मुख्य समाचार

शुक्रबार अमेरिकी डलरको भाउमा गिरावट

काठमाडौं, ४ कात्तिक । बिहिबार हालसम्मकै उच्च विन्दुमा पुगेको अमेरिकी डलरको भाउमा आज थोरै घटेको छ । यसदिन डलरमा ४२ पैसा गिरावट भएको हाे। नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ १२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७२ पैसा रहेको छ । बिहिबार एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ५४ पैँसा रहेको थियो भने बिक्रीदर १३३ रुपैयाँ १४ पैसा पुगेको थियो । यसदिन डलरमा ४२ पैसा गिरावट भएको… पुरा पढौ

नबिल फ्लेक्सी क्याप फण्ड कात्तिक २३ गतेदेखि निष्काशन हुँदै

काठमाडौं, ४ कात्तिक । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले नबिल फ्लेक्सी क्याप फण्ड निष्काशन गर्ने भएकाे छ । कम्पनीले कात्तिक २३ गतेदेखि खुलामुखी म्युचुअल फण्ड नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने नबिल फ्लेक्सी क्याप फण्ड निष्काशन गर्ने भएकाे हाे । प्रतिइकाई १० रुपैयाँ दरकाे ७ करोड इकाईबाट घटीमा १ करोड १२ लाख अथवा कुल बिक्री भएको इकाईकाे १५ प्रतिशत इकाई कोष प्रबर्धक तथा योजना व्यवस्थापकका लागि रहेकाे छ। कम्पनीले कोष प्रबर्धक तथा योजना व्यवस्थापकका लागि छुट्याएकार बाँकी हुने ६ करोड ३७… पुरा पढौ

बाराही हाइड्रोपावरको सेयरमा आजदेखि आवेदन खुल्ला

काठमाडौं, ४ कात्तिक । बाराही हाइड्रोपावरकाे सेयरमा आजदेखि आवेदन खुल्ला भएकाे छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनताका लागि २ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेकाे हाे । सेयरमा लगानी गर्न चाहने बाग्लुङ्ग जिल्लाको जैमिनी नगरपालिकाको वडा नं. १, ४ र ५ र जैमिनी नगरपालिकाका अन्य वडाहरुका लगानीकर्ताले आवेदन दिन पाउनेछन्। सेयर लगानी गर्नका लागि घटीमा १० कित्ता तथा बढीमा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । यसका लागि कात्तिक १८ गतेसम्म आवेदन दिन पाइनेछ । ताेकिएकाे मितिसम्म… पुरा पढौ

माधव नेपाललाई कारबाही गर्न प्रहरीलाई आयोगको पत्र

काठमाडौं, ३ कार्तिक । निर्वाचन आयोगले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई कारबाही गर्न प्रहरीलाई पत्र पठाएको छ । आगामी संसदीय निर्वाचनमा रौटहट १ का उम्मेदवार नेपाललाई आयोगले निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा ३९ अनुसार कारबाही प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय रौतहटलाई पत्रसहित आग्रह गरेको हो । नेता नेपालले केही दिनअघि चुनावी प्रचारप्रसारमा फ्रि भिसा, फ्रि टिकटको बिषयमा दिएको प्रतिकृया पछिल्लो समय समाजिक सञ्जालमा विवादित बनेको छ । त्यही भिडियोका आधारमा उक्त दफाको निर्वाचन कसुर गरेको आरोप… पुरा पढौ

स्वास्थ्यले साथ दिएसम्म अभिनय गर्छु : अभिनेता मदनकृष्ण श्रेष्ठ

काठमाडौं, ३ कात्तिक । हाँस्यकलाकार एवम् अभिनेता मदनकृष्ण श्रेष्ठले आफ्नो स्वास्थ्यले साथ दिएसम्म अभिनय गरिरहने बताएका छन् । उनी अभिनित फिल्म ‘महापुरूष’ बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले अभिनय र आफ्नो स्वास्थ्यका विषयमा कुराकानी गरे। “मलाई अभिनय गर्न मन लाग्छ । तर स्वास्थ्यले कहिलेकाहीँ साथ दिँदैन । तर पनि म आफ्नो शरीरलाई जर्वजस्ती नै काममा व्यस्त बनाउँछु”, अभिनेता श्रेष्ठले भने। महापुरुष नेपाली चलचित्र भाइटिकाको भोलिपल्ट प्रदर्शन हुने तयारीमा छ । उनी पछिल्लो समय आफ्नो अभिनय र गायनमा सक्रियता घटेको… पुरा पढौ

नेप्से परिसूचक घट्यो, ५० कराेड बढीकाे काराेबार

काठमाडौं, ३ कात्तिक । सेयर बजारको घट्दो क्रममा अझैं रोकावट हुन सकेको छैन । साताको सेयर कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली सेयर बजार अर्ध लयमा देखिएको छ । पूर्णतया अझैं पनि सेयर लगानीकर्ताहरु ढुक्क हुने अवश्थामा रहेका छैनन् भने उनीहरुसंग पर्ख र हेरको स्थितिभन्दा अर्को भरपर्दो उपाए छैन । यसदिनको नेप्सेको शुरुआतको अवश्था र बन्द हुँदाको तथ्य बाहेकको दृश्य भने एउटै रह्यो । आजको प्रिओपन सेसनको दृश्य बजार बन्द हुँदा पनि उस्तै देखियो । नेप्से परिसूचक घट्दा सेन्सेटिभ इण्डेकसमा… पुरा पढौ

प्रकृति संरक्षणमा अन्तरनिकाय समन्वय आवश्यक: प्रम देउवा

काठमाडौं, ३ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकृति संरक्षणको क्षेत्रमा काम गर्ने निकायबीच समन्वय र सहजीकरण हुनु अतिआवश्यक रहेको बताएका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषको ४०औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रमा उनले जैविक विविधता संरक्षण र जलवायु परिवर्तनको क्षेत्रमा धेरै काम गर्नुपर्ने उल्लेख गर्दै यसबाट नेपाल र नेपालीले धेरै लाभ लिनसक्ने विश्वास व्यक्त गरे । प्रधानमन्त्री देउवाले नेपालको मनोरम हिमशृङ्खला, तराईदेखि हिमालसम्मको भौगोलिक विविधता एवं संस्कृति र यहाँ पाइने वन्यजन्तु तथा चराचुरुङ्गीजस्ता प्रकृतिको गहनाका रुपमा रहेको उल्लेख गर्दै प्रकृति… पुरा पढौ

कोरोना बीमा बापत १ अर्ब ८१ करोड वितरण गरिँदै

काठमाडौं, ३ कात्तिक । कोरोना बीमा बापत् १ अर्ब ८१ करोड वितरण गरिने भएको छ । बीमा समितिले कोरोना बीमाको दाबी भुक्तानी शुरु गर्न लागेको बुझिएको छ । कोरोना बीमा दाबी भुक्तानीको लागि अर्थमन्त्रालयले हालै १ अर्ब रुपैयाँ निकासा गरेपछि समितिले भुक्तानी प्रक्रिया अगाडि बढाउन लागेको हो । समितिका अनुसार अर्थले पठाएको १ अर्बमा ८१ करोड रुपैयाँ थपेर १ अर्ब ८१ करोड रुपैयाँ दाबी भुक्तानी गर्ने तयारी थालिएको हो । अर्थमन्त्रालयबाट आएको १ अर्ब रुपैयाँमा बीमा समिति आफैं, बीमा कम्पनीहरु… पुरा पढौ

इष्टर्न हाइड्रोको सेयरमा मागको २५ गुणा बढी आवेदन

काठमाडौं, ३ असोज । इष्टर्न हाइड्रोपावर लिमिटेडले असोज २८ गतेदेखि निष्कासन तथा बिक्रीमा ल्याएकाे सेयरका लागि मागभन्दा २५ गुणा बढी आवेदन परेको छ । उक्त सेयरमा आवेदन दिने म्याद हिजो कात्तिक २ गते बुधबारसम्म रहेको थियो । सिडिएस एन्ड क्लियरिङ लिमिटेडले आज बिहान १० बजे अद्यावधिक गरेको तथ्याङ्क अनुसार उक्त सेयरको १ करोड ५७ लाख ४३ हजार ७ सय कित्ताका लागि १३ लाख ९६ हजार ५९० आवेदन प्राप्त भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि ६ लाख २३… पुरा पढौ

प्लाष्टिकजन्य फूलगुच्छा किनबेच गरे कारबाही हुने

काठमाडौं, ३ कात्तिक । प्लाष्टिकका फूलगुच्छाहरु आयात वा किनबेच गरेमा कारबाही हुने भएको छ । सरकारले यस्ता प्लास्टिकका फूलगुच्छाहरु उत्पादन, आयात बिक्री वितरण वा भण्डारण गरेमा १ लाख रुपैयाँसम्म जरिवाना गर्ने भएको हो । यसअघि नै यस्ता पदार्थ आयात र बिक्री वितरण गर्न रोक लगाएको सरकारले नजिकै आएको तिहार र छठलाई मध्यनजर गर्दै पुन: सूचना जारी गरेर आयात, बिक्री वितरणमा रोक लगाइएको सूचित गरेको हो । सरकारले गएको साउनमा राजपत्रमा प्रकाशन गरेर प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन,आयात बिक्री, वितरण वा भण्डारणमा रोक… पुरा पढौ