिकित्सकले आफ्नो स्वास्थ्यलाई ख्याल गरेर मात्र यस्ता परिकार सेवन गर्न सुझाव दिएका छन् । यस्ता परिकार खाँदै नखानुभन्दा पनि सन्तुलित खाना खान  चिकित्सकहरुको सुझाव छ । कतिपय बिरामीले खानै नहुने पनि अवस्था हुन्छ  । कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालका ग्यास्ट्रो इन्टरोलोजिष्ट डा खुशराज देवानले… पुरा पढौ

आयोगद्वारा उम्मेदवार थापा, चौधरी र शिक्षकसँग स्पष्टीकरण

काठमाडौं, ७ कार्तिक । निर्वाचन आयोगलले निर्वाचन आचारसंहिता विपरीत मतदातालाई प्रलोभन र अरुलाई धम्की दिनेजस्ता कार्यप्रति ध्यानाकर्षण गराउँदै विभिन्न पार्टीका नेता र उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ । आयोगले नेपाली कांग्रेसका महामन्त्री एवम् काठमाडौँ क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार गगनकुमार थापालाई ‘निःशुल्क डेंगी परीक्षण तथा परामर्श सेवा लिएर तपाईंहरूको टोलमा आउँदैछौँ’ भनी सामाजिक सञ्जालमा सूचना राखेको विषयमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिमको कारवाही किन हुनु नपर्ने हो ? भनी स्पष्टीकरण सोधेको… पुरा पढौ

सुनचाँदीको भाउ स्थिर

काठमाडौं, ७ कात्तिक । साताको सुनचाँदीको कारोबार हुने दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदी दुवैको भाउ स्थिर रहेको छ । आइतबार छापावाल सुन तोलामा १ हजार ५ सय रुपैयाँले बढेको थियो । चाँदीकाे भाउ पनि शुक्रबारको तुलनामा ४५ रुपैयाँले बढेको थियो । आज सोमबार पनि सुन तथा चाँदीको भाउ आइतबारको सरह नै रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि छापावालआइतबारको तुलनामा स्थिर रही ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनमा पनि आइतबारको सरह नै ९३… पुरा पढौ

गुण्डुका किसानले बेचे ३ करोडको फूल र माला

भक्तपुर, ७ कात्तिक । फूलखेतीका लागि प्रसिद्ध भक्तपुर सूर्यविनायक–७ गुण्डुका किसानले तिहारमा फूल र माला बिक्री गरी ३ करोडभन्दा बढी आम्दानी गरेका छन् । यहाँका किसानले व्यावसायिक रुपमा ५ रोपनी क्षेत्रफलसम्म फूल खेती गरिरहेका छन् । अर्का किसान पवित्रा बस्नेतले यसवर्ष पनि फूल र मालाको माग गत वर्षको तुलनामा धेरै भएको बताइन् । १ रोपनी जग्गामा फूलखेती गरेकी उनी यो वर्ष करिब १२ सय वटासम्म माला बिक्री गर्ने योजनामा छिन् । गुण्डुका किसानहरुले प्रत्येक वर्षको फागुनमा नर्सरी राखेर चैतको अन्तिममा… पुरा पढौ

स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफामा उल्लेख्य वृद्धि

काठमाडौं, ७ कात्तिक । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमाससम्म स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको नाफामा उल्लेख्य वृद्धि भएको छ । बैंकले हालै प्रकाशित गरेको उक्त अवधिसम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको छ । उक्त विवरण अनुसार गत आर्थिक वर्ष २०७८/७९ को सोही अवधिको तुलनामा बैंकको खुद नाफामा उल्लेख्य वृद्धि भएको पाइएको छ । यो अवधिमा बैंकको खुद नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६८.३९ प्रतिशत बढेर ८१ करोड १३ लाख रुपैयाँ पुगेको छ विवरण छ । बैंकको खुद नाफा… पुरा पढौ

जहाँ कुकुरले भेडीगोठ नै धान्छ्न

बेनी, ७ कात्तिक । प्रायःसहरी क्षेत्रमा रहरमा कुकुर पाल्ने गरिन्छ । आर्थिक रुपमा सम्पन्न व्यक्तिले आफ्नो सोखका लागि कुकुर पाल्ने गर्छन् । यसरी पालन गरिने कुकुरको भूमिका खास नभए पनि ग्रामीण भेगका गोठमा पाल्ने कुकुर भने गोठालाका सुरक्षाको भरोसा बन्ने गरेका छन् । परम्परागत रुपमा घुम्ती गोठ राखेर गरिने पशुपालनमा कुकुर गोठालाका सारथी बन्ने गरेका छन् । अनकन्टार जङ्गल, पहाड र हिमालका बुकीसम्म नै घुम्तीरुपमा गरिने भेडापालन र गाईभैँसीका गोठमा कुकुरलाई मुख्य हेरालुको रुपमा पाल्ने गरिन्छ । अन्नपूर्ण गाउँपालिका–५ का… पुरा पढौ

नेपाल इन्फ्रास्ट्रक्चर बैंककाे खुद नाफामा वृद्धि, ईपीएस कति ?

काठमाडाैं, ७ कार्तिक । नेपाल इन्फ्रास्ट्रक्चर बैंककाे खुद नाफामा बृद्धि भएकाे छ । बैंककाे सार्वजनिक भएकाे चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुद नाफा ५६.४६ प्रतिशतले बढेकाे छ। गत वर्षकाे भन्दा यस अवधिमा बैंकको खुद नाफामा ५६.४६ प्रतिशतले बढेकाे छ। यसरि बढेकाे खुद नाफा ३७ करोड ८६ लाख रुपैयाँ रहेकाे छ। बैंककाे खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफामा बृद्धि भएकाे हो। खुद ब्याज आम्दानी ५८.६१ प्रतिशत बढेको छ । खुद फि र कमिशन आम्दानी… पुरा पढौ

धनधान्यकी देवी लक्ष्मीकाे पूजा गरी लक्ष्मीपूजा पर्व मनाइँदै

काठमाडाैं, ७ कार्तिक । यमपञ्चकअर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत गरिएको घरमा मात्र लक्ष्मीले वास गर्छिन् भन्ने मान्यता छ । यसै आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भ¥याङलगायतका स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । यस पर्वलाई दीपमालिका पनि… पुरा पढौ