मुख्य समाचार

सीप सिकिरहेका महिलाले भने, ‘अब आत्मनिर्भर हुन्छौं’

पोखरा, २ कार्तिक । पोखरा महानगरपालिका वडा नं–१५ नयाँ गाउँमा अवस्थित सहयोगी संस्था ’ग्लो संस्था’ ले विभिन्न २० जना महिलाहरूलाई निःशुल्क सिलाई कटाईको तालिम प्रदान गरिरहेको छ। विगत लामो समयदेखि पोखरामा रहेर शिक्षा, स्वास्थ्य, महिला उद्यमशीलता, प्राविधिक तथा कृषि लगायतका क्षेत्रमा सहयोगीको भूमिका खेल्दै आइरहेको ’ग्लो संस्था’ ले हाल वडा कार्यालय १५ को समन्वयमा २० जना महिला दिदीबहिनीका लागि निःशुल्क सिलाई कटाईको तालिम सञ्चालन गरेको हो। तालिममा एकल महिला, अपाङ्ग महिला लगायत विभिन्न समस्यामा परेका महिलाहरू सहभागी छन्। संस्थाकी संस्थापक… पुरा पढौ

सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २ कात्तिक । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाल बजारमा सुनचाँदीको भाउमा सामान्य गिरावट आएको छ । आज सुनमा २ सय रुपैयाँ तथा चाँदीमा ५ रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार छापावाल सुनमा २ सय रुपैयाँले घटेर तोलाको ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार छापावाल सुनको भाउ तोलाको ९३ हजार ४ सय रुपैयाँ कायम भई कारोबार भएको थियो । तेजाबी सुनमा पनि आज २ सय रुपैयाँले घटेर… पुरा पढौ

प्रि ओपन सेसनमा नेप्सेमा सामान्य गिरावट

काठमाडौं, २ कात्तिक । आज बुधबारको प्रि ओपन सेसनमा नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ । मंगलबार सार्वजनिक बिदा परेकाले अघिल्लो कारोबार दिन सोमबार २.६१ अंक घटेर १८५८.३३ विन्दुमा बन्द भएको नेप्से परिसूचक आजको प्रि ओपन सेसनमा ०.३० अंक घटेर १८५८.०३ विन्दुमा झरेको हो । यो सेसनमा सेन्सेटिभ इण्डेक्समा भने ०.११ अंकको बढोत्तरी भएको छ । आज बुधबार प्रि ओपन सेसनमा ६ स्टकको ३ लाख ७ हजार ९१३ रुपैयाँ बराबरको १ हजार १३० कित्ता सेयर खरिदबिक्री भएको नेपाल स्टक एक्सचेञ्जले… पुरा पढौ

इष्टर्न हाइड्रोपावरकाे सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, २ असोज । इष्टर्न हाइड्रोपावर लिमिटेडले असोज २८ गतेदेखि निष्काशन तथा बिक्रीमा ल्याएकाे सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि सेयर निष्काशन गरेपछि सर्वसाधारणका लागि सेयर निष्काशन गरेको हो। यसअघि कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ६ लाख २० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको थियाे । त्यसमा बिक्री नभएकाे बाँकी ५० हजार ३१० कित्ता सेयरसहित ६ लाख ७० हजार ३१० कित्ता सेयर निष्काशन गरेको हो। कम्पनीका अनुसार ३३… पुरा पढौ

प्राधिकरणको टोली जुम्लामा, समितिको बैठक आज बस्दै

कर्णाली, २ कात्तिक । सरकारले सङ्कटग्रस्त क्षेत्र घोषणा गरेका गाउँ तथा वडापालिकाको अध्ययनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली जुम्ला आइपुगेको छ । यही असोज १९–२४ गतेसम्मको अविरल वर्षापछिको बाढी तथा पहिरोजन्य विपद्ले क्षतिग्रस्त जुम्ला जिल्लाको कनकासुन्दरी, सिंजा, हिमा गाउँपालिका र तिला गाउँपालिका १, २, ३, ४, ६ र ७ वडालाई तीन दिन अघि सरकारले सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो । यसको अध्ययन गर्न उपसचिव इञ्जिनियर पवनबाबु बास्तोला संयोजकत्वको तीन सदस्यीय प्राधिकरणको टोली जुम्ला आइपुगेको जिल्ला प्रशासन कार्यालय… पुरा पढौ

१० खर्बकाे लगानी सुरक्षित गर्न यातायात प्राधिकरण बनाउन महासंघकाे माग

काठमाडौं, २ कात्तिक । यातायात व्यवसायीहरूले अधिकारसम्पन्न यातायात प्राधिकरण निर्माण गर्न माग गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरको नेतृत्वमा यातायात व्यवसायीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर नेपालको यातायात क्षेत्रलाई व्यवस्थित, मर्यादित, आधुनिक र यात्रुमैत्री बनाएर सञ्चालन गर्नका लागि अधिकार सम्पन्न यातायात प्राधिकरण निर्माण गर्न माग गरेका हुन् । नेपालका न्यून तथा मध्यम वर्गीय व्यवसायीको रु १० खर्बभन्दा बढी लगानीलाई सुरक्षित गर्न र यातायात क्षेत्रलाई व्यवस्थित, मर्यादित, आधुनिक र यात्रुमैत्री बनाएर सञ्चालन गर्नका लागि अधिकार सम्पन्न यातायात प्राधिकरण… पुरा पढौ

मिथ्या सूचना तथा द्वेषपूर्ण अभिव्यक्ति लोकतन्त्रको चुनौती: प्रमुख आयुक्त थपलिया

काठमाडौं, १ कात्तिक । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आसन्न निर्वाचनमा सामाजिक सञ्जालमार्फत हुने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिको नियमन गर्ने कार्य जटिल भएकाले यसमा आयोग एक्लैको प्रयास सार्थक नहुने बताएका छन् । फेसबुकको मातृसंस्था मेटाद्वारा आज आयोजित राष्ट्रिय निर्वाचन स्वच्छतासम्बन्धी सम्मेलनमा उनले निर्वाचनका समयमा हुने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिको नियमनका लागि निर्वाचन आचारसंहितामा राखिएका प्रावधान, विभिन्न लोकतान्त्रिक देशहरूका असल अभ्यास र अध्ययन अनुसन्धानमा आधारित भएको बताउँदै निर्वाचनको समग्र निष्ठालाई प्रवद्र्धन गर्न आयोगले कुनै कसर बाँकी नराख्ने… पुरा पढौ

ऊर्जा उत्पादनमा नेपाल आत्मनिर्भर हुँदैछ : ऊर्जामन्त्री भुसाल

काठमाडौं, १ कात्ति । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नयाँ संविधान कार्यान्वयनमा आइसकेपछि आर्थिक समृद्धिका महत्वपूर्ण आधार तयार भएको बताएकी छन् । वाम–लोकतान्त्रिक गठबन्धनले आज ललितपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले ऊर्जा उत्पादनमा नेपाल आत्मनिर्भरतातर्फ अगाडी बढेको बताइन्। “स्वच्छ ऊर्जाको निर्यात गर्ने अवस्थामा हामी पुगेका छौँ, भौतिक पूर्वाधार, शैक्षिक एवं स्वास्थ्य क्षेत्रमा सकारात्मक परिवर्तन भई जनताको जीवनस्तरमा केही सुधार आएको छ”, उनले भनिन्, “यस्ता कार्यक्रमलाई अझ प्रभावकारी एवं गुणस्तरीय तुल्याई आर्थिक आधार सबल गर्नु हामी सबैको… पुरा पढौ

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको आकर्षण बाह्रसिङ्गा

दोधारा चाँदनी, १ कात्तिक ।  सुदूर नेपालको महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकका लागि आकर्षक गन्तव्य हो । बाह्रसिङ्गाका लागि प्रख्यात रहेकोे शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेशद्वार महेन्द्रनगर सदरमुकामदेखि सात किमिको दूरीमा छ ।  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रवेशद्वारबाट २४ किमि दूरीमा रहेको शुक्लाफाँटामा विश्वको सबैभन्दा ठूलो घाँसे मैदान छ । घाँसे फाँटमा एकै पटक सयौँ बाह्रसिङ्गाको बथान देख्न सकिन्छ । यहाँ घुम्न आउने पर्यटकलाई फाँटमा बाह्रसिङ्गाले स्वागत गर्छन् । बाह्रसिङ्गाको टाउकामा सिङका छ–छ वटा हाँगा हुन्छन् । आखै अगाडि देखिने बाह्रसिङ्गाको बथानले… पुरा पढौ

आर्थिक आधारको सबलीकरण सबैको दायित्व : ऊर्जामन्त्री

काठमाडौं, १ काठमाडौं‌ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नयाँ संविधान कार्यान्वयनमा आइसकेपछि आर्थिक समृद्धिका महत्वपूर्ण आधार तयार भएको बताएकी छिन् । वाम–लोकतान्त्रिक गठबन्धनले आज ललितपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले ऊर्जा उत्पादनमा नेपाल आत्मनिर्भरतातर्फ अगाडि बढेको बताएकी हुन् । 'स्वच्छ ऊर्जाको निर्यात गर्ने अवस्थामा हामी पुगेका छौँ, भौतिक पूर्वाधार, शैक्षिक एवं स्वास्थ्य क्षेत्रमा सकारात्मक परिवर्तन भई जनताको जीवनस्तरमा केही सुधार आएको छ', उनले भनिन्, 'यस्ता कार्यक्रमलाई अझ प्रभावकारी एवं गुणस्तरीय तुल्याई आर्थिक आधार सबल गर्नु… पुरा पढौ