मुख्य समाचार

काभ्रेमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना

काभ्रेपलाञ्चोक, १६ असोज । आसन्न आम निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । सदरमुकाम धुलिखेलमा मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा प्रतिनिधिसभा क्षेत्र नं १ अन्तर्गत पनौतीमा र प्रतिनिधिसभा क्षेत्र नं २ अन्तर्गत धुलिखेलमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । जिल्लास्थित मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईले निर्वाचन अधिकृतको कार्यालयको उद्घाटन गरे। मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधिसभा क्षेत्र नं २ र त्यसअन्तर्गतका दुई प्रदेशमा निर्वाचनका कामसमेत गर्ने जनाइएको छ । निर्वाचन आयोगले भने मुख्य… पुरा पढौ

मानवअधिकार तथा शान्ति समाजको शान्ति सन्देश सार्वजनिक

काठमाडौं, १६ असोज । मानवअधिकार तथा शान्ति समाजको २५औँ स्थापना दिवसका सन्दर्भमा शान्ति समाज काठमाडौँ शाखाले प्रकाशन गरेको शान्ति सन्देश स्मारिका विमोचन गरिएको छ । अहिंसा दिवसका अवसर पारेर आयोजना गरिएको स्मारिका विमोचन कार्यक्रममा समाजका संस्थापक सभापति कृष्ण पहाडीले संसारभर आर्थिक मन्दी बढ्नुलाई खतराको सङ्केतका रूपमा लिनुपर्ने बताए। कार्यक्रममा संविधानसभा सदस्य रामेश्वर फुँयाल, प्रदेशसभा सदस्य छिरिङदोर्जे लामा, गोकर्णेश्वर नगरपालिकाका पूर्व नगरप्रमुख सन्तोष चालिसे, कागेश्वरी मनोहरा नगरपालिकाका पूर्व नगर उपप्रमुख बिन्दु पुडासैनी, शान्ति समाजका सल्लाहकार उत्तम पुडासैनी, शान्ति समाज काठमाडौँ शाखाका… पुरा पढौ

आज फूलपाती: घर-घरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदै

काठमाडौं, १६ असोज । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर–घरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजा कोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ । नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको प्रतीकको रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको धर्मशास्त्रविद् प्रा डा… पुरा पढौ

नेपाल लाइफ, नेशनल र एशियन लाइफले गरे लाभांशकाे प्रस्ताव

काठमाडौं, १५ असाेज । नेपाल लाइफ इन्स्याेरेन्स, नेशनल लाइफ इन्स्याेरेन्स र एशियन लाइफ इन्स्याेरेन्स कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट सेयरधनीहरुकाे लागि लाभांश प्रस्ताव गरेका छन् । बीमा समितिबाट बीमांकिय मूल्यांकन अनुमाेदन भएपछि सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेका हुन् । सिमितिबाट ८ वटा कम्पनीकाे बीमांकिय प्रतिवेदन अनुमाेदन गरिएकाे भएपनि हालसम्म यी तीनवटा कम्पनीले मात्रै लाभांश प्रस्ताव गरेका हुन । समितिका अनुसार १९ जीवन बीमा कम्पनीहरुमध्ये बीमांकिय प्रतिवेदन अनुमाेदन भएका ८ वटा इन्स्याेरेन्सहरु नेशनल लाइफ इन्स्याेरेन्स, मेट लाइफ इन्स्याेरेन्स,… पुरा पढौ

त्रिभुवन विमानस्थलको ५ किलोमिटरभित्र ड्रोन उडाए कारबाही हुने क्यानकाे चेतावनी

काठमाडौं, १५ असाेज । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पाँच किलोमिटर क्षेत्रभित्र ड्रोन उडाउनेलाई कारबाही गरिने जनाएको छ । विमानस्थलको पाँच किलोमिटर क्षेत्रभित्र ड्रोन उडाउने कार्यले विमानको उडान सुरक्षामा गम्भीर असर पर्ने भन्दै उक्त कार्य नगर्न÷नगराउन प्राधिकरणले आग्रह गरेको छ । नेपाल नागरिक उड्डययन प्राधिकरणले एक सूचना जारी गर्दै त्रिभुवन विमानस्थलको पाँच किलोमिटर क्षेत्रभित्र ड्रोन नउडाउन एक सूचना प्रकाशित गरी जानकारी गराएको र उक्त सूचनाको अटेर गरेमा कानूनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ । ड्रोन… पुरा पढौ

दशैंमा उपत्यकाबाट बाहिरिनेको चापले राजमार्गमा जाम, कुन दिन कति बाहिरिए ?

काठमाडौं, १५ असोज । काठमाडौंको नागढुङ्गामा सवारी साधनको चाप बढेकाले त्यहाँबाट सुरु भएको आज बिहानको जाम थानकोटसम्म आइपुगेका थियो । सवारी साधनको लाम शुक्रबार साँझ पनि उत्तिकै थियो । काठमाडौँको कलङ्की होस् या गौशाला वा अन्य विभिन्न नाकामा त्यसैगरी सवारी साधनको चाप छ । यात्रुको भीड पनि उत्तिकै छ । प्रहरीलाई सवारी साधनको भीड मिलाउन हम्येहम्ये परिरहेको सडकमा देख्न सकिन्छ । हिन्दूको महान पर्व दसैँको मुख्य दिन नजिकिएसँगै काठमाडौँ उपत्यका छाड्ने नेपालीको सङ्ख्या दिनदिनै बढ्दो छ । अन्य समयमा शनिबार… पुरा पढौ

निजी क्षेत्रलाई विद्युत् व्यापारमा अनुमति दिन अध्यादेश ल्याइदै

काठमाडौं, १५ असोज । सरकारले विद्युत् व्यापारलाई थप मार्ग प्रशस्त गर्ने लक्ष्यका साथ विद्युत् ऐन, २०४९ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्ने तयारी गरेको छ । विद्युत् ऐन, २०४९ मा विद्युत् व्यापारसम्बन्धी प्रावधान थिएन । सोही प्रावधान नभएका कारणले गर्दा सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिन सकेको थिएन । निजी क्षेत्रसमेतलाई विद्युत् व्यापारमा सहभागी गराउने लक्ष्यका साथ सरकारले सो ऐनलाई संशोधन गर्ने उपयुक्त उपायको रुपमा अध्यादेश जारी गर्न लागेको हो । अध्यादेश राष्ट्रपति कार्यालयमा पुगीसकेको छ । ऊर्जा,… पुरा पढौ

भोटेचौरका २५ युवाको यस्तो छ व्यवसायिक कृषि फर्म

सिन्धुपाल्चोक, १५ असोज । पछिल्ला वर्षमा कृषि क्षेत्रमा युवाको आकर्षण बढ्दै गएको छ । स्वदेशमै रहेका वा विदेशबाट फर्किएका युवा पनि कृषि उद्यमलाई प्राथमिकतामा राखेर मेहेनत गरिरहेका छन् । कृषिमा सम्भावना देखेर सिन्धुपाल्चोकको भोटेचौरमा २५ युवाको समूहले व्यावसायिक रुपमा अर्गानिक कृषि फार्म सञ्चालन गरिरहेका छन् । राजधानी काठमाडौँसँगै जोडिएको मेलम्ची नगरपालिका भोटेचौरमा सिन्धु एकीकृत अग्र्यानिक कृषि फार्म तथा फार्मस्टे सञ्चालनमा छ । ८० रोपनी क्षेत्रफलमा फैलिएको जग्गामा फलफूल, मौसमी तथा बेमौसमी तरकारीका साथै गाई, बाख्रा र स्थानीय जातका कुखुरा पालिएको… पुरा पढौ

ज्येष्ठ नागरिकको सम्मानपूर्ण जीवन सुनिश्चित गर्नुपर्छ : राष्ट्रपति

काठमाडाैं, १५ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकको सम्मानपूर्ण जीवन सुनिश्चित गर्नु सबैको कर्तव्य भएको बताएकि छन् । ३२ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसकाे अवसरमा आज शुभकामना दिँदै उनले ज्येष्ठ नागरिकलाई सार्वजनिक सेवामा सहज पहुँच सुनिश्चित गर्न गरिएका व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न ध्यानाकर्षण गराएकि छन् । ज्येष्ठ नागरिक आफ्नो जीवनभरको सङ्घर्ष र भोगाइबाट आर्जित ज्ञान, सीप र अनुभवका खानी रहेको जनाउँदै उनले ज्येष्ठ नागरिकको ज्ञान र अनुभवबाट आजको युवा पुस्ताले जीवनोपयोगी सिकाइ ग्रहण गर्न सक्नुपर्ने बताइन । “ज्येष्ठ नागरिकमा… पुरा पढौ

यस्ताे छ दसैंका लागि माैसमकाे पूर्वानुमान

काठमाडाैं, १५ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दसैंका लागि विशेष मनसुनी जानकारीहरू दिएकाे छ । नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ भएतापनि यस वर्ष मनसुन सरदर मिति भन्दा केही दिन ढिला बाहिरिने सम्भावना देखिएको जनाएकाे छ। हाल बङ्गालको खाडीमा विकसित भइरहेको न्यून चापीय क्षेत्र उत्तर पश्चिमी तर्फ सर्दै जाने क्रममा असाेज १८ देखि नेपालमा पनि यस प्रणालीको प्रभाव पर्ने भएकाेले मनसुनी वर्षा सक्रिय हुने सम्भावना देखिएको जनाइएकाे छ। असाेज १८, मंगलबार (नवमी) : देशभर आंशिक… पुरा पढौ