मुख्य समाचार

प्रकृति संरक्षणमा अन्तरनिकाय समन्वय आवश्यक: प्रम देउवा

काठमाडौं, ३ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकृति संरक्षणको क्षेत्रमा काम गर्ने निकायबीच समन्वय र सहजीकरण हुनु अतिआवश्यक रहेको बताएका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषको ४०औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रमा उनले जैविक विविधता संरक्षण र जलवायु परिवर्तनको क्षेत्रमा धेरै काम गर्नुपर्ने उल्लेख गर्दै यसबाट नेपाल र नेपालीले धेरै लाभ लिनसक्ने विश्वास व्यक्त गरे । प्रधानमन्त्री देउवाले नेपालको मनोरम हिमशृङ्खला, तराईदेखि हिमालसम्मको भौगोलिक विविधता एवं संस्कृति र यहाँ पाइने वन्यजन्तु तथा चराचुरुङ्गीजस्ता प्रकृतिको गहनाका रुपमा रहेको उल्लेख गर्दै प्रकृति… पुरा पढौ

कोरोना बीमा बापत १ अर्ब ८१ करोड वितरण गरिँदै

काठमाडौं, ३ कात्तिक । कोरोना बीमा बापत् १ अर्ब ८१ करोड वितरण गरिने भएको छ । बीमा समितिले कोरोना बीमाको दाबी भुक्तानी शुरु गर्न लागेको बुझिएको छ । कोरोना बीमा दाबी भुक्तानीको लागि अर्थमन्त्रालयले हालै १ अर्ब रुपैयाँ निकासा गरेपछि समितिले भुक्तानी प्रक्रिया अगाडि बढाउन लागेको हो । समितिका अनुसार अर्थले पठाएको १ अर्बमा ८१ करोड रुपैयाँ थपेर १ अर्ब ८१ करोड रुपैयाँ दाबी भुक्तानी गर्ने तयारी थालिएको हो । अर्थमन्त्रालयबाट आएको १ अर्ब रुपैयाँमा बीमा समिति आफैं, बीमा कम्पनीहरु… पुरा पढौ

इष्टर्न हाइड्रोको सेयरमा मागको २५ गुणा बढी आवेदन

काठमाडौं, ३ असोज । इष्टर्न हाइड्रोपावर लिमिटेडले असोज २८ गतेदेखि निष्कासन तथा बिक्रीमा ल्याएकाे सेयरका लागि मागभन्दा २५ गुणा बढी आवेदन परेको छ । उक्त सेयरमा आवेदन दिने म्याद हिजो कात्तिक २ गते बुधबारसम्म रहेको थियो । सिडिएस एन्ड क्लियरिङ लिमिटेडले आज बिहान १० बजे अद्यावधिक गरेको तथ्याङ्क अनुसार उक्त सेयरको १ करोड ५७ लाख ४३ हजार ७ सय कित्ताका लागि १३ लाख ९६ हजार ५९० आवेदन प्राप्त भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि ६ लाख २३… पुरा पढौ

प्लाष्टिकजन्य फूलगुच्छा किनबेच गरे कारबाही हुने

काठमाडौं, ३ कात्तिक । प्लाष्टिकका फूलगुच्छाहरु आयात वा किनबेच गरेमा कारबाही हुने भएको छ । सरकारले यस्ता प्लास्टिकका फूलगुच्छाहरु उत्पादन, आयात बिक्री वितरण वा भण्डारण गरेमा १ लाख रुपैयाँसम्म जरिवाना गर्ने भएको हो । यसअघि नै यस्ता पदार्थ आयात र बिक्री वितरण गर्न रोक लगाएको सरकारले नजिकै आएको तिहार र छठलाई मध्यनजर गर्दै पुन: सूचना जारी गरेर आयात, बिक्री वितरणमा रोक लगाइएको सूचित गरेको हो । सरकारले गएको साउनमा राजपत्रमा प्रकाशन गरेर प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन,आयात बिक्री, वितरण वा भण्डारणमा रोक… पुरा पढौ

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

काठमाडौं, ३ कात्तिक । पछिल्लो समय अमेरिकी डलरको मूल्य लगातार उकालो लाग्दै गएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको विनिमय दर अनुसार एक अमेरिकी डलरको खरिददर एक सय ३२ रुपैयाँ ५४ पैँसा छ भने बिक्रीदर एक सय ३३ रुपैयाँ १४ पैसा छ । केन्द्रीय बैंकले अधिल्लो दिन एक अमेरिकी डलरको खरिददर एक सय ३१ रुपैयाँ ४८ पैँसा र बिक्रीदर एक सय ३२ रुपैयाँ आठ पैसा तोकेको थियो । त्यस्तै आज युरोको खरिद मूल्य एक सय २९ रुपैयाँ… पुरा पढौ

प्रि-ओपन सेसन : नेप्सेमा ०.१४ अंककाे गिरावट

काठमाडौंं, ३ कात्तिक । साताकाे सेयर काराेबार हुने पाँचाै दिन प्रि-ओपन सेसनमा नेप्से परिसूचक ०.१४ अंकले घटेको छ । यसरी घटेकाे नेप्से परिसूचक १८४५.३८ विन्दुमा राेकिएकाे नेप्सेले जनाएकाे छ । सेन्सेटिभ इण्डेक्स भने ०‌‍‍.११ अंकले बढेर ३६३‍.०७ विन्दुमा पुगेकाे छ । यस समयमा ३ लाख २५ हजार ७२५ रुपैयाँकाे सेयर खरिदबिक्री भएकाे। १२ वटा कम्पनीहरुको ९३५ कित्ता सेयर खरिदबिक्री भएकाे हाे । कुल २७ वटा कारोबार भएकोमा ६ वटा कम्पनीको सेयरमूल्य बढेको छ । ३ वटा कम्पनीको सेयरमूल्य घटेको छ… पुरा पढौ

आरएसडिसी लघुवित्तको नाफामा १०१.९८ प्रतिशतले वृद्धि

काठमाडौं ३ कात्तिक । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षकाे नाफामा उल्लेख्य बृद्धि गरेकाे छ । लघुवित्तको सार्वजनिक भएकाे पहिलो त्रैमाससम्मको वित्तीय विवरणका अनुसार साे नाफा गत आर्थिक वर्षको सोही अवधिकोभन्दा सत्प्रतिशत बढी भएकाे छ। असोजका् अन्त्यसम्म लघुवित्तले ३ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएकाे छ। गएकाे वर्ष लघुवित्तको नाफा १ करोड ८९ लाख रुपैयाँ रहेकाे थियो। यसरी हेर्दा संस्थाकाे नाफा १०१.९८ प्रतिशत बढेको छ। लघुवित्तकाे खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा सत्प्रतिशतभन्दा बढी भएपछि खुद नाफामा पनि… पुरा पढौ

यस्तो पाे जनप्रतिनिधि-बाँझो बारीमा किवी खेती, लाखौं आम्दानी

बलेवा, ३ कात्तिक । गाउँमा काम गर्ने जनशक्तिको अभाव छ । युवापुस्ता पालयन हुने र गाउँमा भएका वृद्ध तथा बालबालिकाले खेतबारीको काम गर्न सक्दैनन् । वर्षभरि दुःख गरेर छ महिना खान नपुग्ने भएपछि गाउँका बारी बाँझै राखेर सहर पस्नेको कमी छैन । यो समस्या बागलुङका हरेक बस्तीमा छ । जनशक्तिको अभावमा बारी बाँझो राख्न बाध्य भएका एउटा पात्र हुन् काठेखोला गाउँपालिका–७ रेशका वडाध्यक्ष प्रेम लामिछाने । पाँच वर्षअघि वडाध्यक्षमा निर्वाचित भएपछि उनले पनि बारी बाँझै राखे। आफू जनप्रतिनिधि भएकाले २४… पुरा पढौ

नवौँ राष्ट्रिय खेलकुदको समापन आज, प्रधानमन्त्री देउवा लगायतका विशिष्ट व्यक्ति सहभागी हुँदै

पाेखरा, ३ कात्तिक । गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आज समापन हुँदैछ । आयोजक राष्ट्रिय खेलकुद परिषद्का अनुसार आज दिउँसो २ः३० बजेपछि पोखरा रङ्गशालामा भव्य कार्यक्रमसहित नवौँको बिदाइ हुनेछ। समापन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, गण्डकी प्रदेशका मुख्मन्त्री कृष्णचन्द्र नेपाली पोखरेललगायतका विशिष्ट व्यक्ति सहभागी हुने जनाइएको छ । यसअघि गत असोज २८ गते राष्ट्रिय खेलकुदको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका थिए । प्रतियोगिता प्रचारप्रसार उपसमितिका सचिव खुसराज दाहालका अनुसार समापन… पुरा पढौ

अबदेखि घरबहाल कर महानगरले नै उठाउने : कोइराला

विराटनगर, ३ कात्तिक । संविधानले तोकेको घर बहाललगायतका कर विराटनगर महानगरपालिकाले नै उठाउने भएको छ । विराटनगर महानगरपालिकाको समन्वयमा आन्तरिक राजस्व कार्यालय विराटनगरले आयोजना गरेको करदाता शिक्षा तथा अन्तक्र्रियामा महानगरका प्रमुख नागेश कोइरालाले घर बहाल कर अबदेखि महानगरले नै उठाउने बताए । यसअघि घर बहाल कर आन्तरिक राजस्व कार्यालयले उठाउँदै आएको थियो । संविधानले नै घर बहाल कर उठाउने अधिकार स्थानीय तहलाई दिएको छ । प्रमुख कोइरालाले अबदेखि महानगरमै आएर घर बहाल कर तिर्न स्थानीयलाई आग्रह गरे। विराटनगर महानगरले अझैसम्म… पुरा पढौ