मुख्य समाचार

२ महिनामा वैदेशिक व्यापार घाटा २ खर्ब ४४ करोड

काठमाडौं, ४ कात्तिक । आर्थिक वर्ष २०७९-८० को पहिलो दुई महिनामा वैदेशिक व्यापार घाटा रु दुई खर्ब ४४ अर्ब ९३ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार सो अवधिमा नेपालले कुल रु दुई खर्ब ७३ अर्ब ६० करोड बराबरको सामान आयात गरेको छ भने रु २८ अर्ब ६८ करोड बराबरको सामान निर्यात गरेको छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको पहिलो दुई महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा सामान निर्यात ३४ दशमलव नौ प्रतिशतले घटेको छ भने… पुरा पढौ

गाँजा प्रतिबन्धका कारण बन्न सकेनन् २१ आयुर्वेदिक औषधि

काठमाडौं, ४ कात्तिक । गाँजाको प्रयोग गर्न प्रतिबन्ध लगाइएका कारण २१ वटा आयुर्वेदिक औषधि बनाउन नसकिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले जनाएको छ ।  गाँजा प्रतिबन्धबाट सबैभन्दा धेरै आयुर्वेदिक औषधि बनाउने कम्पनी मारमा पर्ने गरेका छन् । नेपाल सरकारको विशेषज्ञ समूह नीति अनुसन्धान प्रतिष्ठान र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को संयुक्त आयोजनामा भएको ‘नेपालमा गाँजा खेतीको वैधानिकीकरणः सम्भावना र चुनौती’ विषयक बहुसरोकारवाला पक्षसँग परामर्श तथा छलफल कार्यक्रममा यस्तो जानकारी गराइएको हो । कार्यक्रममा लागुऔषध नियन्त्रण तथा रोकथामसँग सम्बन्धित विभिन्न संस्था, रिह्याब… पुरा पढौ

दुई महिनामा १ खर्ब ८७ अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं, ४ कात्तिक । चालु आर्थिक वर्षको शुरुवाती २ महिनामा १ खर्ब ८७ अर्ब रेमिट्यान्समा भित्रिएको छ । । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको स्थूल तथ्याँक अनुसार भदौसम्ममा १ खर्ब ८७ अर्ब ४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । यो आँकडा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.८ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा त्यसको ठिक १ वर्षअघिको सोही अवधिको तुलनामा रेमिट्यान्स आप्रवाहमा ५.८ प्रतिशतले कमी आएको थियो । वैदेशिक रोजगारी र रेमिट्यान्स अन्योन्याश्रित… पुरा पढौ

ई-कमर्समार्फत् कारोबार: सङ्ख्या बढ्यो, रकम घट्यो

काठमाडौं, ४ कात्तिक । चालु आर्थिक वर्षको दोस्रो महिना भदौभरी ई-कमर्समार्फत् ४२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । हालै नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु स्थूल आर्थिक प्रतिवेदनमा भदौ महिनामा ई-कमर्समार्फत् भएको कारोबार संख्या ७५ हजार ८६३ उल्लेख गरिएको छ। यो आँकडा अघिल्लो महिना अर्थात्  साउनको तुलनामा ३ हजार ९३९ ले बढी हो । साउनमा यो सङ्ख्या ७१ हजार ९२४ रहेको थियो । सामान्यतया: कारोबार संख्यामा आएको उतारचढाव अनुसार नै कारोबार रकममा पनि उस्तै तरिकाले घटबढ हुने गर्दछ । तर… पुरा पढौ

शुक्रबार अमेरिकी डलरको भाउमा गिरावट

काठमाडौं, ४ कात्तिक । बिहिबार हालसम्मकै उच्च विन्दुमा पुगेको अमेरिकी डलरको भाउमा आज थोरै घटेको छ । यसदिन डलरमा ४२ पैसा गिरावट भएको हाे। नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ १२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७२ पैसा रहेको छ । बिहिबार एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ५४ पैँसा रहेको थियो भने बिक्रीदर १३३ रुपैयाँ १४ पैसा पुगेको थियो । यसदिन डलरमा ४२ पैसा गिरावट भएको… पुरा पढौ

नबिल फ्लेक्सी क्याप फण्ड कात्तिक २३ गतेदेखि निष्काशन हुँदै

काठमाडौं, ४ कात्तिक । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले नबिल फ्लेक्सी क्याप फण्ड निष्काशन गर्ने भएकाे छ । कम्पनीले कात्तिक २३ गतेदेखि खुलामुखी म्युचुअल फण्ड नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने नबिल फ्लेक्सी क्याप फण्ड निष्काशन गर्ने भएकाे हाे । प्रतिइकाई १० रुपैयाँ दरकाे ७ करोड इकाईबाट घटीमा १ करोड १२ लाख अथवा कुल बिक्री भएको इकाईकाे १५ प्रतिशत इकाई कोष प्रबर्धक तथा योजना व्यवस्थापकका लागि रहेकाे छ। कम्पनीले कोष प्रबर्धक तथा योजना व्यवस्थापकका लागि छुट्याएकार बाँकी हुने ६ करोड ३७… पुरा पढौ

बाराही हाइड्रोपावरको सेयरमा आजदेखि आवेदन खुल्ला

काठमाडौं, ४ कात्तिक । बाराही हाइड्रोपावरकाे सेयरमा आजदेखि आवेदन खुल्ला भएकाे छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनताका लागि २ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेकाे हाे । सेयरमा लगानी गर्न चाहने बाग्लुङ्ग जिल्लाको जैमिनी नगरपालिकाको वडा नं. १, ४ र ५ र जैमिनी नगरपालिकाका अन्य वडाहरुका लगानीकर्ताले आवेदन दिन पाउनेछन्। सेयर लगानी गर्नका लागि घटीमा १० कित्ता तथा बढीमा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । यसका लागि कात्तिक १८ गतेसम्म आवेदन दिन पाइनेछ । ताेकिएकाे मितिसम्म… पुरा पढौ

माधव नेपाललाई कारबाही गर्न प्रहरीलाई आयोगको पत्र

काठमाडौं, ३ कार्तिक । निर्वाचन आयोगले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई कारबाही गर्न प्रहरीलाई पत्र पठाएको छ । आगामी संसदीय निर्वाचनमा रौटहट १ का उम्मेदवार नेपाललाई आयोगले निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा ३९ अनुसार कारबाही प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय रौतहटलाई पत्रसहित आग्रह गरेको हो । नेता नेपालले केही दिनअघि चुनावी प्रचारप्रसारमा फ्रि भिसा, फ्रि टिकटको बिषयमा दिएको प्रतिकृया पछिल्लो समय समाजिक सञ्जालमा विवादित बनेको छ । त्यही भिडियोका आधारमा उक्त दफाको निर्वाचन कसुर गरेको आरोप… पुरा पढौ

स्वास्थ्यले साथ दिएसम्म अभिनय गर्छु : अभिनेता मदनकृष्ण श्रेष्ठ

काठमाडौं, ३ कात्तिक । हाँस्यकलाकार एवम् अभिनेता मदनकृष्ण श्रेष्ठले आफ्नो स्वास्थ्यले साथ दिएसम्म अभिनय गरिरहने बताएका छन् । उनी अभिनित फिल्म ‘महापुरूष’ बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले अभिनय र आफ्नो स्वास्थ्यका विषयमा कुराकानी गरे। “मलाई अभिनय गर्न मन लाग्छ । तर स्वास्थ्यले कहिलेकाहीँ साथ दिँदैन । तर पनि म आफ्नो शरीरलाई जर्वजस्ती नै काममा व्यस्त बनाउँछु”, अभिनेता श्रेष्ठले भने। महापुरुष नेपाली चलचित्र भाइटिकाको भोलिपल्ट प्रदर्शन हुने तयारीमा छ । उनी पछिल्लो समय आफ्नो अभिनय र गायनमा सक्रियता घटेको… पुरा पढौ

नेप्से परिसूचक घट्यो, ५० कराेड बढीकाे काराेबार

काठमाडौं, ३ कात्तिक । सेयर बजारको घट्दो क्रममा अझैं रोकावट हुन सकेको छैन । साताको सेयर कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली सेयर बजार अर्ध लयमा देखिएको छ । पूर्णतया अझैं पनि सेयर लगानीकर्ताहरु ढुक्क हुने अवश्थामा रहेका छैनन् भने उनीहरुसंग पर्ख र हेरको स्थितिभन्दा अर्को भरपर्दो उपाए छैन । यसदिनको नेप्सेको शुरुआतको अवश्था र बन्द हुँदाको तथ्य बाहेकको दृश्य भने एउटै रह्यो । आजको प्रिओपन सेसनको दृश्य बजार बन्द हुँदा पनि उस्तै देखियो । नेप्से परिसूचक घट्दा सेन्सेटिभ इण्डेकसमा… पुरा पढौ