मुख्य समाचार

रानीमहल नियाल्दै ‘र्याफ्टिङ सरर’

तानसेन (पाल्पा), ५ कात्तिक । बाँके नेपालगञ्जका सुदीप पौडेललाई रानीमहल भ्रमण गरेपछि साहसिक जलयात्रा (र्याफ्टिङ) नखेली मनले मानेन । पहिलो पटक रानीमहल आएका पौडेलले बर्सातको भेलसँगै कालीगण्डकी नदीमा ¥याफ्टिङको आनन्द लिए। “पहिला त निकै डर लागेको थियो, पछि आनन्द महसुस भयो । पौडेलले भने, “प्रकृतिसँग रमाउँदै पानीमा डुबुल्की मार्न रानीमहल क्षेत्र राम्रो गन्तव्य रहेछ ।” तानसेन नगरपालिकाबाट १३ किलोमिटर उत्तरतर्फ रहेको रानीमहल ढुङ्गेचट्टानमा अवस्थित छ । यसको आडमा बगेको कालीगण्डकी नदीमा साहसिक जलयात्रा सुरु गरिएपछि पर्यटकहरु आकर्षित भएका हुन् ।… पुरा पढौ

यमपञ्चकको पहिलो दिन आज नयाँ भाँडा खरिद गरी धनतेरस पर्व मनाइँदै

काठमाडौं ५ कार्तिक। कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्व आज सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा राखिँदैछ । यसरी ल्याइएको भाँडाकुँडामा कार्तिक कृष्ण औँसीका दिन लक्ष्मीपूजा गरिन्छ । यसरी पूजाआराधना गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने वैदिक सनातन हिन्दू धार्मिक विश्वास छ । धनतेरसका दिन सुनचाँदीको गहना किनेर ल्याउने प्रचलनसमेत छ । धार्मिक विश्वासकै कारण आज भाँडाकुँडा एवं गरगहना किन्नेको भीड लाग्ने गर्छ । आजको दिनलाई धन त्रयोदशी, भाण्ड त्रयोदशी जस्ता नामले समेत चिनिन्छ । आजका… पुरा पढौ

बढ्याे घोरेपानी र पुनहिलमा पर्यटकको चहलपहल

गलेश्वर, ५ कात्तिक । म्याग्दीको पर्यटकीयस्थल घोरेपानी र पुनहिलमा पर्यटकको चहलपहल बढ्न थालेको छ । गत सातादेखि मौसममा आएको सुधारसँगै पुनहिलको भ्रमणमा जाने स्वदेशी एवम् विदेशी पर्यटकको सङ्ख्या वृद्धि हुनथालेको हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पर्यटकीयस्थल घोरेपानी र पुनहिलमा पर्यटकको चहलपहल सुरु हुन थालेपछि होटल व्यवसायी उत्साहित बनेका छन् । दसैँ र तिहार बिदाको सदुपयोग गर्न निस्केका आन्तरिक पर्यटकहरु प्राकृतिक सुन्दरतामा रमाउन पुनहिल पुग्न थालेका हुन् । विद्यालय र कलेज तिहारसम्म बिदा हुने भएकाले विद्यार्थीलाई घुम्न निस्कने राम्रो… पुरा पढौ

समाजवादीका उम्मेदवार गुरुङको उम्मेदवारी खारेज

काठमाडौं, ५ कात्तिक । सर्वोच्च अदालतले रुपन्देही–२ का एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय सुनाएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुुक्त इजलासले यसअघि उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न दिएको अल्पकालीन अन्तरिम आदेश निरन्तरता नदिएपछि उम्मेदवारी खारेज हो । आदेशमा भनिएको छ, “कालोसूची कायम रहेको भन्ने देखियो, कालोसूचीमा नाम समावेश रहेकोसम्बन्धी अयोग्यता निवेदक राजु गुरुङमा कायम रहेको देखिँदा निजले प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा उम्मेदवार हुन पाउने अवस्था देखिएन ।” उम्मेदवार गुरुङ कर्जा सूचना केन्द्रको… पुरा पढौ

चर्काे ब्याजदरका विरुद्ध भक्तपुरका उद्यमी व्यवसायी एकजुट

भादगाउँ, ५ कात्तिक । बैंक तथा वित्तीय संस्थाले असुल्दै आएको चर्काे ब्याजदरका विरुद्धमा भक्तपुरका उद्यमी व्यवसायी एकजुट भएका छन् । उनीहरूले जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई छ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा बैंक तथा वित्तीय संस्थाले निक्षेपमा ब्याजदर बढाए पनि निक्षेप बढन नसकेको यथार्थ तर कर्जाको ब्याज बढेर यसबाट बजारमा नकारात्मक असर परिरहेको मौजुदा वास्तविकता र विगतको अनुभवलाई मनन गर्दै ब्याजदरलाई वाञ्छित सीमाभित्र राख्नुपर्ने नीति अवलम्बनका लागि व्यवसायीबाट माग गरिएको छ । यसैगरी बैंक तथा… पुरा पढौ

आयोगले गण्डकी प्रदेश सरकारलाई साेध्याे, किन कारवाही हुनु नपर्ने हो ?

काठमाडौं, ४ कात्तिक । निर्वाचन आयोगलले गण्डकी प्रदेशलाई निर्वाचनको उम्मेदवारी दर्ता भइसकेको अवस्थामा करका दायराहरूमा हेरफेर गरेको भन्ने सम्बन्धमा प्रदेश सरकारलाई स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । आयोगले सो विषयमा प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुखसचिव र प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयलाई स्पष्टीकरण पत्र पठाइ प्रदेश सरकारबाट नीति तथा कार्यक्रम पारित भइसकेको अवस्थामा प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता भइ सकेपश्चात प्रदेश सरकारले करका दरहरूमा हेरफेर गरेको भन्ने सूचना प्राप्त भएको विषयमा आयोगको… पुरा पढौ

वित्तीय आतंक बन्द नगरे सशक्त आन्दोलन: होटल व्यवसायी

पोखरा, ४ कात्तिक । पोखराका होटल व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाको कर्जाको सावाँ र व्याज तत्काल तिर्न नसक्ने बताएका छन् । उनीहरुले वित्तिय संस्थाले तत्काल आतंक बन्द नगरे सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । होटल संघ पोखराले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरु अहिलेको अवस्थामा सावाँ ब्याज चुक्ता गर्न सक्ने अवस्थामा नरहेको जनाएको हो । संघले बैंक तथा वित्तीयसंस्थाले मनोमानी रुपमा लागू गरेको चर्को ब्याजदरलाई घटाउन, कर्जाको साँवा र ब्याजको… पुरा पढौ

२ महिनामा सबैभन्दा बढी आयात भए २० शीर्षकका यी सामान

काठमाडौं, ४ कात्तिक । नेपालमा चालु आर्थिक वर्षको शुरुवाती २ महिना अर्थात् भदौ मसान्तसम्म विभिन्न देशबाट २ खर्ब ७३ अर्ब ५९ करोड ७० लाख रुपैयाँ बराबरका मालसामान आयात भएका छन् । यस्ता मालसामान देशका विभिन्न नाका हुँदै भित्रिएका हुन् । यीमध्ये ६२ प्रतिशत हिस्सा सबैभन्दा धेरै आयात भएका उत्कृष्ट २० शीर्षकका मालसामानले ओगटेका छन् भने बाँकी ३८ प्रतिशत अन्य विविध शीर्षकका मालसामानको रहेको हालै राष्ट्र बैंकले जारी गरेको चालु आर्थिक वर्षको भदौ महिनासम्मको स्थूल वित्तीय तथ्याङ्ले देखाएको छ ।  … पुरा पढौ

गोलाप्रथाबाट नम्बर तान्दै सर्वसाधारणलाई ओलीको फोन

काठमाडौँ, ४ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गोला प्रथाबाट नम्बर तान्दै त्यसमा परेको मोबाइल नम्बरमा सर्वसाधारणलाई फोन गरेका छन् । शुक्रबार पार्टी कार्यालय च्यासलबाट उनले सर्वसाधारण, शुभचिन्तक तथा आफ्ना मतदाताका रुपमा फोन नम्बर पठाउनेलाई फोन गरेर कुराकानी गरेका हुन् । अध्यक्ष ओलीले आफूसँग कुराकानी गर्न आम सर्वसाधारण मतदाताबाट मोबाइल नम्बर टिपाउन सचिवालयमार्फत आह्वान गरेका थिए । उनको आह्वान अनुसार १ लाख ७१ हजार ७ सय ८३ जनाले नम्बर टिपाएको एमाले सचिवालयले बताएको छ । आसन्न निर्वाचनलाई लक्षित… पुरा पढौ

घर जग्गा कारोबार : २ अर्ब ५६ करोड राजस्व सङ्कलन

काठमाडौं, ४ कात्तिक । विसं २०७८ असोजमा देशभरका मालपोत कार्यालयले रु सात अर्ब ३३ करोड २१ लाख १५ हजार चार सय ९६ बराबरको राजस्व सङ्कलन गरेको थियो । घर जग्गाको कारोबार अपेक्षितरुपमा राम्रो थियो । सरकारले प्राप्त गर्ने राजस्वसमेत उल्लेख्य नै थियो । गत असोजमा भने रु दुई अर्ब ५६ करोड ९३ लाख ४८ हजार तीन सय ९३ बराबरको मात्रै राजस्व सङ्कलन भएको छ । एक वर्षको अवधिमा नै झण्डै ७० प्रतिशतका दरले राजस्व सङ्कलनमा गिरावट भएको छ । यसबाट… पुरा पढौ