मुख्य समाचार

राष्ट्रपति भण्डारीद्वारा गुरूहरूको हातबाट टीका ग्रहण

काठमाडौं, १९ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले गुरूहरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट बडादसैँको टीका ग्रहण गरेकि छन् । बडादसैँ २०७९ को अवसरमा उनले शीतलनिवासमा गुरूहरूबाट टीकाको साइतअनुसार ११ः५१ बजे टीका ग्रहण गरेिन्। राष्ट्रपतिले आफुले टीका लगाएपछि परिवारका सदस्यलाई टीका लगाइदिएर विशिष्ट व्यक्तित्वका साथै सर्वसाधारणलाई टीका प्रसाद प्रदान गरिन्। राष्ट्रपति कार्यालयले तयार गरेको कार्यतालिकाअनुसार व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकाका प्रमुख, मन्त्रिगण, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्ट व्यक्तित्वलाई आज दिउँसो २ बजे देखि ३ बजेसम्म तथा सर्वसाधरणलाई दिउँसो… पुरा पढौ

नातिनीको स्याहारले बौरिए बेली गाउँका १०१ वर्षीय बाजे शिवलाल

गलेश्वर, १९ असोज । बूढेसकालमा छोरो नै बाबुआमाको सहारा हुन्छ भन्ने नेपालीहरुको मानसिकता र सोचाइमा पछिल्लो समय धेरै परिवर्तन आएको छ । छोरा–बुहारीकै कारण कैयौँ वृद्ध बुबाआमाहरू घरमा बस्न सक्ने वातावरण नभएर वृद्धाश्रम वा मन्दिरमा सहारा लिई आफ्नो अन्तिम दिनको प्रतीक्षा गरिरहेका छन् । तर, म्याग्दीको मालिका गाउँपालिका–२ मा पर्ने बेली गाउँका एक १०१ वर्षीय वृद्धले विदेश (इजरायल) मा बस्ने नातिनीको अनलाइन स्याहार सुसारबाट अझै बाँच्ने र परिवारको साथमै रहने वातावरण पाएका छन् । रुमको बेली गाउँका १०१ वर्षीय शिवलाल… पुरा पढौ

आज विजया दशमी : टीकाकाे साइत बिहान ११ः५१ बजे

काठमाडौं, १९ असोज । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ः५१ बजेको साइत उत्तम रहेको जनाएको छ । विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले… पुरा पढौ

राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

काठमाडौं, १९ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको महान् चाड बडादसैँ, २०७९ को पावन अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गरेकि छन् । राष्ट्रपति भण्डारीले आज जारी गरेको शुभकामना सन्देशमा बडादसैँ पर्वले सम्पूर्ण नेपालीबीचको सामाजिक–सांस्कृतिक ऐक्यबद्धतालाई थप सुदृढ गर्दै न्यायपूर्ण, समतामूलक, सभ्य एवं सुसंस्कृत समाज निर्माणका लागि थप उत्साह, उमङ्गका साथ क्रियाशील रहन प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गरेकि छन् । सन्देशमा भनिएको छ, “यस प्रकारका चाडपर्वहरूको माध्यमबाट विविध… पुरा पढौ

प्रदेश १, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षा

काठमाडौं, १९ असाेज । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा दक्षिण-पश्चिम बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। प्रदेश १, मधेश प्रदेश, बागमती  प्रदेश,गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा सामान्य देखि पूर्ण बदली रही सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहेको छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश का केही, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा  हल्का देखि मध्यम वर्षा भइरहेको छ।  असोज १९ गते (बुधवार) दिउँसो :  देशभर सामान्य देखि पूर्ण बदली रहनेछ।… पुरा पढौ

युरोप, अमेरिकाको बजारमा नेपालको अकबरे खुर्सानी

गलकोट, १८ असोज । पछिल्लो सयम रुचाइएको खुर्सानीको प्रजातीमध्यको एक अकबरे खुर्सानीको सिगानाका किसानहरुले व्यावसायीक उत्पादन थालेका छन् । खानाका लागि पिरोसँगै स्वास्थ्यबद्र्धक मानिएको अकबरे खुर्सानीको बागलुङ नगरपालिका–८ का केही किसानले उत्पादन गरेका छन् । सिगानाका अगुवा सुन्तला किसान रामबहादुर खड्काले तीन वर्षदेखि अकबरे खुर्सानी खेती गर्दै आउनुभएको छ । खड्काले पहिलो वर्ष लगाएको अकबरे खुर्सानीको माग राम्रो आएपछि यो खेतीतर्फ आकर्षित भएको बताए। उनले लगातार दुई वर्षदेखि दुई रोपनी जग्गामा व्यवसायीक रुपमा अकबरे खुर्सानी उत्पादन गर्छन् र अचार बनाएर… पुरा पढौ

प्रतिस्पर्धालाई अस्वस्थ नबनाउन एमाले अध्यक्ष ओलीको आग्रह

झापा, १८ असोज । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्वस्थ चुनावी प्रतिस्पर्धामा उत्रिन राजनीतिक दलहरूलाई आग्रह गरेका छन् । बडादसैँ, नेपाल संवत्, तिहार, छठलगायत चाडपर्वका अवसरमा आज गृहजिल्ला झापाको बिर्तामोडमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले अस्वस्थ प्रतिस्पर्धा लोकतान्त्रिक अभ्यास नहुने बताए। “हामीले लडेर ल्याएको व्यवस्था नै बहुदलीय प्रतिस्पर्धा हो”, उनले भने, “प्रतिस्पर्धा स्वस्थ भएन भने त्यो लोकतान्त्रिक राजनीति हुँदैन ।” उनले दलहरुबीच राष्ट्रिय एकता र बहुदलीय प्रतिस्पर्धाको गरिमा कायम राख्ने विषयमा एकता हुनुपर्ने धारणा व्यक्त गरे। एमाले अध्यक्ष… पुरा पढौ

धुलिखेलको ‘दिगो विकास’ प्रतिवेदन संयुक्त राष्ट्र सङ्घमा पेस

काभ्रेपलाञ्चोक, १८ असोज । धुलिखेल नगरपालिकाले शहस्राब्दी दिगो विकास लक्ष्यका पूरा भएका चार लक्ष्यको प्रतिवेदन संयुक्त राष्ट्र सङ्घमा पेस गरेको छ । नगरले दिगो विकासका १७ मध्ये शिक्षा, स्वास्थ्य, गरिबी निवारण र सुरक्षित खानेपानी गरी चार लक्ष्य पूरा गरेको प्रतिवेदन गत अप्रिलमा सार्वजनिक गरेको थियो । नगरप्रमुख अशोक ब्याञ्जूले सङ्घको दिगो सहरी विकास विभागका प्रमुख कर्ट गारीगानलाई दिगो विकास लक्ष्य अन्तर्गत सन् २०२२ को प्रतिवेदन सोमबार थाइल्याण्डस्थित कार्यालयमा हस्तान्तरण गरेका हुन । “दिगो विकास लक्ष्यअन्तर्गत सन् २०२२ को प्रतिवेदन सङ्घलाई बुझाए,… पुरा पढौ

मतदातालाई सूचनामा सम्पन्न बनाउँदै निर्वाचन आयोग

काठमाडौं, १८ असोज । के तपाई मतदाता नामावलीमा आफ्नो नाम छ भन्नेमा ढुक्क हुनुहुन्छ ? आफ्नो मतदानस्थल कहाँ पर्छ भन्ने जिज्ञाशा छ ? छ भने सजिलै थाहा पाउनुहुनेछ । निर्वाचन आयोगले आफ्नो वेभसाइट www.election.gov.np मा सबै मतदाताको क्रम सङ्ख्या, मतदाता नम्बर, मतदानस्थल, मतदाताको आमा बुबा र पति वा पत्नीको नामसहितको विवरण सार्वजनिक गरेको छ । यहाँ आफ्नो मात्र होइन अरुको मतदाता नामावली पनि सम्बन्धित प्रदेश, जिल्ला पालिका र मतदानस्थलअन्तर्गत खोजी गर्दा भेट्न सक्नुहुनेछ । फोटो र सम्पर्क नम्बरसहितको मतदाता नामावली… पुरा पढौ

यस्ताे छ मंगलबार डलरसहित विदेशी मुद्राकाे विनिमय दर

काठमाडौं, १८ असाेज । नेपाल राष्ट्र बैंकले मंगलबार विदेशी मुद्राकाे विनिमय दर प्रकाशन गरेकाे छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ काे खरिददर १३० रुपैयाँ ७० पैसा र बिक्रीदर १३१ रुपैयाँ ३० पैसा रहेकाे । सोमबार डलरकाे भाउ १ को खरिददर १२९ रुपैयाँ ८५ पैसा र बिक्रीदर १३० रुपैयाँ ४५ पैसा रहेकाे थियाे । पछिल्ला दिनहरुमा डलरकाे तुलनामा भारतीय रुपियाँमा पनि कमजोर बनिरहेकाे छ । परनिर्भर अर्थव्यवस्था हुनुकाे कारण नेपाली र भारतीय रुिपयाँबीचकाे विनिमय दर स्थिर रहँदै आएकाे छ… पुरा पढौ