काठमाडौँ, ३१ असोज । निर्वाचन आयोगले निर्वाचनको १७ दिन अघिसम्म आमसभा र कोणसभा गर्न नपाइने व्यवस्था गरेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको १७ दिन अगाडि अर्थात् आगामी कात्तिक १८ गतेदेखि मात्रै राजनीतिक दल र उम्मेदवारले आमसभा, कोणसभा, गोष्ठी, सम्मेलनजस्ता प्रचारप्रसारका कार्यक्रम गर्न पाउने आयोगले जनाएको छ । सो अवधिसम्म तामझाम नगरी २५ जनासम्म लिएर उम्मेदवारले मतदाताको घरदैलोमा प्रचारप्रसारका लागि जान पाउनेछन् । निर्वाचनलाई भड्किलो नबनाउन र मर्यादितरुपमा प्रचारप्रसार गराउन आयोगले राजनीतिक दलको छलफलका…
पुरा पढौ