मुख्य समाचार

सेल्सबेरीकाे चाडपर्व लक्षित “जति किन्यो त्यति नै जित्याे”अफर

काठमाडाैं, ८ असाेज । सेल्सबेरी डिपार्टमेन्ट स्टोरले दसैँ,तिहार लगायतका ठुला चाडपर्वलाई लक्षित गरी  ‘जति किन्यो त्यति नै जित्याे’ दसैँ धमाका अफर सार्वजनिक गरेको छ । फोन पेको सहकार्यमा यो अफर सार्वजनिक गरेकाे सेल्सबेरीले जनाएको छ । याे याेजना अन्तरगत फोन पे क्यूआर मार्फत भुक्तानी गर्ने ग्राहकहरुले ५४ दिनसम्म दैनिक १ जना, साप्ताहिक १६ जना र सरप्राइज ४ जना विजेताले भुक्तानी गरेको रकम बराबरको निःशुल्क सपिङ गर्न पाउने बताइएकाे छ ।  ५ जना भाग्यशाली विजेताले १ लाख बराबरको निःशुल्क सपिङ गर्ने… पुरा पढौ

चारपांग्रे सवारी साधनलाई न्यूरोड प्रवेशमा किन लगाइयाे राेक ?

काठमाडौं, ८ असोज। चारपांग्रे सवारी साधनलाई न्यूरोड प्रवेशमा रोक लगाइएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अाजबाटै लागु हुनेगरि चाडपर्वको समयमा हुने चाप घटाउन न्युरोड गेटबाट सावारी साधनलाई प्रवेशमा रोक लगाएको बताएकाे छ । यात्रुवाहक, मालवाहक तथा निजी चारपांग्रे सवारी साधनलाई प्रवेशमा रोक लगाइएको बताइएकाे छ । यो व्यवस्था यही असोज १६ गते फूलपातीसम्म कायम रहने कार्यालयले जनाएको छ । फूलपातीको दिनसम्म बिहान १० बजेदेखि साँझ सवारी चाप कम नभएसम्मका लागि न्युरोड प्रवेश गर्ने सवारी साधनलाई खुलामञ्चमा पार्किङ गर्ने… पुरा पढौ

आँधिखोला लघुवित्तको विशेष साधारणसभा सम्पन्न, सिवाईसी लघुवित्तसँगकाे मर्जर प्रस्ताव पारित

स्याङ्जा, ८ असाेज । आँधिखोला लघुवित्त वित्तीय संस्थाले मर्जर सम्वन्धी विशेष प्रस्ताव पास गर्दे विशेष साधरण सभा सम्पन भएकाे छ । सभामा संचालक समितिको तर्फवाट अध्यक्ष नरेश केसी द्धारा प्रस्तुत मर्जर सम्वन्धी प्रतिवेदनलाई सर्वसम्मत रुपमा पारित गरिएकाे थियाे । साधारण सभाको संचालन कम्पनी सचिव वावुराम कुँवरले गरेका थिए भने कार्यक्रमको उद्धघाटन संचालक समितिका अध्यक्ष नरेश केसीले गरेका थिए । स्वागत मन्तव्य संचालक सावित्रा दवाडी पौडेलले गरेकी थिइन। धन्यवाद ज्ञापन संचालक युक्त वहादुर सुवेदीले गरेका थिए । संस्थाले हाल ११ जिल्लामा… पुरा पढौ

देशको आर्थिक समृद्धिका लागि पूर्वाधार क्षेत्रको भूमिका महत्वपूर्ण : महासंघ

काठमाडौं, ८ असोज । मुलुकको आर्थिक समृद्धिका लागि पूर्वाधार क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताइएको छ । नेपाल निर्माण व्यवसायी महासंघले नेपाल प्रेस काउन्सिलसँगको सहकार्यमा आयोजना गरेको ‘पूर्वाधार बिटका सञ्चारकर्मीलाई अभिमुखीकरण कार्यक्रम’मा अधिकांश वक्ताहरुले पूर्वाधार क्षेत्र मुलुकको आर्थिक क्षेत्रको मेरुदण्ड भएको बताएका हुन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामाले सरकारले निर्माण क्षेत्रका लागि समयमा रकम भुक्तानी नगर्दा व्यवसायी मारमा परेको बताए। “ठेक्का पार्नका लागि कम रकम राखेर टेण्डर हालिन्छ, त्यही रकम पनि समयमा पाइँदैन, त्यसकारण व्यवसायी मर्कामा परेका हुन्”, उनले… पुरा पढौ

नाडा ईभी चौतारी : इन्धनबाट चल्ने सवारीसाधनलाई विद्युतीयमा रुपान्तरण गर्नुपर्नेमा जोड

काठमाडौं, ८ असोज । नेपालमा इन्धनबाट चल्ने सवारीसाधनलाई विद्युतीयमा रुपान्तरण गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । नेपालमा विद्युतीय सवारीलाई प्रोत्साहान र प्रवद्र्धन गर्न नाडा ईभी अटोमा आयोजना भएको ईभी चौतारी छलफलमा बोल्दै विज्ञहरुले विद्युतीय सवारीमा रुपन्तरण गर्नुपर्ने बताएका हुन्। सिप्रदी प्रालिका ईभी ट्रेनिङ हेड दिपेश पौडेलले नेपालमा विद्युतीय सवारीसाधन भित्रिदै गर्दा धेरै प्राविधिक अन्योलता देखिएको बताए । ‘टेक्निसियन वा सवारीधनीले इन्जिनमा आधारित भएर काम गरिरहेको मान्छे इलेक्ट्रिक तर्फ मोडिनुपर्दा प्रविधिक रुपमा कठिनाई व्यहोर्नुपरिरहेको छ’ पौडेलले भने । अन्य देशबाट इन्धनबाट… पुरा पढौ

पहिराेले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

भरतपुर, ८ असोज । पहिराेका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । गएराति १२ बजे भरतपुर महानगरपालिका–२९ केराबारी र १८ किलोमा लेदोसहितको पहिरो खसेको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । अहिले दुवैतर्फ सडक अवरुद्ध भएपछि बाटो जेसिभी प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेकोे छ । गन्तव्यमा हिँडेका सयौँ सवारी साधन र यात्रु बाटैमा रोकिएका छन् । यो वर्ष मात्रै सो सडकखण्डमा दर्जनौँ पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ । पुरा पढौ

यसरी हुँदैछ पोखरामा दसैं भित्र्याउने पुरानो टुँडिखेल मेला

पोखरा, ७ असोज । सताब्दीभन्दा पहिलेदेखि नै पोखरा टुँडिखेलमा हुँदै आएको ऐतिहासिक दसैं मेला यसपटक पनि हुने भएको छ । परम्परागत सामाग्री, रासन, लत्ताकपडादेखि च्यांग्रासम्म एकै थलोमा किनबेच गर्न पाउने गरी फूलपातीदेखि दसैंको भोलिपल्टसम्म टुँडिखेलमा दसैं मेला हुन लागेको हो । ‘मुस्ताङदेखि च्यांग्राहरु टुँडिखेल आइपुग्थे । पोखरा र आसपासका बस्तीहरुबाट परम्परागत सामाग्री र उत्पादन लिएर त्यहीँ पुग्थे । पोखराका व्यवसायीहरुले रासनदेखि लत्ता कपडासम्म बिक्रीका लागि लैजान्थे । त्यहीँबाट आवश्यकताको पूर्ती र आर्थिक बिनिमय हुन्थ्यो । अनि बल्ल पोखरामा दसैं भित्रिन्थ्यो… पुरा पढौ

हवाई उड्डयनकाे सफलतापछि कृषिमा अब्बल बन्दैछन वीरेन्द्र बस्नेत

काठमाडौं, ७ असोज। नेपाली हवाई उड्डयन क्षेत्रमा सफल परिचय बनाइसकेका व्यक्ति हुन बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत । उनी बुद्ध एयरको सञ्चालक रहेर नेपाली वायुसेवा क्षेत्रको प्रतिष्ठा उच्च बनाउन सफल मानिएका छन् । तर अब उनी वायुसेवा क्षेत्र सँगसँगै नेपालको कृषि क्षेत्रमा पनि सफल बन्ने प्रयासमा छन्। सोह्र वटा निजी जहाजका मालिक बस्नेत हिजोआज कृषकसँगै खेतबारीमै भेटिन्छन्। मोरङको बेलबारी–९ मा बस्नेतले २०६९ सालमा नै ‘नेपाल कृषि कम्पनी स्थापना गरेका थिए। पछि २०७७ सालमा नाम परिवर्तन गरेर हाल नेपाल कृषि… पुरा पढौ

आयोगको सहमतिबिना निर्वाचन क्षेत्र नछाड्न निर्वाचन अधिृकतहरुलाई निर्देशन

काठमाडौ‌, ७ असोज । निर्वाचन आयोगले पूर्वसहमति बिना तोकिएको निर्वाचन क्षेत्र नछाड्न सबै निर्वाचन अधिकृतलाई जानकारी गराएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज एक विज्ञप्ति जारी गर्र्दै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेपछि पूर्वसहमति बिना निर्वाचन क्षेत्र नछाड्न निर्वाचन अधिकृतलाई जानकारी गराउने निर्णय गरेको जानकारी दिए। आयोगले आज प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का लागि यही असोज १५ देखि २० गतेभित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । आयोगले यही असोज ११ गतेदेखि लागू हुने गरी आसन्न… पुरा पढौ

बीमाको दावी भुक्तानीमा धेरै गुनासा छन्: अर्थमन्त्री शर्मा

कैलाली, ७ असोज । अर्थमन्त्री जनार्दन शर्माले सुदूरपश्चिम प्रदेशमा बिमाको पहुँच अभिवृद्धि गरिनुपर्ने खाँचो औंल्याएका छन् । बीमा समिति सुदूरपश्चिम प्रदेश कार्यालयको धनगढीमा शुक्रबार शुभारम्भ गर्दै मन्त्री शर्माले बीमाका दावी, भुक्तानीका कुरामा धेरै गुनासा तथा असन्तुष्टि रहेको बताए । उनले भने, 'अहिले नेपालभर समग्रमा बीमाको पहुँच ४१.२ प्रतिशत छ ।  सुदूरपश्चिम प्रदेशमा १९.१७ प्रतिशत मात्रै छ । यसलाई वृद्धि गरिनुपर्छ ।' देशभरी विभिन्न बीमा कम्पनीका ३ हजार ३ सय ६६ शाखा सञ्चालनमा रहेकामा सुदूरपश्चिममा ३ सय २७ मात्रै भएको उनको… पुरा पढौ