मुख्य समाचार

ड्रागन फल र कागतीबाट वार्षिक रु १२ लाख कमाउँदै शम्भुप्रसाद

भोजपुर, १८ असोज । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–८ गोगने सल्लेनीका कृषक शम्भुप्रसाद नेपालले फलफूल खेतीबाट राम्रो आम्दानी गरेका छन् । उनले व्यावसायिक ड्रागन फल र कागती खेतीबाट वार्षिक रु बाह्र लाखसम्म आम्दानी गर्दै आएको बताए । सुक्खा क्षेत्रमा पनि राम्रो उत्पादन हुने भएपछि किसानले ड्रागनको व्यावसायिक खेती गरिरहेका छन् । दश वर्षअघिबाट व्यावसायिक खेती थालेका उनले एक हजार पाँच सय पिलरमा ड्रागन लगाए । अहिले तीन सय ओटा पिलरमा लगाएको ड्रागनले उत्पादन दिन थालेको छ । आठ सण् ५० केजी बिक्री… पुरा पढौ

कोसेलीकाे रुपमा मुस्ताङको स्याउ-व्यापारीलाई बिक्री गर्न भ्याइनभ्याइ

गलकोट, १८ असोज । बागलुङका हरेक फलफूल पसलमा मुस्ताङको स्याउ पाइन्छ । अघिपछि भारत र चीनबाट आएको स्याउ बिक्री गर्ने व्यापारीहरुले समेत दसैँ तिहारमा मुस्ताङको स्याउको ठूलो मात्रामा कारोबार गर्छन् । दसैँ तिहारको अवसरमा बागलुङेहरुले कोसेलीका रूपमा मुस्ताङको स्याउ आफन्तको घरमा पठाउने चलन छ । हिमालपारिको जिल्ला मुस्ताङबाट आयात गरिएको च्याङ्ग्रा र स्याउ नवविवाहित जोडीले कोसेलीका रूपमा माइत लैजाने चलनका कारण समेत बागलुङमा मुस्ताङको स्याउ बिक्री गर्नका लागि व्यापारीहरुलाई भ्याइनभ्याइ भएको हो । सक्नेले च्याङ्ग्रासहित स्याउ कोसेली लैजाने भए पनि… पुरा पढौ

दुर्गा पक्षको नवौँ दिन आज महानवमी पर्व मनाइँदै

काठमाडौं, १८ असोज । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ । पशुबलि नदिने र शाकाहारीहरुले भने महानवमीका दिनमा कुभिण्डो, घिरौँला, मुला, काँक्रो… पुरा पढौ

जनकपुरधाममा महाअष्टमीमा २ करोडको लड्डु बिक्री

धनुषा, १७ असोज । मधेस प्रदेशको राजधानी जनकपुरधाम दसैँको महाअस्ष्टमीका दिन विभिन्न शक्तिपीठमा प्रसाद चढाउनका लागि करिब रु दुई करोडको लड्डु बिक्री भएको छ । जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठले आज जनकपुरधाममा करिब ३५ हजार किलो लड्डु बिक्री भई रु दुई करोडको आर्थिक कारोबार भएको हुनसक्ने जानकारी दिए। उनले भने, “बजारमा फरक–फरक प्रकारका लड्डुको बिक्री भएको छ । त्यसमा रिफाइन घ्यूवाला लड्डु, शुद्ध घ्यूवाला लड्डु, मोतीचूरको लड्डु, महीनदाना लड्डु, गोंद लड्डु, मेवा लड्डु लगायत बिक्री भएको हो ।… पुरा पढौ

निर्वाचनमा २० हजार पर्यवेक्षक हुनेछन: आयोग

काठमाडौं, १७ असोज । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि स्वदेशी र विदेशी गरी करिब २० हजार पर्यवेक्षक परिचालित हुने भएका छन् । आयोगले पर्यवेक्षणका लागि गरेको आह्वानअनुसार आवेदन दिई स्वीकृति प्राप्तमध्ये ४३ वटा स्वदेशी संस्थाले पेस गरेका आँकडा अनुमान गर्दा करिब २० हजार पर्यवेक्षक हुने आयोगका सहप्रवक्ता कमल भट्टराईले जानकारी दिए। विदेशीतर्फ हालसम्म दुईवटा संस्थाले पर्यवेक्षणका लागि अनुमति पाएका छन् । उनले केही संस्थाहरु पर्यवेक्षकलाई सहरी र सुविधास म्पन्न क्षेत्रमा मात्र नभई दूरदराजका मतदानस्थलमा पनि पर्यवेक्षण… पुरा पढौ

पाठ्यक्रममै राख्नुपर्छ सरसफाइ : अभियन्ता खेम शर्मा

“हाम्रै नेपाली जनशक्तिले हो विदेशमा गएर सरसफाइको काम गर्ने । विदेशी घरआँगन र संरचना कति सफा छन् ! त्यहाँ सामग्री छन्, प्रविधि छ र सफाइको काम प्राथमिकतामा छ । तर हाम्रो देशमा त्यस्तो सफा किन हुँदैन ? किन भने यहाँ यिनै वस्तुको खाँचो छ”, सरसफाइ क्षेत्रका अभियन्ता खेम शर्माले भने। यही जनशक्तिले विदेशी संरचना टल्काउँछन्, तर हाम्रा संरचना किन सफा हुन सक्दैनन् त ? हाम्रा होटल, अस्पताल, सडक या सम्पदा विदेशीका जस्ता सफा बनाउन किन सकिँदैन ? शर्माको जवाफ छ,… पुरा पढौ

दसैं बिदामा माछापुच्छ्रे बैंकका यी शाखाहरु खुल्ला

काठमाडौं, १७ असोज। माछापुच्छ्रे बैंकले दसैंको बिदामा ग्राहककाे सुविधका लागि विभिन्न स्थानमा रहेका शाखाहरुबाट सेवा प्रवाह गरेकाे जनाएकाे छ । बैंकका अनुसार ग्राहक अत्यावश्यक कामका लागि सहज हाेस् भन्ने हेतुले दसैं काउन्टर खुल्ला गरिएकाे हाे ।  बैंकले असोज १६ गते विराटनगर, बर्दिबास, लहान, लाजिम्पाट, कलंकी, बनेपा, पेप्सीकोला, ठिमी, नारायणगढ, ग्वार्को, महेन्द्रपुल, पस्र्याङ, कुश्मा, बुटवल र अत्तरियामा रहेका शाखाहरु खुला गरेकाे थियाे ।  बैंकले आज असोज १७ गते इटहरी, जनकपुर, वीरगन्ज, मिर्चैया, न्युरोड, पाटन, कमलविनायक, कौशलटार, हेटौँडा, टाँडी, कास्कीकाे लेखनाथ, बगर,… पुरा पढौ

दसैंमा पनि तनहुँ जलविद्युत् आयोजनाको काम निरन्तर हुँदै

दमौली, १७ असोज । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको कामलाई दसैंमा पनि निरन्तरता दिइएको छ । दसैं सुरु भइसके पनि आयोजनाको कामलाई तीव्र गतिमा अगाडि बढाइएको हो । दसैंको टीकाको दिनबाहेक अन्य सबै दिन काम नरोकिने आयोजना प्रमुख राजभाइ सिल्पकारले जानकारी दिए। “आयोजनाको कामलाई निर्धारित मितिमै सम्पन्न गराउनका लागि कामको गति बढाएका छौँ”, उनले भने, “दसैंमा पनि काम रोकिँदैन ।” दसैंको मुख्य दिन टीकाको दिनमा नेपाली कामदारलाई बिदा दिइए पनि चिनियाँ मजदुर… पुरा पढौ

दाङका किसानले मह बिक्रीबाट गरे करिब १३ कराेडकाे आम्दानी

देउखुरी, १८ असोज । दाङमा माहुरीपालन व्यवसाय फस्टाउँदै गएको छ । जिल्लामा माहुरीपालनका लागि आवश्यक वातावरण, तोरीखेती, चिउरीको वन, वनमा अन्य विभिन्न प्रकारका फूल फुल्ने भएकाले माहुरी व्यवसायका लागि उपयुक्त वातावरणले गर्दा व्यावसायिक माहुरीपालक कृषकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइअन्तर्गत घोराही र तुलसीपुर उपमहानगरपालिका तथा बङ्गलाचुली गाउँपालिकामा माहुरी जोन कार्यक्रम लागु गरिएको छ । घोराही उपमहानगरपालिका– ११ डोक्रनाका प्रेमबहादुर चौधरीले व्यावसायिकरूपमा माहुरी पाल्न थालेको १९ वर्ष भयो । घोराहीमा रहेको मानव कल्याण तथा वातावरण… पुरा पढौ

पोखरा-बागलुङ-बेनी सडकमा ‘टाइमकार्ड’ कार्यान्वयन

म्याग्दी, १७ असोज । गण्डकी प्रदेशको राजधानी पोखरादेखि धवलागिरीका तीन जिल्ला जोड्ने सडकमा चल्ने यात्रुवाहक सवारी साधनका लागि ‘टाइमकार्ड’ कार्यान्वयनमा आएको छ । दुर्घटना न्युनीकरणका लागि म्याग्दीको बेनी, बाग्लुङ र पर्वतको कुश्मादेखि पोखरा जाने–आउने जीप, ट्याक्सी, मिनिबस, हाइस, माइक्रोबसका लागि मंगलबारदेखि लागू हुने गरी समय टाइमकार्ड कार्यान्वयन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । कार्यालयका प्रहरी सहायक निरीक्षक इन्द्रजंग थापाले भूपि शेरचन राजमार्ग तथा मालढुङ्गा बेनी सडक खण्डमा लामो तथा छोटो दुरीमा चल्ने सार्वजनिक यात्रुवहाक सवारी साधनहरुलाई टाईम… पुरा पढौ