मुख्य समाचार

चार्जिङ स्टेसनको जानकारी दिने ‘एनईए चार्ज’ मोबाइल एप सार्वजनिक

काठमाडौं, २० भदौ । नेपाल विद्युत् प्राधिकरणको ‘एनईए चार्ज’ मोबाइल एप सार्वजनिक भएको छ । यो एपमार्फत् विद्युतीय सवारीधनीहरुले चार्ज गर्नका लागि चार्जिङ स्टेसन कहाँ उपलब्ध छ भनेर जानकारी पाउन सक्छन् । प्राधिकरणले केही दिनअघि रत्नपार्कस्थित आफ्नै कार्यालय हातामा नयाँ चार्जिङ्ग स्टेशन सञ्चालनमा ल्याएको थियो । विद्युतीय सवारी धनीहरुलाई सहज होस् भन्ने हिसाबले स्थानमा ठाउँमा रहेका चार्जिङ स्टेसनहरुको जानकारीका लागि यो एप सञ्चालनमा ल्याएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी अध्यक्ष कुलमान घिसिङका अनुसार यस्ता चार्जिङ स्टेशनमा मानिस नहुने र… पुरा पढौ

प्रभु र सेञ्चुरी बैंकलाई दियाे राष्ट्र बैंकले मर्जरकाे स्वीकृति

काठमाडौं, २० । प्रभु बैंक र सेञ्चुरी कर्मसियल बैंकलाई नेपाल राष्ट्र बैंकले मर्जरकाे स्वीकृति दिएकाे छ । राष्ट्र बैंकले प्रभु बैंकले सेञ्चुरी बैंकलाई गाभ्नका लागि सैद्धान्तिक स्वीकृति दिएकाे हाे । राष्ट्र बैंकको भदौ १५ गते बसेको संचालक समितिको बैठकले साे स्वीकृति दिएपछि दुबै बैंक एक हुने भएका हुन् । तत्काका लागि दुई बैंकबीच १ बराबर १ काे रेसियाेमा गाभिने सम्झौता भएको छ। दुबै बैंक गाभिएपछि प्रभु बैंकका वर्तमान प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन नै नयाँ बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)… पुरा पढौ

७ दिनभित्र कर नबुझाउने क्यासिनोलाई कारबाही गरिने

काठमाडौं, २० भदाै। काठमाडौं महानगरपालिकाले ७ दिनभित्र बक्यौता कर बुझाउन ७ वटा क्यासिनोलाई सूचना जारी गरेको छ । पटकपटक कर बुझाउन ताकेता गरिए पनि होटल म्यारियटमा रहेको डेल्टिन क्यासिनो, अन्नपूर्ण होटलमा रहेको क्यासिनो प्यालेस, र्याडिसन होटलको क्यासिनो र्याड, हायात होटलको प्राइड इन्टरटेनमेन्ट एन्ड रिक्रिएसन, होटल सोल्टीमा रहेको माजोङ इन्टरटेनमेन्टले कर बुझाएका छैनन् । होटल एलफ्टमा रहेको बाल्को क्यासिनो र मल्ल होटलमा रहेको बेली क्यासिनोले नबुझाएको भन्दै सात दिनभित्र कर बुझाउन तोकता दिइएको हो महानगरले ताकेता गर्दा पनि आर्थिक वर्ष २०७५÷०७६… पुरा पढौ

प्रदेश १, बागमती र गण्डकी र बाँकी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं, २० भदाै। ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough)  पूर्व तिर सरदर स्थान भन्दा केही उत्तर तर्फ अवस्थित रहेकाे जनाएकाे।  प्रदेश १, मधेश प्रदेश, बागमाती प्रदेश गण्डकी प्रदेशहरुमा आंशिक देखि सामान्य बदली रही  बाँकि प्रदेशहरुमा आँशिक बदली रहेको छ । साथै प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा समेत भैरहेको छ। भदौ २० गते (सोमवार) दिउँसो :  देशभर आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश नं १, बागमती प्रदेश  र गण्डकी प्रदेशका… पुरा पढौ

सांग्रिला बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठको थप ४ बर्षे कार्यकाल आजबाट शुरू

काठमाडौं, १९ भदौ । सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठको थप भएको ४ बर्षे नयाँ कार्यकाल आजबाट शुरु भएको छ । यही भाद्र ५ गते वसेको बैंक संचालक समितिको २९८ औं वैठकले यस सांग्रिला डेभलपमेन्ट बैंकमा कार्यरत प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठको कार्यकाल आज भदौ १९ बाट लागुहुने गरी ४ वर्षका लागि थप गरेको थियो । साथैं बैकले ग्राहक माहानुभावहरुको अधिकतम सुविधालाई मध्यनजर गर्दैं आजैबाट सांग्रिला कस्टमर केयरको शुभारम्भ गरी ग्राहक महानुभावहरुको जिज्ञासा, गुनासो र सुझावलाई ग्रहण गर्ने… पुरा पढौ

यस्ताे छ एनआईसी एशिया बैंककाे मोबाइल बैंकिङ्ग एप मार्फत निःशुल्क आन्तरिक रेमिटेन्स पठाउने योजना

काठमाडौं, १९ भदाै । एनआईसी एशिया बैंकले चाडपर्वहरुलाई लक्षित गरेर विशेष आकर्षक योजना सार्वजनिक गरेकाे छ । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) सुधिर नाथ पाण्डेले साे याेजनाकाे जानकारी गराएका छन् । सहज एवं सबल बैंकिङ्गको मूल सिद्धान्तअनुसार गतिशील बैंकिङ्गको अभ्यास गर्दै आइरहेकाे बैंकले समयअनुरुप विभिन्न ग्राहकमैत्री आकर्षक योजनाहरू ल्याउने क्रममा बडा दशैं, दीपावली, नेपाल सम्बत् तथा छठ पर्वको पावन अवसरमा मोबाइल बैंकिङ्ग एप (NIC ASIA MoBank) मार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिटेन्स पठाउन सकिने आकर्षक योजना सार्वजनिक… पुरा पढौ

साउनमा स्मार्ट वाच आयातमै बाहिरियो ४ करोड

काठमाडौं, १९ भदौ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना अर्थात् साउनभरमा नेपालबाट स्मार्ट वाच आयातका लागि करिब ४ करोड रुपैयाँ बाहिरिएको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको उक्त अवधिसम्मको वित्तीय तथ्याङ्क अनुसार साउन महिनामा विश्वका विभिन्न देशबाट ३ करोड ९५ लाख ५० हजार रुपैयाँ बराबरको ३७ हजार २९१ थान स्मार्टफोन आयात भएको छ । तथ्याङ्क अनुसार यो अवधिमा छिमेकी राष्ट्र चीन र भारत सहित अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, न्यूजिल्याण्ड, पोर्चुगल, कतार, यूएई र अमेरिका गरी विश्वका १०… पुरा पढौ

खप्तड लघुवित्तकाे सेयर बाँडफाँड साेमबार, कतिले पाउलान् ?

काठमाडौं, १९ भदाै । खप्तड लघुवित्त वित्तीय संस्थाकाे सेयर साेमबार बाँडफाँड गरिने भएकाे छ । कम्पनीले भदौ ८ गते देखि १२ गतेसम्म १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता निष्काशन गरेको थियाे । साेहि सेयर साेमबार बिहान १० वजे बाँडफाँड गरिने संस्थाले जानकारी दिएकाे छ । लघुवित्तको सेयर काठमाडौं कमलादीमा रहेकाे सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा बाँडफाँड गरिने भएको हो । निष्काशन गरिएकाे कुल १ लाख ३२ हजार कित्तामा २ हजार कित्ता कर्मचारीहरुका… पुरा पढौ

असोज महिनादेखि शुक्रबार सेयर काराेबार बन्द हुने

काठमाडौं, १९ भदाै । हाल शुक्रबार पूर्वान्ह ११ वजेदेखि दिउँसाे १ वजेसम्म दुइ घन्टा खुल्दै आएकाे सेयर बजार असोज महिनाबाट काराेबार बन्द हुने निर्णय भएकाे छ ।  शुक्रबार सेयर बजार पहिले जस्तै बन्द गर्ने निर्णय भएकाे नेप्सेले जनाएकाे छ । आज बसेकाे सञ्चालक समितिको बैठकले असाेज महिनादेखि सेयर बजारकाे शुक्रबारकाे काराेबार नहुने निर्णय भएकाे प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीले बताए ।  गएकाे जेठमा सरकारले सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिएकाेमा व्यापक आलाेचना भएकाे र त्यसबाट सकारात्मक… पुरा पढौ

गाउँमै छुर्पी उद्योग खुलेसँगै दूधको बिक्री बढ्यो, किसान उत्साहित

म्याङुलुङ, १९ भदौ । गाउँमै छुर्पी उद्योग स्थापना भएपछि तेह्रथुमको छथरका किसानले उत्पादन गरेको दूध बिक्री हुन थालेको छ । किसानले गाउँमै दूधको उचित मूल्य पाउन थालेका छन् । घ्यू मात्र उत्पादन गर्दै आएका किसान गाउँमै खुलेको छुर्पी उद्योगले दूध खरिद गर्न थालेपछि उत्साहित भएका छन् । किसानले आम्दानीका लागि पशुपालन व्यवसाय रोज्न थालेका छन् । गाउँमा छुर्पी उद्योग सुरु हुनुअघि अधिकांस किसानले घ्यू मात्रै उत्पादन गर्ने गर्थे । त्यति मात्रै होइन, उनीहरु टाढा टाढासम्म दूध बिक्री गर्न लैजान बाध्य… पुरा पढौ